पहिले जब स्कुल थिएन, तब नेता गणको कृपा र निगाहामा स्कुल खुल्थे, मालिक उनै हुन्थे, अली अली पढेकै थिए, अर्को बिकल्प थिएन, ठिकै थियो. तर परिबेश फेरियों, अहिले एक से एक बिद्वान र प्राध्यापकहरु देशमा छन. यो देशले दुख पाएको पढेको मान्छेको अभाव भएर हैन, पढाइएको बिषय बस्तु समय सापेक्ष नहुनु र पढेको मान्छेको चेतनालाई आदर नगरिनुनै हो. करीब १०० बर्ष अघि खुलेको टियुले लाखौं नेपालीलाई नेपालमा भनिने इंटर, डिप्लोमा र डिग्रीको सर्टिफिकेट बांडिसक्यो. र तिनै सर्टिफिकेट देखाएर बिश्व बजारमा नेपालीहरूले आफ्नो जग्गा बनाउन्दैछन. यो पलायन नै सही गर्ब गर्ने बिषय पनि हो. यसको अर्थ हामीलाई अर्थ न बर्थको कुरा पढाएको भन्ने कुरा सत्य हैन, तर अघिनै भने, समय सापेक्ष नभएको कुरा चाहि सत्य हो. त्यसको लागि धन चाहिन्छा, मन चाहिन्छा, एउटा बर्गले या एक पुस्ताले बलिदानी गर्नु पर्छ. तर आत्मा संतुष्टिका खांतिर तेसलाई स्वीकार गर्न नसकिने हैन. अब कुरा आयो युनिभर्सिटिकोको उच्च पदमा कसलाई राख्ने भन्ने कुरालाई नजर अंदाज गर्नु कति जायज हुन्छ? अब पनि नसोच्ने ? राजनैतिक खेलाडिहरु राज्य संचालन गर्न नाकाम देखीइ सके, अझ जाने हैसियेत नै गुमाएका, नेता हुन नालायक भएँ भनेर स्वघोशणा गर्ने तर कुर्ची नछोड्ने जस्तो नैतिकता बोकेका हाम्रा राजनैतिक नेताहरूलाई सांची चान्सलर पद सुहाउन्छ त या जरुरी छ त उनैलाई बिराजमान गराउन? जर्ज बुश र तारो आशो पुन तत्तत ठाउँमा जान खोजे भने प्रजातांत्रिक देशमा के हुन्छ होला? र तिनैलाई हारबर्ड र टोकियो युनिवर्सिटिको चान्सलर बनाउने त?
हाम्रो राजनैतिक धरातल, आचरण तुलामा हालने हो भने कोही तल माथी हुन्नन. कोही भ्रष्टाचार गर्न माहिर छन, कोही गुलामी गर्न पोख्त छन, कोही आक्रामक होलान. फरक प्रकृतिको होला, मात्राको छैन. यो नगरे उसो गरेर सुलाउछन.
अहिले ढुंगा हान्नु र उ बेलामा खुकुरी ताक्नु उस्तै त होला? कुरो मेरो हैन हाम्रो गर्न ढीला भैसकेको छ, मेरो पार्टी मात्रै हैन ढुंगामा अढेका (अहिले नगरेपनी ओर्लने बित्तिकै थालिहाल्छन) हाम्रा राजनितिक अनुहारलाई हैन प्रोफेसर र डाक्टर भएकालाई प्रेसिडेन्ट बनाएर युनिभर्सिटी चलाए कसो होला? न टियर ग्यास हान्दै खोलिएको बाटोमा प्रधानमंत्रिलाई कीर्तिपुर र बिराटनगर नै जानू पर्छ, न आँशु झार्दै दिक्षान्तको सर्टिफिकेट समात्नु पर्छ.
सबैले आफ्नो हैसियतको भाग खोजे समस्या पर्दैन्थ्यो कि? आफ्नो भाग समातिसकेपछि अरुको कुरा पनि सुन्ने बानी त बसाल्नु पर्यो नि! म त भन्छु पदेन नै सही, यो गुलामी नै हो, जरुरी छैन! तपाइहरुलाई के लाग्छ कुन्नी ?
(कार्टून : साभार नागरिक, राजेस के सी )
(कार्टून : साभार नागरिक, राजेस के सी )
No comments:
Post a Comment