Monday, May 31, 2010

हराएको नयाँ नेपाल



२०४६ ताका एमाले र कांग्रेस घांटी जोडिएका छुट्टै खुट्टा भएका जोडिएका गंगा जमुना जस्तै थिए, जनमोर्चा भने झड्केलाका छोरा जस्तै बेला बेलामा संलग्न हुने परिबार जस्ता थिए। बेला फेरियो, देश द्वन्दमा फस्यो, अड्काउनेले हलो अड्काउँदै रहे, र अंतत को नोकर को मालिकको बिबादले गर्दा तिते करेलाको चास्नी खाँदै एउटै घेरामा बस्न त राजी भए तर टर्रो मुख लाउँदै । बढ्दै गरेको जनचेतना, माओबादीको बढ्दै गरेको शक्ति र स्खलित भैसकेको राजतन्त्रको छबिको खिचड़ीको आडमा गरिएको जनआन्दोलनले एउटा उत्साहा थप्यो। फौजी जित गर्न नसक्ने माओबादी र भ्रष्ट राजनितिले गर्दा जनता संगै झंडै कित्ता काट भएका दल मिले पछि राजनैतिक ब्याबस्थाको परिबर्तन संगै जनताको बढेको महत्वाकांक्षालाई समेट्न एउटा नयाँ नारा समातियो, नयाँ नेपाल। साएद कसैलाई पनि मेसो थिएन होला कस्तो बनाउने नया नेपाल भन्ने कुरा। र अर्को के कुरा पनि पक्का हो भने नेपाली हौसिन र खुट्टा तान्न अरु भन्दा धेरै अगाडी छन। जसरी २०४७ सालको संबिधानलाई बिश्वको नंबर १ भन्ने डंका पिटियो तर २० बर्षमा २० अरब खर्च गरि अर्को संबिधान बनाउन पर्यो। यहांभन्दा अरु दुर्भाग्य अरु के हुन सक्छ।
पुन कुरा उठ्छ, कस्तो नेपाल हो नयाँ नेपाल भनेको? जातजातिमा बांडिएको नेपाल पक्कै पनि नयाँ हुने छैन, बिना राजाको देश मात्रै नयाँ नेपाल पक्कै हैन होला, र युद्दको भुमरिमा फर्कने पनि हैन होला, तेसो भए के हो त यो नयाँ नेपाल? नयाँ नेपाल भनेको जातजाति भएको तर जातिएता नभएको, खंड खंड भएको तर खंडित नभएको, बिकासको सुरु भएको तर मिनामाता नभएको (जापानमा अचाक्ली बिकास हुंदा ज्ञानको अभाबले भएको मरकरी पोइजनिंग) नयाँ नेपाल हुनु पर्नेमा यहाँ त उल्टो छ, यो देश डोर्याउन चुनाब हारेका मनुष्य कुर्चिमा बस्ने अनि प्रजातान्त्रको प्रबचन सुनाउने रामदेव जस्ता बिराजमान छन। पहिले जनताले खबरदार संबिधानको अबाधि बढाउला भन्दै गर्दा परिबेश यसरी फेरियो कि नेताहरुले नबढाउलान भनेर खबरदार गर्नु पर्यो। २०६२ /६३ जस्तो नयाँ नेपालको गफ हराउँदै गएछ, अहिले त गफै गरे पनि कसैले पनि पत्याउन्दैनन। ४६/४७ को पुनराब्रिती हुनु भन्दा अरु कुनै परिबर्तन होला जस्तो छैन। अप्रत्यासित बिकास नभए कसरी यसलाई नयाँ भन्ने। एउटा बच्चालाई बढ्दै फेरिँदै गए पनि कहिले पनि नयाँ छोरो भन्न नपाए जस्तै यो देश नयाँ हुने मैले कुनै लक्षण देखिन।

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...