गाऊं भन्ने बित्तिकै खरका फुसका, फाट्ट फ़ुट्ट टिनका छाना, १-२ जना मात्रै अटने संगुरा गल्ली, एकाध किलो मीटर हिंड्यो भने भेटिने आकार आकारका चौतरा, त्यही चौतारामा भेटिने सेता कछाड लगाएका ३-४ जना पेंसन नपाउने पेंसनर जस्ता लाग्ने मनुष्य बिशेषताहरु नै भए । साएद यस्तै ठाउँलाई होला चितवन तिरका मान्छेले पहाड़ भन्ने. काठमांडू पहाड़ हैन अरे, पोखरा हैन अरे खैरेनी पनि हैन भने पछि। चौतारा र गाउँका भट्टीहरुमा कोही भेटिए भने यस्तो शोध खोज हुन्थ्यो कि साएद जम्मैको उत्तर मिलेन भने त्यों बाटो नै हिडन नपाइएला जस्तो लाग्थ्यो। तर स्थितिमा धेरै परिबर्तन भएछ। चिनिने मान्छे थोरै हुँदै गएछन, बोल्नै पर्ने कारण घट्दै गएछन, गरिने गफका प्रकृति आकाश जमीनको फरक भएछ।
मैले गाऊं छोडेको पनि निकै नै भैसक्यो। निरन्तरको बसाई छोडेको करीब करीब २२ -२३ बर्ष जति भए पनि बिगत १२ बर्ष अघि सम्म त म नियमित त्यहाँको जीबन शैली र परिबर्तन प्रति अभ्यस्त थिएं। शैक्षिक र राजनैतिक चेतनाका हिसाबले अग्र स्थानमा रहेको यो मेरो गाऊं ऐतिहासिक महत्व बोकेको स्थलसंगै रहेको छ। पर्यटकको पदचाप बाक्लै हुने यो गाँउमा हामी जस्ता केटा केटीहरु भने चप्पल, पाइंट, झोला, र कलम निरन्तर पाए भाग्यमानी सम्झन्थ्यौ। ऐलेका बालबालिका देख्दा यस्तो लाग्छ बिकास यसरी पो हुंदो रहेछ। सबैको खल्तिमा मोबाईल फोन, जुल्फी कपाल, इंटरनेट प्रयोगका गफ, त्यसको सदुपयोग या दुरुपयोग सायद दुबै गर्ने ती बालबालिका हाम्रा समयका भन्दा सांच्चै साना देखिन्थे। बाटामा हिंड्दा हामी पढाइका निकै गफ गरिरहेका हुन्थ्यौ, तर एक हप्ताको बसाइमा कहीं कतै यसको चासो देखिन, सुनिन। उ बेलामा प्रधान पंचाका छत्रछायांमा सुनिने ती गफ चाकड़ी युक्त हुन्थे। तर अहिले सबै मान्छे राजनैतिक गफ गरि रहेका हुन्छन, कार्यकर्ता जस्ता भएर हैन, त्यों गाउँका बादशाहा जस्ता भएर। त्यही माथि भट्टीमा रक्सी खाएर झुल्लिने महाशय त नेपालको मात्रै नभएर बिस्वसम्राट पो सम्झने क्या।
पहिला दूना बोहोतामा भतेर खाने ज़माना गएछ। पेपर प्लेट्को चलनले गर्दा जन्तीबाख्राको झोल खाने टपरी हराई सकेछ्न। ताउला भेट्नै गारो भएको गाउँमा क्याटरिङ वालाका जस्ता डेकची र उसै तरिकाले पस्कने संस्कार पनि बिकास भै सकेछ। भंछा छोइयो भन्ने कहाबत हराएछ. उमेर समुहको भान्छा हैन कि, ल! आयौ, खाऊ! भन्ने संस्कार बसेछ, राम्रै लाग्यो। अब सामूहिक खानपिन र सरसहयोग भन्दा पनि ब्याबसायिक भान्छा हुँदै गरेको अनुभूति भयो। मान्छे घटदै गएको परिप्रेक्षमा स्वभाबिक नै लागे पनि बेरोजगार गाउँका मान्छेले पालो मेरो पनि आउन्छ भन्दै काम गर्दा नै कल्याण हुन्छ जस्तो लाग्छ।
साएद गाउँमा पैसाको महत्व बढ़ी बुझेर हो कि के हो कुन्नि, सबै पैसा र मात्रै पैसाको कुरा उठने। स्कुल संचालाक्हरू अरुको सल्लाहा भन्दा पनि पैसा को कुरा मात्रै सुन्दा हामी जस्ता इमान्दरिताको सूती खेती गर्ने मान्छेहरुको महत्व खासै नहुने देखिन्छ। जसले जे दिन्छा त्यों लिने, त्यसको प्रयोग तीर उती ध्यान नदिने संस्कारले गर्दा धेरै नकारात्मक सोचको बिकास हुँदै गएको छ। यो नै बिकास को बाधक हो भन्ने कुरा जति बुझाए पनि नहुने रहेछ ।
स्कुलको कार्यक्रम कुनै एक अमुक पार्टीको क्षेत्रिय आमसभा जस्तो लाग्ने रहेछ. कार्यक्रमको असर बालबालिकामा कस्तो पर्ला भनेर कसैले सोचेको जस्तो पनि लागेन। हुन त हाम्रो पालामा पनि झन्डा च्यातचुत गरि छुरी हान्ने सम्मका घट्ना घटने गरेको भए पनि स्कुल चाहि सकेसम्म न्यूट्रल भए हुने नि जस्तो लाग्ने। पैसा र जग्गा दाताको उच्च मूल्यांकन गर्दै अरुको मान मर्दन गरे जस्ता लाग्ने अनापट्यारको आसन ग्रहण र संबोधन बहुत लम्बेतान हुंदा कार्यक्रमको महत्व छायांमा परे जस्तो लाग्ने रहेछ। जे भए पनि, पानीका धारा मीटर सहित आगन आगनमा आइपुगेको, एम्बुलैंस घर घरै आइपुगने, गाडी मान्छे भन्दा ढिलै भए पनि घर गाऊं नै आइपुगेको, घर गाउँकै समाचार रेडियोमा बज्ने गरेको, ७ सम्म मात्रै चालेको स्कुल १०, +२ हुँदै कलेज बन्ने तयारीमा रहेको, बिजुलीको १६ घंटा लोड शेडिंग हुने शहरिया भन्दा २ घन्टे लोड शेडिंग झेलने गाउँले जीबन बिस्तारै उन्नति पथ मा गएको देख्दा आफु त्यों गाउँको सदस्य भएकोमा गरब अनुभूति भएको छ। त्यों सुन्दर गाऊंमा सकारात्मक सोच आईदिए, बुढाबुढिको आनन्दभूमि बनीदिए, सरसफ़ाईमा ध्यान अली बढ़ी दिए, प्राकृतिक सम्पदाको समुचित प्रयोग गर्ने बानी बसालीदिए त्यों भञ्ज्याङ कति सुन्दर हुन्थ्यो होला? हरियो चौरले भरिएको, गोरखा र लम्जुङका हिमालहरू हेर्न पाइने अनि लिग्लिग़ र सिरानचोकको काखमा बसेको यो मेरो गाउँ सांच्चै सुन्दर नगरी हुने थियो।

Dherai Dherai Badhai 6 tapailai, Tapaiko collection & articals padhera, mero 16 barsha aghee ko balyaka aanee gaugharko yada aayo.... thanks a lot
ReplyDelete