Wednesday, April 3, 2013

काम कसरी तमाम गर्छौ ?

शहर उस्तै छ, गाऊँ  झनै जस्ताको तस्तै
माथि जाने चौतारो एक्लै भयो 
ओरालोको भट्टी बाक्लिँदै गयो 
बाटो सुंघ्दै जांदा पो थाहा भयो 
गनाउने मेरो मोजा होइन, धोएको जो छू, 
गनाउने मेरो नाक होइन, थुनेको जो छू,
गनाउने तिमिले नुहाएको बागमती रह्यो
जसले सुंघे  पनि उस्तै भयो । 
.....................................................................

किताब उही छ, पढ़ाई झनै त्यस्तै 
आफुलाई हैन आफ्नैलाई बन्चरो हान्ने यो बिद्या
 बनाऊन भन्दा बेच्न सिपालु भो 
मेरो सीप भन्दा मेरो अंक ठुलो भयो 
अर्काको भूगोलमा नाच्दा पो थाहा भयो 
दिमाग मेरो समस्या होइन ताजकि जो दिएकै छु  
ज्ञान मेरो भुत्ते होइन आरन जो धाएकै छू 
पाठ्यक्रम र बिमानस्थलको चक्र हेर कस्तो कस्तो
एउटा किसान, अर्को ब्यापारी जस्तो ।  
.....................................................................
बोलनेको पिठो बिक्छ, नबोल्नेको बिजोक 
खस्रो बोलीको उस्तै बिजोक ।
 कामको भन्दा चकडिको बात जो सुन्छौ  
 काम कसरी तमाम गर्छौ  ? 
सुन्न कान तिम्रो समस्या होइन, 
 तिमीले पिउरी नझिके पछि 
 दन्त बजारमा ललाट उफार्नु के काम ?
................................................................

2 comments:

  1. I needed to thank you for this great read!! I definitely loved every bit of it.
    I have you saved as a favorite to check out new stuff
    you post…

    Look into my homepage: spunkyteens.pornlivenews.com

    ReplyDelete
  2. Hurrah, that's what I was searching for, what a material! existing here at this blog, thanks admin of this website.

    My homepage ... www.erovilla.com

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...