म जन्मनु भन्दा दुई बर्ष पहिले घर(हाम्रो संयुक्त घर)मा ३ महिने होमस्टे गरी गाउंको स्कुल (नवलपुर) मा पढाउनु भएको भन्ने कहाबतको संझना र थुप्रै कायर्क्रममा संगै हिंडेको यादगार बोक्दै उहांको जापानको ओइता भन्ने शहरमाँ भएको भ्रमणको बेलामा म अथर्मंत्री बाबुराम दाईलाई भेट्न सपरिबार गएँ। तेती टाढाबाट यती नजिक आइसकेपछि नभेटी मनले नै मानेन र राजदूत संग र उक्त कायर्क्रम आयोजक संस्था संग संपर्क गरी भेटघाट गर्ने परिस्थिति बन्यो। म बसेको शहर र उक्त शहरको दुरी थियो करीब २००किलोमिटर, ठ्याक्कै काठमांडू-पोखरा।
यी दुई शहर जोड़ने बाटो अंत जस्तो हैवे नभएर बाटो घुम्ती थियो, दमौली बाट डूम्रे तीर लागे जस्तै। कहिल्यै कुहिरो नलाग्ने जापानमा खैरेनी नै बिर्साउने गरेर लागेको कुइरोले मन सांच्चै बिमलनगर को गुफा तीर अडकाइदियो। म एकोहोरो ७०-८० किमी प्रति घंटाको रफ्तारमा नागबेली बाटो सुइंकेको सुंइकेई गरें। ५ घंटाको यात्रा पछि हामी ओइता सिटी आइपुगेयौ र सानो फूलको बुकि बोकी उनै मंत्रिज्युलाई कुर्न ओभिओपी को कम्पौंड भित्र छिर्यों र उनैलाई पर्खियौं। ब्यक्ति तिनै थिए, तौर तरीका उस्तै थिए, भाब भंगित उस्तै थियो, हेराई , हिडाई र बोलाईमा न कुनै रबाफ थियो, न कुनै राजश्वी छाँट, न त कुनै घमंडाको पर्खाल नै थियो, थियो त केबल जिज्ञासा र उत्सुकता, ती आंखाले तेसै भन्थे। करीब १२ बर्ष पछि देखिएकाले होला र मेरो फेरिएको रूपले पनि होला, उनलाई मलाई चिन्न हम्मे परेको कुरा छुत्त्यौन कत्ति गार्हो भएन।
ए तपाई रबिन्द्र ढकाल हो भन्ने भनाई संगैभएको चिनजान र श्रीमतीलाई कतैदेखेजस्तैलाग्यो भन्ने भाब संगै परिचय आदान प्रदान भयो। समय ज्यादै थोरै थियो, भुतपूर्ब गवर्नर कुरेकै थिए फ्लैट स्क्रीन संगै। सामान्य चिनजानी पछि कुराकानी पनि सुरु भयो, उनले अफना कुरा राम्रोसंग राखे, जून पाठ अर्थमंत्रीलाई मात्रै हैन हामी संपूर्ण नेपाली सबैलाई कम लागने थियो। एक गाऊ एक उत्पादन यो अभियान नै थियो, जसले जीडीपी, जीएनपी मात्रै हैन जिएनएच(ग्रस नेशनल ह्याप्पिनेस) बढाउन गाउंका मान्छे सहर धपाउंदै पैसा फर्काउने हैन, गाउंलाई सोचने संसारलाई देखाउने (थिंक लोकाल्ली, यक्ट ग्लोबल्ली) भन्ने एउटा दरो अठोट पनि थियो। आफ्नो उत्पादन जस्तो आयो तेत्तिकई बेचेर किसानलाई खान त पुग्ला तर धनी हुदैन भन्ने प्रिंसिपलको जगमा उभिएर भ्याल्यु यडेड प्रोडक्ट उत्पादन गर्न २४ बर्ष सम्म गभर्नर, राजदूत र पछि बिध्याबारिधी गरेका डा. मोरीहिको हिरामात्सु नै यो अभियानका सर्जक बने, जून ऐले ओइताको गाऊ मात्रै हैन थुप्रै देशमा हरेक कम्युनिटी बाट एउटा बस्तु उत्पादन गर्ने र तेसलाई नै ब्रांड दिने गरी यो अभियान फैलिएको छ, बिशेष गारी पूर्बी एसीयामा। भारतीय रास्त्रपति कालमसंग हात मिलाएको फोटो देखउँदै नेपाल जाने उत्कट चाहना ब्यक्त गर्दा, हाम्रा मंत्रिज्युले हार्दिक निमत्रण थाप्दा, उनिमा समेत कही चमकता थपिएको थियो। सौहार्द बाताबर्णमा भएको यो बर्ताले निश्चित रुपमा एक गाऊ एक उत्पादनको आधिकारिकता प्राप्त गर्ने छ र तेहि प्रोडक्टलाई ब्रांड पाउने आशमा उनको भनाई सकियो। उनले भनेजस्तै हाम्रो देस पनि ओइता प्रोभिन्स जस्तै क्यूशू को अन्तिम स्थान बाट भ्याकुतो झै उफ्रेर जसरी नम्बर १ भयो, त्यसरी नै नेपाल पनि पक्कै उफ़्रनेछ र अर्को २० बर्षमा सार्कको नम्बर १ अथबा कतै माथि पुर्याउने ढाडस पाएजस्तै गरी हाम्रा कामकाजी र काममुखी अर्थमंत्रीले जापान औने कुरा यसरि खुलाए, “ मेइजी कालमा औध्योगिक क्रांति गरेको तर फेरी नेपाल जसरी नै जापान पनि युद्दाले थिल्थिलो भएको र तत्कालै जनताको ठुलो प्रयाश पछि संसारकै अनुकरणीय रास्ट्र बनेको जून अनुभव छ त्यों आफ्नै आँखाले हेर्न र सिक्न मैले जापान रोजें नेपाल अझै पनि क्रिषिमै निर्भर रहेकाले ओभिओपी मार्फ़त हाम्रो कुना कन्दरालाई पक्कै सहयोग गर्छ भन्ने आशमा यो ठाउँ रोजें, जसले मलाई आज बहुत खुसी बनायो र आशा छ यहाँ जस्तो ओजस्वी मान्छेको सम्पर्कले हाम्रो सपना पुरा हुनेछ. त्यों यात्रा तिनै किसानले बेचने गरेको सुपरमार्केट मा भोजन गर्न भनी लम्कियो । हरेक गाऊ को एक स्टाल हेर्दा एस्तो लाग्थ्यो संचै कसैको बिहेको भोज खाना हामी लाम लग्दै छौं । खुसियाली को बिदाई सहित गवर्नर संग दरिलो हात मिलाई हाम्रा मन्त्रीज्यू १ घंटा तातोपानी मा बसेर ३ बर्ष आयु बदने आश गर्दै युफुइन अर्को शहर जानु भयो, हामी हात हल्लाउंदै आफुहरू फेरी उही बाटो हुईकेयौं बासस्थान तर्फ़ ।
आशा गरु यो भ्रमणले हाम्रो मंत्रीज्युलाई पक्कै प्रभाव पारेको छ र त्यों हिस्सा हाम्रो भाग सम्म कुनै न कुनै दिन पक्कै आउनेछ। आगे बाबुराम दाई कै भरोसा।

यो समाचारको लागि धन्यबाद! अर्थमन्त्रीज्यूले पक्का पनि सकारात्मक अनुभव लिनुभयो होला र नेपालले चाँडैने त्यो अनुभवको लाभ उठाउन पाउनेछ भन्ने आशा छ।
ReplyDelete