Wednesday, February 25, 2009

मन्त्रीको धम्की, प्याब्सनको घुर्की

शिक्षाका उम्दा हाम्रा मंत्री जसले बिज्ञान, समाज र राजनीतिको संयुक्त फ्यूजन गरी दर्हो अठोट लिएर राज्य संचालन गर्दै छन र यस्तो लाग्छ उनी अर्को भरतमोहन, रामशरण र प्रकाशचन्द्र हुन हैन, सांच्चै कामकाजी मंत्री बनेर देखाउन खोजिरहेछन। राजनितीमा उनी यो या त्यो तरीकाले पछाडी धकेलिएपनी आफ्नो अठोट बोकेर हिडेकै छन। आख़िर यसैमा त छ हामी सबैको कल्याण र अन्तत्वोगत्वा उनको धकेलिँदै गरेको राजनैतिक ग्राउंडको भबिश्य पनि ।
मै खाउं, मै लॉउं, शुख सयल वा मोज मै गरुं, भन्दै आफ्नो मात्रै भाग खोज्ने संस्कारको बिकास हुँदै छ भन्ने कुरा तिनै प्याबसनका हाकीमलाई हेरे पुग्ने भयो। स्कुलको भबन बनाउन तिनै कलिला बिध्यार्थीसंग फी उठउँदै उध्योग मन्त्रालयमा नाम दर्ता गरी संचालित स्कुलहरु कति नाफामुलक छन भन्ने कुरा कुखुरा ब्यापारीलाई समेत थाहा छ। यती हुंदा हुँदै एउटा नोभेल कजको लागी ५% टैक्स तिर्न भन्दा बरु बन्द गर्ने धम्की दिनु एउटा सभ्य देशका नागरिकलाई सुहाउने कुरा हो त? टैक्स नातिरी कुन देश चल्छ? बेलैमा हाम्रा शैच्छिक माफियाका दिमागमा यत्ति कुरा त घुसे पनि हुने नि। नारा लाएर आफ्नो बर्चश्व देखाउने देशमा कहिले देखि नीति र नियमबाट चल्ने संस्कार बन्ला खै?


No comments:

Post a Comment

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...