आज बुबाको मुख हेर्ने दिन ! बिहान जुरुक्क उठ्यो, नित्य कर्म सके पछि लागियो उही लुटे धन्दामा । अब बुवालाई फ़ोन नै त गर्न पर्यो भनेर डायल गरेको "तपाइले डाएल गर्न खोज्नु भएको नम्बरमा सम्पर्क हुन सकेन, पुन प्रयास गर्नु होला" यो कस्तो बाक्य हो, मैले त डाएल गरी सकेको हो, गर्न खोज्नु भएको हो भन्छिन। मलाई राम्रो संग थाहा छ, बुबा अहिले चिया पिउँदै हुनुहुन्छ या मन्दिरमा फुल चढाउन ब्यस्त हुनुहुन्छ। तर उत्तर भने मान्छे नै खोजेर लेरौंला झै गरेर सम्पर्क हुन सकेन, पुन गर्नु होला पो भन्छ। ठीकै छ, पुन प्रयास गर्ने नै छु, तर ऐलेलाई तस्बीर सहित शब्द सगुन, ह्यापी फादर डे । तपाईको अथक परिश्रम र पसीनाको फलस्वरूप म आज यहाँ छु। दिन केही नसके पनि यही दिनको उपलक्ष्यमा हार्दिक धन्यबाद र अझै अशिर्बाद्को प्रतिक्षामा।
फादर त आफु पनि भइयो, तर छोरो मलाई ओतोसान भन्छ। चीची नो ही त अस्ति नै गयो, यो के हो?, भनेर सोध्छ। अस्तिनै चीची नो ही को दिन मै उपहार हात पारी सके पछि फेरी माग्न त भएन, तर उसैले बिहान उठे पछि आइस क्रीम दोजो भन्दै दिए पछि खुसी हुँदै खाएं। मेरो छोरोलाई पनि धन्यबाद।
Nice picture, he looks like he is ready to give a speech about world peace.
ReplyDeleteI thought that they just take a picture like that for kids but I am really wrong about but at least it is a nice picture.
ReplyDelete