१।
सानो स्ल्याब बन्दै थियो, गिटी, बालुवा र सीमेंट घोलेर जन्तिबाख्रो जस्तै मसला बनाएका रहेछन। पखाला लगे जस्तो गर्न हुन्न, मसला सुधार त, भनें । एउटा फुच्चे बोल्यो "यो हुन्न?" मैले भने "हुन्न", उ फिस्स हँस्यो, ठ्याक्कै जापानी प्रोफेसरको पारामा, मानौं उसले सबै जानेको छ। मैले थपें, पानी किन धेरै? तपाईहरुको पाइप नै ठुलो, त्यसैले धेरै पानी पर्यो। तर यो झन धेरै बालियों हुन्छ। हुन्न, यसलाई रोकर आडमै रहेको अर्को पालो पर्खेको बलुवा, गिटी र सीमेंट मिसाऊ भनें, भन्दा नभन्दै , हामीले गरेको नभए अर्कै मिस्त्री बोलाउनुस, हामी सक्दैनम। म जिल्ल परें, पानी घटाउन नसक्ने कि बालुवा थप्न नसक्ने? यसो गर्दै गर्दा सबैको अनुभब सुन्ने मौक़ा पनि मिलेको थियो, कामदारको काममा चित्त बुझेन भने कामदारलाई भन्ने हैन , ठेकेदारलाई पो। हो रहेछ। ठेकेदारलाई भनेको, "के गर्ने सर, भन्नै हुन्न, भने देखि हिडीहाल्छन, काम अंत पनि पाउन सक्छन, तर कामदार पो पाइन्न त। तैं चुप मै चुप।
२.
धरो जोड़ने बेला आयो, १७ वटा फ़ोन कल गरेपछि एउटा करोडपति कामदार फेला परे। काम गरे, उनी त एस्ता थिए कि उनको काममा बोलीमा र आदेशमा नाइ नास्ति र प्रश्नाबाचक चिन्ह झुन्दयाउनु आफु बुद्दू बने जस्तो। बड़ो अनुनय बिनय गरेर ७१ ओटा जति फ़ोन गरे पछिआएका केयुकेयलका आदरणीय कर्मचारी धारो जोडन आउंदा सडकको छेउमा सिन्के लुकाई खेलन मात्रै पुग्ने माटो दुई तीर बांडेर प्रफुल्ल मुद्रामा उलटो मलाई पो उर्दी लाउँदै थिए, मैले सब काम सकें, तपाई पो ढीला त। खाल्टो गहिरो भएन,अली खन्ना पर्यो भनेको त, म सक्दिन, मैले खनेको चित्त बुझेन भने अर्कै लगाउनुस। पैसा यत्ति दिन्छु पनि भनेको छैन, ठेक्का पनि हैन, लागेको दिनको पैसा दिंदा पनि किन हो यी दुई पात्र यी दुई पात्र घटनामा यसरी पेश भएका?
सामान आफ्नो, पाखुरा उनको तर दैनिक हाजिरमा जागीर खाने यस खालका कामदार अर्काको कुरै सुन्न नहुने बानी किन बस्यो कुन्नि? मिस्त्रिले, काम्दारले र अन्य ब्याबसायीहरूले सिकने कुरा थुप्रै छन, तर काम लगाउने र काम गर्ने बिचको ब्रिज बन्न न ठेकेदार तैयार हुन्छ, न उनिहरुनै सुन्न तयार हुन्छन्। यसरी उनको ब्याबसायीकता कसरी बिकास हुन्छ कुन्नि?
सामान आफ्नो, पाखुरा उनको तर दैनिक हाजिरमा जागीर खाने यस खालका कामदार अर्काको कुरै सुन्न नहुने बानी किन बस्यो कुन्नि? मिस्त्रिले, काम्दारले र अन्य ब्याबसायीहरूले सिकने कुरा थुप्रै छन, तर काम लगाउने र काम गर्ने बिचको ब्रिज बन्न न ठेकेदार तैयार हुन्छ, न उनिहरुनै सुन्न तयार हुन्छन्। यसरी उनको ब्याबसायीकता कसरी बिकास हुन्छ कुन्नि?
No comments:
Post a Comment