Showing posts with label संस्मरण/लेख. Show all posts
Showing posts with label संस्मरण/लेख. Show all posts

Saturday, January 12, 2013

राजेन्द्र दाजु संग टाँसिएका मेरा अनुभूतिहरु

                    राजेन्द्र ढकालको बाल्यकालका हामी दुई   

२०२५ कार्तिक २५ गते गोरखा जिल्ला हर्मी गा।बि।स वार्ड नं ८, हर्मी भन्ज्याङ्मा स्व। प्रभा देवी ढकाल र श्री कलाधर ढकालको प्रथम सुपुत्रको रुपमा राजेन्द्र ढकालले जन्म लिनु भयो । त्यसको ठिक दुइ वर्ष ११ महिना पछि कनिष्ठ पुत्रको रुपमा म जन्मे पछि तत्कालिन स्वास्थ्य मन्त्रालयको नारा  ‘सानो परिवार सुखी परिवार’मुताबिक हामीले गाउँ सुहाउदो सुखी जिवन नै बिताएका थियौ । सुखी यस मानेमा कि खेतबारीमा काम गर्ने जनशक्ति नभएकोले खेतीपाती गरेनौं, सामान्य जीवनयापन गर्न बुवाको जिल्ला जिल्ला चाहर्दै गरेको सरकारी नोकरीको तलबले भरथेग गरेकै थियो । म जन्मनु भन्दा अघि नै बुवा संग स्याङ्जा बस्नु भएका दाई तिष्ण बुद्धिको करामत देखाई सकेझैँ दाइले खच्चड गनेको कुरा अस्तिताका सम्म खुबै रौसिएर बुवा र आमाले भन्ने गर्नुहुन्थ्यो । 
हामी दाजु भाइ कम, साथी भाइ बढी जस्ता थियौ । कहिले काँही घर आउने जाने बुवासँग झ्याम्मीएर धेरै कुरा  गर्ने,  आमाको हरेक कामलाई सहयोग गर्ने, हामी तिन जनामा कामको बाडफाड गरि फच्चे पार्न सहयोग  गर्ने,  मामाघर हजुरबुवासंग आवश्यक सल्लाह गर्ने बानी वहाको बच्चै देखिको थियो । परिवारको कुनै सदस्यलाई पनि तँ नभन्ने उही दाईको भाइ भएर पनि कहिले काँही दाइलाई तँ र आमालाई तिमी भन्ने मेरो बानीलाई पनि हाँसीहाँसी सुधरिदिनुभएको मलाई राम्रै संग याद छ । खासै कुनै बिषयमा झगडा गर्ने बानि नभएको र बुवाको लामो अनुपस्थिती र आफ्नो बहिर्मुखी प्रतिभाको कारण धेरै जस्तो घरायसी काम कारबाही हजुरबुवाको सल्लाहमा आमा र दाइले ब्यबस्थापन गर्नुहुन्थ्यो । आमाको हकी र निर्भिक स्वभाब, कृष्ण दाइ र मोहन दाइको पढाइको संगतले गर्दा मलाइ लाग्छ वहालाई कहिल्यै पनि घर व्यवहारमा खुम्चिएर बस्नुपरेन । मकै गोड्न जाँदा, घाँस काट्न जाँदा वा पौडी नै खेल्न जाँदा पनि हामी दाजुभाई प्राय जसो संगै हुन्थ्यौ । समाजमा झैझगडा या मुद्धा पर्दा प्राय जसो हजुरबुवा र आमा सहभागी हुने कारणले गर्दा पनि होला, उहाँ बच्चा हुँदा देखि नै आफ्ना राय राख्ने एक निर्भिक वालक बनिसक्नु भएको थियो ।  हर्मी भन्ज्याङ्को पाठशालाबाट तरकारीमा के हाले मिठो हुन्छ भन्ने सबालको जबाफमा नुनको उत्तर दिए वापत चकलेट पाएर स्याबास बटुल्ने दाइले कसैको मन बिझाउने काम गर्नु भएन मात्रै होइन, धेरैको धन्यबादको पात्रसमेत बन्नुभयो । तत्कालिन पंचायतकी नेत्री विद्या देवी देवकोटा हाम्री आमाको घनिष्ट मित्र भएकै कारणले हाम्रो घरमा खुबै आउनुहुन्थ्यो । वहाको राजनैतिक गफ सुन्दासुन्दै प्रतिबाद गर्ने बानीको पनि बिकाश भयो जस्तो लाग्छ जसले गर्दा ११ वर्षमै त्यो गाउँमा निर्दलको विरुद्धमा राजनीतिक प्रचार प्रसार गर्ने एक खम्बा जस्तै भैसक्नुभएको थियो । बाचस्पति देवकोटाको नियमित प्रशिक्षण, युद्दकला, तालिम जस्ता लाग्ने व्यायाम, पम्प्लेट र पोस्टर टाँस्न नियमित राति राति हिडने गरेको मलाई राम्रैसंग याद छ ।  दाईका साथीहरु दाईका दाईहरुनै बढी थिए र मेरो पनि त्यसरीनै तिनै ग्रुपहरुसंग हिड्ने, गफ सुन्ने बानि परिसकेको थियो । खारखोलामा पौडी खेल्न होस् या हर्मी भन्ज्याङ्को चौरमा राति तारा गन्ने गफ या चन्द्रमा दौडेको कौतुहलातासंग गरिएका गफहरु नै किन नहोस, आफ्नो अन्तर्मुखी बानी  नै सहि, वहाको चार्तुयता, सरलता र निर्भिकतासंग म साक्षतकार भैसकेको थिए । जिम्मावालले पैसालाई रुपैया भन्दै ठगेको, लेख्न नजान्नेलाई चर्को शुल्क लिने गरेको कुरा आफै तिरो तिर्न जाँदा आफ्नै अगाडी देखिए पछि मुसो दल्ने र सामाजिक बहिस्कार गर्ने सम्मको बिद्रोही आचरण एक दश बर्षे बालकमा देखिनु सामान्य परिघटना हुनै सक्दैन । बुवाले अध्ययन गर्ने ९बुवा अहिले सम्म बहुत अध्ययनशील हुनुहुन्छ, वहाँको रुचिका बिषय भनेको र्धामिक, सामाजिक, ऐतिहासिक र पौराणिक पुस्तकहरु थिए।० हरेक पुस्तक पढ्ने बानी वहाँसँग थियो । यसरी समग्रमा सामान्य होइन कि परिबर्तनशील र परिबर्तनकामी बालकको भूमिकामा वहाँ स्थापित हुनु भयो ।

राजेन्द्रको प्रारम्भिक शैक्षिक र राजनैतीक जिबन
स्थानीय शिक्षकहरुसँगको रात्रीकालिन नियमित भेटघाट, हरेक वर्ष गरिने साँस्कृतिक कार्यक्रमहरुमा वहाँको बिशेष सक्रियता र निर्देशन, वरपर हुने गरेका पार्टीका कार्यक्रमहरुमा वहाँको बढ्दो सक्रियता, केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको फाट्टफुट्ट आगमन आदिले वहाँको  राजनैतिक सक्रियता प्रस्टै देखिन्थ्यो । नापी गराउने अमिनसँगको तत्कालिन पञ्चहरुको बस उठले नापीएका जंगल र गौचरणका बिरुद्ध आबाज उठाउन या कुला भाच्ने र झैझगडाका साक्षी बस्दाका बखत आवाज उठाउने उहाँ, साच्चै वकिल बन्नको लागि हुने बिरुवाको चिल्लो पात हुनुहुन्थ्यो।
we brothers together with Rajendra Dai at 2044.
उमेर र पढाई तिन तिन वर्ष फरक परेकै कारण वहाँका प्रायजसो गतिबिधि मेरा प्रेरणाका स्रोत हुन्थे या पाठ सिक्ने बिषय हुन्थे । वहाँका एकाध बाहेक पुराना पुस्तक मेरा लागि जनै जस्तै बनेका थिए ।  उहाँ वक्तित्वकला, हाजिरी जबाफ आदिमा पनि अगाडीनै हुनुहुन्थ्योे र आफ्नो बहुआयामिक  छाप भित्र पढाईलाई पनि पार्नु भएको थियो । अखिल, तत्कालिन छैठौं९त्यो ठाउँमा अरु अखिलको बारेमा साएद धेरैलाई जानकारी नै थिएन० को राजनीति बहुत हाबी भएको त्यो जमानामा वहाँहरुकै आदेशमा स्कुल बन्द हुन्थे, खुल्थे, नारा जुलुस लाग्थे । मकै छर्ने, पौडी खेल्ने, दाउराको जोर जुलुम गर्ने प्रायजसो समयमा स्कुलमा हड्ताल हुन्थ्यो, सायद त्यो नै हाम्रा लागी अतिरिक्त क्रियाकलापहरु हुन्थे । वहाँ एस।एल।सी दिइसके पछी बुबासँग बस्ने निधो गर्नुभयो र बर्दिया जानुभयो । त्यसपछि भने घरमा म र मेरो आमा मात्रै भयौ । तत्काल बर्दिया जान नेपाल भित्रैबाट सम्भब थिएन, त्यसैले इंडिया हुँदै जानुपर्ने भएपनि आँट गरेर लाग्नुभयो । लामो समय बस्न भनेर जानुभएको भए पनि तराईको  गर्मी र दाँतमा परेको कालो पानीको प्रभावले उहाँ  तिन महिनामै घर फर्कनु भयो । वास्तवमा उहाँको एउटा खुट्टा उचालिएकै थियो । सायद उहाँलाई कुन बिषय पढ्ने भन्ने दोधारै  भएन किनकि ुबिहानीले दिन दर्शाउँछु भने झैं  ‘ल पढ्ने निर्णय गर्नुभयो । शिक्षक आन्दोलन, बेलाबेलाको अन्य हड्ताल आदिले उहाँको घर आउने जाने क्रम निरन्तर चलेको थियो । सायद अब बिस्तारै बुवाको इमान्दारिताको कमाइले थेग्न छोड्दै थियो, भने मेरो भबिष्यको अध्ययनका निम्ति हुने दोहोरो बोझ धान्न नसक्ने पक्कापक्की थियो । यहि परिबेशमा उहाँ जागिर खोज्न यत्रतत्र बहुत धाएको कुरा सुनाउनु हुन्थ्यो । जागिर खानै पंचायती राजनीति गर्नु पर्ने पञ्चहरुको दबाबलाई कुल्चिएर शसक्त राजनीति गर्दै रहनु भयो । सेक्टर काण्डका अनुभूति, अन्य भूमिगत क्रियाकलाप, बौद्धिक भेटघाट र सामाजिक भलाईका काम गर्दागर्दै वहाँको पढाई दोस्रो प्राथमिकतामा परिसकेको थियो । म एस।एल।सी। पास गरि काठमाडौँ आए देखि नै हल्का तनाब शुरु हुँदै थियो, बुवाको इमान्दारिताको कमाइको  तलबले दुई दाजुभाइलाई धान्न गाह्रो भएको कुरा हामी सबैलाई प्रस्ट थियो । यसै सिलसिलामा २०४६ सालको उथलपुथलको हुरी चल्न थाल्यो, जुलुस, हड्ताल, धरपकड आदि नित्यकर्म बन्न थाले । तेलको लाइन लाग्दा लाग्दै लाठी खाने कुरा या कलेटी परेका ओठ लिएर रुझेको बिरालो झैँ डेराको ढोका खोल्नु परेको कुरा सामान्य थिए । कहिले यहाँको कोण सभा कहिले उहाँको, कहिले त्रिचन्द्र भने कहिले किर्तिपुर कार्यक्रममा भाग लिदै गर्दां दाई कयौ चोटी महेन्द्र पुलिस क्लबको छिडीमा पुग्नु भयो । त्यहि ताका एकदुई महिना नै पढाई नहुने भए पछि सामान जति सानो कोठामा थन्काएर हामी दुवै जना घर तिर लाग्यौ । आफ्ना गतिबिधि घटे पो प्रहरीको निगरानी कम हुन्थ्यो, दाईको नाममा प्रहरी केहि दिन बिराई गाउँमा आउन थाले । घर घेर्ने, खानतलासी लिने, आतंकित पार्ने मात्र गरेनन् , उहाँलाई समातेर घर भित्र लगी सबै कुरा देखा भनि त्राहिमाम पार्न थाले । उहाँमा कुनै हिनता बोध पनि थिएन, त्रस्त भाव पनि थिएन, उनीहरुको अगाडी निरिह पनि बन्नु भएको थिएन । घर खान तलासी गर्दा लेनिन र माक्सका र्दशनका किताब, माओको छलांग मार्ने पुस्तक, रसियन कथा र उपन्यासका ठेलिका बीच म स्कुलको सचिब हुँदाका बैठक पुस्तिकाको निणर्यहरु फेला पारेछ । त्यो सँगै  उसैले ल्याएको पार्टीको पर्चा बोकेर दाईलाई  लिएर गयो, म त्यहि अगाडी नै भए पनि मलाई भने केहि गरेन नै । सायद मलाई बिज्ञान पढ्ने तर दाइको लहैलहैमा मात्रै राजनीति गरेको भन्ने सम्झियो होला । २।३ महिना हिरासतको बास पछि उहाँलाई छोडिदियो । 

घर व्यबहार प्रती उहाँको चिन्ता
हामी दुई भाई काठमाडौं बस्ने, बुवा दमौली बसी जागिर खान्दै गर्दा घरमा आमा एक्लै बस्ने कुरा पनि आएन र त आमाबुवा सँगै दमौलीमै हुनुहुन्थ्यो। घरमा ताल्चा लगाई बुवासँग बस्दै गर्दा घर लथालिङ्ग भएको परिदृष्यले “सानो परिवार सुखी परिवार”लाई जिस्काए झैँ लाग्थ्यो । घरको छाना भरि घाँस, पिढी भरि ढुसी र आगन भरि पाति उम्रे पछि हामी दाजु भाई नै एकै पटक घर प्रति नतमस्तक भयौ, न हामीले त्यो घरलाई आस्वासन नै दिन सक्यौ, न झ्यालमुनि लेखेको राजुरवि  निबासले हामीलाई लगाएको काउकुती मेट्न नै सक्यौ । तर पनि दाइ बिशेष सम्हालिनु भयो र भन्नु भयो केहि गर्नै पर्यो । त्यहि हिउदमा सामाजिक बोझलाइ लत्याउदै भड्किला र उरेंठेउला  लाग्ने गतिबिधि त्याग्दै परिवर्तनका खातिर नमुनामुलक समाजबादी बिबाह गर्नुभयो । त्यो बेला सम्म चलेको दुई दिने विवाह एक दिनेमा झर्यो, बाजा को सट्टा साथीभाइको गफ नै काफी भयो। यसरि लम्जुङ् भलायार्खक निवासी बिमला घिमिरेलाई सुख दुखमा साथ दिने सामाजिक परिर्वतनमा उन्मुख हुनेगरी जीवनसाथी बनाउनु भयो । अब आमा र भाउज्युको स्थायी बसोबास, बुवाको बढ्दो आवत जावत मात्रै भएन कि तामाका मुना र टुसाहरु एक पछि अर्को गर्दै पलाउदै गए । 
बुवाआमाको त्यो जमानाको दुई छोरा मात्र पाएर नमुना बनेको पृष्टभूमिमा एउटा छोरो स्थापित वकिल अर्को छोरो डाक्टर या बैज्ञानिक बनोस्, सुख पाइयोस् भन्ने चाहना हुनु स्वभाविक थियो । घरमा खासै दुख थिएन, दुध खुवाउने भैसी थिए, अधियाँबाट  आएका अन्न थिए, दाँयाबाँया भरथेग गर्ने बुवाको तलब थियो, तर समस्या उही थियो एउटा सुब्बाको तलब दुइ छोरालाई दिउँ कि दमौलीका किराना पसललाई दिउँ या हरेक वर्ष बर्केनु भैंसी बेच्दै लैनु भैंसी किन्ने परिबन्द मिलाउ, या अनेक खर्च धानौ भन्ने जस्ता व्यवहारीक समस्या संगै हाम्रो परिवार येनकेन प्रकारेण चलिरह्यो ।

सक्रिय युबा राजनीतिको क्षण  
बिस्तारै बढ्दै गएको जनचेतनाको अभिबृद्धीले २०४६ सालको परिवर्तन आयो । बढ्दो राजनैतिक उतार चढाबका बिचमा प्रगतिबादी कविता लेखिरहने, लोक भाकामा प्यारोडी आफै लेख्दै, गाउँदै, नाच्दै र नचाउदै के दशैं के तिहार गरि गाउँको घुमाउने चौतारी मात्र होइन, गोरखा, लम्जुङ्, तनहुँ, पोखराका पाखा पखेरामा कहिले कछाड र कहिले लाहुरे टोपी गर्दै विभिन्न भेषभुषामा झल्किदै हुनुहुन्थ्यो । भाषणमा माहिर मानिनुहुने उहाँ छलफल र बहसमा समेत मृदुभाषी र प्रभाबी हुन सक्ने क्षमता थियो ।”ठुल्दाई ल्वांग्को फुल, अलि उता सर न हे पन्च, गनायो तिम्रो मुख” भन्दै गाउँदै गर्दा भएका हुलदंगा होस् या भाटा ठटाउन्दै ‘आइज को आउछ भन्दा समेत ‘ल म आए्ं ’भन्दै तिघ्रेसँग समेत भिड्न  तम्सने निडर र संयमित दाइको अगाडी जो कोहि पनि गरुडको छायाँको सर्प जस्तै हुन्थ्यो । उहाँ साथी बनाउन उसको आस्था उमेर र भूगोललाई वास्ता गर्नु हुँदैनथ्यो । अध्ययनको लागि मेरा भौतिक शास्त्र र रसायन शास्त्रका ठुला ठेली बाहेक कुनै छोड्नुभएन जस्तो लाग्छ । सायद, त्यो समय वहाँको प्रतिभा बिकासको लागी सबै भन्दा उत्तम र परिस्कृत थियो भन्ने मेरो ठम्याई छ । राजनैतिक प्रशिक्षणका हरेक गतिबिधि हुन या उहाँले आकलन गरेका राजनैतिक परिवर्तनका स्वरुप या परिघटना, नलुकाइकन सुनाउनु हुन्थ्यो र मेरो राय माग्नु हुन्थ्यो । यी बिज्ञान पढेकाको सोचाई अलि फरक हुन्छ भन्दै मेरो रायलाइ प्राय स्थान दिनुहुन्थ्यो । ‘मैले तिमीलाई आर्थिक रुपमा भरथेग गरि डाक्टर बनाउन नसकेपनि तिमी आफ्नो मिसन बाट पछि नहट, तिमी भित्र क्षमता देखेको छु, म राजनीतिज्ञ नै बन्छु, तिमी बैज्ञानिक बन’, भनिरहनु हुन्थ्यो ।  २०४६ सालको राजनैतिक परिवर्तन पछि चुनाब हुने भयो, तत्कालिन जनर्मोचाले भाग लिने, नलिनेको दोधारमा पार्टी उभिएकै कारणले गर्दा गोरखाको मशालको राजनीतिलाई स्पात जस्तै बनाउने बाचस्पति देवकोटा हाम्रो कोठामा बहुत आउन थाल्नुभयो । एउटा लामो किचेन देखि बेड सम्म लमतन्न फैलिएको कोठाको एउटा कुनामा वहाँहरुको बहस, अर्को कुनामा भने म जैविक रसायन विज्ञानका डल्लाहरु फुटाइरहेकै हुन्थे । एमालेमा नजान दाइले गरेको आग्रहको प्रतिउत्तरमा उहाँको एकोहोरो रटान हुन्थ्यो “नेताहरुलाई चिन उनीहरु चुनाबमा जानै चाहन्नन्, लडाइ मात्रै भन्छन, एक दिन सकिनेछन” । वहाँको अन्य साथीहरु आउँदा सामन्तीका बाँसघारीमा सोडियम राखी पड्काउने देखि श्रमदान गर्ने योजनासम्म, जनबादी जनगणना देखि सामुहिक खेतीका बहस चलाउदै चिउरा र कालो चियाको निकै दहन पनि गरियो । एस।एल। सी। दिए पछि घर गृहस्थीमै व्यस्त रहनु भएको भाउजुलाइ आइ।एल।को परिक्षा प्राइभेटमै भएपनि दिलाउने समेतको कार्य गर्दै स्वयंसेवकको रुपमा मामा तुलसी भट्टको ‘ल फर्म’ मा काम समेत गर्न थाल्नु भयो । केही जोखिम मोलेरै व्यबसायलाई स्थापित गरेको भए सायद परिस्थिती अर्कै हुने थियो । 

गाउँ फर्के राजनैतीक यात्रा 
पार्टीको कार्यक्रमलाई गोरखामा स्थापित गराउन म जाँदैछु भन्ने आशयको तर्क राख्दै उहाँ जिल्ला फर्कने निर्णय गर्नुभयो । भूमिगत रुपमा चलेको राजनीतिलाई पटाङेनिमा ल्याउनु कम चानचुने कुरा थिएन। एउटा ल फर्म खोल्ने, क्याम्पस पढाउने, मानब अधिकारका कुरा गर्ने, नयाँ जनबादी मन्च हुँदै संयुक्त जनमोर्चा बनेको बामपन्थी आन्दोलनलाई जनता बिच स्थापित गराउन दिलो ज्यानले लाग्नु भयो। आम निर्वाचन र स्थानिय निर्वाचन हुने क्रममा धाँधलीको नमुना बन्दै गएको गोर्खा जिल्ला मा उहाँको उपस्थिती नै सरकारलाई घाँडो हुन्थ्यो। यसको ज्वलन्त उदाहरण हर्मिको स्थानीय चुनावलाई लिन सकिन्छ। हर्मीमा चुनाब गराउँदा आर्मीको कडा सुरक्षा घेरा भित्र दाईलाई सबैको अगाडी चौतारामा दुई घुडाको बिचमा टाउको राख्न बाध्य पारियो ।  राज्य संयन्त्रको यस्तो खराब सूचक देखेपछि त्यही बेलामै अनिष्टता प्रस्ट झल्कन्थ्यो । एउटा गाउँको चुनाब गराउन राज्य नृसंस लाग्नु बहुत लज्जाजनक स्थिति थियो, जसका अगाडी हामी लाचार छायाँ जस्तो भयौं । बि। एस्सी। एजी। पढ्दै गरेका दाईलाई अनुरोध गरि गाउँमा परिवर्तनको झन्डा गाड्ने योजना मात्रै होइन, इमान्दार शिक्षकको रुपमा स्थापित शुरेस वाग्ले जस्तालाई जिताउन तिकडम गर्न पर्ने भए पछि एक चोटी सबै प्रगतिकामी र्गोखालीहरु किं कर्तब्य बिमुढ भएका थिए । पंचायत भित्रको मुर्दा शान्ति हटाएर ल्याएको बहुदल भित्र चौतारामा मान्छेलाई निर्लज्ज थुनेर चुनाब गराउने सरकारको लक्षण सहि छैन भन्ने कुरा छर्लङै थियो । शेरबहादुर देउबाको गृह मन्त्रालय थियो क्यारे त्यो, जसले आर्मी प्रयोग गरि मेरो दाईलाई पिपलको फेदमा घोसे मुन्टो पार्न बाध्यपारेको थियो ।  रोमियो अपरेसन हुँदै राज्य निस्ठुर बन्दै जाँदा एकीकृत बन्दै गरेको पार्टी चोइटिएर तासीए पनि गुलेली र मट्याङ्ग्राबाट परिवर्तन सम्भब छ भन्दै मेरो दाई मेरो कोठा, नयाँ बजारमा आउनुभयो । मेरो सल्लाह लिनुभएन, राय सुन्नुभयो, मेरो शंका मिसिएको स्वीकृतिमा हल्का मुस्कान सहित पार्टी फुटाउने केन्द्रिय भेलाको कुनै पनि पिडा नलीइकन ‘समाज परिवर्तनको कसम खादै म हिंडे, तिमीले मेरा परिबारलाई सुखी होइन, सक्षम बनाउने कोशिस गरि देउ। म रहें र र्फके भने समाज फेरीइसकेको हुनेछ जसमा चिन्ताको बिषय हुने छैन, म फर्किन भने परिस्थितिले उनीहरुलाई अरु नेपाली सरह बस्ने हैसियतको बनाउने नै छ ‘। हामी बाहिर बस्ने नै सुरक्षित हुन्छौ भन्ने त छैन तर सुरक्षाको ध्यान दिंदै राजनीति गर्नु भन्दै मेरो टलपिएका आँसुलाई हल्का धकलधाकल पारेर बिदा दिन अनुरोध गर्नुभयो । मैले जे सक्थे, त्यहि गरे ।
यसरी दाइ राजनैतिक व्यवस्थापनको लागि मोफसल लाग्नु भयो, परिर्बतन छिट्टै ल्याउन वारपाकमा आफ्नो टाउको फुटाएर मात्र होइन भिमकाय कान्ला नाघेर, खुट्टा घिर्सादै टाउका भरी टाँका लिएर  घर आउनु भयो। बन्दुक या सारंगी, किताब या नोट, कलम या तुलोको ब्याज बोक्ने कोट, चक घोट्ने अध्यापक होस् या मानबिय हिंसाका बिरुद्ध बोल्ने मानवअधिकारबादी, सबै रुप र भेषमा, थुप्रै सुख र दुखमा अनि अनगिन्ति हण्डर र ठक्करमा खरो उत्रनु भयो । २०५२ साल आयो, पार्टी र सयौ कार्यकर्ता बिशेष गरि चार जिल्लामा एक साथ भूमिगत भए । उहाँ कानुनी क्षेत्रबाटै अघी बढ्ने र प्रचारत्मक राजनीति गरिरहने सोच हुँदा हुँदै पनि बिभिन्न पारीबेशले उहाँलाई भूमिगत हुन बाध्य पार्यो।

भूमिगत राजनैतीक जिबनका क्षणहरु
वहाँको बर्हिमुखी प्रतिभाको कारणले गर्दा उहाँलाई भूमिगत रहन बहुत गाह्रो  भयो र त  केहि महिना  भित्रै चितवनबाट प्रक्राउ पर्नुभयो र गोरखा ल्याएको सम्म थाहा भयो । कसैलाई भेट्न नदिने र कुनै खबर पनि नदिने गर्नाले हामीलाई मानसिक तनाब खपी नसक्नु भयो । अधिबक्ता द्वय, तुलसी भट्ट, मुक्ति प्रधानहरुको बिशेष पहल र पध्म रत्न तुलाधर एबं दमन नाथ ढुंगानाको अनुरोध पछाडी म आँट गरेर गोरखा  गएँ  । तत्कालिन डी।एस।पी लाई जिल्ला प्रहरी कार्यलय अगाडी भेटें र म मेरो दाईलाई भेट्न आएको भन्दा मलाई टाउको देखि पैतालासम्म हेरी मेरो परिचय सोधे । घोक्रे ठ्याक लगाउँछ या नाजवाफ फर्काउँछ भन्ने चिन्ताका बीच आफ्नो परिचय दिएँ । अप्रत्याशित रुपमा, ए १ म पनि किर्तिपुर  नै  पढेको भन्दै भेट्ने अनुमति दिए । मलाई सिधै माथि कोठामा लगे । मलाई देख्ने बित्तिकै दाई झस्कनु भयो । तिमीलाई पनि समातेको हो की रु१ भन्नु भयो । तिम्रा बारेमा समेत म संग सोधिरहन्छन्, त्यसैले मलाई भेट्न अब देखि नआउ है, भन्दै मलिन स्वरमा भन्नुभयो । बेलना लगाएर दिएको यातना, पानीमा  डुबाएर बकाउन गरेको हर्कत आदि भन्दै गर्दा सुन्न बसेको हवल्दारले आँखा तन्काएपछि बात टुंग्याउन लाग्नुभयो । तिमी होइन बा, आमालाई पठाउ भन्दै जानुभयो । त्यसपछि यो या त्यो घटनाका मुद्दा पनि उहाँमाथि नै थुपार्दै गए पनि धेरै अदालती फैसला, एमनेस्टी लगाएत अन्य संस्थाको दबाबले गर्दा छोड्न बाध्यभयो र छुट्नु भयो । जेल र कस्टडीका चिसा छिंडीको दिर्घ प्रभाब, अमानबिय यातना, पाखा लाग्दै, तर्कदै गरेका पुराना साथीहरुको मनोबृती देख्दा केहि बैरागीय जस्तो, केहि गुमाइसकेको  जस्तो, दिमागीय दिवालियापनमा परे संगै बहुत चतुर ढंगले आफुलाई समाल्नु भयो । आफ्नो पेशामा आफुलाई फर्काउनु भयो । मर्ता तो क्या न करता झैँ आफै जस्तै पिडितहरुको सेवामा पुन फर्कने प्रण गर्नुभयो । त्यसै साल बुवाआमा कुरू क्षेत्र जानु भयो । फर्केर आउँदा  आमालाई कुनै रोग लागेको  अनुभूतिे भयो, संधै चुस्त शरीर एक्कासी मोटाएर आयो । अप्रत्यासित रुपमा उल्टी भएकाले आंपपिपल मिसन अस्पताल जानुभएछ, ग्यास्ट्रिकको समस्या भनिदियो । डाइजिनले धानेन, एन्टासीडले पनि मानेन । अनि हामी दुबैले काठमाडौँ बोलायौ । उहाँलाई पारीक्षण गर्न अञ्जनी शर्माकोमा लग्योउन, क्यान्सर भएको शंका गर्नु भयो ।अर्बुद भएको पक्का भयो, आमालाई भनेनौ, डाक्टर कहाँ गयौ, सोच्नुस् आधा बिकल्प बाँकी छ, अप्रेसन गरि हेरौं भने, त्यही बमोजिम गर्योउं । तर, असफल हुने पक्का भएपछि सिलायौ । आमाको आशा, रोग निदान भयो भन्ने भयो । एम्बुलेन्सबाट सिधै गोरखा पठायौं । धार्के मा पुगे पछि टायर पंचेट भयो, त्यो सायद हाम्रो यात्राको अशुभ लक्षण थियो । मेरो एम। एस्सी।को अन्तिम परिक्षाका तयारीका दिनहरु थिए सायद । म आमालाई गोरखा सम्म पुर्याएर फर्कें । आमाको स्वास्थ्य यसरी फिर्यो कि वहाँलाई कुनै रोग नै छैन । दाई आफ्नै मुद्धा खेप्दै, अरुका मुद्धामा लड्दै, तिव्र मानसिक यातना र दबाबलाई झेल्दै बहुत ठुलो साहसलेले पेशालाई पुर्नताजगी गराउनु भयो । त्यो आँट, त्यो क्षमता, त्यो दक्षता, त्यो शालीनता, त्यो सुझबुझ, त्यो शितलता प्रति ९मेरो दाई भएर मात्रै होइन राजेन्द्र ढकाल मात्रै भएर पनि० उहाँलाई संधै संधै सलाम ठोकिरहनेछु । 

My mother received the last Tika from my father.
We too received the last Tika from her afterwards 
at 2052.

त्यहि दौरानमा आमाका छोपिएका व्यथाहरु कहिले बाँयाबाट कहिले दाँयाबाट, कहिले उल्टीबाट, कहिले रिङ्गटावाट दोहरिन थाल्यो । दाईले र मैले कि त आँपपिपल, कि त चितवनबाट औषधिका ठिमुराहरु ओसारीरह्यौ । उपचार गर्न नलगेकोले मलाई उपचार गर्न लगेनन् भन्ने त कहिले मेरो रगत राखम न त भन्दा मेरो कान्छो छोरोको रगत म खान्न भन्दै भल्ल रुने गर्दैगरेको र आफुलाई दश धारा दुध खुवाई दुख जति आफ्नै थाप्लामा लिने त्यस्ती ममतामयी आमासँग के ढाटौ, के खोलौ जस्तो असामज्यमा हामी दुइ भाई जकडीयौ । आमालाई २४ घन्टे नार्कोटिकले धानेन, घण्टा घटाउँदै औषधि खुवाउने भनि दाइ आफ्नो ‘ल फर्म बन्द गरि घर जानु भयो । म एम। एस्सी। दोस्रो वर्षको परिक्षा दिंदै थिएँ, अति भएछ, बोलाउनु भयो । एक हप्ते ग्याप थियो, किताब बोकेरै घर गएँ । आमालाई बोलाएँ सन्चो भएझै मान्नुभयो । फेरी जाँच दिन फर्किएँ । केहि दिन पछि अलि हतासको फोन आयो । त्यो दिन अन्तिम विषयको जाँच थियो । कपडा फाटो झोलामा राखें, झोला केन्द्रिय पुस्तकालयमा राखें, आमा सम्झदै ४ घण्टा बिताएँ, नार्बिसिए जति लेखें ।  हतार हतार अन्तिम घडी पनि नबज्दै झोला लिन पुस्तकालय गएँ । त्यहीबाट कलंकी गई, बस चढी खैरेनी  गएर बास बसेँ । म सागपात भैसकेको थिएँ । हतार हतार बिहानै उठी घर गएँ, ठुलोबुवाले कपाल खैरने कुरा गर्नु भयो । मेरा खुट्टा थर्रर काँपे, दाई एउटा कुनामा सेतो फेटामुनी हुनुहुन्थ्यो, निन्याउरो अनुहारले ‘रवि आइपुग्यौ’ भन्नुभयो । बस्, १३ दिन दाजुभाई, घिउ, भात, केराको पात, अदुवा, गरुड पुराण , पधेरो यस्तै यस्तै दिनर्चयामा बिताइयो। चिल्लो भात त्यो पनि एक छाक चिसो कोठा सबैको सम्मिश्रणले मलाई अम्लिय पेट बनायो। दाईका उस्तै पिडा थिए, कान सुन्न मुस्किल, राती राती नाईटमेर आदि घटनाले र्गदा बेचैनका साथ दिन बिते। दुइ सन्तान इश्वरका बरदान भन्ने तत्कालिन नाराका प्रेरक हकी, र्निभिक र ममतामयी आमा सशरिर हामीसंग रहनु भएन। दिन बित्दै गए । पुन प्रयोगात्मक परिक्षा दिन म काठमाडौँ आएँ । दाई गोरखा जानुभयो, काममा फर्कनु भयो । दिन बिते, महिना बिते दाई ‘भूमिगत नभए, ज्यान खतरामा भन्ने घन्टी बज्यो’ भन्नु भयो । बोरामा पिटिएका महिलाहरु, नंग्सिरी घोचिएका बुढा बाहरु, तारेख धानिरहेका शिक्षकहरु, माओबादिलाई भात खुवाउने अभियोग लागेका किसानहरुका मुद्धा निसुल्कमै लडिदिएपछि, प्रशासनलाइ असैय भयो, उहाँ पुन भूमिगत हुन बाध्य हुनु भयो ।   

कहिले हर्मी, कहिले लम्जुङ्ग, कहिले नवलपरासी जानुभयो । उहाँकै अनुरोधमा कहिले काही काठमान्डू आउँदा सुरक्षित हुने ठाउँमा कोठा लिए है भने बमोजिम उहाँलाई अलि सुरक्षित हुने गरी अलि कोल्टामा कोठा लिए । हरेक  भिडन्तका समाचार हामीलाई चासोको बिषय बन्ने नै भयो, हल्का जानकारी बाहेक उति सारो खबर आउन पनि छोड्यो। केहि महिना बिराई काठमाडौँ आनुहुन्थ्यो। सरकारी रबाफ केहि महिनामै माओबादी  सिध्याइदिने थियो भने माओबादी आफ्नो कौसहलता फेर्दै थियो। प्रहरीले समातेका मान्छेहरु अदालतले धमाधम छोड्न थाले पछि सरकारी रबैया केहि परिबर्तन हुने संकेत देखिंदै पनि थियो। यसरी नै दिन बित्दै थिए। पढाउने ठाउँमा जाडो बिदा पनि परेको, जाडो पनि बेसरी नै बढेकाले माघे संक्रान्ति मनाउन घर जाने निर्णय गरें। तेह्र किलोबाट झरेर जति उता जान्छु, उति मैमाथि हेर्छन् । सहानुभूतिको आँखा थिए ।दाईका बयान मात्रै सुन्छु, म बिस्तारै अधीर हुन थालें । बाटामा प्रकाश पोखरेल ९जसलाई पछि सेनाले हत्या  गर्यो० लाई भेटें । उहाँलाई पक्रेको पक्का हो भनेपछि म खग्रङ्गै भए । पहिलाको जस्तै फर्कने आस भने छदै थियो । घर गए, सबै र्सयाङ्गर्सुलुङ्ग, रवि यस्तो भएछ, सुन्योउ त होला भन्नु हुन्छ । तत्कालै काठमाडौँ र्फकिने योजना बनाए । तरुल खान गएको भाई दर्शन ढुंगा चपाउन्दै उही बाटो रुझेको बिरालो काखी च्यापेर ठिमी तिर लागें। 

Friday, January 11, 2013

दाई खोजीका अभियानहरु

जाडो बिदा मनाउन म घरमा जाँदा दाजु पक्रेको खबर पाए पछि बिदालाई छोट्याएर खोजी अभियानमा लाग्ने निर्णय गरेँ। बिहान जुरुक्क उठें,  फुल हेर्यो ओइलाएको जस्तो, घाम सेलाएको जस्तो ! घर पुरै अमुक थियो, इस्टमित्र ,छरछिमेक, गाउँ टोल सबैले मैनबती बालेर निस्केपनि मेरो मन भने Black Hole  तिर हुइकिएको अन्तरिक्षको पिण्ड जस्तो थियो । एउटा झोला बोकेर भाउज्यु र छोरीहरुलाई दाइको केही न केही गरी पत्तो लगाउन्छु, भनी हल्का आश्वासन दिंदै म हिडें । मेरो बाटो निस्चित भैसकेको थिएन, छेपेटारको दरौंदी र कुहिरो काटीसकेपछी म सँग दुई वटा बिकल्प खुला थिए,  यता जाउ कि उता जाउ भएँ केही समय। फेरी सोचें यात्रा काठमाडौँबाट नै तय गर्छु । म सरासर काठमाडौँ गइ मामा तुलसी भट्ट जो अधिवक्ता पनि हुनुहुन्छ, लाई भेटें । कहावत जति थिए, त्यती सुनाएँ, उहाँले काम गर्ने सम्भावित ठाउँहरु पनि भनें । उहाँले भन्न मिल्ने जति भनेर सुवास नेवाङ्ग (त्यतिखेर उहाँ सभामुख हुनुहुन्थेन) मार्फत गोविन्द राज जोशीलाई फोन गर्नु भयो । मेरो भान्जा हो, पक्रेको भन्ने सुन्नमा आयो, सुरक्षित राख्ने आशयको फोन गर्दा ,म उहाँलाई चिन्दछु, हामी खोजिरहेका छौं, भेट्टाएका छैनौं भन्ने आशयको प्रतिउत्तर आयो । मामाकै सल्लाह बमोजिम सम्भावित ठाउहरुमा बुझ्न जाने र्निणय भयो । मन भित्र दुइटा ज्वारभाटा उठ्दै, बस्दै गर्न थाले । दाईको अनुहार याद आयो बाहिरको उज्यालो ,फरासिलो, हँसिलो, तर तत्कालै याद आयो तिघ्रामा बेलना र हिटर मा पिसाब फेरेपछि र्गोखा कस्टडी भित्र भेटिएको अनुहारको ।  तिम्रो पनि खुबै  खोजि नीति भएको छ,फेरी फेरी पुलिस चौकी नआउ ,परिवारको रेखदेख पनि त गर्नु पर्याे भन्दै गरेको दाइको सल्लाह मानौं या यहाँ त हुनुहुन्छ ह,ै भनेर बसौं । पृथ्बी नारायण क्याम्पस, अमृत क्याम्पस हुँदै केन्द्रिय क्याम्पसमा प्राध्यापन गर्न थालेको जागिरलाई दह्रो पारौं या जे पर्ला पर्ला देशाटनमा जाउँ । यो ज्वारभाटा लामो समयसम्म टिकेन, अष्टमिको ज्वार भाटा जस्तो कलीलैमा फिस्स भयो। सम्भब भए सम्म आफ्नो ज्यान जोगाएर दाइलाई कहाँ पुर्याएको छ, त्यस्को निर्क्योल गरेर फर्कने गरी  मैले डेरा छोड्ने निर्णय गरे ।

एका बिहानै पोखरा जाने मिनीबस चढि खैरेनीटार झरेँ, जुन ठाउं दाइलाई पक्रेको स्थान बाट ४/५ किमी टाढा र बेल्चौतारा प्रहरी चौकी(जहाँका प्रहरी इन्स्पेक्टर कुश बिक्रम राणा को नेत्रित्वमा गएको टोलिले पक्रेर ल्याएको थियो) देखी १ किमी जती को दुरिमा थियो। त्यहाँका स्थानीय एमाले कार्यकर्ता र कृषिका एक जना अधिकृत दाईलाई भेटें । त्यसै स्थानमा रहेको हिमालयन जिन्जर प्रोडक्टमा म केही महिना केमिस्टको रुपमा काम गरी सकेको हुनाले त्यो एरिया मलाई नौलो भएन । त्यहाँबाट माथि जाम्दी नजान सबैको सल्लाह भयो, नयाँ मान्छे देखेपछि कि पक्रन्छ, कि झुक्याएर गोली हान्छ, त्यहाँ नजानुस भन्ने सल्लाह पाएपछि मैले बढी खतरा मोल्न चाहिन ।  म राजेन्द्रलाई राम्रोसंग चिन्दछु, उहाँ लगाएत  दुइ जना अरु शिक्षकलाई लगेको हाम्रै आँखाले देखेको हो, त्यहाँ भित्र लगे पछी कता लग्यो हामीलाई केही थाहा भएन । म त्यहीबाट दमौली र्फकने निर्णय गरें । किन हो कुनी  थाहा भएन, करिब करिब म भित्र डर हराइसकेको थियो । मात्रै केहि थप जानकारी पाईन्छ कि भन्ने मात्रै रह्यो । तत्कालिन एमाले जिल्ला सचिब संग दाइको पनि चिनजान रहेको कारणले उहाँलाई भेटें, हल्ला सुनेको हो, भन्दैनन ! के गर्ने ?! भन्ने जवाफ पाएँ । मेरो यात्रा त्यस पछी पोखरा ,चितवन, नवलपरासी, गोरखा हुँदै काठमाडौँमा पुगेर  टुंगियो । ति ठाउँहरुमा जाँदा सिधै पुलिस चौकी होइन कि सम्भावित सूचक जस्ता लाग्ने मान्छे कहाँ गइ आवश्यक जानकारी लिने गरें ताकी  प्रहरी वा नजिकबाट खबर बटुल्न सकियोस् । गोरखा र पोखराका प्रहरीहरुले मलाई बढी नै खोर्याउने काम गरे । तर रसायनशास्त्र केन्द्र्रिय बिभाग, किर्तिपुरको परिचयपत्र सायद बलियो भएर नै होला खोजेको खबर केहि नपाए पनि ,धाक धम्की भने केहि सुन्न परेन । अन्तमा निरास भएर फर्कदै गर्दा पनि भेटघाट भएका साथीभाइ, शुभचिन्तक, इष्टमित्रहरुले वहुत धेरै हल्ला सुनाउनु भयो । अब ति हल्लाका पछाडी जान भन्दा पनि कानुनी उपचार खोज्न कहिले क्षेत्रपाटीस्थित मुक्ति प्रधान (हालका महान्यायाधिवत्ता)को ल फर्म त कहिले बाग बजारस्थित खिमलाल देवकोटाको ल फर्म या कहिले पुतली सडकस्थित एकराज भण्डारीको ल फर्ममा पुगे । सबैसंगको राय सुझाब लिईसकेपछि यूनिटी ल फर्मबाट नै सम्र्पूण कार्य गर्ने गरि अधिवक्त्ता तुलसी भट्टलाई संयोजन गर्ने जिम्मा सहित दरखास्त लेख्न अनुरोध गरे । उहाँले सर्हष स्वीर्कानु भयो, फाइल तयार भयो र अन्तमा मुद्दा दर्ता गर्यौं .   अब परिस्थिति यस्तो बन्यो, मेरो अफिस भनौं, काम गर्ने ठाउ विश्वबिद्यालय मात्रै रहेन, त्यसैको हाराहारीमा हुने गरेर अदालत, ल फर्म र हुलाक धाएको धायै भएँ । मामा तुलसी भट्टको सहयोगमा सबै तह र तप्काका वकिलः कनिष्ट देखि बरिष्ठसम्म, दक्षिण पन्थी देखि वामपन्थी सम्म प्रजातन्त्रिक देखि समाजबादी सम्मकालाई  समेटियो भने मुद्दाको महत्व बढ्नेछ भनि माथि नाम लिइएका बाहेक अधिबक्ताहरु जस्तै प्रकाश वस्ती, सिन्धुनाथ प्याकुरेल, टिकाराम पोखरेल, विश्वकान्त मैनाली, शम्भु थापा, हरिहर विरही, रमन श्रेष्ठ लगाएतका अधिवक्ताहरुलाई ल फर्म मै गएर या सर्वाेच्च अदालतको परिसरमा भेटेर वहस गर्न अनुरोध गरें । मुद्दाको संयोजन गरिरहनु भएको मेरा मामा तुलसी भट्टको प्रतिष्ठाले पनि गर्दा उहाँहरुलाई भन्न र मनाउन त्यति गाह्रो भएन । त्यो संगसंगै उहाँ आफै बार एसोसियसन, गोरखा जिल्ला समितिको निर्बाचित अध्यक्ष, एक मानब अधिकारबादी संस्थाको जिल्ला अध्यक्ष, द्रव्यशाह क्याम्पसमा संबैधानिक कानुन र प्रशासकीय कानुन विषयका अध्यापक, गोरखा जिल्ला संयुक्त जनर्मोचा नेपालका सचिब र ने.क.पा माओबादिका जिल्ला स्तरीय वरिष्ठ नेता भएकाले मैले कसैसंग उहाँको परिचय दिलाई राख्नुपरेन । त्यसैले होला कानुनबिदका तर्फबाट हामीले पाउनुपर्ने कुनै पनि सहयोग राय पाउनबाट चुकेनौं ।  म वहाँहरु सबै प्रति ऋणी छु र यसै प्रकाशन मार्पmत धन्यबाद पनि दिन चाहन्छु ।

मास्टर तहका बिद्यार्थिलाई पढाउन तयार पार्ने देखि आफुले पढ्ने सम्मका कुरा, वकिललाई पेशीको खबर गर्ने देखि अदालतको सुनुवाई या कारण देखाउ जस्ता आदेश बाँढ्न हुलाक सम्म आफै जानु पर्ने कुरा, क्याम्पसबाट आउने तनखा, त नखा जस्तो भएको कहानी देखि आमाको उपचारमा लागेको ऋण सुलाउने योजना बनाउने देखि बुवा र दाइको सिंगो परिवारको उत्सुकता र हुटहुटी मेट्न मैले मेरा हाड घोड्नु या जुत्ता खियाउनु अति जरुरी थियो । मेरो एक्लो शरीर कहिले बागबजारमा ट्युसन पढाउने त कहिले इन्जिनियरिंग कलेज या प्लस टु मा पढाउदा पढाउदै थाहै नपाइकन मेरो मासु चाम्रिदै गएछ क्यारे म अस्थिपन्जर भन्दा केहि बिसेक निरीह प्राणी बनिसकेको थिएँ । ६८ केजी बाट घटेर ५१ किलोको यो स्थुल शरीर त थाक्थ्यो, थाक्थ्यो; चारतिरको बोझ बोक्दा दिमाग पनि लखतरान परेको हुन्थ्यो । त्यो पीडै पीडाको स्थुल शरीर कहिले क्यान्टिनको भातमा रमाउँथ्यो भने कहिले बागबजारको रेष्टुरेण्टमा जे पाक्छ त्यही खाएर लखतरान भएको जिउ बेलुका बुद्धनगरतिर बिसाउँथे । मलाई देखेर आफन्त तथा शुभचिन्तक धेरै चिन्ता नगर्नु भनेर सम्झाउँथे । सम्झाउने कोशीस त म पनि गर्थे तर के गनु ?

२०५४ साल पुष १४ गते कुश विक्रम राणा नाम गरेको प्रहरी इन्सपेक्टरले पक्रेर वेलचौतारा प्रहरी चौकी लगी वेपत्ता पारेको जघन्य अपराध विरुद्ध १० दिन पछाडी अर्थात २०५४ साल माघ ५ गते सर्वोच्च अदालतमा वन्दी प्रत्यक्षीकरणको मुद्धा दर्ता गर्ने म पहिलो नागरिक वनँे भन्ने विषय गर्व गर्न लाएकको त थिएन तैपनि कतिपय क्षणमा एैतिहासीक वन्दा सन्तोष मान्नु पर्ने भने रहेछ । मुल्तवी, पैरवी, पेशी, दरपीठ जस्ता कहिल्यै नसुनेका कुरा पनि सुन्दा सुन्दै अभ्यस्त भैसकेका कानहरु क्हिले कसका कुरा कहिले कसका कुरा सुन्दैमा अजीर्ण भैसकेको थिए । अदालतले सकेसम्म चाँडै वयान लिईदिए हुन्थ्यो र चाँडै कारण देखाउ आदेश जारी गरिदिए हुन्थ्यो वा कुनै जेलको निरिक्षण गर्न लगाईदिए हुन्थ्यो र सके फैसला गरिदिए हुन्थ्यो भन्ने भित्र भित्रै आगो दन्किरहेको हुन्थ्यो । त्यो आगोलाई शान्त पार्न सुनुवाइका आदेशहरु सकेसम्म चाँडै तत् तत् ठाउँमा पु¥याउन अदालतका कर्मचारी लाई तेल लगाउनु पथ्र्यो । त्यती मात्र होईन फाइल खोज्न भने पछि मरि गए नमान्ने दर्ता चलानिका कर्मचारीहरु उ बेलाका गाऊँका सामन्ति जिम्मावालहरु भन्दा कम थिएनन । एकचोटी टाउको कन्याउँदै आशा गर्ने कर्मचारीलाई फाइल खोज्न परेन मेरो दाई खोजिदेऊ म तिमीलाई घडेरी पास गरिदिन्छु सम्म भने । विचरो एउटा पिउन टुप्पी ठाडो पार्दै दश रुपैंया दिनुभयो भने इमयस बाट अहिले पठाइदिन्छु । तिमीलाई १० रुपैंया फालेर तिम्रो वानी विग्रार्नु भन्दा भद्रकाली हुदै सुन्धारा जान मलाई के को आइतवार भन्दै आफै हिडे, अमीलो मुख पारेर । जती पाइला सार्छ उती आगो बाल्छ यो निर्दयी राज्य जसले मेरा सहोदार दाइलाई आफैंले वेपत्ता पार्छ, त्यही मान्छे खोज्न उसको भाइसँग त्यही राज्यको तलब खाने कर्मचारी कसरी गिद्ध जस्ता बन्न सकेका भन्ने मात्रै नै लाग्यो । मलाई ति जनता प्रति सिर्फ दया लागेर आयो ।

 एक चरणमा गृह मन्त्रालय, स्थानीय प्रहरी चौकी, जिल्ला प्रहरी कार्यलय लगाएत प्रधानमन्त्रि समेतबाट स्पष्टीकरण दिन भने पनि कतैबाट पनि सन्तोषजनक जवाफ नआएपछि पक्राउलाई प्रमाणिकरण गर्ने तिर सुनावाई मोडिन पुग्यो । यसरी दाइसँगै पक्राउ परेका प्रेम बहादुर थापा र नयन दत्त अधिकारीको वयान महत्वपूर्ण भयो । अव भने उनीहरुलाई पनि मनाउनु पर्ने दायित्व थपियो । राजनैतिक रुपमा उनीहरु अर्कै पार्टीमा आवद्ध रहेको र सँगै पक्रेको हो भन्ने दिएमा हुन सक्ने ज्यान माथीको खतरालाई मध्ये नजर राख्दै उहाँहरु हच्किने आभाषा पाइसकेको थिएँ । त्यसताका अहिलेको जस्तो मोवाइल हात हातमा त के मैले समेत छुन पनि पाएको थिइन । अनि यस फेर जे पर्ला परोस भनी त्यो गाँऊ जाने निर्णय गरे । दिउँसै खैरेनिटार पुगेको भएपनि स्थानिय एमालेका साथीहरुलाई सहयोगको लागि पहल गरिदिन अनुरोध गर्दै विहान त्यो गाऊँ चिनाइदिने मान्छेको पनि व्यवस्था गर्न अनुरोध गरे । विहानै झिसमिसेमै जाम्दी पुगे र ती दुई शिक्षकको घर सोधखोज गरी भेट्टाएँ । प्रेम बहादुर सरले दाई अघिल्लोे रात बसेको कोठा, उहाँले छाडेको क्यामरा, जुत्ता र पाइन्ट पक्रदा नहाँउदै गरेको खोलो र स्थान देखाउँदा म साँच्चै यमलोकको यात्रा गर्दैछु जस्तो लाग्यो । नयन सरलाई पनि भन्नुस वहाँ मान्नु भयो भने म पनि मान्दछु भन्नु भयो । म फेरी नयन सरलाई वहाँले कोदो टिप्दै गरेको वारी थियो कि के हो सायद त्यहीं पुगे र वहाँलाई भेटे । ठाडै नाई नभने पनि हामी पार्टीसँग सल्लाह गर्छैा अनी विचार गरौंला भन्नु भयो । हाम्रो अनुरोधलाई स्वीकारेर जे देख्नु भयो, जे भयो त्यो वयान दिनुहोला र पक्कै पनि सहयोग गर्नु हुनेछ भन्दै म निस्कन हतार गरें । मलाई डर पनि थियो र त्यो स्थान प्रतिको आवेग । हेर त्यस्तो मिजासीलो टाठो र विद्धान व्यक्तिलाई नुहाउँदा नुहाउँदै कट्टु फेर्नु त कहाँ, सावुन पखाल्न पनि नदिई बाटो न घाटो सँग घुमाई घुमाई लग्यो भन्दै त्यहाँका स्थानीय वृद्ध वद्धाहरु सहानुभूति सहित सुरक्षित भएर जानु है बाबु भन्दै अर्ति दिदैं थिए ।

एउटै पाखा पखेरामा हुर्किएका दाजुभाई एउटै जुत्ता चप्पलले खुरखुरती काटेका डाँडा खोला र ती डिलहरु पार गर्दा गर्दै दाइसँग गोरखा बजारमा किताब किन्न मुसुण्डीको फाँट हिडेको याद आयो । केही तल आए पछि श्रीरामजीको घर पनि बाटोमै पर्दो रहेछ, भाउजुलाई बोलाएँ । उहाँको आपत विपत र भुटभुटी मेरो घरमा भाउजुको भन्दा पनि कम थिएन र वढी पनि थिएन । आफैं त महादेव उत्तानो पर, कसले देला वर? भने पनि धैर्यताका साथ बस्नुस, हामीले चाहेको दिन अवश्य आउनेछ भनि फोस्रो आश्वासन दिएर विदा भएँ । अहिले आएर हेर्दा फोस्रो नै प्रमाणित भयो । वेला वेलामा हुने चुनावमा उठेका पञ्च देखी काँग्रेसका उम्मेदवारहरुलाई राजेन्द्रलाई राखेको ठाँउ हामीलाई थाहा छ, या खोज्न कोशिस गर्नेछौं, भोट दिनुस भन्दै हाम्रो मात्रै हैन गाँउ भरीको भोट माग्ने मानिसहरुले ठूलो मानसीक चोट माथि नुन चुक थपे भन्दा बढि हुन्थ्यो ।

अव यो लडाँइमा म एक्लै रहिन । मैंले मेरो जिवनलाई पिडै पिडाको विचमा उर्जावान बनाउने कोशिष गरे । वर्गिय, बौद्धिक र धारणागत समाञ्जस्यता भेटिएपछि म प्रणयसूत्रमा बाँधिए । प्रकारान्तरले थाहा लाग्यो, म त मेरो दाईलाई आफ्नै सम्झीएर चासो र रेखदेख दिने घरमा पुगेको रहेछु सम्बन्ध राख्न । काकाताली हो या स्वभावीक जे भए पनि म पुलकित भएँ । त्यो घरको दाइले नै नवलपरासिको कार्यक्षेत्र सकिएर तनहुँ जाँदा वाइकमा डुम्रे सम्म पु¥याइदिनु भएको रहेछ । अघिल्लो चोटि त्यती जानकारी पनि लिन नपाई अर्कै सम्पर्क सूत्र बाट आधा जानकारी लिएर फर्केको थिएँ । फाटफुट घर त जान्थँे, तर वाटोमा या घर नजिकै देखिने या भेटिने प्रहरी डरका स्रोत नै हुन्थे । राति घरको झ्यालबाट देखिने प्रहरीहरु हाम्रो घरका झ्यालतिर टर्च लाइट बाल्दै सुरक्षका लागि भन्दै चिच्याई रहेका हुन्थे । त्यो भन्दा पनि गस्तिमा भेटिएका प्रहरीहरुको खाँउला जत्रा आँखाले क्वारक्वारती नियाल्दा मलाई पनि लएकी जस्तै हुन्थ्यो ।  प्रत्यक्ष त्यहाँ भन्दा बढि अनुभूति नगरेको भएपनि अरु मार्फत अगाडी नबढ्न कैंयै चोटी दवाव आएको थियो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा । यसै सिलसिलामा गाविस अध्यक्ष चन्द्र न्यौपाने प्रहरीको व्याकिङ्ग सहित घरमा आएर बुवासँग, बुवा ! राजेन्द्रजी लाई सुरक्षित राख्नु प¥यो । त्यस्को लागी प्रहरीको हवाला गर्नुप¥यो भन्दै गिज्याउँदै रहेछन् । मलाई खपि सक्नु भएन । तपाईहरुलाई स्याल भनेको थिए हुँडार हुनुहँुदो रहेछ । पक्रेर राज्यले कहाँनिर चौटा लुछिरहेका छौ, अहिले साखिल्ले पर्न सुरक्षित राख्ने कुटिल चाल चाल्न एक्लै आउन नसकेर ६० जना पुलिस लिएर आएका छौ ? म मेरा साथि या दाइका साथि जुन आस्था र केन्द्रका भए पनि श्रदा गर्छु तर तपाई त साथिको नामको कलंक हुनुहुँदो रहेछ भन्द,ै मोहन पोखरेललाई इंगित गर्दै तपाईहरु हाम्रो घरबाट गइहाल्नुस भनी गर्जिए । थुर्मि जत्रो मुख लाएर ती चारजना ओरालो लागे, मणि हराएको सर्प झैं । मेरो छाति २ इन्च वढेर आयो । हल्का डर थपिए पनि साहसका साथ प्रतिवाद गरेकोमा आफैं प्रति गर्व लाग्यो ।

  यस्तै घटना विवाहको वेलामा पनि भयो । त्यो ताका घर जानु आउनु सर्प राखेको खाल्डोमा टेक्नु जस्तै थियो । विवाहको लागि मानसिक रुपमा तयारी गरेपछि फोन बाट इन्गेजमेन्टको लागि बुवालाई आउन भनि घर नजिकैको गाविसमा खबर गरँे । बुवाहरु र काकाहरु आइहाल्नु हुन्छ भनि म काठमाण्डौं बाट चितवन तिर लागँे । फोनको खबर कार्य सम्पन्न भएपछि मात्र पाउनु भएछ । उता फेरी  विवाहको अघिल्लो दिन मा भने काठमाण्डौं बाट गएका इष्टमित्र सहित पोखरा वसपार्कमा एउटा लजमा के बसेका थियौं पुलिसले ढोका ढङढङ गराउन थाल्यो । माथीबाट हेर्दा ढोकाम लात्ताले हानेको देखिन्छ । त्यो रात अाँखा झिमिक्क नपारी बिहान उठीयो एन केन प्राकारेण विवाह सम्पन्न भयो ।

   दिन यसरी नै बित्दै गए । दुःख बाँड्न तयार हुने इष्टमित्र साथिभाई बढ्दै गए । चिन जान भएको समुह र सर्कल बढ्दै गयो । कृष्ण ध्यजजीहरुको सहयोगमा म मात्रै होइन म जस्तै अदालतमा आफन्त खोज्न बाध्य पारिएकाहरुको भेला गर्ने योजना बन्यो । अरुहरुको मुद्धा दर्ता गर्दै, खारेज गर्दै गएपनि मैंले दर्ता गरेको मुद्धा भने तन्काएको तन्काई भयो । पहिले जस्तो सहयोगीलाई रु १० तिरितिरि चिठी खसाल्न अनुरोध गरिरहनु झन्झट गरिरहनु पनि परेन । यसरी भेट भएका मध्ये दण्डपानी शान्ता न्यौपाने, सबिता नेपाली, नबिन र कमलाका परिवार, पसाङ्का परिवार आदी गरेर मिडियामा जाने निर्णय ग¥यौ र राज्यद्धारा वेपत्ता पारिएका परिवार समाज गठन ग¥यौं । त्यसको म सचिव बनँे भने सविता नेपालीजी अध्यक्ष बन्नुभयो । त्यो कार्यक्रमलाई मातृका प्रसाद काईराला, ऋषिकेश शाहा पद्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना जस्ता तत्कालिन समयका मानब अधिकारबादीका नाममा दर्ज भएका मुर्धन्य ब्यक्तित्वहरुको  प्रभाबले होला साएद हामीलाई कार्यक्रम सन्चालन गर्न र सुरक्षित हुन सजिलो भयो । । नत्र भने हामीलाई राज्यले के गथ्र्यो केही भन्न सकिन्नथ्यो । त्यसदिन पत्रकार सम्म्ेलन गरि राज्यले गरेको नृशंसा हत्या या वेपत्ता पार्ने कार्यलाई उहाँहरुले पनि घोर निन्दा गर्नुभयो र हाम्रो संस्थाको तर्फबाट बोल्ने मेरो भाषण शुद्ध भएछ कि के हो कुन्नी एकजना पत्रकार तपाई किर्तिपुरमा नेपाली पढाउनु हुन्छ भन्दै हुनुहुन्थ्यो । हाम्रा पिडा पहिलो चोटी समाजमा सामुहिक रुपमा गयो, मिडियाले राम्रो स्थान दियो र त त्यो इस्यु राष्ट्रियकरण मात्रै हैन अन्तराष्ट्रियकरण हुन पुग्यो । त्यो दमनको विषयले अमेरिकी सिनेटमा प्रवेस पायो । एमनेष्टीको त पहिले देखी नै नोटिसमा थियो, अष्ट्रिया, अष्ट्रेलिया, न्यूजिल्याण्डका मानव अधिकारवादि संस्था मार्फत घर तथा परदेशमा नेपाल सरकारको जघन्य अपराधको व्यापक प्रचार भयो ।

दिन उस्तै रहेनन् उतारचढाव आइरहे । माओवादी भएको शँकामा बित्थैमा थुप्रै नेपाली समातिए, केहीलाई अदालतको आदेशले छोडिदियो भने केहीलाई जेल सार्यो। जेल भर्ने,या सुरक्षित जेल पुग्ने आदी प्रकरणका बिचमा सरकार अति निर्दयी बन्ने लक्षण देखिन थाल्यो। माओवादी युद्ध वढ्दै गए सँगै  वेपत्ताको संख्या पनि वढ्दै गयो । हामी इतिहास थियौं तर वर्तमान भूगोल जस्तै विशाल वन्दै गयो । मानव हत्या चरम रुपमा अगाडी वढदै गयो । त्यस्तो कडा लडाई र सुरक्षाका विच मलाई एकाएक खबर आयो तपाईलाई भेट्न कमरेड प्रचण्ड आउँदै हुनुहुन्छ । त्यो वेलासम्म हामी दुईबाट तिन बनिसकेका थियौं । हामी खाना पकाएरे एक पातलो शरिर र लामा जुँगावाल कसैलाई पर्खिरहेका थियौं । मैंले आफु १३ वर्षको हुँदा आफ्नै गाँउमा प्रचण्डलाई देखेको थिएँ र उहाँहरुको मिटिङ चलुन्जेल सेन्ट्री पनि बसेका थियौं । त्यही यादगारमा कुरेको मान्छे अहिले भने यति फरक गेटअप थियो की मैंले चिन्ने कुरा पनि आएन । दरिलोसँग हात मिलाए, हल्का परिचय गराएँ, उहाँले पनि गराउनु भयो । पत्रकार सम्म्ोलन गरि जसरी राष्टिय मुद्धालाई अन्तराष्टिय करण गर्न ठूलो सहयोग ग¥यो भन्दै दरिलोसँग हात मिलाउँदै धन्यवाद दिनुभयो । मेरो मन भित्र ठूलो आशा पलायो की अव ढिलो चाँडो दाइको बारेमा केही न केही त पक्कै पत्तो लाग्नेछ । खाना खाएर एकछिन आराम गर्नुभयो । हामी अर्को काठामा बस्यौं । केहीबेर पछि विदा वारी हुनुभयो । त्यसको केही समय पछाडी पहिलो वार्ता टोली काठमाण्डौं आयो । वार्ता संयमपूर्वक भयो । खाना खुवाउने जिम्मा भने हाम्रोमा परेको रहेछ । दाइको वारेमा सबै जानिफकार नै रहेको र केही हुन्छ भन्ने नै आश रह्यो । स्थिती त्यो रहेन, युद्धको रुप फेरीदै गयो, अदालतमा मुद्धा त रह्यो तर काम केही भएन । एमनेष्टीसँग म रेगुलर सम्पर्कमा थिएँ । नयाँ परिवर्तन भएका घटना अंग्रेजिमा बुझाउन भने वमोजिम अनुवाद गर्दै बुझाउँदै गर्यौं.  तर अफसोच घरबाट आफु असुरक्षित हुँदै गरेको, काका, भाउजु र अरु दाईहरुलाई यातना दिदै गरेको, कही कर्मठ भन्ने दाइहरु सुतुर्मुर्गाले झै टाउको वालुवामुनी राखि सुरक्षित पार्दै गरेको भन्ने कहावतले केही न केही गर्नै पर्ने लागि राखेको थियो । मैंले खतरा मुल्याङकन गर्दा गर्दै मेरी श्रीमतिले भोली सकिएन भने आफ्नै घर त हो फर्कनुहुन्छ भनी ठूलो ढाडस दिइन र सबै परिवारलाई काठमाण्डौं ल्याउने निर्णय गरियो ।
गोरखा जिल्लामा शिक्षाकर्मी भनेर नाम कमाइसक्नु भएका मेरा आदरणीय गुरु माधव मरहट्टालाई  हामीले अनुरोध ग¥यौं । उहाँले सहर्ष स्विकार गर्नुभयो, छोरा छोरीहरुले जाँच दिए । त्यस्तो मानसिक प्रातडना नेपाली माध्यम बाट अंग्रेजी आदी सबै कारणले गर्दा हुनुपर्ने कक्षामा नभइकन केही तल देखी सुरु गर्ने गरी स्कुल सुरु गरे । भाउजुले ठूलो कष्ट गरेपछि मात्रै सानो जागिर पाउनु भयो ।
While I was bound for Japan at TIA, some 12 years  ago


केहि समय पछी मलाई युनेस्को फेलोशिप मिलेपछि जापान गएँ । मेरो तन बाहिर भएपनि मन नेपालमै थियो । मेरो आफ्नो परिवार यहिँ छडेको थिएँ । एमेनेष्टिसँग रेगुलर सम्पर्क त थियो नै । फेरी मैंले Chemical Engineering विषयमा पिएचडी गरेँ. सम्मेलनको सिलसिलामा एमेनेष्टिको हेडक्वार्टर पुग्ने सौभाग्य पनि मिल्यो । नियमित सम्पर्क हुँदै गरेको परिवेश, दाईको छबि र पेशाले गर्दा देश एबम परदेशबाट ठुलो सहयोग एबम सहानुभूति पनि मिल्दै गयो। यसै क्रममा  न्यूजिल्याण्डको एमनेष्टि इन्टरनेशनलको आह्वानमा न्यूजिल्याण्डले दाइको फोटोको हुलाक टिकट समेत बनाएको थियो । त्यसको एक प्रति मैंले पनि पाएको थिएँ । मेरै मुद्धालाई आधार बनाएर अहिले कही जर्नलहरुमा मेरो नाम जोडीनु बाहेक गर्वको विषय हामी सँग केही पनि छैनन् । अमेरिकाको सिनेट, UN को वडापत्र र अन्य देशका हाउसमा उठेका चर्चाहरुले छाती भने उँचो बनाएको छ ।2006 मा राज्यले राजेन्द्र लगाएत राज्यद्वारा बेपत्ता पारिएका अन्य व्यक्तिहरुलाई मेरै मुद्दामा आधारित भएर सर्बोच्चले केहि फैसला गरेको छ, जसको निचोड भनेको राज्यले राजेन्द्र ढकाललाई पक्रेको भन्ने कुरामा कुनै सन्देह रहेन, तर कहाँ लागेको भन्ने कुरा राज्यले गुपचुप राखिएको हुनाले त्यसको बिशेस खोजबिन गर्नु भन्ने आसयको फैसला आयो। यसरि राज्यले पक्रेको स्थापित गरेर पनि सत्य तथ्य बाहिर ल्याउन नसकेपछि हामी अन्तरास्ट्रिय अदालतमा जान बाध्य भयौं। ऐले यो मुद्दा जेनेभा स्थित ट्रायल भन्ने संस्थाले हाम्रो परिवारको तर्फबाट दर्ज गरेको हो। आफ्नो कुर्ची फिर्ता लिने अभिष्ट सहित केहि नेताहरु डेकेन्द्र थापाको मुद्धा उछाल्न खोज्दै छन्, तर तिनीहरुले बुझ्न पर्ने कुरा के हो भने कसैको भाबना माथि यसरि खुलेयाम शोषण गर्नु कुनै हालतमा पनि न्याय संगत छैन। हाम्रो परिबेशमा भने पक्रने मान्छे, ठाउँ र परिस्थिति सबै जग जाहेर छ, तर यो मुद्धा लिएर कोहि मुक एबम अमुक पार्टीका कोहि पनि व्यक्ति एक बाक्य नबोल्नुलाई के भन्ने! यो देशमा कानुन छैन भनौं?
सरकारले सत्य निरुपण एबम मेलमिलाप को नारा लिएर जाँदै छ। तर यहाँहरुले याद गर्नु पर्ने भनेको न्याय नमिली कोहि पनि मेलमिलाप गर्न तयार हुन्नन् र देशमा शान्ति पनि आउँदैन। यो खोजि अभियानमा एउटा पेशा का व्यक्ति मात्रै हैन, आम मानिसको सदभाब चाहिन्छ। आशा छ, यहाँहरुको सशक्त आबाज र साथ पायौं भने कुन स्थान मा के हालमा या कुन जग्गामा के गरिएको थियो त्यसको जानकारी राज्यले हामी जस्ता पिडित परिवारलाई दिनु पर्नेछ। अन्तमा, के सस्मरण गर्न चाहन्छु भने पहिलो चोटि हिल्लारी क्लिन्टनको जापानको भ्रमण भएको बेलामा प्रधानमन्त्रीलाई भेट्नु भन्दा पनि पहिले उत्तर कोरियनबाट बेपत्ता पारिएका व्यक्तिको परिबारहरुलाई भेटि मल्हम लगाएको देख्दा यहाँका राजनैतिक नेताहरुको रबैया देख्दा बैराग सिबाय केहि लाग्दैन। ढिलो चाँडो यहसास हुन्छ भन्ने अपेक्षा सहित। 

Friday, February 10, 2012

फेरिदै गरेको मेरो गाऊं


गाऊं भन्ने बित्तिकै खरका फुसका, फाट्ट फ़ुट्ट टिनका छाना, १-२ जना मात्रै अटने संगुरा गल्ली, एकाध किलो मीटर हिंड्यो भने भेटिने आकार आकारका चौतरा, त्यही चौतारामा भेटिने सेता कछाड लगाएका ३-४ जना पेंसन नपाउने पेंसनर जस्ता लाग्ने मनुष्य बिशेषताहरु नै भए । साएद यस्तै ठाउँलाई होला चितवन तिरका मान्छेले पहाड़ भन्ने. काठमांडू पहाड़ हैन अरे, पोखरा हैन अरे खैरेनी पनि हैन भने पछि। चौतारा र गाउँका भट्टीहरुमा कोही भेटिए भने यस्तो शोध खोज हुन्थ्यो कि साएद जम्मैको उत्तर मिलेन भने त्यों बाटो नै हिडन नपाइएला जस्तो लाग्थ्यो। तर स्थितिमा धेरै परिबर्तन भएछ। चिनिने मान्छे थोरै हुँदै गएछन, बोल्नै पर्ने कारण घट्दै गएछन, गरिने गफका प्रकृति आकाश जमीनको फरक भएछ।
मैले गाऊं छोडेको पनि निकै नै भैसक्यो। निरन्तरको बसाई छोडेको करीब करीब २२ -२३ बर्ष जति भए पनि बिगत १२ बर्ष अघि सम्म त म नियमित त्यहाँको जीबन शैली र परिबर्तन प्रति अभ्यस्त थिएं। शैक्षिक र राजनैतिक चेतनाका हिसाबले अग्र स्थानमा रहेको यो मेरो गाऊं ऐतिहासिक महत्व बोकेको स्थलसंगै रहेको छ। पर्यटकको पदचाप बाक्लै हुने यो गाँउमा हामी जस्ता केटा केटीहरु भने चप्पल, पाइंट, झोला, र कलम निरन्तर पाए भाग्यमानी सम्झन्थ्यौ। ऐलेका बालबालिका देख्दा यस्तो लाग्छ बिकास यसरी पो हुंदो रहेछ। सबैको खल्तिमा मोबाईल फोन, जुल्फी कपाल, इंटरनेट प्रयोगका गफ, त्यसको सदुपयोग या दुरुपयोग सायद दुबै गर्ने ती बालबालिका हाम्रा समयका भन्दा सांच्चै साना देखिन्थे। बाटामा हिंड्दा हामी पढाइका निकै गफ गरिरहेका हुन्थ्यौ, तर एक हप्ताको बसाइमा कहीं कतै यसको चासो देखिन, सुनिन। उ बेलामा प्रधान पंचाका छत्रछायांमा सुनिने ती गफ चाकड़ी युक्त हुन्थे। तर अहिले सबै मान्छे राजनैतिक गफ गरि रहेका हुन्छन, कार्यकर्ता जस्ता भएर हैन, त्यों गाउँका बादशाहा जस्ता भएर। त्यही माथि भट्टीमा रक्सी खाएर झुल्लिने महाशय त नेपालको मात्रै नभएर बिस्वसम्राट पो सम्झने क्या।
पहिला दूना बोहोतामा भतेर खाने ज़माना गएछ। पेपर प्लेट्को चलनले गर्दा जन्तीबाख्राको झोल खाने टपरी हराई सकेछ्न। ताउला भेट्नै गारो भएको गाउँमा क्याटरिङ वालाका जस्ता डेकची र उसै तरिकाले पस्कने संस्कार पनि बिकास भै सकेछ। भंछा छोइयो भन्ने कहाबत हराएछ. उमेर समुहको भान्छा हैन कि, ल! आयौ, खाऊ! भन्ने संस्कार बसेछ, राम्रै लाग्यो। अब सामूहिक खानपिन र सरसहयोग भन्दा पनि ब्याबसायिक भान्छा हुँदै गरेको अनुभूति भयो। मान्छे घटदै गएको परिप्रेक्षमा स्वभाबिक नै लागे पनि बेरोजगार गाउँका मान्छेले पालो मेरो पनि आउन्छ भन्दै काम गर्दा नै कल्याण हुन्छ जस्तो लाग्छ।
साएद गाउँमा पैसाको महत्व बढ़ी बुझेर हो कि के हो कुन्नि, सबै पैसा र मात्रै पैसाको कुरा उठने। स्कुल संचालाक्हरू अरुको सल्लाहा भन्दा पनि पैसा को कुरा मात्रै सुन्दा हामी जस्ता इमान्दरिताको सूती खेती गर्ने मान्छेहरुको महत्व खासै नहुने देखिन्छ। जसले जे दिन्छा त्यों लिने, त्यसको प्रयोग तीर उती ध्यान नदिने संस्कारले गर्दा धेरै नकारात्मक सोचको बिकास हुँदै गएको छ। यो नै बिकास को बाधक हो भन्ने कुरा जति बुझाए पनि नहुने रहेछ ।

स्कुलको कार्यक्रम कुनै एक अमुक पार्टीको क्षेत्रिय आमसभा जस्तो लाग्ने रहेछ. कार्यक्रमको असर बालबालिकामा कस्तो पर्ला भनेर कसैले सोचेको जस्तो पनि लागेन। हुन त हाम्रो पालामा पनि झन्डा च्यातचुत गरि छुरी हान्ने सम्मका घट्ना घटने गरेको भए पनि स्कुल चाहि सकेसम्म न्यूट्रल भए हुने नि जस्तो लाग्ने। पैसा र जग्गा दाताको उच्च मूल्यांकन गर्दै अरुको मान मर्दन गरे जस्ता लाग्ने अनापट्यारको आसन ग्रहण र संबोधन बहुत लम्बेतान हुंदा कार्यक्रमको महत्व छायांमा परे जस्तो लाग्ने रहेछ। जे भए पनि, पानीका धारा मीटर सहित आगन आगनमा आइपुगेको, एम्बुलैंस घर घरै आइपुगने, गाडी मान्छे भन्दा ढिलै भए पनि घर गाऊं नै आइपुगेको, घर गाउँकै समाचार रेडियोमा बज्ने गरेको, ७ सम्म मात्रै चालेको स्कुल १०, +२ हुँदै कलेज बन्ने तयारीमा रहेको, बिजुलीको १६ घंटा लोड शेडिंग हुने शहरिया भन्दा २ घन्टे लोड शेडिंग झेलने गाउँले जीबन बिस्तारै उन्नति पथ मा गएको देख्दा आफु त्यों गाउँको सदस्य भएकोमा गरब अनुभूति भएको छ। त्यों सुन्दर गाऊंमा सकारात्मक सोच आईदिए, बुढाबुढिको आनन्दभूमि बनीदिए, सरसफ़ाईमा ध्यान अली बढ़ी दिए, प्राकृतिक सम्पदाको समुचित प्रयोग गर्ने बानी बसालीदिए त्यों भञ्ज्याङ कति सुन्दर हुन्थ्यो होला? हरियो चौरले भरिएको, गोरखा र लम्जुङका हिमालहरू हेर्न पाइने अनि लिग्लिग़ र सिरानचोकको काखमा बसेको यो मेरो गाउँ सांच्चै सुन्दर नगरी हुने थियो।

Monday, July 4, 2011

मेरो आफ्नै कुरा



 विदेश बस्दा अलि बढी नै कलम चल्ने, आँखा घुम्ने रहेछ. स्वदेश फर्केपछि भने डांडा आफ्नै, हिमाल आफ्नै, समाज आफ्नै कसको कुरो खोतल्ने भनेर हो कि, या  घर परिबार, जागिर, नातेदार, इस्टमित्र सबै संग को संगतले हो त्यति कलम चलाउन पाइँदो रहेनछ या चल्दो रहेनछ. जे भए पनि थप कलम चलाउने भरमग्दुर प्रयाश गर्दै छु. यति हुँदा हुँदै पनि मलाइ स्वदेश या विदेशबाट यति धेरै माया गरिदिनु भयो, पोहोर साल भन्दा ऐले धेरै देशबात   पाठक थपिदिनु भयो र मेरा मनका कुरा बुझिदिनु भयो, त्यसको लागि मुरी मुरी धन्यबाद. महिनाको एउटा लेख भनेको हुन् त खासै केहि हैननी, तर पनि आफ्नै रफ्तारमा जानु नै ठिक लागेर आफैलाई प्रेसर नदिइकन निरन्तरता दिंदै जाने कोशिश  गर्दछु.
चित्र आफै बोल्छ भनेर यसको ब्याख्या गरिन मैले. १०० काटेका देशहरु :    
Nepal
                         2,389
United States              
898
Russia
                         357
Germany
                     188
Qatar
                          170
Japan
                          144
United Kingdom
          143
Iran
                             128
Netherlands
                ११७
युक्रेन             104

भूमंदलामा छरिएका पाठकहरु
                    

 यो जानकारीले  कुन विधामा कलम चलाउँदा धेरैको चासो बढ्दो रहेछा भन्ने पनि मेसो पाइने रहेछ. यसैले आफ्नो मन पनि खुल्ने, जानकारीमुलक पनि हुने, र कसैलाई उपयोगी पनि हुने लेख हरुमै हात चलाउने कोशिस  गर्नेछु  . 
बढी हेरिएका पृष्ठहरु :

Jul 3, 2010, 1 comment
671 Pageviews









Dec 5, 2008
334 Pageviews









Nov 13, 2010, 6 comments
269 Pageviews









Jan 1, 2011, 1 comment
216 Pageviews









Jun 1, 2010
166 Pageviews









Jun 7, 2011, 4 comments
112 Pageviews









Jul 28, 2010, 3 comments
94 Pageviews









Jul 5, 2010, 2 comments
93 Pageviews









Apr 15, 2011, 1 comment
92 Pageviews









नोव30,2010
81 Pageviews 

प्रयोग गरिएका ओएशरु :

 Pageviews by Operating Systems

Windows
6,496 (96%)
Macintosh
84 (1%)
Linux
79 (1%)
iPhone
41 (<1%)
Other Unix
18 (<1%)
Nokia
6 (<1%)
iPad
5 (<1%)
Android
2 (<1%)
Apple
1 (<1%)
हेर्न प्रयोग गरिएका ब्राउसर्सहरु  
Pageviews by browsers :

Internet Explorer
3,283 (48%)
Firefox
1,999 (29%)
Chrome
888 (13%)
Opera
471 (6%)
Safari
80 (1%)
Netscape
24 (<1%)
Mobile
23 (<1%)
NS8
19 (<1%)
OneRiot
13 (<1%)
Shiretoko
8 (<1%)
श्रोत - गुगल 
 

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...