Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Wednesday, July 28, 2010

बिज्ञानको बिकास कहिलेबाट शुरू गर्ने?

अहिले सम्मका घटनाक्रम अनुभबले के सिध्द गरेको भने कुनै पनि देशमा भएको हुने राजनैतिक सामाजिक परिबर्तन संगै देशको दिर्घकालिन स्थायित्वको एक मात्र सूत्र भनेको बिज्ञानको बिकास मार्फ़त गरिने आर्थिक क्रान्ति नै हो। बिज्ञानको बिकाश जिज्ञासु बैज्ञानिकको अबलोकन लगनशीलताबाट सुरु हुन्छ। बिसिको इरामा नै यही अबलोकन बिधिबाट तारा, ग्रह, सूर्य आदिको गति अबस्थिति निर्धारण गरिन्थ्यो। हुन अस्तिताका सम्म शुक्र हेरेर हाम्रा हजूरआमाहरूले समयको निर्धारण गर्नुहुन्थ्यो। यसले के देखाउंछ भने यो बिधिको महत्व ज्यादै ठुलो बिस्त्रित छ, र अझ मुख्य कुरा, यो काम गर्न झोला बोकेरै स्कुल बिश्वबिध्यालय धाउनै पर्छ भन्ने पनि छैन, अनि चार्ल्स डार्विन न्यूटन नै बन्नु पर्छ भन्ने पनि छैन। सूर्य ग्रहण लाग्ने छाड़ने समय, मनसुन सुरु हुने अन्त्य हुने मात्रै हैन, हरपलको मौसम सम्बंधित जानकारी पाउने जनताको जुन अधिकार , त्यों अधिकार दिने भनेको पनि बैग्यानिकले नै हो। अर्केमिडिजले अफ इकुलिब्रिएम सुरु गर्नु भन्दा पहले देखि नै जोख्ने काम भएको थियो, तर बस्तु देखेर कल्पनाको बढोत्तरी हुन्छ भन्ने मार्क्सको सिद्दान्त अनुसार दिन दिनै नया आबिस्कार गर्न सजिलो पनि हुँदै गएको छ। प्राग ऐतिहासिक समयबाट जसरी बिज्ञान अबलोकन, सिद्दान्त प्रतिपादन, बिस्त्रितिकरण हुँदै नयाँ नयाँ आबिस्कार गर्ने चरणमा प्रबेस गर्यो, मान्छेले आफ्नो जिबनलाई सहज परिस्कृत बनाउँदै पनि लग्यो। एउटा सिक्काको दुइओटा पाटा भए जस्तै हरेक चीजको उज्यालो अँध्यारो पक्ष हुन्छन। जर्मन बैग्यानिकले बनाएको ग्यास चैम्बरमा पोल्यांडका थुप्रै बालबालिका, महिला सहित थुप्रै युबाहरुको इहलीला समाप्त पारियो, अमेरिकनले परमाणबिक बम बनाएर जापानको दुई शहरमा नरसंहार पनि गरे , तर देशको बिज्ञानको बिकास रोकिएन। मैले पोलैंडमा देखेको गैस च्याम्बर भुत बंगलाले मलाई स्तब्ध बनाएको थियो जहाँ नागरिकलाई युद्दले एक चोटी हैन बारबार सताएको थियो. त्यस्तै गरी नागासाकी हिरोसिमाले पनि मलाई भाब बिह्वल बनायो जहाँ त्यों देशका मान्छेलाई औडाहा बनाएर आत्मादाहा गर्न बाध्य समेत पारेको थियो, तर तिनै पोलिश जापानिजको बिज्ञान बिकास प्रतिको मोह पनि कहिल्ये भंग भएन. यसले के बुजाउंछ भने युद्द बिज्ञान जोडिएर आए पनि तिनीहरुको अन्तर्निहित स्थान अलग भएकै कारण कसैले पनि यसको महत्व रोक्न सकेनन या चाहेनन। अब आएर बौद्दिक सम्पतिको बिनिमयको कारण हरेक ठाउँमा हरेकले अनुभव अबलोकन नगरीकनै उक्त सेवा पाउन सक्छौं। सबैले सबै थोक जान्नु पनि पर्दैन एकैथोकमा सबैजना झुम्मिन पनि हुँदैन।

बिकासको क्रम बडदै जांदा अहिले सारा संसार एउटा गाऊं जस्तै भएको छ. एउटा गाउँको सानो आबिस्कार पूरा बिश्वको सम्पदा बन्दैछ, एउटा बैग्यानिकको सम्मलेन कुनै गाउँको कचहरी जस्तै बन्दैछ। तर ठीक तेत्तिनै बेला हामी नेपाली भने ग्लोबल कुवा हैन मजेरिमा कुवा खानेर आत्मारती लिंदै छौं। हाम्रो एउटा सानो घरको परिबारलाई समेत गुम्रहामा पारेर हाम्रै घर मालिकको चरणस्पर्समा लिप्त भैदिए आफ्नो जीबन सफल हुन्छ भनठान्ने नयाँ जमींदार जन्माउँदै छौं।सामाजिक उथल पुथल पछि हुनुपर्ने आर्थिक क्रान्तिको आशैआशमा जयतु संस्कृतम सेलायो, २०३६ सालको स्वतन्त्रताको चाहना सेलायो, २०४७ सालको बिश्वको नंबर भनिएको संबिधान सुस्तायो ५२-६२ सम्मको जबरजस्त गरिएको सामाजिक राजनैतिक उथल पुथल पनि सेलाउँदै सामाजिक परिबर्तन संगै आर्थिक उन्नति चाहने सांढे करोड़ नेपालीको भाबनाको दांईं गर्दै हामी कति बेर यो प्रधानमन्त्रीको कुर्चिको मियोमा घुमिरहने हो? त्रिभुवन बिश्वबिध्यालयको मियो पनि प्र.म, एक मात्र अनुसंधान केन्द्रको मियो पनि उनी नै ।
अब यो देशमा केंद्रीकृत दांईं हैन कि,बिकेंद्रित दांईं गर्नु पर्ने बेला भएको छ। राजनैतिक दांईं, आर्थिक दांईं र सामाजिक दांईं गर्न ढीला भैसकेको छ र यसको लागि छुट्टा छुट्टै मियो गाडन जरुरी छ। अब म राजनैतिक र आर्थिक भन्दा पनि बिज्ञानको दांईं र मियोमा प्रबेश गर्न चाहन्छु।
राज्यमा हुने बिज्ञानको मियो भनेको बिज्ञान तथा प्रबिधि मंत्रालय नै हो, जो सक्षम र सबलको त कुरै छोडौं कसैको रोजाईमा पनि पर्दैन। जहां रकम छैन, केही गरेर देखाउन्छु भन्ने अठोट र इच्छाशक्ति छैन, अनि तेस्तो मियो जुन काठको राखे पनि के भयो र? चिलाउनेको राखे पनि के, सालको राखे पनि के, दुई फंको घुम्ने बित्तिकै पड्कने बांसको राखे पनि के? त्यसैले हरेक पटक उक्त मंत्रालयमा नियालोको मियो राखिने गरेको छ। अनि निर्देशन आउँछ, बिस्तारै मिलाएर घुमौं है! कहिले कही भद्रगोल कम गरि भद्रभलाद्मी मिलेर दांईं गरौं कि भने पनि स्थायीत्वको अभिब्रिदिको लागि स्वछ्न्दता मन पराउने प्राक्रतिक गुणमा अब्यस्थ भएका हामीसंग संभव हुने कुरा पनि भएन । यो मन्त्रालयको क्षमता, बजेट, र आत्मानिर्णयको अभिब्रिद्दी गर्न दिन ढीला भैसकेको छ। यसमा सोचने हो कि?
अर्को अंग छ, नेपाल एकाडेमी अफ साइन्स एंड टेक्नोलोजी, जसको चान्सलर एक राजनैतिक ब्यक्ति प्रधानमन्त्री छन। यो अंगका कार्यकारी प्रमुख पनि राजनीतक रूपमै नियुक्ति गरिने हुंडा ब्याबसायिक ब्यक्तित्व छानिने संभाबना अरु संघ संस्था जस्तै यसमा पनि कम हुन जाने नै भयो। यदी यस्ता गैर राजनैतिक संस्थालाई जुन पार्टी सत्तामा आएपनि बिना भेद्भाब सहयोग गर्दै जाने र आबस्यक बजेट निकासा गरिदिने हो भने यो देशको प्राक्रतिक सम्पदा हाम्रो हितको लागि भरपूर सदुपयोग गर्न सकिन्थ्यो। उता यही संस्थालाई आबस्यक पर्ने मानबीय शक्ति उत्पादन गर्ने त्रिबिबी भने शिक्षकको तलब खुवाउनै चिन्ता गर्नु परेपछी पढाईको स्तर खस्कने कुरा निर्बिबाध छ। र यस्मा बिराजमान भएका ब्यक्तित्वहरुको क्रियाशीलता र इच्छाशक्ति यो संसारको कुनै पनि बिस्वबिध्यालयमा देख्न नपाइने दुर्लभ र धीमा छ. त्यों भन्दा ठुलो सामाजिक समस्या भनेको भ्रष्ट कर्मचारीको बड़्दै गरेको रबाफले इमानदार बर्गमा नैरास्यता बढाएको छ। अनि अग्रज हेरेर पढने हाम्रो समाजमा कुन चाहि बिद्यार्थी इमानदार बन्ने अठोटका साथ पढने छ र? रसायनशास्त्र पढ्दै गरेका बिद्यार्थीलाई टेस्ट ट्यूब छुवाएर मात्रै पुराना कुरा सिकाएर देशले के नयाँ कुरा पाउन्छ? सुन्तालाको दाना झिक्ने या धानमा अरु संतुलित तत्व राख्न सक्ने बायोटेक्नोलोजी नपढाएर, बयोटेक्नोलोजीको उपादेयता नै के र?
यी सम्पूर्ण समस्याको तत्काल राजनैतिक रुपमा समाधान गर्नु पर्ने छ र यो काम जसबाट शुरू गरे पनि स्वागत योग्य नै हुनेछ। यो ग्लोबल भिलेजमा आफ्नो इज्जेत र प्रतिष्ठा जोगाउन भने पनि यो बिषयलाई गम्भिरताका साथ सोच्नु पर्ने जरुरी छ। जसरी हामीले ६२-६३ पछि राजनैतिक क्रम भंग गर्यौं, तर सामाजिक र आर्थिक क्रम भंग गर्ने कुनै लक्षन देखाएनौं. नेकपा माओबादी यति ठुलो कुर्बानी गरेर जुन राजनैतिक परिबर्तन त गरियो, त्यसपछि स्वत जानू पर्ने आर्थिक बिकास र सामाजिक परिबर्तनको लागि केही उल्लेख्य प्रयास त भएका छन, तर ति कुनै पनि हिसाबले तृप्ति गराउने खालका छैनन. अझ त्यसमाथी शिक्षा र अझ यस भित्रको बिज्ञान यति पछि पारिएको छ, त्यसलाई कुनै पनि टाल्टुले र झिनामशिना प्रयासले इज्जेत ढाकने सम्मको पनि काम हुने वाला छैन. त्यसैले यी सबै समस्याका पोका फुकाउनु भन्दा पहिला समाधानका जुक्ति पनि प्रकाश पार्नु जरुरी हुन्छ, र त्यसलाई पूर्ति गर्ने बाटो देखाउने काम यही क्षेत्रमा काम गरेका मान्छेको हुन आउंछ.भन्ने बिश्वसका साथ मलाई सुझेका र यसमा उल्लेख गर्न भ्याउने उपायहरुलाई गिन्तीबद्ध गर्न मन लाग्यो जुन निम्नानुसार छन:
१. सामाजिक, राजनैतिक र आर्थिक भ्रष्टिकरण कम गर्दै लैजाने: अनाबस्यक मनोरंजन र सामाजिक प्रतिष्ठाको सबाल भन्दै गरिने फजूल खर्च कम गराउन जनचेतना जगाउने, र संग संगै भ्रष्टाचार नियंत्रण गर्दै जाने हो भने बिस्तारै हामी यही ट्रैकमा फर्कने छौं. फेरी पनि यो काम गर्न राजनैतिक इच्छाशक्तिको जरुरत पर्दछ. यो काम अब जनता तहबाट भन्दा पनि नेतृत्वबातै शुरू गर्नु पर्ने भएको छ, यति लामो त्याग र बलिदान गर्दै खारिँदै आएका हाम्रा नेतागणबात यो काम हुन्छ भन्ने कुरामा आश गर्न सकिन्छ.
२। क्षमता भएका ब्याक्तिहरुलाई बेलगाम खोज र बिकाश(R &D ) गर्न दिने हो भने हाम्रो बिग्यानको क्षेत्रमा गिर्दै गरेको साखको अभिब्रिद्धि हुनेछ। त्यों गराउन बिश्वबिध्यालय, नास्ट, नार्क, रिकास्ट जस्ता संस्थाहरुमा गरिने लगानी बढाउनु पर्ने छ र यिनिहरुमा गरिने राजनैतिक हस्तक्षेप तत्काल बन्द हुनु पर्छ.
३.स्कुल एबम बिश्वबिध्यालयको पाठ्यक्रममा परिबर्तन: गणित भनेको उत्तरमाला मिलाउने, बिज्ञान भनेको प्रक्रियाको जबाफ दिने, भूगोल भनेको राजधानी घोक्ने खालको पढाई पढेर हामी हाम्रो प्राकृतिक श्रोत साधनको सदुपयोग गर्न सक्दैनौं। तर यही काम गर्न पनि सर्बप्रथम आफ्नो देशको सम्भाब्याता बुझ्नु पर्ने हुन्छ र फेरी पनि यसको लागी समेत लगानी बढाउनु पर्ने हुन्छ। प्रयोगात्मक शिक्षाको अभाबमा जसरी हामी नीरस पढाई पढ़ी राखेका छौं, त्यों हटाउन पनि पाठ्यक्रमको परिमार्जन जरुरी छ, हामी अहिले अरुलाई चाहिने जनशक्ति उत्पादन गर्दै छौं, अब यो क्रम भंग गर्नु पर्दछ।
र अन्तमा,
बिज्ञानमा गरेको लगानीको प्रतिफल ढिलो उठ्छ, तर कैयौं गुना बढ़ी उठ्छ। केही बर्ष हामीले लगानिका बर्ष भनेर किट्यौं भने हामीले प्रतिफलका थुप्रै बर्ष पाउने छौं. आशा छ, राजनैतिक नेतृत्वसंग यो गर्ने धैर्यता र इच्छाशक्ति पलाओस, जसले गर्दा हामी सम्पूर्ण नेपालीको सामाजिक, आर्थिक र बौद्धिक बिकास हुने यथेस्ट मौका मिलोस।

Sunday, July 25, 2010

ह्याप्पी गुरु पुर्णिमा

(समयाभाब र अस्वस्थताका कारण पुरानै लेख साभार गरें, माफ़ गर्नु होला। )

नंबर थोरै आए, बलिया बाँगा फेल भए र कहिले कांही मानबीय त्रुटी भए गुरुहरुको दिन सांच्चै ख़राब नै हुन्थे, भैराखेकै छन। १ बर्ष हैन, २ बर्ष हैन कैयौ बर्ष सम्म भेटिएका र भेटीने बिद्यार्थीको स्वभाब संग टकराब हुनु केही हद सम्म स्वभाबिक पनि हो। गुरुहरुलाई पनि १ दिन हैन, ३६५ दिन नै तम्तायर भएर बस्नु पनि कम्ति जोखिम को बिषय पनि हैन। हामी मनाबियताको यति सम्बेदनशिलतालाई पनि नपचाउने प्राणी भैसकेका छौं। यसको अर्थ गुरु बर्ग पनि लक्ष्मन रेखा भित्रका अक्ष्यम्म पात्र सम्झने भूल पनि गर्न त हुन्न, तर यति धेरै पात्र-पात्र बिचको अन्तर्क्रिया बाट निस्कने क्रिया-प्रतिक्रया कसरी यकमुष्ट एउटै आओस।
हामी सानो छंदा गुरुहरुको मान, मर्यादा, रबाफ जून उचाइमा थियो त्यों ओरालो लाग्नुमा बढ़ी समाज नै बढ़ी दोषि छ। जसले भ्रष्टाचार बाट पैसा कमाउन्छ, शहरम बंगला ठड़्याउंछ, उसैलाई आदर गर्ने, आफ्नो बालबच्चालाई, त्यसै गर्न उत्प्रेरणा गर्ने सामाजिक मान्यता बिकास भए पछि कसरी चक,डस्टर, बोर्ड वाला गुरु हरुको मान बड्थ्यो? जब मान्छे भित्र सकारात्मक चेत खुल्दैन, त्यों दिन सम्म शिक्षक एक तलबी कर्माचारी ठहरिन्छ। तेहि दिन सम्म नै समाज अधोगति तीर नै लागि रहन्छ । ५० जना घुसिया इन्जिनिएर भन्दा १ इमानदार शिक्षकले चांडो देश बिकास गर्छ। म यहाँ मेरा बाल्यकाल देखिका संपूर्ण गुरुहरुलाई ह्रिदयदेखिनै प्रणाम गर्छु। यो गुरु पुर्णिमाको दिनले हामी सबैलाई चेतनाको ज्योति प्रदान गारोस।
ह्याप्पी गुरु पूर्णिमा!!!

Monday, June 14, 2010

बेरोजगारको सूचकांक

भनिन्छ ५% बेरोजगार हुनु भनेको आर्थिक बिकासको उत्प्रेरक बिंदु हो, जसले गर्दा प्रतिस्पर्धा पनि रहने र मेलमिलाप पनि नखल्बलिने हुन्छ। नाताबाद पनि छैन, क्रिपाबाद पनि छैन, सामाजिक र आर्थिक रुपमा पिछादिएका बर्गलाई बढी मौक़ा पनि दिने बित्तिकै सामाजिक सुरक्षा पनि बढने भयो । हामी कहाँ त त्यों बिंदु ठ्याक्कै बिपरीत छ, ४ महीना काम गरेर बांकी समय हाबा खाने किसानलाई छोड़ने हो भने योग्यता अनुसार जागीर खाने ५% पनि छैनन। अनि हुन्न त पश्चगमन ? नारा जुलुस म हेर्यो भने पहिला पहिला हुन्थे २०००-४००० अहिले अलिकती नारा मिल्यो भने हुन्छन ४००००० -५०००००, चटकेले चटक देखायो भने हुन्छन २००-५०० त। चुनाबको बेलाको बिचारा जापानी प्रधान्मंत्रिले पनि पाउँदैन त्यति धेरै श्रोता ।
सोमबारको दिन मध्यान्नको समय थियो, एउटा कार्यक्रममा हल खचाखच भरिएको थियो. सुकिला मुकिला अफिस छोडेर आएका थिए। भोलिपल्ट म नयाँ सडकमा एस्सो के निस्केको थिएँ, अचम्मको भीड़ देखें। जिल परें, नेपालीहरु कति क्रेजी छ्न है भन्दै त्रीपुरेशोवर के पुगेको थिएं, मलाई कता कता घोच्दै एउटा झिर भित्र पसन थाल्यो। यी त सब नेपाली वर्ल्डकपको सिजनमा दसरथ रंगशालामाँ फुटबल हेर्न नभई सपनाको सानो संसारलाई फराकिलो बनाउँदै, देश र नेतालाई गाली गर्दै यो महादेशको पल्लो छेउ जाने भार्यांगको जोहो गर्न घरबारीको कलिलो बुटो टुक्र्याउने जमात पो रहेछ. तर उता उल्टो, यो कोटा ल्याउन पाएकोमा हाम्रा नेताहरु बहुत खुसी छन। यो देश बिस्तारै म्यानपावर निर्यात गर्ने कारखाना पो हुँदै छ। यस्तै हुँदै गयो भने बेरोजगारको सूचकांक पनि कम हुँदै जाने भयो। देश रेमिट्यान्सको पैसामा पार्टी गर्ने पार्टी प्यालेस बन्दैछ. के एसैमा हामी रमाउने? भगबान भरोसामा बाँचेको यो देश!

Monday, May 31, 2010

हराएको नयाँ नेपाल



२०४६ ताका एमाले र कांग्रेस घांटी जोडिएका छुट्टै खुट्टा भएका जोडिएका गंगा जमुना जस्तै थिए, जनमोर्चा भने झड्केलाका छोरा जस्तै बेला बेलामा संलग्न हुने परिबार जस्ता थिए। बेला फेरियो, देश द्वन्दमा फस्यो, अड्काउनेले हलो अड्काउँदै रहे, र अंतत को नोकर को मालिकको बिबादले गर्दा तिते करेलाको चास्नी खाँदै एउटै घेरामा बस्न त राजी भए तर टर्रो मुख लाउँदै । बढ्दै गरेको जनचेतना, माओबादीको बढ्दै गरेको शक्ति र स्खलित भैसकेको राजतन्त्रको छबिको खिचड़ीको आडमा गरिएको जनआन्दोलनले एउटा उत्साहा थप्यो। फौजी जित गर्न नसक्ने माओबादी र भ्रष्ट राजनितिले गर्दा जनता संगै झंडै कित्ता काट भएका दल मिले पछि राजनैतिक ब्याबस्थाको परिबर्तन संगै जनताको बढेको महत्वाकांक्षालाई समेट्न एउटा नयाँ नारा समातियो, नयाँ नेपाल। साएद कसैलाई पनि मेसो थिएन होला कस्तो बनाउने नया नेपाल भन्ने कुरा। र अर्को के कुरा पनि पक्का हो भने नेपाली हौसिन र खुट्टा तान्न अरु भन्दा धेरै अगाडी छन। जसरी २०४७ सालको संबिधानलाई बिश्वको नंबर १ भन्ने डंका पिटियो तर २० बर्षमा २० अरब खर्च गरि अर्को संबिधान बनाउन पर्यो। यहांभन्दा अरु दुर्भाग्य अरु के हुन सक्छ।
पुन कुरा उठ्छ, कस्तो नेपाल हो नयाँ नेपाल भनेको? जातजातिमा बांडिएको नेपाल पक्कै पनि नयाँ हुने छैन, बिना राजाको देश मात्रै नयाँ नेपाल पक्कै हैन होला, र युद्दको भुमरिमा फर्कने पनि हैन होला, तेसो भए के हो त यो नयाँ नेपाल? नयाँ नेपाल भनेको जातजाति भएको तर जातिएता नभएको, खंड खंड भएको तर खंडित नभएको, बिकासको सुरु भएको तर मिनामाता नभएको (जापानमा अचाक्ली बिकास हुंदा ज्ञानको अभाबले भएको मरकरी पोइजनिंग) नयाँ नेपाल हुनु पर्नेमा यहाँ त उल्टो छ, यो देश डोर्याउन चुनाब हारेका मनुष्य कुर्चिमा बस्ने अनि प्रजातान्त्रको प्रबचन सुनाउने रामदेव जस्ता बिराजमान छन। पहिले जनताले खबरदार संबिधानको अबाधि बढाउला भन्दै गर्दा परिबेश यसरी फेरियो कि नेताहरुले नबढाउलान भनेर खबरदार गर्नु पर्यो। २०६२ /६३ जस्तो नयाँ नेपालको गफ हराउँदै गएछ, अहिले त गफै गरे पनि कसैले पनि पत्याउन्दैनन। ४६/४७ को पुनराब्रिती हुनु भन्दा अरु कुनै परिबर्तन होला जस्तो छैन। अप्रत्यासित बिकास नभए कसरी यसलाई नयाँ भन्ने। एउटा बच्चालाई बढ्दै फेरिँदै गए पनि कहिले पनि नयाँ छोरो भन्न नपाए जस्तै यो देश नयाँ हुने मैले कुनै लक्षण देखिन।

Tuesday, January 19, 2010

न सास, न लास, न आशमा पिल्सिएको जीवन

(साभार -सांघु साप्ताहिक, लेखक - अमृता लम्साल ) यहाँको हातेमालोलाइ सादर धन्यबाद।

एउटा राजनैतिक प्रतिबद्धता बोकेर दुनियाँलाई न्याय दिन भन्दै आफ्नो स्वार्थलाई तिलाञ्जलि दिँदै कानुनचीको प्रमाणपत्र भित्तैमा छोडेर, पढाएर खाँदै आएको क्याम्पसको तनखा तँ नखा भन्दै हिड्नुभएको मेरा दाई ११ बर्षसम्म सास, लास आशको कालो ओडारमा लापत्ता हुनुहुन्छ।यो भनाई रबिन्द्र ढकालको हो। जसको दाजु अधिवक्ता राजेन्द्र ढकाललाई तत्कालिन सरकारले बेपत्ता पारेको थियो। सशस्त्र जनायुद्धको बेला, त्यतिबेला ३१ बर्षका, कुनै बेला नेपाल बार एसोसिएसन गोर्खाका अध्यक्ष समेत रहिसकेका तथा मानवाधिकारकर्मी राजेन्द्र ढकाल जसलाई तनहुँको जम्दी खोलामा नुहाउँदै गर्दा जनवरी १९९९ को दिन बेल चौतारा प्रहरी चौकीका कुश बिक्रम राणाको कमाण्डमा आएको टोलीले पक्राउ गरेर लगेको थियो।

२०५२ साल फाल्गुन गतेदेखि ४० सूत्रीय माग तत्कालिन सरकार समक्षराखी माओवादी जनयुद्धको सुरुवात भएयता नेपाली जनताले यस्ता पीडाहरू धेरै ठूलो मात्रामा भोग्दै आउनुपरेको थियो। किनकि, आन्दोलनलाई तीब्र बनाउने क्रममा माओवादी तर्फबाट कैयौं व्यक्तिहरूलाई सुराकी गरेको, आन्दोलनलाई नसघाएको आदि आदि कारण देखाएर आफूभन्दा अलग बिचार राख्नेहरूलाई यातना दिने, मारिदिने बेपत्ता बनाउने कार्यगरिएको थियो भने, राज्यका तर्फबाट झनै उग्र भएर कडासेकडा यातना दिने, पक्राउ पूर्जी बिनानै पक्राउ गरेर बन्दीका आफन्त परिवारजनहरूलाई उनीहरू कहाँ छन्ा् भनेर जानकारी नै नदिने, सोधपुछ गर्ने क्रममा यातना दिँदादिंदै मारिदिने। उनीहरूको लाश समेत गायब पारिदिने घटनाहरू सबै नेपालीले देख्दै भोग्दै आएको तथ्य सबै सामु छर्लग नै छ्र।

यसै सन्दर्भमा २०६५ साल पुष गते को कुनै एउटा साप्ताहिक पत्रिकामा लोग्शरी कुँवरको नामबाट लेखिएको लेखपिपलाडीमा द्वन्दको आलो घाउःउनीहरू कहाँ छन्ा्?” बाट केही पंक्तिहरू उधृत गर्दैछु, त्यहाँ लेखिए अनुसार बेपत्ता पारिएका लोग्ने बारे आफ्नो धारणा राख्दै तारादेवी नामक महिलाको पीडा यसरी पोखिएको ,”सधैं बम्बई (भारत) गइरहने मान्छे, आजभोलि पनि बम्बई नै गएका होलान्ा् जस्तो लाग्छ।' उनी प्रश्न गर्छिन्ा्, '(साना तीन बालबच्चा छन्ा्, उनीहरूलाई पाल्न धौ(धौ , मारेकै भए लास दिएको भए पनि ढुक्क हुन्थ्यौँ, लासै नपाएपछि कसरी मरिसके भनेर विश्वास गर्ने?” त्यसै गरी आफ्ना छोराको अत्तोपत्तो पाउन नसकेका सोही गाउँका ५७ वर्षीय कल्याण बोहोरा भन्छन्ा्, ''आफ्नो आँखाले लास नदेखेसम्म छोरो मरेको कसरी विश्वास गरुँ?'' यी पक्तिहरू पनि सोही लेखबाट उधृ्रत गरिएका हुन।

खोज्दै जाँदा यस्ता अभिब्यक्ति, पीडा दर्दनाक कथाहरू थुप्रै भेटिन्छन्। हुनत, यस्ता कार्यमा हिस्सा लिनेहरूलाई कारवाही गर्ने राष्टि्रय अन्तरराष्टि्रय ऐन कानून नभएका होइनन्। तर यहाँ पनि एउटै कुराको कमी , त्यो हो, सरकारमा बस्नेहरूको जनता राष्ट्रप्रति केही गर्ने चाहना नहुनु। यदि बेपत्ता पारिएकाका परिवार आफन्तजनहरूलाई अलिकति भएपनि राहत दिनै चाहने हो भने त्यसको लागि छट्टै कानून नभएपनि लागु गर्नसकिने नियम कानूनहरू नभएका होइनन्। जस्तो कि, नेपालको अन्तरिम संविधान २०६३ मा राज्यको दायित्वको ब्याख्या गर्दै भनिएको ,''सशस्त्र द्वन्दको क्रममा बेपत्ता पारिएका ब्यक्तिहरूको सम्बन्धमा गठित छानबिन आयोगको प्रतिवेदनका आधारमा त्यस्ता ब्यक्तिहरूका पीडित परिवारहरूलाई राहत उपलब्ध गराउने'' अनि फेरि भनिएको ,''सशस्त्र द्वन्दको क्रममा मानवाधिकारको गम्भिर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्न ब्यक्तिहरूको बारेमा सत्य अन्वेषण गर्न तथा समाजमा मेलमिलापको बातावरण निर्माण गर्न उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने'' यी बाहेक, प्रहरी ऐन २०१२ ले कुनै ब्यक्तिलाई बिना वारेन्ट पूर्जी पक्राउ गरेको भएमा पक्राउ भएको ब्यक्तिलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र अदालतमा पेश गरिसक्नु पनर्, नागरिक ऐन २०१२ ब्यवहारमा ल्याउनैको लागि बनाएको भए अझै राम्रो देखिन्छ। जस अनुसार कानून बमोजिमा बाहेक कुनै पनि ब्यक्तिको ज्यान तथा वैयक्तिक स्वतन्त्रता नहरिने, गिरफ्तार भएको ब्यक्तिलाई गिरफ्तार गरिएको कारण सहितको सूचना यथासक्य चाँडो नदिई थुनामा नराखिने, सो ब्यक्तिले रोजेको कानून ब्यबसायीको सल्लाह लिन दिने आदि आदि छन। अन्य कानूनहरूमा कारागार ऐन २०१९, नेपालको सम्बिधान २०४७, सार्वजनिक अपराध सजाय ऐन २०२७, बिस्फोटक पदार्थ ऐन २०१८, सशस्त्र प्रहरी ऐन २०५८ ले पनि कुनै कुनै बुँदामा पक्राउ परेकाहरूको पक्षमा बोलेको छ्र। तर जसको हातमा नियम कानून लागु गर्ने अधिकार दायित्व रहेको उनीहरूलेनै सबै कुरालाई नदेखे जस्तो नसुनेजस्तो अभिनय गरेर बस्न चाहन्छन भने हजारौ नियम कानून भएपनि या नभएपनि के नै औचित्य रहन्छ ?

यस बारे पीडित परिवारका रविन्द्र ढकालकै भनाई अघि सारौ ''अफसोच, नयाँ नेपाल बनाउन कस्सिएका पुराना नेताहरू मान्छेको रगत पसिना चुस्दै पुरानै ढ्याऊ गर्दै दिन काटिरहेछन्। यिनीहरूलाई अरुको एकरत्ति चिन्ता छैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग , तर पनि भन्नेलाई आशै मार्नभने सकिंदो रहेनछ।'' बेपत्ता पारिएकै ब्यक्तिहरूका सम्बन्धमा, राजेन्द्र ढकाल तथा कतिपय बेपत्ता पारिएका ब्यक्तिहरूका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण परमादेश समेतका रीट निवेदनहरूमाथि सुनुवाईपछि २०६४ जेष्ठ १८ गते सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय खिलराज रेग्मी कल्याण श्रेष्ठको संयुक्त ईजलाशले गरेका निर्णय ऐतिहासिक मानिन्छ। त्यो निर्णय प्रहरीले पक्राउ गरी बेपत्ता बनाएको तर गरेकै छैन भनेर जवाफ दिरहेको ६१ जना बेपत्ता पारिएका ब्यक्तिहरूको बारेमा थियो। सो सम्बन्धमा सुरक्षाकर्मीहरूकोपक्राउ नै नगरेकोभन्ने एकोहोरो जवाफमा विस्वस्त हुन नसकी, अदालतकै संयन्त्रमा विशेष अनुसन्धान समिति गठन गरी प्रतिवेदन अदालत समक्ष प्रस्तुत पनि गरिएको देखिन्छ्र। जस अनुसार, ती ६१ जना मध्येका चक्र बहादुर कटुवाललाई सेनाले हिरासतमा लिई निर्मम यातना दिएको कारण मृत्यु भएको। बेपत्ता पारिएका अधिवक्ता राजेन्द्र ढकाल, बिपिन भण्डारी दिलबहादुर राइलाई सुरक्षाकर्मले पक्राउ गरी योजनाबद्ध ढंगले बेपत्ता पारेको देखिएकोले जीवित रहेको सम्भावना कम देखिने निस्कर्ष निकालेको छ्र। तसर्थ यी सबै सत्य तथ्य प्राप्त भैसकेपछि पनि अपराध गर्ने ब्यक्तिलाई सजाय दिन केको आनाकानी हो? कि, उनीहरू पनि कुनै मन्त्री या दलका ठूुला नेताहरूका आफन्त परे? यस बारे पीडितका तर्फबाट रविन्द्र ढकाल प्रश्न तेर्स्याउछन्,''हामी कस्तो देशका नागरिक हौं? कसले, कहाँ, कति बजे, कसरी समातेको सबै जानकारी अदालतले प्रमाणित गरेर सरकारलाइ बुझाई सक्दा पनि न्याय दिन नसक्ने यो नपँुसक सरकारलाई के भरोसाको लागि कर तिर्ने? ११ बर्ष कुरियो अब के भनेर कुर्नु? यो सरकारलाई के गरेर त्यों काम गराउन सकिन्छ?''

हुन आजसम्म कति ब्यक्ति बेपत्ता पारिए भनेर यकिनका साथ तथ्याङ्क पनि संकलन गर्नसकिएको देखिन्दैन, अन्तरराष्टि्रय रेडक्रसको जुन २००६ को तथ्याङ्क अनुसार जम्मा ९५५ जन बेपत्तापारिएको सख्या भेटिन्छ यसमा कञ्चनपुर पिपलाडीका ३० जनाको नाम संकलन गर्नछुटाएको आरोप भने इन्सेकले २०६५ जेष्ठ १८ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुरक्षाकर्मीबाट ८२८ जना माओवादीबाट १०५ गरी जम्मा ९५५ जना बेपत्ता पारिएको तथ्याङ्क संकलन गरिएको छ्र। तर राज्यद्वारा बेपत्ता पारिएका नागरिकका परिवार समाज (बेपत्ता परिवार समाज) अनुसार हजार भन्दा बढीको दावी गरिएपनि ११६२ को मात्रै नाम उल्लेख गरिएको छ्र। तर जे भएपनि एक जना मात्रै बेपत्ता पारिएपनि त्यो अपराध नै हो त्यस्ता आपराधिक कार्यगर्ने जो कोहीलाई पनि बिना सजाय छाडेर देशमा दंडहीनतालाई प्रश्रय दिइनु हँुदैन। मूल मुद्दा भनेको यही नै हो।

संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्त लुउसी अर्थले २००७ को जनवरीमा जारी गरेको प्रेस बिज्ञप्तिको एउटा अंश उधृत गर्दै यो लेखको बिट मार्दछु, ''जसविरुद्ध फौजदारी उत्तरदायित्वको प्रमाण ती व्यक्तिहरूलाई दण्डहीनतासम्बन्धी अन्तर्राष्टि्रय सिद्धान्तहरू मुताविक न्याय गर्न नागरिक अदालतसमक्ष उभ्याइनुपर्दछ।'' अन्त्यमा, यो लेखले राजेन्द्र ढकालकी पत्नी विमला ढकाल सात कक्षामा पढ्दै गरेका नाबाक छोरा विवेक ढकाललाई केही मात्रामा भएपनि यो ढाढस पुर्यानवोस्, यो दुःखमा उनीहरू एक्लो छैनन्, अरुले पनि साथ दिनेछन्।

Saturday, October 10, 2009

नयाँ नेपालको परिकल्पना र बास्ताबिकता


नेपाल एक स्वाधीन राष्ट्र भएको हुनाले हामी स्वाभिमानी नागरिक भएर बांच्ने सौभाग्य पायौं। यसरी शिर उचो बनाएर बाँच्न पाउने बिश्वका थोरै मुलुक मध्य हामी पनि एक रह्यौं। तर अफसोच, यसैको ब्याज खाँदै हामीलाई सामन्ति संस्कारको जालोले छोपियो अन्तत्वगत्वा हामी पुन घरेलु उपनिबेशमै कैद गरियौं। हामी धेरै लामो समयसम्म एक छत्रीय राजनितिबाट निर्देशित भयौं, एकादेशका भन्दा पनि एकाघरका प्राणी भयौं, किनकी हामीले राज्यको अनुभूत गर्नै पाएनौं। हाम्रो बिकास प्रगति मूलत ब्यक्तिगत हुन पुग्यो, खरका झुपडिहरुले रूप फेर्दै टिन, टायल या ढुंगा भए केही बहुत सिमित साना ठुला शहरमा मात्रै अनियन्त्रित तरिकाले आर्सिसिका घर बने जसलाई हामीले बिकास हो भन्ने भ्रम पालेर बस्यौं, या बस्न बाध्य बनाइयो। तर हामी वरिपरीको बिकास भने सिर्फ समयले बोकेर आयो जून स्वभाबत ढिलो हुन्छ। यसैले अरुको इतिहास हाम्रो बर्तमान भयो, अन्य देशमा संग्रालयमा राखिएका पुराना सामाग्रीहरु हाम्रा सहारा बनिरहे। हाम्रो सामन्ती संस्कारको जगले गर्दा थोरै प्रगति हुंदा पनि हामी अहम् देखाउने भयौं। उता सयौं बर्ष सम्म राज गर्नेहरूले नै यो प्रकृतिको संरक्षण हैन कि दहन गर्ने काम गरे हामी दर्शक बन्यौं। देश बिकासमा अपरिहार्य हुने बिज्ञान प्रबिधिलाई कुनै महत्व नदिई संस्कृत भाट नैतिक शिक्षालाई ठुलो महत्व दिइयो। सामाजिक शिक्षामा जनताको जिबनोपयोगी बिधालाई आँखा चिम्लिएर उनै राजपरिवारको गाथा गाउने बिद्या बनाइयो। हुंदा हुँदै हामी सिर्फ बीर नेपालीको गीत, अनि हरियो बन हिमालको भजन गाउने भजन मण्डली बन्यौं।
        बिस्तारै उठेको राजनैतिक सचेतनाले त्यों एकदलीय शासन फाल्यौतर संस्कार फाल्न सकेनौं। अनि डम्फ़ु पिट्यौ, हाम्रो संबिधान संसार भरिको उत्तम संबिधान भनेर। बर्षों सम्म थिचिएर रहेका नयाँ बर्ग नयाँ चिजलाई संस्थागत गर्न हैन कि पुरानालाई बिस्थापन गर्न कम्मर कसेर लागे। तर केही नलागे पछि सम्झौता गर्दै राज्यको हाली मुहाली गर्न थाले समाजमा नया तरिकाले भ्रष्टाचार मौलाउन थाल्यो। उनीहरुकै अग्ला घर चिल्ला गाडीले शहर केही परिबर्तन भयो, तर गाउं जस्ताको तस्तै। यही परिबेशमा तत्कालीन नेकपा माओबादीको जुर्मुराहटमा दूरदराज जुरुक्कै उठ्यो, शहर काम्न थाल्यो, छिमेक टोलाउन थाल्यो, केंद्रको कुर्ची अस्थिर बन्यो, हजारौं सपूतहरु समाज परिबार्तनको लागी आफ्नो जीबन आहुति दिन तयार भए। कहलिएका मालिकहरु पाखा लगाइए, हतियारको कमिशनमा ह्राल चुहाउनेहरु धर्मराउन थाले। यसैको फल स्वरुप सिमित क्षेत्रमा उठान गरिएको यो जनयुद्ध नेपालको सीमा नाघेर बिश्व बजारमा पुग्यो। हजारौं बालबालिकालाई  टुहुरा बनाएर, कयौ घर उजाड़ बनाएर, सयौलाई अन्योलको भुमरिमा राख्दै यो जनयुद्दले ठुलो परिबर्तन लिएर आयो। तर यो परिवर्तनलाई अत्मासात गर्न नसक्नेहरु, यो या त्यो बहानामा यसलाई रोक्ने या धिमा गतिमा अगि बड्न दिने पक्षमा छन ताकी उनिहरुको २०४७ साल ताकाको परिवर्तनलाई यो परिवर्तनले माथ नगरोस। अहिले पनि बेपत्ता तथा शहीद योद्धाहरुको सम्मान परै जाओस, मानमर्दन गर्दै त्यही जनयुद्धको हुर्मत लिन केही जमात कम्मर कसेर लागि परेको छ। उनिहरुलाई राम्रै सँग थाहा , यो युद्ध नभएको भए हिमालका भोटेहरु, मधेशका थारु, चौधरी मुशहरहरु खसानका खसहरु, तम्सालिङका तमाङहरु लिम्बुवानका लिम्बुहरु आफ्नो बोली लिएर उठ्न सक्ने हैसियतका रहने थिए। त्यसैले, फेरी पनि नयाँ भ्रमको खेती गर्न खोजिंदै , देश टुक्रन्छ भन्दै। देश जनताको लागि हो, नकि भुमिको लागि। त्यसैले जनताको भाबनालाई समेटदै नयाँ नेपाल बनाउन लागि परेनौं भने हामीलाई फेरी कसैले माफ गर्ने छैन। तर समस्या यहीँ नेर , मान्छे उही, आँखा उही, गोही बकुल्ला उस्तै ध्यानमा, अनि के बन्छ नयाँ? नयाँ बनाउन पुरानो केही छोड्नु पर्यो नि। कमीशन छोड्न मन लाग्छ, कुर्चि बुझाउन मन लाग्छ। अनि सोचौं, कसरी बन्छ नयाँ नेपालअहिले हामी यस्तो सङगीन घडी मोडमा छौं जहाँबाट हामी कुनै एक गन्तब्यमा पुग्न सक्छौँ। कुबाटो हिंड्यौं भने अन्धकार, घृणा, द्वेष कुण्ठाको आहालमा पौडी खेल्न पुग्छौं हामी सदाको लागि आदिम मान्छेको कोटरीमा थन्किन्छौं। सुबाटो हिंड्यौं भने उज्ज्वल, समता, उत्कण्ठता बोकेको स्वच्छ पोखरीमा पौडी खेल्न पुग्छौं प्रकृतिको छटा बिबिधताले भरपुर एक सुन्दर एबम शान्त देश नेपाल बन्ने छ।
           जसरी मलेरियासँग बिजय पाउन जङगलमै छाप्रो हालेर कयौं पहाडी मुलका मान्छेले समथर भुमिलाई हराभरा पारे, त्यसरी नै ऐले फेरी तिनै पहाडमा स्याउ, केरा, सुन्तला फलाएर सिसौ, सल्लो धुपी कटुस हुर्काउँदै कृषि क्रान्ति गर्न जरुरी , अनी मात्रै निर्बहामुखी कृषिको भरमा निर्बहा पनि गर्न नसक्ने कृषकको जीबन फेरिनेछ। पानी पिउन नपाउने, फोहोर फाल्न नसक्ने, जागिर खोज्न नसक्ने शहरीयालाई अनुशासन, नैतिकता जिपनोपयोगी शिक्षा दियौं भने शहर सधैंको लागि शान्त सम्रिद्ध हुन्छ। किट्नाषक औषधी बिषाक्त मिसिएको भुगर्भीय पानी खान बिबश तर देशलाई नै अन्न खान पुर्याउने, अनि  राजनैतीक अधिकारले पिछडिएका ति तराइका जनताहरुलाई अधिकार, सचेतना योजना दिने हो भने हामीले कुनै उथल पुथल क्रान्तिका गफ कहिल्यै गर्नु पर्दैन।  हरेक हिमालय श्रेणीको फेदमा ५०-५० जना अटाउने लज बनाइदिने हो भने पर्यटक बोलाउन कुनै पनि पर्यटन मन्त्री युरोप जानु पर्दैन। तिनै हिमालका बासिन्दालाई आफ्नो अपायक भूमि देखेर वाक्क लाग्छ। पर्यटक बोलाउन हामी कति खर्च गर्न सक्छौं, तर तिनिहरुको बसाइ तन्काउन तिनिहरुलाई नुहाउने पानी दिन सक्दैनौं। त्यसैले हाम्रो अहिलेको दायीत्व भनेको देशको भुगोल सुहाउँदो, जनतालाई चित्त बुझ्दो समय सापेक्ष्य नयाँ नेपाल बनाउने हो।    

       नयाँ नेपाल बन्न चाहिने भाबभूमि अहिले तयार भै सकेको स्थिती छ। जसरी एक लोहारले फलाम तताएर पिट्न थाल्छ, त्यसरी नै एउटा राजनैतिक परिवर्तन पछिको यो माहोलमा नहान्ने हो भने यसबाट हामी नयाँ नेपाल त के पुरानो नेपालमा पनि फर्काउन सक्दैनौँ। समयको गतिलाई नबुझी यसैलाई रोक्न प्रयत्न गर्नेले रोकिएको साइकलको नियतिलाई बुझ्ने कोशीष गर्नु पर्छ। जनतालाई खिसिट्युरी गर्दै जनताको अभिमतलाई बेवास्ता गर्नेले नियमत: नयाँ चिज बनाउन खोज्दैन। नयाँ नेपाल बन्न परिवारबादबाट बाहिर निस्कनु पर्छ, कुर्चिमा उक्लिने ओर्लने समयको भेउ पाउनु पर्छ, कनिका हैन नियमित चारा बटुल्नु पर्छ, फुर्सदको समयमा पार्टी फुटाउने हैन, मनांग, डोल्पा, दैलेख संखुवासबा डुल्नु पर्छ, अनि बन्छ नयाँ नेपाल। अहिले सम्बृद्ध भएका केही मुलूकहरू युद्ध पछि बिकासको फड्को मारेका छन, यसको ज्वलन्त उदहारण यही जापान हो। एक चोटी नेतृत्व प्रति बिश्वास जाग्यो भने, क्यारेम बोर्ड दहरमारा खेल्ने सबै जनता गल, घन गैंची बोकर घर घरबाट निस्कनेछन। कुनै एउटा पुस्ताले दु: नगरी कुनै पनि देश बनेको उदाहरण छैन, जसको अपबाद नेपाल हुनै सक्दैन। यसैले नयाँ नेपाल बनाउने एक गहन जिम्मेवारी चुनौती हाम्रो काँधमा आएको , जो यो यथार्ततालाई स्विकार्दैन यसको बाधक भएर आउँछ, बढारिएर जाने छ। जसको पहिलो दृश्य हामीले देखी सक्यौं। आशा गरौँ, हामी भित्र हाम्रो नेत्रित्व बर्गसँग दर्हो इच्छा शक्ति , जसले यो अभियानलाई पुरा गरेर छोड्नेछ।  


Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...