हामी नेपालीहरु चरित्रगत रुपमा हेर्दा किन किन बिभक्त छौं जस्तो लाग्छ मलाई । हामीलाई हाम्रो र मेरो भन्नमा नै गर्भ हुन्छ। हामीहरु एउटा आस्थाको लागि आफैलाई जन्म दिने बाबुआमा संग टाढिन सक्छौं, आफ्नु कुरा नसुन्ने छोरोलाई घरबाट निकाल्न सक्छौं, पल्लाघरका संग झगडा गर्न सक्छौं, तर कहिले पनि उसको बिचार त यस्तो रहेछ, भनेर मनन गर्न हैन कि, बार लगाउन पट्टी ध्यान दिन्छौं। के हामी यस्तो संसारको कल्पना गर्दै त छैनौं जहाँ एउटा मात्रै बिचार आओस जसले सबैलाई प्रिभेलगरोस?
२०४६ साल ताका एस्तो थियो, एउटा घरमा बाऊ खान्दानिया प्रधानपञ्च, जेठो छोरो कांग्रेस, माइलो छोरो कम्युनिस्ट, कान्छो छोरो या मुन्द्रे या निउट्रल, या कुनै अर्को पक्ष जसले झगडा यती बढायो कि सबैले पारिबारिक मूल्य नै भूले। यहाँ सम्म कि बाउको हातको टिको नै बहिस्कार। जातीय बिभक्तता त धन्न घर सम्म आउने कुरा भएन, अंतरजातीय बिबाहा भए त पसिहल्यो। खरको छानो हुनेलाई टिनका छानाले हेप्ने, टिन्को छानालाई आर्सिसिले हेप्ने, आरसीसी मात्रैलाई पिल्लारवालले हेप्ने। साईकललाई मोटोरबाइकले हेप्ने र उसलाई पनि कारले हेप्ने। धन्न साईज बड़े अनुसार ट्रकले कारलाई भने हेप्दैन। काठमांडू अरुलाई गन्दैन, हिमाल सुंदर छु भन्छ, पहाड़ म स्वच्छ छु भन्छ, तराई म सम्म छु भन्छ, मिल्ने कुरा कोही गर्दैन। हुंदा हुंदा फोहोर पनि कसको सरकारले फाल्दैछा भनेर बातो ढुकने बेला आयो। कांग्रेसले फाले एमालेलाई गनाउने, एमालेले फाले कांग्रेस र माओबादिलाई टाउको दुखने, माओबादीले फाले कांग्रेस र एमालेलाई जर्दी हुने, यो त हदै भयो नि। कहिले होला सरकार फेरिए पनि नागरिक स्तरमा कुनै प्रभाब नपर्ने? हाम्रो जात, आस्था, पदलाई बिर्सेर नेपाली मात्रै भन्ने एकनासे नेपाली समाज कहिले बन्ला?
बास्तबिक कुरा गर्नु भयो ल। म सँग एउटा यस्तै अनुभब छ। एउटा पार्टीको मान्छेमार्दा, अर्को पार्टिको मानिसले लाश समेत नऊठाएर, लाशै गनाएर रहेको र पछि पार्टिको सदस्याता लिएर मात्र लाश उठाएको उदारहण छ। खै के हुन लागेको हो हाम्रो देशमा। यसो हेर्दा त छिट्टै फेरिेएला जस्तो त छैन।
ReplyDeleteसमाज फेरिँदै नफेरिएको त कहाँ हो र ? फेरिएर नै यस्तो अवस्थामा आएको छ फेरिएर नै पुन सुन्दर हुने छ । कहिले भन्ने कुरा चैं हाम्रो ईच्छा शक्तिले जहिले जित्न सक्छ तहिले होला ।
ReplyDeleteदीपकजी तपाईंका कुरा त पक्कै ठीकै हो, तर हामी सामाजिक छेत्रमा माथि हैन ओरालो लागेका छौं, सामाजिक मान्यता क्षयीकरन हुँदै छ, हामी स्वस्फुरित रुपमा हैन निर्देशित रुपमा बिश्लेषण गर्छौ. समस्या यहीं नेर छ जस्तो लाग्छ.
ReplyDelete