जाडो बिदा मनाउन म घरमा जाँदा दाजु पक्रेको खबर पाए पछि बिदालाई छोट्याएर खोजी अभियानमा लाग्ने निर्णय गरेँ। बिहान जुरुक्क उठें, फुल हेर्यो ओइलाएको जस्तो, घाम सेलाएको जस्तो ! घर पुरै अमुक थियो, इस्टमित्र ,छरछिमेक, गाउँ टोल सबैले मैनबती बालेर निस्केपनि मेरो मन भने Black Hole तिर हुइकिएको अन्तरिक्षको पिण्ड जस्तो थियो । एउटा झोला बोकेर भाउज्यु र छोरीहरुलाई दाइको केही न केही गरी पत्तो लगाउन्छु, भनी हल्का आश्वासन दिंदै म हिडें । मेरो बाटो निस्चित भैसकेको थिएन, छेपेटारको दरौंदी र कुहिरो काटीसकेपछी म सँग दुई वटा बिकल्प खुला थिए, यता जाउ कि उता जाउ भएँ केही समय। फेरी सोचें यात्रा काठमाडौँबाट नै तय गर्छु । म सरासर काठमाडौँ गइ मामा तुलसी भट्ट जो अधिवक्ता पनि हुनुहुन्छ, लाई भेटें । कहावत जति थिए, त्यती सुनाएँ, उहाँले काम गर्ने सम्भावित ठाउँहरु पनि भनें । उहाँले भन्न मिल्ने जति भनेर सुवास नेवाङ्ग (त्यतिखेर उहाँ सभामुख हुनुहुन्थेन) मार्फत गोविन्द राज जोशीलाई फोन गर्नु भयो । मेरो भान्जा हो, पक्रेको भन्ने सुन्नमा आयो, सुरक्षित राख्ने आशयको फोन गर्दा ,म उहाँलाई चिन्दछु, हामी खोजिरहेका छौं, भेट्टाएका छैनौं भन्ने आशयको प्रतिउत्तर आयो । मामाकै सल्लाह बमोजिम सम्भावित ठाउहरुमा बुझ्न जाने र्निणय भयो । मन भित्र दुइटा ज्वारभाटा उठ्दै, बस्दै गर्न थाले । दाईको अनुहार याद आयो बाहिरको उज्यालो ,फरासिलो, हँसिलो, तर तत्कालै याद आयो तिघ्रामा बेलना र हिटर मा पिसाब फेरेपछि र्गोखा कस्टडी भित्र भेटिएको अनुहारको । तिम्रो पनि खुबै खोजि नीति भएको छ,फेरी फेरी पुलिस चौकी नआउ ,परिवारको रेखदेख पनि त गर्नु पर्याे भन्दै गरेको दाइको सल्लाह मानौं या यहाँ त हुनुहुन्छ ह,ै भनेर बसौं । पृथ्बी नारायण क्याम्पस, अमृत क्याम्पस हुँदै केन्द्रिय क्याम्पसमा प्राध्यापन गर्न थालेको जागिरलाई दह्रो पारौं या जे पर्ला पर्ला देशाटनमा जाउँ । यो ज्वारभाटा लामो समयसम्म टिकेन, अष्टमिको ज्वार भाटा जस्तो कलीलैमा फिस्स भयो। सम्भब भए सम्म आफ्नो ज्यान जोगाएर दाइलाई कहाँ पुर्याएको छ, त्यस्को निर्क्योल गरेर फर्कने गरी मैले डेरा छोड्ने निर्णय गरे ।
एका बिहानै पोखरा जाने मिनीबस चढि खैरेनीटार झरेँ, जुन ठाउं दाइलाई पक्रेको स्थान बाट ४/५ किमी टाढा र बेल्चौतारा प्रहरी चौकी(जहाँका प्रहरी इन्स्पेक्टर कुश बिक्रम राणा को नेत्रित्वमा गएको टोलिले पक्रेर ल्याएको थियो) देखी १ किमी जती को दुरिमा थियो। त्यहाँका स्थानीय एमाले कार्यकर्ता र कृषिका एक जना अधिकृत दाईलाई भेटें । त्यसै स्थानमा रहेको हिमालयन जिन्जर प्रोडक्टमा म केही महिना केमिस्टको रुपमा काम गरी सकेको हुनाले त्यो एरिया मलाई नौलो भएन । त्यहाँबाट माथि जाम्दी नजान सबैको सल्लाह भयो, नयाँ मान्छे देखेपछि कि पक्रन्छ, कि झुक्याएर गोली हान्छ, त्यहाँ नजानुस भन्ने सल्लाह पाएपछि मैले बढी खतरा मोल्न चाहिन । म राजेन्द्रलाई राम्रोसंग चिन्दछु, उहाँ लगाएत दुइ जना अरु शिक्षकलाई लगेको हाम्रै आँखाले देखेको हो, त्यहाँ भित्र लगे पछी कता लग्यो हामीलाई केही थाहा भएन । म त्यहीबाट दमौली र्फकने निर्णय गरें । किन हो कुनी थाहा भएन, करिब करिब म भित्र डर हराइसकेको थियो । मात्रै केहि थप जानकारी पाईन्छ कि भन्ने मात्रै रह्यो । तत्कालिन एमाले जिल्ला सचिब संग दाइको पनि चिनजान रहेको कारणले उहाँलाई भेटें, हल्ला सुनेको हो, भन्दैनन ! के गर्ने ?! भन्ने जवाफ पाएँ । मेरो यात्रा त्यस पछी पोखरा ,चितवन, नवलपरासी, गोरखा हुँदै काठमाडौँमा पुगेर टुंगियो । ति ठाउँहरुमा जाँदा सिधै पुलिस चौकी होइन कि सम्भावित सूचक जस्ता लाग्ने मान्छे कहाँ गइ आवश्यक जानकारी लिने गरें ताकी प्रहरी वा नजिकबाट खबर बटुल्न सकियोस् । गोरखा र पोखराका प्रहरीहरुले मलाई बढी नै खोर्याउने काम गरे । तर रसायनशास्त्र केन्द्र्रिय बिभाग, किर्तिपुरको परिचयपत्र सायद बलियो भएर नै होला खोजेको खबर केहि नपाए पनि ,धाक धम्की भने केहि सुन्न परेन । अन्तमा निरास भएर फर्कदै गर्दा पनि भेटघाट भएका साथीभाइ, शुभचिन्तक, इष्टमित्रहरुले वहुत धेरै हल्ला सुनाउनु भयो । अब ति हल्लाका पछाडी जान भन्दा पनि कानुनी उपचार खोज्न कहिले क्षेत्रपाटीस्थित मुक्ति प्रधान (हालका महान्यायाधिवत्ता)को ल फर्म त कहिले बाग बजारस्थित खिमलाल देवकोटाको ल फर्म या कहिले पुतली सडकस्थित एकराज भण्डारीको ल फर्ममा पुगे । सबैसंगको राय सुझाब लिईसकेपछि यूनिटी ल फर्मबाट नै सम्र्पूण कार्य गर्ने गरि अधिवक्त्ता तुलसी भट्टलाई संयोजन गर्ने जिम्मा सहित दरखास्त लेख्न अनुरोध गरे । उहाँले सर्हष स्वीर्कानु भयो, फाइल तयार भयो र अन्तमा मुद्दा दर्ता गर्यौं . अब परिस्थिति यस्तो बन्यो, मेरो अफिस भनौं, काम गर्ने ठाउ विश्वबिद्यालय मात्रै रहेन, त्यसैको हाराहारीमा हुने गरेर अदालत, ल फर्म र हुलाक धाएको धायै भएँ । मामा तुलसी भट्टको सहयोगमा सबै तह र तप्काका वकिलः कनिष्ट देखि बरिष्ठसम्म, दक्षिण पन्थी देखि वामपन्थी सम्म प्रजातन्त्रिक देखि समाजबादी सम्मकालाई समेटियो भने मुद्दाको महत्व बढ्नेछ भनि माथि नाम लिइएका बाहेक अधिबक्ताहरु जस्तै प्रकाश वस्ती, सिन्धुनाथ प्याकुरेल, टिकाराम पोखरेल, विश्वकान्त मैनाली, शम्भु थापा, हरिहर विरही, रमन श्रेष्ठ लगाएतका अधिवक्ताहरुलाई ल फर्म मै गएर या सर्वाेच्च अदालतको परिसरमा भेटेर वहस गर्न अनुरोध गरें । मुद्दाको संयोजन गरिरहनु भएको मेरा मामा तुलसी भट्टको प्रतिष्ठाले पनि गर्दा उहाँहरुलाई भन्न र मनाउन त्यति गाह्रो भएन । त्यो संगसंगै उहाँ आफै बार एसोसियसन, गोरखा जिल्ला समितिको निर्बाचित अध्यक्ष, एक मानब अधिकारबादी संस्थाको जिल्ला अध्यक्ष, द्रव्यशाह क्याम्पसमा संबैधानिक कानुन र प्रशासकीय कानुन विषयका अध्यापक, गोरखा जिल्ला संयुक्त जनर्मोचा नेपालका सचिब र ने.क.पा माओबादिका जिल्ला स्तरीय वरिष्ठ नेता भएकाले मैले कसैसंग उहाँको परिचय दिलाई राख्नुपरेन । त्यसैले होला कानुनबिदका तर्फबाट हामीले पाउनुपर्ने कुनै पनि सहयोग राय पाउनबाट चुकेनौं । म वहाँहरु सबै प्रति ऋणी छु र यसै प्रकाशन मार्पmत धन्यबाद पनि दिन चाहन्छु ।
मास्टर तहका बिद्यार्थिलाई पढाउन तयार पार्ने देखि आफुले पढ्ने सम्मका कुरा, वकिललाई पेशीको खबर गर्ने देखि अदालतको सुनुवाई या कारण देखाउ जस्ता आदेश बाँढ्न हुलाक सम्म आफै जानु पर्ने कुरा, क्याम्पसबाट आउने तनखा, त नखा जस्तो भएको कहानी देखि आमाको उपचारमा लागेको ऋण सुलाउने योजना बनाउने देखि बुवा र दाइको सिंगो परिवारको उत्सुकता र हुटहुटी मेट्न मैले मेरा हाड घोड्नु या जुत्ता खियाउनु अति जरुरी थियो । मेरो एक्लो शरीर कहिले बागबजारमा ट्युसन पढाउने त कहिले इन्जिनियरिंग कलेज या प्लस टु मा पढाउदा पढाउदै थाहै नपाइकन मेरो मासु चाम्रिदै गएछ क्यारे म अस्थिपन्जर भन्दा केहि बिसेक निरीह प्राणी बनिसकेको थिएँ । ६८ केजी बाट घटेर ५१ किलोको यो स्थुल शरीर त थाक्थ्यो, थाक्थ्यो; चारतिरको बोझ बोक्दा दिमाग पनि लखतरान परेको हुन्थ्यो । त्यो पीडै पीडाको स्थुल शरीर कहिले क्यान्टिनको भातमा रमाउँथ्यो भने कहिले बागबजारको रेष्टुरेण्टमा जे पाक्छ त्यही खाएर लखतरान भएको जिउ बेलुका बुद्धनगरतिर बिसाउँथे । मलाई देखेर आफन्त तथा शुभचिन्तक धेरै चिन्ता नगर्नु भनेर सम्झाउँथे । सम्झाउने कोशीस त म पनि गर्थे तर के गनु ?
२०५४ साल पुष १४ गते कुश विक्रम राणा नाम गरेको प्रहरी इन्सपेक्टरले पक्रेर वेलचौतारा प्रहरी चौकी लगी वेपत्ता पारेको जघन्य अपराध विरुद्ध १० दिन पछाडी अर्थात २०५४ साल माघ ५ गते सर्वोच्च अदालतमा वन्दी प्रत्यक्षीकरणको मुद्धा दर्ता गर्ने म पहिलो नागरिक वनँे भन्ने विषय गर्व गर्न लाएकको त थिएन तैपनि कतिपय क्षणमा एैतिहासीक वन्दा सन्तोष मान्नु पर्ने भने रहेछ । मुल्तवी, पैरवी, पेशी, दरपीठ जस्ता कहिल्यै नसुनेका कुरा पनि सुन्दा सुन्दै अभ्यस्त भैसकेका कानहरु क्हिले कसका कुरा कहिले कसका कुरा सुन्दैमा अजीर्ण भैसकेको थिए । अदालतले सकेसम्म चाँडै वयान लिईदिए हुन्थ्यो र चाँडै कारण देखाउ आदेश जारी गरिदिए हुन्थ्यो वा कुनै जेलको निरिक्षण गर्न लगाईदिए हुन्थ्यो र सके फैसला गरिदिए हुन्थ्यो भन्ने भित्र भित्रै आगो दन्किरहेको हुन्थ्यो । त्यो आगोलाई शान्त पार्न सुनुवाइका आदेशहरु सकेसम्म चाँडै तत् तत् ठाउँमा पु¥याउन अदालतका कर्मचारी लाई तेल लगाउनु पथ्र्यो । त्यती मात्र होईन फाइल खोज्न भने पछि मरि गए नमान्ने दर्ता चलानिका कर्मचारीहरु उ बेलाका गाऊँका सामन्ति जिम्मावालहरु भन्दा कम थिएनन । एकचोटी टाउको कन्याउँदै आशा गर्ने कर्मचारीलाई फाइल खोज्न परेन मेरो दाई खोजिदेऊ म तिमीलाई घडेरी पास गरिदिन्छु सम्म भने । विचरो एउटा पिउन टुप्पी ठाडो पार्दै दश रुपैंया दिनुभयो भने इमयस बाट अहिले पठाइदिन्छु । तिमीलाई १० रुपैंया फालेर तिम्रो वानी विग्रार्नु भन्दा भद्रकाली हुदै सुन्धारा जान मलाई के को आइतवार भन्दै आफै हिडे, अमीलो मुख पारेर । जती पाइला सार्छ उती आगो बाल्छ यो निर्दयी राज्य जसले मेरा सहोदार दाइलाई आफैंले वेपत्ता पार्छ, त्यही मान्छे खोज्न उसको भाइसँग त्यही राज्यको तलब खाने कर्मचारी कसरी गिद्ध जस्ता बन्न सकेका भन्ने मात्रै नै लाग्यो । मलाई ति जनता प्रति सिर्फ दया लागेर आयो ।
एक चरणमा गृह मन्त्रालय, स्थानीय प्रहरी चौकी, जिल्ला प्रहरी कार्यलय लगाएत प्रधानमन्त्रि समेतबाट स्पष्टीकरण दिन भने पनि कतैबाट पनि सन्तोषजनक जवाफ नआएपछि पक्राउलाई प्रमाणिकरण गर्ने तिर सुनावाई मोडिन पुग्यो । यसरी दाइसँगै पक्राउ परेका प्रेम बहादुर थापा र नयन दत्त अधिकारीको वयान महत्वपूर्ण भयो । अव भने उनीहरुलाई पनि मनाउनु पर्ने दायित्व थपियो । राजनैतिक रुपमा उनीहरु अर्कै पार्टीमा आवद्ध रहेको र सँगै पक्रेको हो भन्ने दिएमा हुन सक्ने ज्यान माथीको खतरालाई मध्ये नजर राख्दै उहाँहरु हच्किने आभाषा पाइसकेको थिएँ । त्यसताका अहिलेको जस्तो मोवाइल हात हातमा त के मैले समेत छुन पनि पाएको थिइन । अनि यस फेर जे पर्ला परोस भनी त्यो गाँऊ जाने निर्णय गरे । दिउँसै खैरेनिटार पुगेको भएपनि स्थानिय एमालेका साथीहरुलाई सहयोगको लागि पहल गरिदिन अनुरोध गर्दै विहान त्यो गाऊँ चिनाइदिने मान्छेको पनि व्यवस्था गर्न अनुरोध गरे । विहानै झिसमिसेमै जाम्दी पुगे र ती दुई शिक्षकको घर सोधखोज गरी भेट्टाएँ । प्रेम बहादुर सरले दाई अघिल्लोे रात बसेको कोठा, उहाँले छाडेको क्यामरा, जुत्ता र पाइन्ट पक्रदा नहाँउदै गरेको खोलो र स्थान देखाउँदा म साँच्चै यमलोकको यात्रा गर्दैछु जस्तो लाग्यो । नयन सरलाई पनि भन्नुस वहाँ मान्नु भयो भने म पनि मान्दछु भन्नु भयो । म फेरी नयन सरलाई वहाँले कोदो टिप्दै गरेको वारी थियो कि के हो सायद त्यहीं पुगे र वहाँलाई भेटे । ठाडै नाई नभने पनि हामी पार्टीसँग सल्लाह गर्छैा अनी विचार गरौंला भन्नु भयो । हाम्रो अनुरोधलाई स्वीकारेर जे देख्नु भयो, जे भयो त्यो वयान दिनुहोला र पक्कै पनि सहयोग गर्नु हुनेछ भन्दै म निस्कन हतार गरें । मलाई डर पनि थियो र त्यो स्थान प्रतिको आवेग । हेर त्यस्तो मिजासीलो टाठो र विद्धान व्यक्तिलाई नुहाउँदा नुहाउँदै कट्टु फेर्नु त कहाँ, सावुन पखाल्न पनि नदिई बाटो न घाटो सँग घुमाई घुमाई लग्यो भन्दै त्यहाँका स्थानीय वृद्ध वद्धाहरु सहानुभूति सहित सुरक्षित भएर जानु है बाबु भन्दै अर्ति दिदैं थिए ।
एउटै पाखा पखेरामा हुर्किएका दाजुभाई एउटै जुत्ता चप्पलले खुरखुरती काटेका डाँडा खोला र ती डिलहरु पार गर्दा गर्दै दाइसँग गोरखा बजारमा किताब किन्न मुसुण्डीको फाँट हिडेको याद आयो । केही तल आए पछि श्रीरामजीको घर पनि बाटोमै पर्दो रहेछ, भाउजुलाई बोलाएँ । उहाँको आपत विपत र भुटभुटी मेरो घरमा भाउजुको भन्दा पनि कम थिएन र वढी पनि थिएन । आफैं त महादेव उत्तानो पर, कसले देला वर? भने पनि धैर्यताका साथ बस्नुस, हामीले चाहेको दिन अवश्य आउनेछ भनि फोस्रो आश्वासन दिएर विदा भएँ । अहिले आएर हेर्दा फोस्रो नै प्रमाणित भयो । वेला वेलामा हुने चुनावमा उठेका पञ्च देखी काँग्रेसका उम्मेदवारहरुलाई राजेन्द्रलाई राखेको ठाँउ हामीलाई थाहा छ, या खोज्न कोशिस गर्नेछौं, भोट दिनुस भन्दै हाम्रो मात्रै हैन गाँउ भरीको भोट माग्ने मानिसहरुले ठूलो मानसीक चोट माथि नुन चुक थपे भन्दा बढि हुन्थ्यो ।
अव यो लडाँइमा म एक्लै रहिन । मैंले मेरो जिवनलाई पिडै पिडाको विचमा उर्जावान बनाउने कोशिष गरे । वर्गिय, बौद्धिक र धारणागत समाञ्जस्यता भेटिएपछि म प्रणयसूत्रमा बाँधिए । प्रकारान्तरले थाहा लाग्यो, म त मेरो दाईलाई आफ्नै सम्झीएर चासो र रेखदेख दिने घरमा पुगेको रहेछु सम्बन्ध राख्न । काकाताली हो या स्वभावीक जे भए पनि म पुलकित भएँ । त्यो घरको दाइले नै नवलपरासिको कार्यक्षेत्र सकिएर तनहुँ जाँदा वाइकमा डुम्रे सम्म पु¥याइदिनु भएको रहेछ । अघिल्लो चोटि त्यती जानकारी पनि लिन नपाई अर्कै सम्पर्क सूत्र बाट आधा जानकारी लिएर फर्केको थिएँ । फाटफुट घर त जान्थँे, तर वाटोमा या घर नजिकै देखिने या भेटिने प्रहरी डरका स्रोत नै हुन्थे । राति घरको झ्यालबाट देखिने प्रहरीहरु हाम्रो घरका झ्यालतिर टर्च लाइट बाल्दै सुरक्षका लागि भन्दै चिच्याई रहेका हुन्थे । त्यो भन्दा पनि गस्तिमा भेटिएका प्रहरीहरुको खाँउला जत्रा आँखाले क्वारक्वारती नियाल्दा मलाई पनि लएकी जस्तै हुन्थ्यो । प्रत्यक्ष त्यहाँ भन्दा बढि अनुभूति नगरेको भएपनि अरु मार्फत अगाडी नबढ्न कैंयै चोटी दवाव आएको थियो । प्रत्यक्ष अप्रत्यक्ष रुपमा । यसै सिलसिलामा गाविस अध्यक्ष चन्द्र न्यौपाने प्रहरीको व्याकिङ्ग सहित घरमा आएर बुवासँग, बुवा ! राजेन्द्रजी लाई सुरक्षित राख्नु प¥यो । त्यस्को लागी प्रहरीको हवाला गर्नुप¥यो भन्दै गिज्याउँदै रहेछन् । मलाई खपि सक्नु भएन । तपाईहरुलाई स्याल भनेको थिए हुँडार हुनुहँुदो रहेछ । पक्रेर राज्यले कहाँनिर चौटा लुछिरहेका छौ, अहिले साखिल्ले पर्न सुरक्षित राख्ने कुटिल चाल चाल्न एक्लै आउन नसकेर ६० जना पुलिस लिएर आएका छौ ? म मेरा साथि या दाइका साथि जुन आस्था र केन्द्रका भए पनि श्रदा गर्छु तर तपाई त साथिको नामको कलंक हुनुहुँदो रहेछ भन्द,ै मोहन पोखरेललाई इंगित गर्दै तपाईहरु हाम्रो घरबाट गइहाल्नुस भनी गर्जिए । थुर्मि जत्रो मुख लाएर ती चारजना ओरालो लागे, मणि हराएको सर्प झैं । मेरो छाति २ इन्च वढेर आयो । हल्का डर थपिए पनि साहसका साथ प्रतिवाद गरेकोमा आफैं प्रति गर्व लाग्यो ।
यस्तै घटना विवाहको वेलामा पनि भयो । त्यो ताका घर जानु आउनु सर्प राखेको खाल्डोमा टेक्नु जस्तै थियो । विवाहको लागि मानसिक रुपमा तयारी गरेपछि फोन बाट इन्गेजमेन्टको लागि बुवालाई आउन भनि घर नजिकैको गाविसमा खबर गरँे । बुवाहरु र काकाहरु आइहाल्नु हुन्छ भनि म काठमाण्डौं बाट चितवन तिर लागँे । फोनको खबर कार्य सम्पन्न भएपछि मात्र पाउनु भएछ । उता फेरी विवाहको अघिल्लो दिन मा भने काठमाण्डौं बाट गएका इष्टमित्र सहित पोखरा वसपार्कमा एउटा लजमा के बसेका थियौं पुलिसले ढोका ढङढङ गराउन थाल्यो । माथीबाट हेर्दा ढोकाम लात्ताले हानेको देखिन्छ । त्यो रात अाँखा झिमिक्क नपारी बिहान उठीयो एन केन प्राकारेण विवाह सम्पन्न भयो ।
दिन यसरी नै बित्दै गए । दुःख बाँड्न तयार हुने इष्टमित्र साथिभाई बढ्दै गए । चिन जान भएको समुह र सर्कल बढ्दै गयो । कृष्ण ध्यजजीहरुको सहयोगमा म मात्रै होइन म जस्तै अदालतमा आफन्त खोज्न बाध्य पारिएकाहरुको भेला गर्ने योजना बन्यो । अरुहरुको मुद्धा दर्ता गर्दै, खारेज गर्दै गएपनि मैंले दर्ता गरेको मुद्धा भने तन्काएको तन्काई भयो । पहिले जस्तो सहयोगीलाई रु १० तिरितिरि चिठी खसाल्न अनुरोध गरिरहनु झन्झट गरिरहनु पनि परेन । यसरी भेट भएका मध्ये दण्डपानी शान्ता न्यौपाने, सबिता नेपाली, नबिन र कमलाका परिवार, पसाङ्का परिवार आदी गरेर मिडियामा जाने निर्णय ग¥यौ र राज्यद्धारा वेपत्ता पारिएका परिवार समाज गठन ग¥यौं । त्यसको म सचिव बनँे भने सविता नेपालीजी अध्यक्ष बन्नुभयो । त्यो कार्यक्रमलाई मातृका प्रसाद काईराला, ऋषिकेश शाहा पद्मरत्न तुलाधर, दमननाथ ढुङ्गाना जस्ता तत्कालिन समयका मानब अधिकारबादीका नाममा दर्ज भएका मुर्धन्य ब्यक्तित्वहरुको प्रभाबले होला साएद हामीलाई कार्यक्रम सन्चालन गर्न र सुरक्षित हुन सजिलो भयो । । नत्र भने हामीलाई राज्यले के गथ्र्यो केही भन्न सकिन्नथ्यो । त्यसदिन पत्रकार सम्म्ेलन गरि राज्यले गरेको नृशंसा हत्या या वेपत्ता पार्ने कार्यलाई उहाँहरुले पनि घोर निन्दा गर्नुभयो र हाम्रो संस्थाको तर्फबाट बोल्ने मेरो भाषण शुद्ध भएछ कि के हो कुन्नी एकजना पत्रकार तपाई किर्तिपुरमा नेपाली पढाउनु हुन्छ भन्दै हुनुहुन्थ्यो । हाम्रा पिडा पहिलो चोटी समाजमा सामुहिक रुपमा गयो, मिडियाले राम्रो स्थान दियो र त त्यो इस्यु राष्ट्रियकरण मात्रै हैन अन्तराष्ट्रियकरण हुन पुग्यो । त्यो दमनको विषयले अमेरिकी सिनेटमा प्रवेस पायो । एमनेष्टीको त पहिले देखी नै नोटिसमा थियो, अष्ट्रिया, अष्ट्रेलिया, न्यूजिल्याण्डका मानव अधिकारवादि संस्था मार्फत घर तथा परदेशमा नेपाल सरकारको जघन्य अपराधको व्यापक प्रचार भयो ।
दिन उस्तै रहेनन् उतारचढाव आइरहे । माओवादी भएको शँकामा बित्थैमा थुप्रै नेपाली समातिए, केहीलाई अदालतको आदेशले छोडिदियो भने केहीलाई जेल सार्यो। जेल भर्ने,या सुरक्षित जेल पुग्ने आदी प्रकरणका बिचमा सरकार अति निर्दयी बन्ने लक्षण देखिन थाल्यो। माओवादी युद्ध वढ्दै गए सँगै वेपत्ताको संख्या पनि वढ्दै गयो । हामी इतिहास थियौं तर वर्तमान भूगोल जस्तै विशाल वन्दै गयो । मानव हत्या चरम रुपमा अगाडी वढदै गयो । त्यस्तो कडा लडाई र सुरक्षाका विच मलाई एकाएक खबर आयो तपाईलाई भेट्न कमरेड प्रचण्ड आउँदै हुनुहुन्छ । त्यो वेलासम्म हामी दुईबाट तिन बनिसकेका थियौं । हामी खाना पकाएरे एक पातलो शरिर र लामा जुँगावाल कसैलाई पर्खिरहेका थियौं । मैंले आफु १३ वर्षको हुँदा आफ्नै गाँउमा प्रचण्डलाई देखेको थिएँ र उहाँहरुको मिटिङ चलुन्जेल सेन्ट्री पनि बसेका थियौं । त्यही यादगारमा कुरेको मान्छे अहिले भने यति फरक गेटअप थियो की मैंले चिन्ने कुरा पनि आएन । दरिलोसँग हात मिलाए, हल्का परिचय गराएँ, उहाँले पनि गराउनु भयो । पत्रकार सम्म्ोलन गरि जसरी राष्टिय मुद्धालाई अन्तराष्टिय करण गर्न ठूलो सहयोग ग¥यो भन्दै दरिलोसँग हात मिलाउँदै धन्यवाद दिनुभयो । मेरो मन भित्र ठूलो आशा पलायो की अव ढिलो चाँडो दाइको बारेमा केही न केही त पक्कै पत्तो लाग्नेछ । खाना खाएर एकछिन आराम गर्नुभयो । हामी अर्को काठामा बस्यौं । केहीबेर पछि विदा वारी हुनुभयो । त्यसको केही समय पछाडी पहिलो वार्ता टोली काठमाण्डौं आयो । वार्ता संयमपूर्वक भयो । खाना खुवाउने जिम्मा भने हाम्रोमा परेको रहेछ । दाइको वारेमा सबै जानिफकार नै रहेको र केही हुन्छ भन्ने नै आश रह्यो । स्थिती त्यो रहेन, युद्धको रुप फेरीदै गयो, अदालतमा मुद्धा त रह्यो तर काम केही भएन । एमनेष्टीसँग म रेगुलर सम्पर्कमा थिएँ । नयाँ परिवर्तन भएका घटना अंग्रेजिमा बुझाउन भने वमोजिम अनुवाद गर्दै बुझाउँदै गर्यौं. तर अफसोच घरबाट आफु असुरक्षित हुँदै गरेको, काका, भाउजु र अरु दाईहरुलाई यातना दिदै गरेको, कही कर्मठ भन्ने दाइहरु सुतुर्मुर्गाले झै टाउको वालुवामुनी राखि सुरक्षित पार्दै गरेको भन्ने कहावतले केही न केही गर्नै पर्ने लागि राखेको थियो । मैंले खतरा मुल्याङकन गर्दा गर्दै मेरी श्रीमतिले भोली सकिएन भने आफ्नै घर त हो फर्कनुहुन्छ भनी ठूलो ढाडस दिइन र सबै परिवारलाई काठमाण्डौं ल्याउने निर्णय गरियो ।
गोरखा जिल्लामा शिक्षाकर्मी भनेर नाम कमाइसक्नु भएका मेरा आदरणीय गुरु माधव मरहट्टालाई हामीले अनुरोध ग¥यौं । उहाँले सहर्ष स्विकार गर्नुभयो, छोरा छोरीहरुले जाँच दिए । त्यस्तो मानसिक प्रातडना नेपाली माध्यम बाट अंग्रेजी आदी सबै कारणले गर्दा हुनुपर्ने कक्षामा नभइकन केही तल देखी सुरु गर्ने गरी स्कुल सुरु गरे । भाउजुले ठूलो कष्ट गरेपछि मात्रै सानो जागिर पाउनु भयो ।
Sir hajur ko yetro bishal chhabi ani baudik ta bhitra yetika pida haru pani lukeka raichhan sayad yesaile hola manis jati badhi sangharsa ma hominchha utinai badhi nikharinchha kharinchha bhaneko yehi nai hola, sas rahunjyal aas bhane jastai hajur ko dai chadai bhetiyos bhanne kamana garchhu
ReplyDeleteSalu Bhujel
Kathmandu
Thank you for your praising as well as sympathizing words
ReplyDeleteआज मैले तपाईंको Blog अद्द्योपान्त पढ्ने प्रायस गरें ।आशुंले मेरा आंखा धेरै पटक पुरिए । तैपनि मुस्किलले पढें । त्यसपछी मन त्यसै बेचैन भैरहयो । झलझल्ती राजेन्द्र दाईको मुहारको झझल्को आइ रहयो । उहांको सम्मानमा दुई थोपा आंशु बाहेक केहि दिन नसक्ने म आफैं प्रती धिक्कार लागेर आयो ।
ReplyDeleteDilli Dhakal
Harmi