Saturday, November 13, 2010

बालकको खुत्रुकेको पैसा पुस्तकालय बनाउन दान !

छोटो मन्तब्यका साथ रसिक
उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना

फेरी पाहुना र शिक्षक
मिति - २०६७- ०६- ३०
स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरखा

हाल काव्य माध्यमिक स्कूल, बानेश्वर को कक्षा ५ मा अध्यनरत छोरा रसिक ढकालको लामो जापान बसाई र पुस्तक प्रतिको मोह र शिक्षामा परिबर्तनको चाहनाले नै होला, २००६ मा छुटटीमा नेपाल आउदा रसिकले केही स्कुलको भ्रमण र पुस्तकालय एबम अन्य भौतिक पुर्बाधारको आंकलन गर्ने काम गरेका थिए। यसै सिलसिलामा आफ्नो स्थायी घर रहेको हर्मि-८, गोरखा स्थित बिज्ञान प्रा। बि।मा जांदा बिद्यार्थी, शिक्षक, बेन्च, कालोपाटी जस्ता आधारभूत संरचना मात्रै देखेपछि आफूले केही गरिदिने अठोटका साथ जापान फर्किए. हरेक दिन केही रकम स्कुलको लागी दान गर्ने भनी स्कुलको खुत्रुके बनाई २ बर्षको अबधिमा जम्मा भएको रकम जापानी येन १२,००० बाट हुन आउने ने। रु। १०,००० र बुवाआमाको तर्फबाट रु १०,००० गरी जम्मा रु २०,००० बाट उपलब्ध हुन सक्ने बालपुस्तक किनी दिने निर्णय गर्यौ। उनको यो चाहना पूरा गर्न केही पुस्तक किनी नवमीको दिनमा हस्तांतरण गर्ने निधो भयो। जसअनुरूप उक्त दिन स्थानीय युबाहरूले गरेको जनचेतानामुलक सांस्कृतिक कार्यक्रमको समापन पछि बिध्यालय प्राङ्गणमा भेला भएका बिद्यार्थी, शिक्षक, अभिभाबक बिदेशी पाहुना र बुद्दिजीबीको रोहोबरमा एक कार्यक्रममा संचालन भयो. उक्त बिध्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीको उदघोषण, स्थानीय अभिभाबक भुबनेश्वर भट्ट, जीवन ज्योति ढकाल, पुस्तक प्रदान गर्ने रसिक ढकाल र मेरो छोटो मनतब्य पछि सांकेतिक पुस्तक हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो. यस कार्यलाई मन पराई आस्ट्रेलिया स्थायी बसोबास गर्ने उनका मामा जीबन ढुंगानाले रु २०,००० र जर्मन नागरिक उत्ता देलेफंटबाट रु १,००० र भारतीय नागरिक चेतन इसरानी बाट रु १,००० गरी जम्मा संकलित रकम रु ४२,००० बाट आबस्यक पुस्तक किन्ने सल्लाहा भयो. यसरी बिना पुस्तक पढने र पढाउने शिक्षण गतिबिधिमा केही सुधार आउने लक्षण पनि देखिएकाले र संपूर्ण अभिभाबक एबम बुद्धिजीबीको हौसला र प्रोत्साहनले कक्षा ५ मा अध्यनरत एक बिध्यार्थिको मन पनि प्रफुल्लित बनायो। उनले भनेको "मेरो चाकलेट खाने पैसाले किताब किनिदिएको छू, संगै पढ़ौं है" भन्ने उद्गारले उपस्थित सबै अभिभाबकलाई भाब बिभोर बनाएको थियो।
(पुनश्च: विडिओ राख्ने असमर्थता)

6 comments:

  1. सानै देखि राम्रो काम को सुरुवात। रसिक लाई धेरै धेरै धन्यवाद अनि यस्तो राम्रो काम मा प्रोस्त्साहित गर्ने बाबु आमालाई पनि धन्यबाद्।

    ReplyDelete
  2. एकदमै रोचक कथाजस्तो सत्य...मेरो छोटो परिचय भनेर छैऊमा आफ्नो परिचय राख्नुभा'को फोटो हेर्दा त ती बालक त्यहि फोटोमा छन् कि जस्तो लाग्यो । हो त ??

    ReplyDelete
  3. Thank you bassant ji and Prabesh ji for praising his effort. yes, Prabesh ji, he is in center in this photo and has a blog as well, http://rasikdhakal.blogspot.com/. He has some extra talency in some field, some time makes us confused to deal with, is a part he has expressed to do so.

    ReplyDelete
  4. यो रबिन्द्रले अलिक बढीनै बढाई चडाई गरेर लेखे जस्तो लाग्यो। त्यत्रो समाचारको मुल पात्र भएर पनि रसिकको फोटो चाहि छैन कतै मुल रुपमा। जबरजस्ती सेलिबेट्री वानउन खोजकै हो भने चाहीँ गल्ति गर्दै छौ है मास्टर हो गर।। निकै गफ दिने भएछौ २ ४ बर्ष जापान बसेर।

    ReplyDelete
  5. a case story for those people who have some heart to do something for their community...............Rabindra and Rashik, please inspire people.............such initiations brings humanity................


    delighted to hear....

    Surendra Dhakal
    Harmi-8

    ReplyDelete
  6. Anonymous ji, Thanks for comments. Nothing is to hide and highlight, what you have seen exaggeration? Thanks Surendra bhai for your praising comments. I know, we can work collectively to make our community brighter.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...