भनिन्छ ५% बेरोजगार हुनु भनेको आर्थिक बिकासको उत्प्रेरक बिंदु हो, जसले गर्दा प्रतिस्पर्धा पनि रहने र मेलमिलाप पनि नखल्बलिने हुन्छ। नाताबाद पनि छैन, क्रिपाबाद पनि छैन, सामाजिक र आर्थिक रुपमा पिछादिएका बर्गलाई बढी मौक़ा पनि दिने बित्तिकै सामाजिक सुरक्षा पनि बढने भयो । हामी कहाँ त त्यों बिंदु ठ्याक्कै बिपरीत छ, ४ महीना काम गरेर बांकी समय हाबा खाने किसानलाई छोड़ने हो भने योग्यता अनुसार जागीर खाने ५% पनि छैनन। अनि हुन्न त पश्चगमन ? नारा जुलुस म हेर्यो भने पहिला पहिला हुन्थे २०००-४००० अहिले अलिकती नारा मिल्यो भने हुन्छन ४००००० -५०००००, चटकेले चटक देखायो भने हुन्छन २००-५०० त। चुनाबको बेलाको बिचारा जापानी प्रधान्मंत्रिले पनि पाउँदैन त्यति धेरै श्रोता ।
सोमबारको दिन मध्यान्नको समय थियो, एउटा कार्यक्रममा हल खचाखच भरिएको थियो. सुकिला मुकिला अफिस छोडेर आएका थिए। भोलिपल्ट म नयाँ सडकमा एस्सो के निस्केको थिएँ, अचम्मको भीड़ देखें। जिल परें, नेपालीहरु कति क्रेजी छ्न है भन्दै त्रीपुरेशोवर के पुगेको थिएं, मलाई कता कता घोच्दै एउटा झिर भित्र पसन थाल्यो। यी त सब नेपाली वर्ल्डकपको सिजनमा दसरथ रंगशालामाँ फुटबल हेर्न नभई सपनाको सानो संसारलाई फराकिलो बनाउँदै, देश र नेतालाई गाली गर्दै यो महादेशको पल्लो छेउ जाने भार्यांगको जोहो गर्न घरबारीको कलिलो बुटो टुक्र्याउने जमात पो रहेछ. तर उता उल्टो, यो कोटा ल्याउन पाएकोमा हाम्रा नेताहरु बहुत खुसी छन। यो देश बिस्तारै म्यानपावर निर्यात गर्ने कारखाना पो हुँदै छ। यस्तै हुँदै गयो भने बेरोजगारको सूचकांक पनि कम हुँदै जाने भयो। देश रेमिट्यान्सको पैसामा पार्टी गर्ने पार्टी प्यालेस बन्दैछ. के एसैमा हामी रमाउने? भगबान भरोसामा बाँचेको यो देश!
No comments:
Post a Comment