हाम्रो छोरो, रसिक ढकाल (९), कहिले पाइलट, कहिले अर्थोपेडिसिएन, कहिले ट्रेन चालक र कहिले साइन्टिस्ट बन्ने जस्तै थुप्रै योजना र धार फेर्दै ऐलेलाई रोनाल्डो जस्तै सफल फुटबल खेलाडी बन्ने सपना संगै सुत्ने गरेको छ। हुन त कीताबमा पनि उत्तिकै दत्तचित्त भएर लाग्छ, यहाँ सम्म कि हरेक दिनका समाचार सुन्ने र पत्रिका पढने, अनि भएका सबै घटनाका बिश्लेसण गर्न खप्पिस बन्दै छ। याने कि किताब नभए सुत्नै सक्दैन, फुटबल नभए बरु सुत्न सक्छ।
ऐले प्रोफेसनल खेलाडी बन्ने धुनमा ऊ जूनियर सक्कर क्लबमा सक्कर सिक्दै छ। हाम्रो पालामा हामीले चट्टी, छ्यार्रर बूढी, भालेजुधाई, डन्डिबियो र कपर्दी खेलियो, तर ऊसलाई यात यी गेमका नाम हुन या चराको नाम, त्यों पनि थाहा छैन। उ ऐले ब्याड्मिन्टन, स्विमिंग, बास्केटबल र एही फुटबल खेल्छ, डब्लूबीसी का गफ गर्छ, जिदान, काका, रोनाल्डिनो र बेकमका जिबनी पढ्छ, फुटबलको रहस्य र कला ऐले ऊसको चसोको बिषय बनेको छ।
अस्ति यो प्रिफेक्चरको ओर्ल्ड्कप थियो जसमा २० ओटा जती टीम सामेल थिए। जितिएको गेम र गरेको गोलको आधारमा अन्तिम फैसला हुने नियम अनुसार खेलिएको ४ गेम मध्य ३ गेम जित्न सफल भए र गोल संख्या पनि उनिहरुको पोजिसनको लागी मनग्गे नै रह्यो । उ कहिले स्ट्राईकर त कहिले किइपर बनेर बास्तबमा राम्रै गेम खेल्यो। बास्तबमा, त्यों अन्तिम गेममा रसिक को ठुलो योगदान पनि रह्यो। रोनाल्डोले झै कार्नर किकलाई लुसुक्क पोस्ट छिराउन सफल भयो र अन्तत त्यों नै निर्णायक गोल बन्यो जसले टीमलाई तेश्रा बनायो। जेलीग को केम्प पनि रहने गरेको यो र अझ बेसबलसंग बढ़ी साइनो राखने यो सहरको आफ्नै महत्वा छ खेलको लागी। आख़िर प्रगति को कड़ी भनेको लगाब न हो, आशा छ ऊ यही हिसाबले गयो भने भाबिस्यामा एक सफल खेलाडी पनि त बन्न सक्छ नि । र अन्तमा, यो जिताई उसको उत्प्रेरणाको लागी कोशे ढुंगा बनोस, एही हाम्रो शुभकामना !

शुभ-कामना रसिक बाबुलाई
ReplyDelete-रमा
Congratulations Rasik! And best wishes for even more progress.
ReplyDelete