Wednesday, June 17, 2009

बेशिर्षक

मैले मेरा बेपत्ता पारिएका दाई संगै हराएका अन्य सयौं योद्दाहरूलाई न्याय मिलोस भनेर आज भन्दा ९ बर्ष अगाडि एउटा समाज (राज्यद्वारा बेपत्ता परिबार समाज) बनाएर पत्रकार सम्मलेन गरी एकखालको प्रचार गरें। यसले बास्तबमा मानब अधिकारबादीको ध्यान तान्न ठुलो सहयोग गर्यो जस्तो लाग्छ। त्यसपछि पनि मैले बिभिन्न पत्रपत्रिका मार्फ़त आफ्नो पीडा सुनाईरहें। तर अफसोच, दस बर्ष बित्यो, सबै बोल्छन, तर केहि बोल्दैनन। किन? गर्छु भन्छन केहि हुंदैन, किन? राज्य के मा अड्किएको छ? पोस्टमा गएर गर्छु भन्दा पनि नहुने, सत्ता तेती निरीह छ र? जबजब बेपत्ताको इस्यु आउँछ, केहि नेताहरु आफ्ना घडेरीका कुरा उठाउँछन, त्यों मुद्दा फेरी आफैंमा अर्को कम्प्लेक्स छ, राज्य बोल्दैन, अनि यो मुद्दा फेरी सौदाबाजी मै हराउँछ। यसै सिलसिलामा मैले खुला र ब्याक्तिगत पत्राचारबाट डा बाबुराम भट्टराईलाई मेरा कुरा रांखे। जबाफ आयो;
Dear Rabindra Prasad Dhakalji,I am very touched by your message. Your brother, Rajendra Dhakal, was a close comrade of mine. I totally share the plight and angst of the family of the disappeared people. We will make sure that justice is done. We are coming out with a Commission for the Disappeared People which will concretely take steps towards this end.Thank you for keeping in touch all the way from Japan. My warm regards to you and your family.Yours,Baburam भट्टाराई
केहि समय पछि तत्कालीन प्रधानमन्त्री प्रचन्डले एउटा अध्यादेश मार्फ़त बेपत्ता खोजबीन गर्न आयोग बनाउने आसयको संदेश दिए। आश हो, पलाई हाल्यो, अनि त्यों बेलाको मानसिक उद्बेग समेटी एउटा टाँसो यसै ब्लगमा राखेको थिएं, हेरौं जस्ता को तस्तै;
प्रधानमंत्रीको अनप्येक्षीत रुपमा आफ्ना गल्ती स्वीकार्दै,जनचाहना बमोजिम चल्ने प्रतिबद्दता सहित गरिएको भाषणले जे झल्को दिएको थियो तेहि अनुसार कम थालिएको महसूस भने भएको छ, थोरैमा पनि हामीलाई। गिरिजा प्रसादले कसरी शासन गर्थे भन्ने कुरा थोरै मात्र स्मरण शक्ति भएका मान्छेलाई पनि भनी रहन पर्दैन,तर आज उनी,"यसरी अध्ध्यदेशबाट देश चलौना हुन्छ? यिनिहरूले संसदीय पद्दतिको खिल्ली उडाए।"भने पनि कामै गर्न नदीने जून उनिहरुको परिपाटी थियो तेस्बाट जोगिन जस्केलाबाट निस्कनु बहुत जरुरी थियो, तेसैले त अध्यादेशबाट बेपत्ता खोजबीन गर्ने आयोग बन्ने भएको छ, जसलाई म हृदय देखिनै स्वागत गर्दछु। बेपत्ता पार्न अध्यादेश ल्याउन हुने, बेपत्ता खोजना अध्यादेश ल्याउन नहुने एस्तो नौटंकी कहीं हुन्छ ?गिरिजाको प्रजातंत्रमा नअटाउने जति सबै अप्रजान्त्रिक भन्ने लत लागेको हाम्रो नेपालमा कहिले देखि कानूनी राज सुरु हुन्छ, त्यों हेर्न बांकी नै छ, आशा गरौं, अब हामी बेक्तिगत र मनोगत प्रजातन्त्र नभै बास्तबिक प्रजातन्त्रको आकाशमा कावा खान पाइयोस, कसैले कसैलाई खुट्टा तन्ने नभै उकास्ने बेबस्था हेर्न पाइयोस, जितेर पनि हारने परिपाटीको अन्त होस, नेपालीको गरीमा बड़दा सबै पार्टी को गरीमा बड्छ भन्ने बुद्दी हामी सबैको नेतामा आओस, अरु के चहिन्छ र हामीलाई ? प्रसंग उही बेपत्ता खोजने आयोग कै हो, ढिलो चांडो जे भए पनि देशमा दन्डहिनताको अन्त्य हुने चाहना कै हो।
तल पोस्ट गरिएको ब्लगिंङमाँ डॉ बाबुराम ले भने झै आयोग त बन्यो,न्याय अझै टाढाको बिषय भए पनि कमसे कम तेहा पुग्ने बाटो तर्फ़ त मोड़िएको छ। ड्राइभिङ्ग सीटमा को बस्छ?अझै थाहा छैन। इमानदार चालक परे र बाटोमा सधै रातो बल्ने ट्रैफिक पोस्ट भैदिएन भने त्यों गाड़ी(आयोग)बेपत्ता खोज्न जाम्दी जानेछ, भैरब गण छिर्नेछ, गोविन्दराजलाई बोलाउनेछ, गिरिजा र कृष्ण प्रसाद संग जबाफ खोज्ने छ, फुक्लिएका ढिकी नै भए पनि ज्ञानेंद्र लाई सुटुक्क सोध्नेछ। यही छ हाम्रो भरोषा।
तर अफसोच, एमाले र कांग्रेसले रोस्ट्रम घेरेर र सरकार ढालने खेती गर्दै समय गुज्रियो। त्यों अध्यादेश हाबामा काबा खाँदै आकाशमा फ्यास्स फुट्यो। हामी हेरेको हेर्यै भयौं। समयले कोल्टो फेर्यो, नयाँ प्रधानमन्त्री आए। पहिल्यै रातो बत्ती बाल्दै आएका इनले आफ्नो ईख पोख्न मात्रै प्रधानमन्त्री बनेका जस्ता छन, जून कुरा रौतहट र लाफ्सिफेदिमा जांदै अभिनन्दन लिंदै गरेको तस्बीर देखने बित्तिकै छर्लन्गै हुन्छ। के आश गरौं यी बाट? नेपाल बन्द भन्दा थोरैमा कसैले केहि सुन्दैनन? टायर नबाली माग राखेकै नदेख्ने यो देशमा, के गरी माग राखौँ ? यी बिधि संग म कुनै मुल्यमा पनि सहमत छैन।

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...