Showing posts with label समसामयिकी/लेख. Show all posts
Showing posts with label समसामयिकी/लेख. Show all posts

Saturday, September 3, 2011

बाबुरामको आगमन: जनताको चाहना

देशले सांसद्संग १७ चोटी प्रधानमंत्रि माग्यो, कोही टस को मस भएनन, चोटीमा थाक्ने प्रचण्ड, अर्कै माला जपेर बस्ने खनाल मिलेर जन्मेको दिनदेखी कहिले हुत्तिने भन्ने खालको एउटा सरकार बन्यो। एउटा फोटो टांगने उदेश्यले बनेको सरकार लक्ष पूरा गर्यो गयो। यति हुँदै गर्दा देशमा अब एक जना मात्रै बांकी रहे जसमाथी सबैको आश, भरोसा साथ थियो। यो देश कस्तो भने, पुलिसले चोर समाते पुलिस हिरो हुन्छ, अर्थमंत्रिले राजस्व उठाए उनी हिरो, पैसा नतिर्नेको लाइन काटे बिजुली मंत्री हिरो, उनलाई ऊर्जा मंत्री नभन्दा हुन्छ, किनकी नेपालमा अरु उर्जाको कतै नाम निसान छैन, भएको बाताबरण मंत्रालयमा छ। भलै जांदा जाँदै उनले उट्पट्याङ निर्णय गरेर गए। पानी फुटाएर हाड्रोजन निकालने, बालने बिजुली निकालने त्यों पनि काठमाण्डुको तिन आना जग्गामा। उता अर्का सांसद सांसदको जागीर खांदा खाँदै बाख्रा ऋण लिये, मासु पसल खोले, नबउद्धेमी भन्छन, भोली निति नियम कसले बनाउने? पनि हिरो नै छन।

मरुभूमिमा भेटिएको कुवा जस्तो, ब्याबहारमा रुवा जस्तो, नियममा फलामजस्तो, गाडी खोजे एकदम सस्तो हिरो भए। यी भए गरेका काम अब गर्न बांकी काम हेरौं त।

१। भ्रष्टाचार निर्मूल : एस्सो हेर्दा नै अचम्म लाग्छ, १५,००० तलब खाने कर्मचारीको ३ जना छोरा छोरीहरू १०-१०,००० का दरले तिर्ने स्कुलमा पढ्छन, पेंसन पौने बेला सम्मको आमदानीले छेउ नलाग्ने गरि घर घडेरी, गाडी को बंदोबस्ती छन। स्कुलको फी घटाउने, कर्मचारीलाइ केही सहूलियत थप्ने र अझै १००% तलब बढाउने हो भने कर्मचारीबाट हुने याबत समस्या को हल हुन्छ।

२। शिक्षामा लगानी: कोर्स एस्सो हेर्दा घोकर लेखने बानी लागेका बिद्यार्थीलाई प्रकृतिसंगको सामीप्यता बदैदिने बित्तिकै कैयौं गुना बिद्वता बढ्दछ। प्रकृति देखाउन लगाउने बाध्यकारी नियम बनाउने, बिश्वबिध्यालयका बिध्यार्थिलाई सम्बंधित क्षेत्र हेर्ने गरेर अध्यन भ्रमनमा पठाउने ब्यबस्था मिलाउने। सबै तहको पाठ्यक्रमको परिमार्जन गर्न आयोग बनाउने।

३। बिज्ञान र प्रबिधिमा बिकास: बिज्ञान र प्रबिधि पढेर राजनीति तीर लागेका प्रधानमन्त्रीले सायद यसमा भए गरेका समस्या बुझेकै हुनुपर्छ। राष्ट्रिय लगानीको थोरैमा १% भयो भने पनि एहा त अति नै राम्रो हुने थियो। ०.०... को दर मा गरिएको लगानीले के दिने हो? बिज्ञान र प्रबिधिका क्षेत्रमा लागेका मान्छेको तलब अरु ५०% बडाइदिने हो भने २-३ मा चक घोटन दौड्न पर्नेछैन। बरु ब्रिती बिकासको लागि प्राथमिकताका आधारमा आयोजना अनुसंधान ब्रितिमा बढ़ावा गर्ने र सम्बंधित उध्योगहरुलाई समन्वयकारी भूमिका खेल्न लगाई अनुसंधान र बिकासको प्रारूप बनाउन लगाउने काम अति नै महत्वपूर्ण हुनेछ।

यति छोटो समयमा यहाँ भन्दा बढ़ी हामीले आश नगरे पनि हुने होला। अरु त छंदैछ, संबिधान, शान्ति प्रक्रिया, बेपता छानबीन आयोग निर्माण, राहत, महँगी नियंत्रण र सुरक्षा त नियमित कार्यक्रम भै नै हाले। यो अंतिम भरोसा जगाउने कार्य भयो भने निभी सकेको नयाँ नेपाल बन्छ कि भन्ने पुरानो सपना पुन एक चोटी जनमानसमा स्थापित हुनेछा। आखिर जनता नै जागने त हो देश बनाउने, नेता त फगत अगाडी हिड़ने मात्रै हुने हुन।

Monday, June 6, 2011

को ठीक, को बेठीक?



नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन, बढेको किनकी सब आ-आफ्नो अधिकारका कुरा गर्न सकने भएका छन. तर अफ्सोच, बाटो फुकाउने भन्दा अड्काउन जान्ने नै आफुलाई ठुलो सक्षम भएको सम्झंछबाटामा हिंड्यो भने , कि नेतालाई गाली गर्ने राजनीति, कि बाबा, माता योग आदिका कुरा। भद्र भालाद्मीका मुखबाट अरु केही सुन्न पाईन्नपहिला पहिला हाम्रो पालामा मास्टरलाई तं नभनेजस्तै बाबालाई आदरार्थी भन्दा अरु प्रयो गर्ने कुरा पनि भएनहाकिम साहेबहरुका भुंडी घटने अचूक उपाए भन्दै योग सिकाए, गुरुको चाकरीमा कतिले ऑफिस छोड़े, कतिले बर्ष दिनको दशै छोड़े, स्वदेश भए स्वदेश, बिदेश भए बिदेश धाएबिस्तारै योग गुरु बाट आधा भगवान भए, पाऊ दर्शन पाए, बिभूति दान देखि लिएर थोर बहुत रोग फाल्छु भन्ने नै भएरोग जाए नजाए भक्त आते रहेउनको मनोबल बददै गयो, कोकाकोलालाइ गाली गरे, राम्रै गरे. सितामोल नखाऊ कि चूर्ण खाऊ, कि हाबा खाऊ भन्दै हिंडेसाक्षात्कार भगवानले भनेको कुरा किन काटने भन्दै गएउनी अगि बददै गएजिरा हाल, ल्वांग हाल, बेसार हाल, जे भेट्छौ फरक पर्दैन। बस! पिन, धुलो बनाऊ, औषधि खाऊ, संजोकले बिसो भयोभने भयो नत्र भगवान भरोसा। क्या काइदा उपचार बिधि। न वीडियो एक्स-रे, न बायोप्सी, आश्रम जाऊ, कुंडेको भात खाऊ, १ महिना घर बस, रोग बिसो भएको भ्रम पाल। बिधि यो न थियो।
उनी घुम्न हरिद्वार मात्रै हैन, नेपाल पनि खूब आउंथे. उनको भ्रमण राजकीय भ्रमण बराबर हुन्थ्यो, प्रधानमन्त्री जो सुकै होस- पश्चगामी देखि अग्रगामीसम्म - उनलाई भेटने लाइनमा हुन्थे। बिद्वान, युबा, महिला सबैको मुखार बिन्दबाट उनैको भक्ति। एक रोग माथी पर्दा हाल्नु कति खतरनाक हुन्छ? कसैलाई बाल मतलब छैन। नेपालमा उनले बिस्कुट ल्याए पनि चूर्ण, चामल ल्याए पनि उनकै चूर्ण, प्लास्टिकको झोला ल्याऊ तर रामदेवको म्याट भन, कर फ्री। दाम कमाउने क्या काइदा। +२ र हस्पिटलले आफुलाई प्रयोगशाला भने जस्तो। अरु कसैलाई कार्यक्रम गर्न नदिने आर्मीले टुंडिखेल पनि छोड्छ, उनका भक्त भने बोरामा पैसा हाल्छ्न, निसुल्कमा औसधी दान भन्दै स्वेच्छाको चन्दा थाप्छ्न र अध्यागमन काट्छ्न । दुबै खुस। उनलाई न कोका कोला, न गंजी, न भुडिको चिंता। आश्रम छोडेर योग प्रशिक्षक, डाक्टर, फार्माकोलोजिस्ट, हुँदै बिद्वान बनेका बाबालाई फेरी इकोनोमिस्ट हुने झोंक चलेछ, फुके: बिदेशी माल फाल स्वदेशी माल खोज, १-२ रुपियाका नोट छाप, भ्रष्टाचार तमाम। एता हेर्यो आफ्नै मान्छे, उता हेर्यो आफ्नै मान्छे, रहर पनि लाग्दो हो, मान्छे न हो, मनामोहनको कुर्ची ताक्नु स्वभाबिकई होला। हुंदा हुँदै मनामोहनको काउसो पो बन्न लागे त। Jack in all Master in non. सबै थोक जान्ने, सबै क्षेत्रको बिग़्य भन्दै सर्बोपरी छाउने योजनामा कहा सम्म पुग्ने हो? उनै जानुन। तर हाम्रो काम अनुजा होस कि, यूनिटी होस , एकै रातमा धनि हुने जंतर होस, ठीक र बेठीक त छुत्याउँदै जानु पर्यो नि। हाम्रो टुंडिखेलको बोराको पैसा अर्को साल भोट किन्ने साधन पो बन्दै छ ? जे भए पनि राम भरोसामा बसने बानी लागेका हामीलाई कति असर पर्छ, हेर्दै जाऊं।

Monday, November 29, 2010

हैसियत अनुसारकै हैन र काम गर्ने?

किन हो कुन्नि, काम काजी र काम गर्ने मान्छेलाई एकदम श्रदा गर्थें, र अझै पनि गर्दछु, आदर्थी शब्दले बोलाउंछु, काम गर्दा आफु पनि कता कता संलग्न हुन मन लाग्छ, र हुन्छु । ओरिपरी काम गर्ने मान्छेलाई गरेको ब्यबहार पनि नदेखेको हैन, तर हिजो आज कता कता तेसो भन्न असजिलो पो लाग्दैछ।
१।
सानो स्ल्याब बन्दै थियो, गिटी, बालुवा र सीमेंट घोलेर जन्तिबाख्रो जस्तै मसला बनाएका रहेछन। पखाला लगे जस्तो गर्न हुन्न, मसला सुधार त, भनें । एउटा फुच्चे बोल्यो "यो हुन्न?" मैले भने "हुन्न", उ फिस्स हँस्यो, ठ्याक्कै जापानी प्रोफेसरको पारामा, मानौं उसले सबै जानेको छ। मैले थपें, पानी किन धेरै? तपाईहरुको पाइप नै ठुलो, त्यसैले धेरै पानी पर्योतर यो झन धेरै बालियों हुन्छहुन्न, यसलाई रोकर आडमै रहेको अर्को पालो पर्खेको बलुवा, गिटी सीमेंट मिसाऊ भनें, भन्दा नभन्दै , हामीले गरेको नभए अर्कै मिस्त्री बोलाउनुस, हामी सक्दैनम जिल्ल परें, पानी घटाउन नसक्ने कि बालुवा थप्न नसक्ने? यसो गर्दै गर्दा सबैको अनुभब सुन्ने मौक़ा पनि मिलेको थियो, कामदारको काममा चित्त बुझेन भने कामदारलाई भन्ने हैन , ठेकेदारलाई पोहो रहेछठेकेदारलाई भनेको, "के गर्ने सर, भन्नै हुन्न, भने देखि हिडीहाल्छन, काम अंत पनि पाउन सक्छन, तर कामदार पो पाइन्न तैं चुप मै चुप
२.
धरो जोड़ने बेला आयो, १७ वटा फ़ोन कल गरेपछि एउटा करोडपति कामदार फेला परेकाम गरे, उनी एस्ता थिए कि उनको काममा बोलीमा आदेशमा नाइ नास्ति प्रश्नाबाचक चिन्ह झुन्दयाउनु आफु बुद्दू बने जस्तोबड़ो अनुनय बिनय गरेर ७१ ओटा जति फ़ोन गरे पछिआएका केयुकेयलका आदरणीय कर्मचारी धारो जोडन आउंदा सडकको छेउमा सिन्के लुकाई खेलन मात्रै पुग्ने माटो दुई तीर बांडेर प्रफुल्ल मुद्रामा उलटो मलाई पो उर्दी लाउँदै थिए, मैले सब काम सकें, तपाई पो ढीला । खाल्टो गहिरो भएन,अली खन्ना पर्यो भनेको त, म सक्दिन, मैले खनेको चित्त बुझेन भने अर्कै लगाउनुस। पैसा यत्ति दिन्छु पनि भनेको छैन, ठेक्का पनि हैन, लागेको दिनको पैसा दिंदा पनि किन हो यी दुई पात्र यी दुई पात्र घटनामा यसरी पेश भएका?
सामान आफ्नो, पाखुरा उनको तर दैनिक हाजिरमा जागीर खाने यस खालका कामदार अर्काको कुरै सुन्न नहुने बानी किन बस्यो कुन्नि? मिस्त्रिले, काम्दारले र अन्य ब्याबसायीहरूले सिकने कुरा थुप्रै छन, तर काम लगाउने र काम गर्ने बिचको ब्रिज बन्न न ठेकेदार तैयार हुन्छ, न उनिहरुनै सुन्न तयार हुन्छन्। यसरी उनको ब्याबसायीकता कसरी बिकास हुन्छ कुन्नि?

Tuesday, May 25, 2010

फेरिएको आँखा

बिगत र बर्तमानलाइ गाजेमाजे पारेर हेर्दा आफैलाई बिझेको छोटो मोटो कुरा:
गाऊं मैलो धैलो नै भएपनि शहर सुकिलो थियो, थोरै नै सही, हरियो नै थियो या भनौं लाग्थ्यो, उत्तर तीर जम्मै हिमाल देखिन्थे, मान्छे मिजासिला थिए, फुर्सदिला पनि थिए, काठमांडूका रोडहरु आंसिक भरिएका थिए, गाऊं जांदा झुम्मिने केटाकेटी बग्रेल्ती नै थिएजागीर त्यों बेला पनि उस्तै नै होला, चिनेको मान्छेले भनीदियो भने भयो नत्र हिस्स, जुन अहिले पनि सुध्रिएको छैन
एक दसकसम्म बाहिर बस्दा आँखाको महत्वाकांछा ह्वातै बढेछ।
पहिला नदेखिने केराको बोक्रा बदामको खोस्टाले पनि घोच्न थाल्दोरहेछ, कस्मेटिक सामान मात्रै बोक्न प्रयोग हुने कालो पोलीथिन ब्याग भो मुटु नै घोच्ने गरेर छरपस्ट छन, दुर्गन्ध नाकमै सिरिंजले सुई हाले जस्तो , पानी कमी भयो भयो हाबा पनि नहुँदा झनै पौडन नजान्नेलाई रहमा फाल्देजस्तो। हिमाल त के पल्लो डाँडो पनि नदेखिने. बल्ल अली ठुलो पनि पर्यो र त तुवांलो जति झारी सक्यो। अहिले जतागए पनि भंट्याङ भुन्टुङ ब्रिद्दब्रिद्दा मात्रै . अब महिना जस्तै हुन लाग्यो। यी आँखा पनि बिस्तारै फेरिँदै गए, अहिले धुलो पनि धुलो जस्तो देखिन्न, मैलो पनि तेस्तो अचम्म लाग्न छोड्यो जनाको सीटमा जना, १२ जना क्षमाताको मैक्रोमा २५ जना चढाउंदा पनि माइक्रोको यात्रालाई आरामदाइ नै मन्नू पर्ने, महिला अपांगको सिट्मा जुंगामुठे सपांग बस्दा पनि कसैलाई असजिलो फिल नहुने। पहिले आउंदा जति बिझाउन्थ्यो, अहिले तेती बिझाउन्न, पहिले जे आश गर्थें, अहिले त्यों आश पनि गर्न छोड़ें, सजिलोको लागि। आँखा फेरिए पनि मन फेरिएको छैन, र फेर्ने पनि कुरा आएन, सके सम्म फेर्नै पर्ने मन र आंखाहरुलाई फेर्ने प्रबचन दिन भने छोडेको छैन, धन्न माधब नेपालको जस्तो जिब्रो चिप्लेको छैन। आगे समयको भरोसा।

Tuesday, November 24, 2009

के हामी हांसेरै देश बनाउन लागेका हौं त?

हामी GDP मा पहिले र अहिले पनि अरुको तुलनामा ज्यादै पछि छौं। बिस्तारै माथि जाउंला भन्ने जति धोको भएपनि per capita income भने त्यही २००$ को हाराहारीमा झुन्डिएको झुन्डियै छौं। हाम्रो स्थान उस्तै ठाउँमा सुरक्षित छ, न अघि न पछि। अली अगाडी भने हामी GNH(Gross National Happiness) मा निकै अघि थियौं, साएद धनि देश भन्दा पनि निकै अघि, अब त्यों पनि एकादेशको कथा जस्तै हुन लाग्यो। हुनत बलजफ्ती खुसी मात्रै भएर पो के गर्ने जबकि त्यों नै असफलताको कारक भएपछि। खुसिको नाममा बिंदास हुनु कति फलदायक हुन्छ भन्ने कुरा थाहा पाऊन हामी नै गिनीपिग पो भयौं त। हामी कति ढुक्कका मान्छे छौं भन्ने कुरा हेर्न हाम्रा कार्यालयमा एक छिन हेरे पुग्छ, नेताका भाषण सुन्ने दर्शकको/श्रोताको भिड़ हेरेपुग्छ, अनि गाउँघ्ररमा चौतारामा बसेका भलाद्मीको संख्या हेरे पछि, अरु के नै हेर्नु पर्ला र?
यो GDP Vs GNH को खेलमा कहिल्यै पनि GDP ले जित्ला जस्तो छैन।त्यसैले GNH मै बल गर्ने गरि हाम्रा TV हरु पनि मरिहत्ते गरि होस्टेमा हैंसे गरे जस्तो लाग्यो। कार्यक्रममा समाचार त हुने नै भयो, अरु मोटामोटी हेर्दा ज्ञानबर्धक भन्दा पनि मनोरंजनात्मक कार्यक्रमहरुको बाहुल्यता छ। कुनै पनि ब्याबसायालाई TV मार्फ़त बिकास गर्न प्रेरित गर्नको सट्टा हरेक कुरालाई हाँस्य या ब्यंग्यको बिधिबाट शुद्ध हसाउन प्रेरित गर्ने कार्यक्रम को खात पो छन त। सानो लिस्ट मैले थाहापाएको - साझा पृथ्वी, तितो सत्य, मेरी बास्सै, जीरे खुर्सानी, झ्याँइकुटी झ्याँइँ, भुइंचालो, गाई कि त्रिशूल, जस्तै अरु पनि होलान। एउटा TV ले दिन मिलाएर देखाउंदा त ठिकै होला तर फैलिँदै गरेको TV स्टेसनको चापले गर्दा हेर्ने दर्शकको लागि कति चाप परेको होला कुन्नि? बिषय बस्तु को अभाबमा यो या त्यों तरिकाले उस्तै मसला मिसाउँदै जम्मै कार्यक्रम आइराखेको छ, यसले पो झन के मनोरंजन देला र खै? समाजमा चली आएको बिकृतिका बिरुद्ध त ठिकै होला तर समाजलाई परिबर्तन गर्ने बाटोको समेत हसिमजाकको बिषय बनाएर हाम्रा कलाकारहरूले यात समाज परिबार्तनको बाटोमा बाधक बनेका छन, या पैसा पार्नकै लागि जानी बुझी यस्तो गरिराखेका छन। यो कुरा कसले बुझिदिने? यो लत आम मानिसमा बस्यो भने के होला या हामी के संधै अरुलाई नै उडाएर आनन्द पो मान्ने हो कि ?
मलाई यस्तो लाग्यो, सस्तो बिषयको उठानले GNH भन्दा पनि काम नगर्ने बल्कि मुखा हान्ने जस्तो हिंसात्मक प्रब्रिती बिकास गर्ने, तास खेल्दै कामकाजिलाई उल्ल्याउने, चोरी ठगीलाई मार्ग प्रशस्त गर्दै छैनौं?
अहिले नागरिक सर्बोच्चतालाई अति खिल्ली गर्दै हंसिमजाकको बिषय बनाएर यसैलाई हामी कतै यो नाचाहिने चीजको रुपमा प्रक्षेपण त गर्दै छैनौं? के गर्ने, हांसेरै देश बिकास हुने भए देश को नाममा हामी पनि हाँसौं कि अब?
हारेर पनि नेताहरूले पद लिएर हंसाएकै छन, उपचार गर्न गएका नेताहरु देश बिदेश म्याराथून दौडिएर पनि हंसाएकै छन, उटपट्याङ बिकासे गफ गरेर हंसाएकै छन, तिनैलाई फेरी उडाएर थुप्रै कलाकारहरूले पनि हसाएकै छन रामदेभले पनि टुँडिखेलमा हँसाएकै छनहास्नु स्वास्थ्यको लागि राम्रै क्यारे, हांसौ तर बालकॄष्ण समलाई पनि यस्सो सम्झने पो हो कि " हांसी ज्ञान मर्छ , रोई मर्दछ बिज्ञान" ठिक्क हांसौ, हैन ? तपाइहरुलाई कस्तो लाग्छ कुन्नि?
फोटो: http://en.wikipedia.org/wiki/File:Laughing_Nyahsa_GalawebDesign.ज्प्ग

Sunday, November 1, 2009

गमला नै तरकारी बारी!

गोलभेंडा नभए हाम्रो नेपाली तरकारी श्रीमती नभएको गृहस्थ जस्तै हुन्छ, अनि बेस्वाद्को त्यों तरकारी संग खाइने भातको पो के स्वाद हुन्थ्यो र, बाबु आमा नै नभएको परिबार जस्तो ? टोम्याटो फलाउनु भित्र पनि ठुलो रहस्य हुन्छ भन्ने कुरा बल्ल मेरा भित्री नेत्रले थाहा पाए, आफ्नै चक्षुले देखें, र अहिले आफ्नै हातले टिपेर खांदैछु। एउटा झुत्तो भित्र ७० ओटा सम्म फल्छ भन्ने कहाबत सुनेकै हो, ५० ओटा देखेकै हो, तर आफुंले लगाएको बोटमा भने २० ओटा सम्म त फले, बड्ने संभाबना भने अझै छनै । हेरौं त यो झुत्तो अंगूर झैं लर्किएको ! एउटा बोरामा फलेको टोम्याटोले यति फसल दिन्छ भने गरा भरी लगाए के होला? (के हुन्थ्यो, म किसान हुन्थे होला। )
अर्कोफसल उही र उत्रै साइजको बोरामा फलेको काँक्रो। आन्ख्लै पिछ्छे फलेको कांक्रो अब त जाडो सुरु भयो भनेको फल्न छोड़्दैन क्यारे। स्वादिस्ट कांक्रो पनि खाइयो, घरैमा फलेको भने पछि भिन्दै माया र स्वाद्को हुने रहेछ नै। आफ्नो अपार्ट्मेंन्ट्मा एक इंच पनि जग्गा छैन, होस पनि कसरी लाम्खुट्टे पनि उडेर आउन नसक्ने तलामा जो बस्छौं। धन्न मन भए पछि र तनमा जांगर पलाएपछि गमला नै तरकारी बारी हुन्दो रहेछ । त केबल प्लास्टिकको बोरा र तेहि बोरामा राखेको १० किलो मलिलो माटो, र बार्दलीमा घाम ताप्दै गरेको त्यों बोरा अहिले तरकारी बारी भएको छ। उता लसून भने घरायासी कपबोर्डको घर्रा मा हुर्कँदै छ। डोकामा दूध दोएर पनि अडेको यो गतिलो प्रमाण। अझ, बारी न बोट, बढ़ा बढ़ा ओठ भन्नेलाइ गतिलो जबाफ। बिना बारीका बोटहरु


Thursday, September 17, 2009

दिक्षान्तमा भित्रिएको द्वन्द

पहिले जब स्कुल थिएन, तब नेता गणको कृपा र निगाहामा स्कुल खुल्थे, मालिक उनै हुन्थे, अली अली पढेकै थिए, अर्को बिकल्प थिएन, ठिकै थियो. तर परिबेश फेरियों, अहिले एक से एक बिद्वान र प्राध्यापकहरु देशमा छन. यो देशले दुख पाएको पढेको मान्छेको अभाव भएर हैन, पढाइएको बिषय बस्तु समय सापेक्ष नहुनु र पढेको मान्छेको चेतनालाई आदर नगरिनुनै हो. करीब १०० बर्ष अघि खुलेको टियुले लाखौं  नेपालीलाई नेपालमा भनिने इंटर, डिप्लोमा र डिग्रीको सर्टिफिकेट बांडिसक्यो.  र तिनै सर्टिफिकेट देखाएर बिश्व बजारमा  नेपालीहरूले आफ्नो जग्गा बनाउन्दैछन. यो पलायन नै सही गर्ब गर्ने बिषय पनि हो. यसको अर्थ हामीलाई अर्थ न बर्थको कुरा पढाएको भन्ने कुरा सत्य हैन, तर अघिनै भने, समय सापेक्ष नभएको कुरा चाहि सत्य हो. त्यसको लागि धन चाहिन्छा, मन  चाहिन्छा, एउटा बर्गले या एक पुस्ताले बलिदानी गर्नु पर्छ. तर आत्मा संतुष्टिका खांतिर  तेसलाई स्वीकार गर्न नसकिने हैन. अब कुरा आयो युनिभर्सिटिकोको उच्च पदमा कसलाई राख्ने भन्ने कुरालाई नजर अंदाज गर्नु कति जायज हुन्छ? अब पनि नसोच्ने ?  राजनैतिक खेलाडिहरु राज्य संचालन गर्न नाकाम देखीइ सके, अझ  जाने हैसियेत नै गुमाएका, नेता हुन नालायक भएँ भनेर स्वघोशणा गर्ने तर कुर्ची नछोड्ने जस्तो नैतिकता बोकेका हाम्रा राजनैतिक नेताहरूलाई सांची चान्सलर  पद सुहाउन्छ त या जरुरी छ त उनैलाई बिराजमान गराउन? जर्ज बुश र तारो आशो पुन  तत्तत ठाउँमा जान खोजे भने प्रजातांत्रिक देशमा के हुन्छ होला? र तिनैलाई हारबर्ड र टोकियो युनिवर्सिटिको चान्सलर बनाउने त? 
हाम्रो राजनैतिक धरातल, आचरण तुलामा हालने हो भने कोही तल माथी हुन्नन. कोही भ्रष्टाचार गर्न माहिर छन, कोही गुलामी गर्न पोख्त छन, कोही आक्रामक होलान. फरक प्रकृतिको  होला, मात्राको छैन. यो नगरे उसो गरेर सुलाउछन.      
अहिले ढुंगा हान्नु र उ बेलामा खुकुरी ताक्नु उस्तै त होला? कुरो मेरो हैन हाम्रो गर्न ढीला भैसकेको छ, मेरो पार्टी मात्रै हैन ढुंगामा अढेका (अहिले नगरेपनी ओर्लने बित्तिकै थालिहाल्छन) हाम्रा राजनितिक अनुहारलाई हैन प्रोफेसर र डाक्टर भएकालाई प्रेसिडेन्ट बनाएर युनिभर्सिटी चलाए कसो होला? न टियर ग्यास हान्दै  खोलिएको बाटोमा प्रधानमंत्रिलाई कीर्तिपुर र बिराटनगर नै जानू पर्छ, न आँशु झार्दै दिक्षान्तको सर्टिफिकेट समात्नु पर्छ.   
सबैले आफ्नो हैसियतको भाग खोजे समस्या पर्दैन्थ्यो कि? आफ्नो भाग समातिसकेपछि अरुको कुरा पनि सुन्ने बानी त बसाल्नु पर्यो नि!   म त भन्छु पदेन नै सही, यो गुलामी नै हो, जरुरी छैन! तपाइहरुलाई के लाग्छ कुन्नी ?
(कार्टून : साभार नागरिक, राजेस के सी ) 

Sunday, September 13, 2009

बेथिति कहिले सम्म?: प्रसंग पानीको,

 बानी हाम्रो
हामी नेपाली जे छ त्यसैमा चित्त बुझाउन हदै सम्मका सिपालु छौं। हामी जति सिपालु छौं, त्यत्तिनै सिपालु आफ्ना बच्चा हुने नै भए किन कि हामी त्यही सिकाउँछौं. हामीले बच्चालाई गाली गर्छों उनिहरु अरुलाई गाली गर्न माहिर हुने नै भए। हामीले बच्चालाई अरुको हैसिएत अनुसार नमस्ते गर्न सिकाऊंछौं, उनीहरूले त्यही खोज्ने नै भए, अनि समाज फेरिने भन्ने कुरा त्यति सजिलो पनि हुने भएन। अहिले देखिने जून नमस्ते छ, अथबा हात मिलाउने जून प्रचलन छ, त्यों पनि उही गन्य मान्य र  चिर परिचितसंग मात्रै हुने भयो . हुंदा हुँदै के हुना थाल्यो भने स्वयम  केन्द्रित अभिबादन। त्यसैले होला हामी अपरिचित मान्छे या त बदमास होला या मेरो लागि कुनै कौडीको लायाक छैन भन्ने हिसाबले ब्यबहार गर्छों. यो समस्या घरमा मात्रै सिमित रहने कुरा पनि भएन। समाजमा आउन्छ, बुद्दिजीबी कहाँ पुग्छ, राजनीतिज्ञ कहाँ पुग्छ अनि देशकै समस्या हुन्छ. तेसैले बेथिति घरबाट नै सुधारन थालेनौ भने साएद यसले अरु बिकराल रूप लिने छ।
 प्रसंग पानीको
हाम्रो देश जलसंपदामा धनि छ, अपार जल शक्ति बिना प्रयोग खेर गएको छ, त्यसको सदुपयोग गर्न भन्दा छिमेकी देश बाट बिधुत आयात गर्न लालायित छौं, किनकी हामीलाई अहिल्यै चाहिन्छ, सजिलै चाहिन्छ र आफुलाई केही हुने गरेर चाहिन्छ।  १६ घंटा लोड शेडिंग हुन्छ, हामी यस्तै हो भनेर बस्छौं।  बिजुली त भैनै  हाल्यो खाने पानी  पनि उस्तै, सबलाई  मेलाम्ची तक्नै ठिक्क छ। त्यही पानी कै हाहाकारको बिचमा चर्पी देख्दा सार्है मन दुखेर आयो।
  दुई बर्ष पहिला नेपाल जांदा काम बिशेसले सर्बोच्च अदालत पुगेको थिएं, सौचालय प्रयोग गर्न भनेर के मात्र भित्र छिरेको  थिएं, चर्पी नै ढोका  सम्म आएको रहेछ, दुर्गन्ध उसरी नै ठेलम ठेल गरेर तल्लो टला सम्म, चर्पी कता भनेर नेपालमा देखाउन या सोधना नपर्ने रहेछ। यता तीर त पिंक र ब्लू कलरका एक जोड़ी उभिएको देख्यो भने ओ तेता रहेछा जस्तो हुन्छ नि याने कि यहाँ आँखाको काम तर हाम्रोमा नाकको। यो त त्यस्तै हो भन्दै अर्को दिन फेरी सिन्हदर्बार जांदा यहाँ त त्यस्तो छैन होला भनेको के हुने उस्तै। सार्बजनीक होस या ब्याक्तिगत, सरकारी होस या सामुदायिक सबै तीर उस्तै. सर्सफाई मा किना यस्तो ? हामी के बिंदास प्रकृति पट्टिका मान्छे भएर हो यस्तो भएको कि, के होला? मान्छेलाई फुर्सद नै छ, ऑफिसमा सानो मान्छेलाई चिया पकौना ठिक्क छ, ठुला मान्छेलाई चिया खान या राजनीतिको गफ गर्ने ठिक्क छ, त्यों चर्पी कसले सफा गर्ने, बरु ५ मिनेट नाक थुन्यो काम फच्चे. बिरामी परे अस्पताल जामला  अहिले खाम भन्ने हामी नेपालीहरु बिचमा कस्ता डाक्टर देखिए भने भांडा माजेर बसने काम्दारको छोराले ज्यामाको दूध बेचेको पौरखले एमबिबिएसमा नाम निकाल्यो भन्दै टाला बन्दी गरिदिने।  धेरै धन कमाए पछि तिनिहरुका छोराछोरीहरूले के लाई दुःख गरुन, जो बाउले जोडिदिएका छन ? अनि हाम्रा छोराछोरीहरूले कर्मचारीका छोराछोरी संग के सक्थे? एक्लै प्रतिस्परधा  गर्न पाउनु पर्छ रे,  पियनले कसरी डाक्टर बनाऊन  सक्छ, डाक्टरले पो डाक्टर बनाउछ रे! अच्चम्म छ! अहिले सम्म अरुले जितेका थिए र ठीकै थियो रे, अहिले त पियनको   छोराले नाम निकाल्यो, जातै  गयो रे।  धन्य छ बुद्धि, जो पढेर मात्रै आउने रहेनछ ।




   

Thursday, August 20, 2009

ह्याप्पी फादर डे!


आज बुबाको मुख हेर्ने दिन ! बिहान जुरुक्क उठ्यो, नित्य कर्म सके पछि लागियो उही लुटे धन्दामा अब बुवालाई फ़ोन नै गर्न पर्यो भनेर डायल गरेको "तपाइले डाएल गर्न खोज्नु भएको नम्बरमा सम्पर्क हुन सकेन, पुन प्रयास गर्नु होला" यो कस्तो बाक्य हो, मैले डाएल गरी सकेको हो, गर्न खोज्नु भएको हो भन्छिन। मलाई राम्रो संग थाहा , बुबा अहिले चिया पिउँदै हुनुहुन्छ या मन्दिरमा फुल चढाउन ब्यस्त हुनुहुन्छ। तर उत्तर भने मान्छे नै खोजेर लेरौंला झै गरेर सम्पर्क हुन सकेन, पुन गर्नु होला पो भन्छ। ठीकै , पुन प्रयास गर्ने नै छु, तर ऐलेलाई तस्बीर सहित शब्द सगुन, ह्यापी फादर डेतपाईको अथक परिश्रम पसीनाको फलस्वरूप आज यहाँ छुदिन केही नसके पनि यही दिनको उपलक्ष्यमा हार्दिक धन्यबाद अझै अशिर्बाद्को प्रतिक्षामा
फादर आफु पनि भइयो, तर छोरो मलाई ओतोसान भन्छचीची नो ही अस्ति नै गयो, यो के हो?, भनेर सोध्छअस्तिनै चीची नो ही को दिन मै उपहार हात पारी सके पछि फेरी माग्न भएन, तर उसैले बिहान उठे पछि आइस क्रीम दोजो भन्दै दिए पछि खुसी हुँदै खाएंमेरो छोरोलाई पनि धन्यबाद

Wednesday, June 17, 2009

बेशिर्षक

मैले मेरा बेपत्ता पारिएका दाई संगै हराएका अन्य सयौं योद्दाहरूलाई न्याय मिलोस भनेर आज भन्दा ९ बर्ष अगाडि एउटा समाज (राज्यद्वारा बेपत्ता परिबार समाज) बनाएर पत्रकार सम्मलेन गरी एकखालको प्रचार गरें। यसले बास्तबमा मानब अधिकारबादीको ध्यान तान्न ठुलो सहयोग गर्यो जस्तो लाग्छ। त्यसपछि पनि मैले बिभिन्न पत्रपत्रिका मार्फ़त आफ्नो पीडा सुनाईरहें। तर अफसोच, दस बर्ष बित्यो, सबै बोल्छन, तर केहि बोल्दैनन। किन? गर्छु भन्छन केहि हुंदैन, किन? राज्य के मा अड्किएको छ? पोस्टमा गएर गर्छु भन्दा पनि नहुने, सत्ता तेती निरीह छ र? जबजब बेपत्ताको इस्यु आउँछ, केहि नेताहरु आफ्ना घडेरीका कुरा उठाउँछन, त्यों मुद्दा फेरी आफैंमा अर्को कम्प्लेक्स छ, राज्य बोल्दैन, अनि यो मुद्दा फेरी सौदाबाजी मै हराउँछ। यसै सिलसिलामा मैले खुला र ब्याक्तिगत पत्राचारबाट डा बाबुराम भट्टराईलाई मेरा कुरा रांखे। जबाफ आयो;
Dear Rabindra Prasad Dhakalji,I am very touched by your message. Your brother, Rajendra Dhakal, was a close comrade of mine. I totally share the plight and angst of the family of the disappeared people. We will make sure that justice is done. We are coming out with a Commission for the Disappeared People which will concretely take steps towards this end.Thank you for keeping in touch all the way from Japan. My warm regards to you and your family.Yours,Baburam भट्टाराई
केहि समय पछि तत्कालीन प्रधानमन्त्री प्रचन्डले एउटा अध्यादेश मार्फ़त बेपत्ता खोजबीन गर्न आयोग बनाउने आसयको संदेश दिए। आश हो, पलाई हाल्यो, अनि त्यों बेलाको मानसिक उद्बेग समेटी एउटा टाँसो यसै ब्लगमा राखेको थिएं, हेरौं जस्ता को तस्तै;
प्रधानमंत्रीको अनप्येक्षीत रुपमा आफ्ना गल्ती स्वीकार्दै,जनचाहना बमोजिम चल्ने प्रतिबद्दता सहित गरिएको भाषणले जे झल्को दिएको थियो तेहि अनुसार कम थालिएको महसूस भने भएको छ, थोरैमा पनि हामीलाई। गिरिजा प्रसादले कसरी शासन गर्थे भन्ने कुरा थोरै मात्र स्मरण शक्ति भएका मान्छेलाई पनि भनी रहन पर्दैन,तर आज उनी,"यसरी अध्ध्यदेशबाट देश चलौना हुन्छ? यिनिहरूले संसदीय पद्दतिको खिल्ली उडाए।"भने पनि कामै गर्न नदीने जून उनिहरुको परिपाटी थियो तेस्बाट जोगिन जस्केलाबाट निस्कनु बहुत जरुरी थियो, तेसैले त अध्यादेशबाट बेपत्ता खोजबीन गर्ने आयोग बन्ने भएको छ, जसलाई म हृदय देखिनै स्वागत गर्दछु। बेपत्ता पार्न अध्यादेश ल्याउन हुने, बेपत्ता खोजना अध्यादेश ल्याउन नहुने एस्तो नौटंकी कहीं हुन्छ ?गिरिजाको प्रजातंत्रमा नअटाउने जति सबै अप्रजान्त्रिक भन्ने लत लागेको हाम्रो नेपालमा कहिले देखि कानूनी राज सुरु हुन्छ, त्यों हेर्न बांकी नै छ, आशा गरौं, अब हामी बेक्तिगत र मनोगत प्रजातन्त्र नभै बास्तबिक प्रजातन्त्रको आकाशमा कावा खान पाइयोस, कसैले कसैलाई खुट्टा तन्ने नभै उकास्ने बेबस्था हेर्न पाइयोस, जितेर पनि हारने परिपाटीको अन्त होस, नेपालीको गरीमा बड़दा सबै पार्टी को गरीमा बड्छ भन्ने बुद्दी हामी सबैको नेतामा आओस, अरु के चहिन्छ र हामीलाई ? प्रसंग उही बेपत्ता खोजने आयोग कै हो, ढिलो चांडो जे भए पनि देशमा दन्डहिनताको अन्त्य हुने चाहना कै हो।
तल पोस्ट गरिएको ब्लगिंङमाँ डॉ बाबुराम ले भने झै आयोग त बन्यो,न्याय अझै टाढाको बिषय भए पनि कमसे कम तेहा पुग्ने बाटो तर्फ़ त मोड़िएको छ। ड्राइभिङ्ग सीटमा को बस्छ?अझै थाहा छैन। इमानदार चालक परे र बाटोमा सधै रातो बल्ने ट्रैफिक पोस्ट भैदिएन भने त्यों गाड़ी(आयोग)बेपत्ता खोज्न जाम्दी जानेछ, भैरब गण छिर्नेछ, गोविन्दराजलाई बोलाउनेछ, गिरिजा र कृष्ण प्रसाद संग जबाफ खोज्ने छ, फुक्लिएका ढिकी नै भए पनि ज्ञानेंद्र लाई सुटुक्क सोध्नेछ। यही छ हाम्रो भरोषा।
तर अफसोच, एमाले र कांग्रेसले रोस्ट्रम घेरेर र सरकार ढालने खेती गर्दै समय गुज्रियो। त्यों अध्यादेश हाबामा काबा खाँदै आकाशमा फ्यास्स फुट्यो। हामी हेरेको हेर्यै भयौं। समयले कोल्टो फेर्यो, नयाँ प्रधानमन्त्री आए। पहिल्यै रातो बत्ती बाल्दै आएका इनले आफ्नो ईख पोख्न मात्रै प्रधानमन्त्री बनेका जस्ता छन, जून कुरा रौतहट र लाफ्सिफेदिमा जांदै अभिनन्दन लिंदै गरेको तस्बीर देखने बित्तिकै छर्लन्गै हुन्छ। के आश गरौं यी बाट? नेपाल बन्द भन्दा थोरैमा कसैले केहि सुन्दैनन? टायर नबाली माग राखेकै नदेख्ने यो देशमा, के गरी माग राखौँ ? यी बिधि संग म कुनै मुल्यमा पनि सहमत छैन।

Saturday, June 13, 2009

हाम्रो समाज कहिले फेरिएला त?

हामी नेपालीहरु चरित्रगत रुपमा हेर्दा किन किन बिभक्त छौं जस्तो लाग्छ मलाई । हामीलाई हाम्रो र मेरो भन्नमा नै गर्भ हुन्छ। हामीहरु एउटा आस्थाको लागि आफैलाई जन्म दिने बाबुआमा संग टाढिन सक्छौं, आफ्नु कुरा नसुन्ने छोरोलाई घरबाट निकाल्न सक्छौं, पल्लाघरका संग झगडा गर्न सक्छौं, तर कहिले पनि उसको बिचार त यस्तो रहेछ, भनेर मनन गर्न हैन कि, बार लगाउन पट्टी ध्यान दिन्छौं। के हामी यस्तो संसारको कल्पना गर्दै त छैनौं जहाँ एउटा मात्रै बिचार आओस जसले सबैलाई प्रिभेलगरोस?
२०४६ साल ताका एस्तो थियो, एउटा घरमा बाऊ खान्दानिया प्रधानपञ्च, जेठो छोरो कांग्रेस, माइलो छोरो कम्युनिस्ट, कान्छो छोरो या मुन्द्रे या निउट्रल, या कुनै अर्को पक्ष जसले झगडा यती बढायो कि सबैले पारिबारिक मूल्य नै भूले। यहाँ सम्म कि बाउको हातको टिको नै बहिस्कार। जातीय बिभक्तता त धन्न घर सम्म आउने कुरा भएन, अंतरजातीय बिबाहा भए त पसिहल्यो। खरको छानो हुनेलाई टिनका छानाले हेप्ने, टिन्को छानालाई आर्सिसिले हेप्ने, आरसीसी मात्रैलाई पिल्लारवालले हेप्ने। साईकललाई मोटोरबाइकले हेप्ने र उसलाई पनि कारले हेप्ने। धन्न साईज बड़े अनुसार ट्रकले कारलाई भने हेप्दैन। काठमांडू अरुलाई गन्दैन, हिमाल सुंदर छु भन्छ, पहाड़ म स्वच्छ छु भन्छ, तराई म सम्म छु भन्छ, मिल्ने कुरा कोही गर्दैन। हुंदा हुंदा फोहोर पनि कसको सरकारले फाल्दैछा भनेर बातो ढुकने बेला आयो। कांग्रेसले फाले एमालेलाई गनाउने, एमालेले फाले कांग्रेस र माओबादिलाई टाउको दुखने, माओबादीले फाले कांग्रेस र एमालेलाई जर्दी हुने, यो त हदै भयो नि। कहिले होला सरकार फेरिए पनि नागरिक स्तरमा कुनै प्रभाब नपर्ने? हाम्रो जात, आस्था, पदलाई बिर्सेर नेपाली मात्रै भन्ने एकनासे नेपाली समाज कहिले बन्ला?

Thursday, May 21, 2009

स्मृति: सुंगुरे फ्लू र बाल मनोदशा

२००९/०५/२१ गते, मियाजाकी, जापान|
मेक्सिकोबाट सुरु भै अमेरिका क्यानडा हुँदै यो प्रशान्त महासागर तरेर यो फ्लू जापान आइपुग्यो। सरकारले सकेसम्म प्लेनमै समात्ने गरी चर्कोसंग अनबोर्ड क्वारेंटाइन गर्यो। कोही बिमानस्थल बाट छुट्टिए, कोही घन्टौं लामबन्द पछी ढुक्क भएर फर्किए। अब घर भित्रै सयौ जनालाई भेट्टाएपछि अनबोर्ड क्वारेंटाइन को अर्थ पनि रहेन। अब ध्यान स्कुल, बिस्वबिध्यालय, कार्यालय, स्टेसन , जहाँ धेरै मान्छे भेला हुन्छन् र जहा बाट महामारी फ़ैलिन सक्छ , मा ध्यान दिन थाले, आख़िर तेस्तै ठाउंमा न ध्यान केंद्रित गर्न पर्यो। बजारमा मास्क सकिएको हल्ला छ, ओसाका, कोबे शहर मात्रै हैन, जापानको १०% जनसंख्या रहेको शहर, टोकियोमा पनि यसको प्रकोप पुगे पछि सहजै अनुमान गर्न सकिन्छ, यसको प्रभाव। अब स्कूलमा किताब, नोट, प्रगती रेकर्ड र दैनिक उपयोग गरिने सामाग्री मात्रै हैन हेल्थ रिकॉर्ड पनि लानु पर्ने भएको छ। अब ब्रेकफास्ट, युनिफर्म लगाउने काममाथी तापक्रम पनि नाप्नु पर्ने लोड थपिएको छ बच्चाहरुलाई, र अन्तत्वगत्वा अभिभाबकलाई।
बिहान रसिकले थर्मोमिटरले टेम्परेचर नाप्यो, ३६.८ भयो, उसलाई शंका लागेछ कता यो ज्वोरोनै हो भनेर, अनि उसको पालो अर्को काखी मा थर्मोमिटर राखी नाप्यो, नतीजा आयो ३६.५। मन्द मुस्कान छाड़दै हेल्थ नोट मा लेख्यो अनि बाबा साइन ओ ओनेगैसिमस( साइन प्लीज़) भन्यो। उसलाई डर थियो यदी ३६.८ ज्वोरो ठहरियो भने मलाई कतै कन्फिन्मेंट मा राख्छन अनि म घर परिबार र स्कुल बाट टाढा लागिन्छु भन्ने । त्यस्तो डरले घर गरेको रहेछ भन्ने कुरा छर्लन्ग पार्यो। जे होस यो डर स्वभाबिक पनि हो, सचेत हुनु पनि राम्रै हो, अनि आशा गरौं यो डर कहिले पनि बास्तबिकता नबनोस।

Saturday, May 2, 2009

सुनौलो सप्ताहको उपयोग

जापानमा बिदा छैन भनौं भने फाट्ट फ़ुट्ट आइरहन्छन,नेपालमा जस्तो दशैंमा गयो तिहार मनायो आयो गर्न नपाइने त छंदैछ, यति लामो बिदा पनि हम्मेसी आउंदैन। फेरी यो सीज़न नै यस्तै छ घुमम घुमम लागने। घाम लागोस त, टिभीले देखाएको फुलले कसको मन तान्दैन होला र? फेरी यो मियाजाकी यसै नि नेपाल सम्झाउने जस्तो छ, यहाको रुख, पात र फुल हेर्यो भने, कता कता बिकसित भएर बसेको नेपाल जस्तै लाग्छ। नजिकै पहाड़ छ, गोदावरीबाट ल्याएका माछा छ्न, गगनविलिया छ, सर्बद्रा छ, त्यति मात्रै हो र ? एक जना जापानीले नेपाल जांदा लुकाएर ल्याएको पीपलको दानालाई उमारेर बनाएको पीपलको बुटोलाई म आफैले सारेको छू एउटा बनमा जसको नाम नै रक्सी हिल हो। त्यहाँ जापानाका राजा, या यो प्रिफेक्चरका गन्यमान्य या बिध्यालयका टोलीले पनि रुख रोपने गरेका छन। एक जना जुसी भन्ने मान्छेलाई बरा नेपाल जांदा पिएको रक्सीको ह्यांगोभर नै समझौं या उनको नेपाल प्रतिको अगाध माया नै समझौं, उनले पुरै डांडोको नाम नै रक्सी हिल राखिदिए जून ऐले रिक्रिअसन सेण्टर भएको छ र संगसन्गै नेपाल र रक्सीको प्रचार पनि भएको छ। त्यहा पुग्दा मलाई गोरखाको तारके बन घुमेको याद आउंछ। २ साल अघि मेरो बुवाले रोपेको साकुरा फूलेको देख्दा मन झनैप्रफुल्लित भएको थियो। अर्को एक जना जापानीले नेपाल बाटै लेराएको करबीर उमारेर फुल फुलाएर पत्रिकामा फोटो नै छापे। यसो सम्झिदा यो ग्लोबलाइज्यसनले नेपाल नै ओसारेको जस्तो पनि लाग्छ। आफैं त यहीं आएर बसिएको छ, त्यों बरा फुल जसले पोको पर्यो उसैको पछि लाग्यो, उसको के दोष? मलाई भने सपनामा मात्रै देखिने देश बिपनामै बेला बेला दर्शन पाउने भएकाले थोर बहुत आनन्द पनि आएकै छ।
प्रायश: ३ दिने यो बिदा हप्तान्तसंग जोडिएर आयो भने रमाइलो मान्ने प्रचलन छ र यसैलाई गोल्डन वीक भनिन्छ. हुन त यो सालबाट सिल्भर वीक पनि सुरु गर्ने रे सेप्टेम्बरमा। यसैले मेरो योजना गोल्डन वीकमा पुष्पाबालोकन अनी सेप्टेम्बरमा समुन्द्र जाने योजनाका साथ ताना बाना बुन्दै छू घुमने योजना को लागी। घूम घाम र पार्टींङ गर्दै बित्छ की यो वीक जस्तो छ। त्यसैले त गोल्डन वीक भयो नि त यो।

Tuesday, March 24, 2009

रोनाल्डो बन्ने सपना

हाम्रो छोरो, रसिक ढकाल (९), कहिले पाइलट, कहिले अर्थोपेडिसिएन, कहिले ट्रेन चालक र कहिले साइन्टिस्ट बन्ने जस्तै थुप्रै योजना र धार फेर्दै ऐलेलाई रोनाल्डो जस्तै सफल फुटबल खेलाडी बन्ने सपना संगै सुत्ने गरेको छ। हुन त कीताबमा पनि उत्तिकै दत्तचित्त भएर लाग्छ, यहाँ सम्म कि हरेक दिनका समाचार सुन्ने र पत्रिका पढने, अनि भएका सबै घटनाका बिश्लेसण गर्न खप्पिस बन्दै छ। याने कि किताब नभए सुत्नै सक्दैन, फुटबल नभए बरु सुत्न सक्छ।
ऐले प्रोफेसनल खेलाडी बन्ने धुनमा ऊ जूनियर सक्कर क्लबमा सक्कर सिक्दै छ। हाम्रो पालामा हामीले चट्टी, छ्यार्रर बूढी, भालेजुधाई, डन्डिबियो र कपर्दी खेलियो, तर ऊसलाई यात यी गेमका नाम हुन या चराको नाम, त्यों पनि थाहा छैन। उ ऐले ब्याड्मिन्टन, स्विमिंग, बास्केटबल र एही फुटबल खेल्छ, डब्लूबीसी का गफ गर्छ, जिदान, काका, रोनाल्डिनो र बेकमका जिबनी पढ्छ, फुटबलको रहस्य र कला ऐले ऊसको चसोको बिषय बनेको छ।
अस्ति यो प्रिफेक्चरको ओर्ल्ड्कप थियो जसमा २० ओटा जती टीम सामेल थिए। जितिएको गेम र गरेको गोलको आधारमा अन्तिम फैसला हुने नियम अनुसार खेलिएको ४ गेम मध्य ३ गेम जित्न सफल भए र गोल संख्या पनि उनिहरुको पोजिसनको लागी मनग्गे नै रह्यो । उ कहिले स्ट्राईकर त कहिले किइपर बनेर बास्तबमा राम्रै गेम खेल्यो। बास्तबमा, त्यों अन्तिम गेममा रसिक को ठुलो योगदान पनि रह्यो। रोनाल्डोले झै कार्नर किकलाई लुसुक्क पोस्ट छिराउन सफल भयो र अन्तत त्यों नै निर्णायक गोल बन्यो जसले टीमलाई तेश्रा बनायो। जेलीग को केम्प पनि रहने गरेको यो र अझ बेसबलसंग बढ़ी साइनो राखने यो सहरको आफ्नै महत्वा छ खेलको लागी। आख़िर प्रगति को कड़ी भनेको लगाब न हो, आशा छ ऊ यही हिसाबले गयो भने भाबिस्यामा एक सफल खेलाडी पनि त बन्न सक्छ नि । र अन्तमा, यो जिताई उसको उत्प्रेरणाको लागी कोशे ढुंगा बनोस, एही हाम्रो शुभकामना !

Wednesday, February 25, 2009

मन्त्रीको धम्की, प्याब्सनको घुर्की

शिक्षाका उम्दा हाम्रा मंत्री जसले बिज्ञान, समाज र राजनीतिको संयुक्त फ्यूजन गरी दर्हो अठोट लिएर राज्य संचालन गर्दै छन र यस्तो लाग्छ उनी अर्को भरतमोहन, रामशरण र प्रकाशचन्द्र हुन हैन, सांच्चै कामकाजी मंत्री बनेर देखाउन खोजिरहेछन। राजनितीमा उनी यो या त्यो तरीकाले पछाडी धकेलिएपनी आफ्नो अठोट बोकेर हिडेकै छन। आख़िर यसैमा त छ हामी सबैको कल्याण र अन्तत्वोगत्वा उनको धकेलिँदै गरेको राजनैतिक ग्राउंडको भबिश्य पनि ।
मै खाउं, मै लॉउं, शुख सयल वा मोज मै गरुं, भन्दै आफ्नो मात्रै भाग खोज्ने संस्कारको बिकास हुँदै छ भन्ने कुरा तिनै प्याबसनका हाकीमलाई हेरे पुग्ने भयो। स्कुलको भबन बनाउन तिनै कलिला बिध्यार्थीसंग फी उठउँदै उध्योग मन्त्रालयमा नाम दर्ता गरी संचालित स्कुलहरु कति नाफामुलक छन भन्ने कुरा कुखुरा ब्यापारीलाई समेत थाहा छ। यती हुंदा हुँदै एउटा नोभेल कजको लागी ५% टैक्स तिर्न भन्दा बरु बन्द गर्ने धम्की दिनु एउटा सभ्य देशका नागरिकलाई सुहाउने कुरा हो त? टैक्स नातिरी कुन देश चल्छ? बेलैमा हाम्रा शैच्छिक माफियाका दिमागमा यत्ति कुरा त घुसे पनि हुने नि। नारा लाएर आफ्नो बर्चश्व देखाउने देशमा कहिले देखि नीति र नियमबाट चल्ने संस्कार बन्ला खै?


Saturday, February 14, 2009

जंगलको यात्रा, प्रकृतिको बखान, मनको लड्डू

आज प्रणय दिबस, मनाउने बानी नभएपनि छोटोमोटो उपहार साटेर एउटा अर्को दिन सुरु भयो। फेब्रुअरीको दिन यती न्यानो साएदै आयो होला, इतीहासमा। यही प्रिस्ठभुमीमा जंगलको यात्रा तय भयो। १५ मिनेटको गाडीको यात्रापछि पैदल यात्रा सुरु भयो । हेर्दैमा मनमोहक लाग्ने ब्याबसायिक जंगल र प्राकृतिक जंगललाई चिर्दै बगेको निलो सल्बलाएको नदी हेर्दा यस्तो लाग्थ्यो हामी इन्द्रको बारीतिर घुमिराहेका छौं । जापानले आफ्नो जंगलको कभरेज ३५% बाट बढाएर ७०% बनायो तर हामी तेहि ७०% बाट घटाएर २५ % मा झारी सक्यौ र पनि अझै संतुष्ट छैनौ १६ किमीको यो यात्रा तय गर्दा झ्वाट्ट याद आयो : हामीले प्रक्रितिलाई दुहुनो गई सम्झंछौ, अनि घांस पनि हाल्दैनौं, गोबर पनि फल्दैनौ, फगत दुहुन्छौं। तेसैले हरियो बन नेपालको धन भनेर हामीले जति घिउ खानु थियो, खायौँ, अब यही बाटामा हिडिरहने हो भने बाढीको मार, हीमालको पग्लेको हिउ र सुख्खाको बिचमा धुलेबाटोमा बिहेवारी होस या भेटघाट गर्न होस या चुनाबी क्याम्पेन होस या अर्को पार्टीका मान्छेलाई लखेट्न होस, ओल्लो डांडो र पल्लो डाँडोमा धुलो उडाउँदै ट्याक्टरको यात्रा गर्ने ता होला। त्यों नदी हेर्दा यस्तो लाग्थ्यो हामीकाँ भएको भए नुहाएर, मल मूत्र फालेर, भैंसीलाई आहाल बनाएर, फोहोर बगाएर त्यो नदीलाई बग्न नसक्ने बनाउथ्यौं या नाक थुन्ने बनाउथ्यौं।हुन त जापान भनेर मात्र नहुने प्रक्रिती बलीयो भएपछि त के लाग्छ र ? हेरौ त, हुंदा खांदाको तेत्रा पूल पालै पालो बगाएर त सक्यो सक्यो, पाखा लगाएको पनि एस्तो छ । जम्मै वारी भित्तामा । तर फेरी एस्तो पनी लाग्छ, कति निर्जिब बन छ, न चरो कराउंछ , न न्यौरी मुसो दौडन्छ । तर जे होस , मनै खाने खालको मनमोहक छ। समुन्द्रको नजिकै, शहरको आडमा, यती राम्रो जंगल छ, कहिले काहीं हामी जस्तालाई पौडी खेल्न पनि भएकै छ मन बहलाउना पनि भएको छ, आश गरौं, हाम्रा पाखा पखेराका ती जंगल पनि कुनै दिन यस्तै घना हुन्।र मन बहलाउन यस्तै यात्रा गर्न पाखै पिच्छे सम्भव होस भ्यालेन्टाइन डेले आफ्नो प्रियाशीलाई मात्रै हैन प्रक्रितिलाई पनी माया गर्ने यही प्रेरणा मिलोस, ह्याप्पी भ्यालेन्टाइन ........

Monday, February 9, 2009

अर्थमंत्री को ओइता भ्रमण: ग्रस नेशनल ह्याप्पिनेसको आश

म जन्मनु भन्दा दुई बर्ष पहिले घर(हाम्रो संयुक्त घर)मा ३ महिने होमस्टे गरी गाउंको स्कुल (नवलपुर) मा पढाउनु भएको भन्ने कहाबतको संझना र थुप्रै कायर्क्रममा संगै हिंडेको यादगार बोक्दै उहांको जापानको ओइता भन्ने शहरमाँ भएको भ्रमणको बेलामा म अथर्मंत्री बाबुराम दाईलाई भेट्न सपरिबार गएँ। तेती टाढाबाट यती नजिक आइसकेपछि नभेटी मनले नै मानेन र राजदूत संग र उक्त कायर्क्रम आयोजक संस्था संग संपर्क गरी भेटघाट गर्ने परिस्थिति बन्यो। म बसेको शहर र उक्त शहरको दुरी थियो करीब २००किलोमिटर, ठ्याक्कै काठमांडू-पोखरा।
यी दुई शहर जोड़ने बाटो अंत जस्तो हैवे नभएर बाटो घुम्ती थियो, दमौली बाट डूम्रे तीर लागे जस्तै। कहिल्यै कुहिरो नलाग्ने जापानमा खैरेनी नै बिर्साउने गरेर लागेको कुइरोले मन सांच्चै बिमलनगर को गुफा तीर अडकाइदियो। म एकोहोरो ७०-८० किमी प्रति घंटाको रफ्तारमा नागबेली बाटो सुइंकेको सुंइकेई गरें। ५ घंटाको यात्रा पछि हामी ओइता सिटी आइपुगेयौ र सानो फूलको बुकि बोकी उनै मंत्रिज्युलाई कुर्न ओभिओपी को कम्पौंड भित्र छिर्यों र उनैलाई पर्खियौं। ब्यक्ति तिनै थिए, तौर तरीका उस्तै थिए, भाब भंगित उस्तै थियो, हेराई , हिडाई र बोलाईमा न कुनै रबाफ थियो, न कुनै राजश्वी छाँट, न त कुनै घमंडाको पर्खाल नै थियो, थियो त केबल जिज्ञासा र उत्सुकता, ती आंखाले तेसै भन्थे। करीब १२ बर्ष पछि देखिएकाले होला र मेरो फेरिएको रूपले पनि होला, उनलाई मलाई चिन्न हम्मे परेको कुरा छुत्त्यौन कत्ति गार्हो भएन।
ए तपाई रबिन्द्र ढकाल हो भन्ने भनाई संगैभएको चिनजान र श्रीमतीलाई कतैदेखेजस्तैलाग्यो भन्ने भाब संगै परिचय आदान प्रदान भयो। समय ज्यादै थोरै थियो, भुतपूर्ब गवर्नर कुरेकै थिए फ्लैट स्क्रीन संगै। सामान्य चिनजानी पछि कुराकानी पनि सुरु भयो, उनले अफना कुरा राम्रोसंग राखे, जून पाठ अर्थमंत्रीलाई मात्रै हैन हामी संपूर्ण नेपाली सबैलाई कम लागने थियो। एक गाऊ एक उत्पादन यो अभियान नै थियो, जसले जीडीपी, जीएनपी मात्रै हैन जिएनएच(ग्रस नेशनल ह्याप्पिनेस) बढाउन गाउंका मान्छे सहर धपाउंदै पैसा फर्काउने हैन, गाउंलाई सोचने संसारलाई देखाउने (थिंक लोकाल्ली, यक्ट ग्लोबल्ली) भन्ने एउटा दरो अठोट पनि थियो। आफ्नो उत्पादन जस्तो आयो तेत्तिकई बेचेर किसानलाई खान त पुग्ला तर धनी हुदैन भन्ने प्रिंसिपलको जगमा उभिएर भ्याल्यु यडेड प्रोडक्ट उत्पादन गर्न २४ बर्ष सम्म गभर्नर, राजदूत र पछि बिध्याबारिधी गरेका डा. मोरीहिको हिरामात्सु नै यो अभियानका सर्जक बने, जून ऐले ओइताको गाऊ मात्रै हैन थुप्रै देशमा हरेक कम्युनिटी बाट एउटा बस्तु उत्पादन गर्ने र तेसलाई नै ब्रांड दिने गरी यो अभियान फैलिएको छ, बिशेष गारी पूर्बी एसीयामा। भारतीय रास्त्रपति कालमसंग हात मिलाएको फोटो देखउँदै नेपाल जाने उत्कट चाहना ब्यक्त गर्दा, हाम्रा मंत्रिज्युले हार्दिक निमत्रण थाप्दा, उनिमा समेत कही चमकता थपिएको थियो। सौहार्द बाताबर्णमा भएको यो बर्ताले निश्चित रुपमा एक गाऊ एक उत्पादनको आधिकारिकता प्राप्त गर्ने छ र तेहि प्रोडक्टलाई ब्रांड पाउने आशमा उनको भनाई सकियो। उनले भनेजस्तै हाम्रो देस पनि ओइता प्रोभिन्स जस्तै क्यूशू को अन्तिम स्थान बाट भ्याकुतो झै उफ्रेर जसरी नम्बर १ भयो, त्यसरी नै नेपाल पनि पक्कै उफ़्रनेछ र अर्को २० बर्षमा सार्कको नम्बर १ अथबा कतै माथि पुर्याउने ढाडस पाएजस्तै गरी हाम्रा कामकाजी र काममुखी अर्थमंत्रीले जापान औने कुरा यसरि खुलाए, “ मेइजी कालमा औध्योगिक क्रांति गरेको तर फेरी नेपाल जसरी नै जापान पनि युद्दाले थिल्थिलो भएको र तत्कालै जनताको ठुलो प्रयाश पछि संसारकै अनुकरणीय रास्ट्र बनेको जून अनुभव छ त्यों आफ्नै आँखाले हेर्न र सिक्न मैले जापान रोजें नेपाल अझै पनि क्रिषिमै निर्भर रहेकाले ओभिओपी मार्फ़त हाम्रो कुना कन्दरालाई पक्कै सहयोग गर्छ भन्ने आशमा यो ठाउँ रोजें, जसले मलाई आज बहुत खुसी बनायो र आशा छ यहाँ जस्तो ओजस्वी मान्छेको सम्पर्कले हाम्रो सपना पुरा हुनेछ. त्यों यात्रा तिनै किसानले बेचने गरेको सुपरमार्केट मा भोजन गर्न भनी लम्कियो । हरेक गाऊ को एक स्टाल हेर्दा एस्तो लाग्थ्यो संचै कसैको बिहेको भोज खाना हामी लाम लग्दै छौं । खुसियाली को बिदाई सहित गवर्नर संग दरिलो हात मिलाई हाम्रा मन्त्रीज्यू १ घंटा तातोपानी मा बसेर ३ बर्ष आयु बदने आश गर्दै युफुइन अर्को शहर जानु भयो, हामी हात हल्लाउंदै आफुहरू फेरी उही बाटो हुईकेयौं बासस्थान तर्फ़ ।
आशा गरु यो भ्रमणले हाम्रो मंत्रीज्युलाई पक्कै प्रभाव पारेको छ र त्यों हिस्सा हाम्रो भाग सम्म कुनै न कुनै दिन पक्कै आउनेछ। आगे बाबुराम दाई कै भरोसा।







Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...