Wednesday, April 1, 2020

अनौठो कोरोना

ढुंगा खस्यो तलाउमा 
बुहान, मिलान अनि न्युयोर्कमा 
छरियो तरंग  बिषाणुको 
अनौठो कोरोना|
.................
अति सुक्ष्म, देख्नै नसक्ने
 छिर्ने फोक्सो, सास अड्काउने 
चस्मा, किट अजमाउने  
अनौठो कोरोना|
......
युद्ध तेश्रो, हतियार सस्तो
बोक्नै नपर्ने, घोषणा प्रकृतिको
सास फेर्यो, आँफै सर्ने,
अनौठो कोरोना|
.........
महाशक्ति थाकेको
भिडभाड र बोर्डर थुनेको
सबै घर छाउ बनेको
अनौठो कोरोना|
.......
काँडा लाग्ने निजि अस्पताल
रेनकोट र कोर्कोमा चिकित्सक    
 एक्लो मसानघाट, अफ्बाहको खहरे  
अनौठो कोरोना|
....................
ब्याधा लाखमा , मृत्यु हजारमा
मान्छे घरमा, ब्यापार छैन शहरमा
आप्रबासी टनकपुरको नहरमा कि बोर्डरमा  
अनौठो कोरोना|
.......................

अरुबेलामा खोज्दै नखोज्ने
आगलागीमा कुवा खन्ने
हेर्न तिनलाई कसो गर्ने  
अनौठो कोरोना|

.........
बैठक बस्छ दरबार-दरबारमा
बिज्ञ सबै घर घरमा
बोलाउन भन्दा आँफै मिडियामा
अनौठो कोरोना|
.......................

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...