नंबर थोरै आए, बलिया बाँगा फेल भए र कहिले कांही मानबीय त्रुटी भए गुरुहरुको दिन सांच्चै ख़राब नै हुन्थे, भैराखेकै छन। १ बर्ष हैन, २ बर्ष हैन कैयौ बर्ष सम्म भेटिएका र भेटीने बिद्यार्थीको स्वभाब संग टकराब हुनु केही हद सम्म स्वभाबिक पनि हो। गुरुहरुलाई पनि १ दिन हैन, ३६५ दिन नै तम्तायर भएर बस्नु पनि कम्ति जोखिम को बिषय पनि हैन। हामी मनाबियताको यति सम्बेदनशिलतालाई पनि नपचाउने प्राणी भैसकेका छौं। यसको अर्थ गुरु बर्ग पनि लक्ष्मन रेखा भित्रका अक्ष्यम्म पात्र सम्झने भूल पनि गर्न त हुन्न, तर यति धेरै पात्र-पात्र बिचको अन्तर्क्रिया बाट निस्कने क्रिया-प्रतिक्रया कसरी यकमुष्ट एउटै आओस।
हामी सानो छंदा गुरुहरुको मान, मर्यादा, रबाफ जून उचाइमा थियो त्यों ओरालो लाग्नुमा बढ़ी समाज नै बढ़ी दोषि छ। जसले भ्रष्टाचार बाट पैसा कमाउन्छ, शहरम बंगला ठड़्याउंछ, उसैलाई आदर गर्ने, आफ्नो बालबच्चालाई, त्यसै गर्न उत्प्रेरणा गर्ने सामाजिक मान्यता बिकास भए पछि कसरी चक,डस्टर, बोर्ड वाला गुरु हरुको मान बड्थ्यो? जब मान्छे भित्र सकारात्मक चेत खुल्दैन, त्यों दिन सम्म शिक्षक एक तलबी कर्माचारी ठहरिन्छ। तेहि दिन सम्म नै समाज अधोगति तीर नै लागि रहन्छ । ५० जना घुसिया इन्जिनिएर भन्दा १ इमानदार शिक्षकले चांडो देश बिकास गर्छ। म यहाँ मेरा बाल्यकाल देखिका संपूर्ण गुरुहरुलाई ह्रिदयदेखिनै प्रणाम गर्छु। यो गुरु पुर्णिमाको दिनले हामी सबैलाई चेतनाको ज्योति प्रदान गारोस।
ह्याप्पी गुरु पूर्णिमा!!!
No comments:
Post a Comment