गाऊं मैलो धैलो नै भएपनि शहर सुकिलो थियो, थोरै नै सही, हरियो नै थियो या भनौं लाग्थ्यो, उत्तर तीर जम्मै हिमाल देखिन्थे, मान्छे मिजासिला थिए, फुर्सदिला पनि थिए, काठमांडूका रोडहरु आंसिक भरिएका थिए, गाऊं जांदा झुम्मिने केटाकेटी बग्रेल्ती नै थिए । जागीर त त्यों बेला पनि उस्तै नै होला, चिनेको मान्छेले भनीदियो भने भयो नत्र हिस्स, जुन अहिले पनि सुध्रिएको छैन।
एक दसकसम्म बाहिर बस्दा आँखाको महत्वाकांछा ह्वातै बढेछ। पहिला नदेखिने केराको बोक्रा र बदामको खोस्टाले पनि घोच्न थाल्दोरहेछ, कस्मेटिक सामान मात्रै बोक्न प्रयोग हुने कालो पोलीथिन ब्याग त भो मुटु नै घोच्ने गरेर छरपस्ट छन, दुर्गन्ध त नाकमै सिरिंजले सुई हाले जस्तो छ, पानी त कमी भयो भयो हाबा पनि नहुँदा त झनै पौडन नजान्नेलाई रहमा फाल्देजस्तो। हिमाल त के पल्लो डाँडो पनि नदेखिने. बल्ल अली ठुलो पनि पर्यो र त तुवांलो जति झारी सक्यो। अहिले जतागए पनि भंट्याङ भुन्टुङ र ब्रिद्दब्रिद्दा मात्रै . अब त २ महिना जस्तै हुन लाग्यो। यी आँखा पनि बिस्तारै फेरिँदै गए, अहिले त धुलो पनि धुलो जस्तो देखिन्न, मैलो पनि तेस्तो अचम्म लाग्न छोड्यो। ३ जनाको सीटमा ५ जना, १२ जना क्षमाताको मैक्रोमा २५ जना चढाउंदा पनि माइक्रोको यात्रालाई आरामदाइ नै मन्नू पर्ने, महिला र अपांगको सिट्मा जुंगामुठे सपांग बस्दा पनि कसैलाई असजिलो फिल नहुने। पहिले आउंदा जति बिझाउन्थ्यो, अहिले तेती बिझाउन्न, पहिले जे आश गर्थें, अहिले त्यों आश पनि गर्न छोड़ें, सजिलोको लागि। आँखा फेरिए पनि मन फेरिएको छैन, र फेर्ने पनि कुरा आएन, सके सम्म फेर्नै पर्ने मन र आंखाहरुलाई फेर्ने प्रबचन दिन भने छोडेको छैन, धन्न माधब नेपालको जस्तो जिब्रो चिप्लेको छैन। आगे समयको भरोसा।
No comments:
Post a Comment