राजेन्द्र ढकालको बाल्यकालका हामी दुई
२०२५ कार्तिक २५ गते गोरखा जिल्ला हर्मी गा।बि।स वार्ड नं ८, हर्मी भन्ज्याङ्मा स्व। प्रभा देवी ढकाल र श्री कलाधर ढकालको प्रथम सुपुत्रको रुपमा राजेन्द्र ढकालले जन्म लिनु भयो । त्यसको ठिक दुइ वर्ष ११ महिना पछि कनिष्ठ पुत्रको रुपमा म जन्मे पछि तत्कालिन स्वास्थ्य मन्त्रालयको नारा ‘सानो परिवार सुखी परिवार’मुताबिक हामीले गाउँ सुहाउदो सुखी जिवन नै बिताएका थियौ । सुखी यस मानेमा कि खेतबारीमा काम गर्ने जनशक्ति नभएकोले खेतीपाती गरेनौं, सामान्य जीवनयापन गर्न बुवाको जिल्ला जिल्ला चाहर्दै गरेको सरकारी नोकरीको तलबले भरथेग गरेकै थियो । म जन्मनु भन्दा अघि नै बुवा संग स्याङ्जा बस्नु भएका दाई तिष्ण बुद्धिको करामत देखाई सकेझैँ दाइले खच्चड गनेको कुरा अस्तिताका सम्म खुबै रौसिएर बुवा र आमाले भन्ने गर्नुहुन्थ्यो ।
हामी दाजु भाइ कम, साथी भाइ बढी जस्ता थियौ । कहिले काँही घर आउने जाने बुवासँग झ्याम्मीएर धेरै कुरा गर्ने, आमाको हरेक कामलाई सहयोग गर्ने, हामी तिन जनामा कामको बाडफाड गरि फच्चे पार्न सहयोग गर्ने, मामाघर हजुरबुवासंग आवश्यक सल्लाह गर्ने बानी वहाको बच्चै देखिको थियो । परिवारको कुनै सदस्यलाई पनि तँ नभन्ने उही दाईको भाइ भएर पनि कहिले काँही दाइलाई तँ र आमालाई तिमी भन्ने मेरो बानीलाई पनि हाँसीहाँसी सुधरिदिनुभएको मलाई राम्रै संग याद छ । खासै कुनै बिषयमा झगडा गर्ने बानि नभएको र बुवाको लामो अनुपस्थिती र आफ्नो बहिर्मुखी प्रतिभाको कारण धेरै जस्तो घरायसी काम कारबाही हजुरबुवाको सल्लाहमा आमा र दाइले ब्यबस्थापन गर्नुहुन्थ्यो । आमाको हकी र निर्भिक स्वभाब, कृष्ण दाइ र मोहन दाइको पढाइको संगतले गर्दा मलाइ लाग्छ वहालाई कहिल्यै पनि घर व्यवहारमा खुम्चिएर बस्नुपरेन । मकै गोड्न जाँदा, घाँस काट्न जाँदा वा पौडी नै खेल्न जाँदा पनि हामी दाजुभाई प्राय जसो संगै हुन्थ्यौ । समाजमा झैझगडा या मुद्धा पर्दा प्राय जसो हजुरबुवा र आमा सहभागी हुने कारणले गर्दा पनि होला, उहाँ बच्चा हुँदा देखि नै आफ्ना राय राख्ने एक निर्भिक वालक बनिसक्नु भएको थियो । हर्मी भन्ज्याङ्को पाठशालाबाट तरकारीमा के हाले मिठो हुन्छ भन्ने सबालको जबाफमा नुनको उत्तर दिए वापत चकलेट पाएर स्याबास बटुल्ने दाइले कसैको मन बिझाउने काम गर्नु भएन मात्रै होइन, धेरैको धन्यबादको पात्रसमेत बन्नुभयो । तत्कालिन पंचायतकी नेत्री विद्या देवी देवकोटा हाम्री आमाको घनिष्ट मित्र भएकै कारणले हाम्रो घरमा खुबै आउनुहुन्थ्यो । वहाको राजनैतिक गफ सुन्दासुन्दै प्रतिबाद गर्ने बानीको पनि बिकाश भयो जस्तो लाग्छ जसले गर्दा ११ वर्षमै त्यो गाउँमा निर्दलको विरुद्धमा राजनीतिक प्रचार प्रसार गर्ने एक खम्बा जस्तै भैसक्नुभएको थियो । बाचस्पति देवकोटाको नियमित प्रशिक्षण, युद्दकला, तालिम जस्ता लाग्ने व्यायाम, पम्प्लेट र पोस्टर टाँस्न नियमित राति राति हिडने गरेको मलाई राम्रैसंग याद छ । दाईका साथीहरु दाईका दाईहरुनै बढी थिए र मेरो पनि त्यसरीनै तिनै ग्रुपहरुसंग हिड्ने, गफ सुन्ने बानि परिसकेको थियो । खारखोलामा पौडी खेल्न होस् या हर्मी भन्ज्याङ्को चौरमा राति तारा गन्ने गफ या चन्द्रमा दौडेको कौतुहलातासंग गरिएका गफहरु नै किन नहोस, आफ्नो अन्तर्मुखी बानी नै सहि, वहाको चार्तुयता, सरलता र निर्भिकतासंग म साक्षतकार भैसकेको थिए । जिम्मावालले पैसालाई रुपैया भन्दै ठगेको, लेख्न नजान्नेलाई चर्को शुल्क लिने गरेको कुरा आफै तिरो तिर्न जाँदा आफ्नै अगाडी देखिए पछि मुसो दल्ने र सामाजिक बहिस्कार गर्ने सम्मको बिद्रोही आचरण एक दश बर्षे बालकमा देखिनु सामान्य परिघटना हुनै सक्दैन । बुवाले अध्ययन गर्ने ९बुवा अहिले सम्म बहुत अध्ययनशील हुनुहुन्छ, वहाँको रुचिका बिषय भनेको र्धामिक, सामाजिक, ऐतिहासिक र पौराणिक पुस्तकहरु थिए।० हरेक पुस्तक पढ्ने बानी वहाँसँग थियो । यसरी समग्रमा सामान्य होइन कि परिबर्तनशील र परिबर्तनकामी बालकको भूमिकामा वहाँ स्थापित हुनु भयो ।
राजेन्द्रको प्रारम्भिक शैक्षिक र राजनैतीक जिबन
स्थानीय शिक्षकहरुसँगको रात्रीकालिन नियमित भेटघाट, हरेक वर्ष गरिने साँस्कृतिक कार्यक्रमहरुमा वहाँको बिशेष सक्रियता र निर्देशन, वरपर हुने गरेका पार्टीका कार्यक्रमहरुमा वहाँको बढ्दो सक्रियता, केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको फाट्टफुट्ट आगमन आदिले वहाँको राजनैतिक सक्रियता प्रस्टै देखिन्थ्यो । नापी गराउने अमिनसँगको तत्कालिन पञ्चहरुको बस उठले नापीएका जंगल र गौचरणका बिरुद्ध आबाज उठाउन या कुला भाच्ने र झैझगडाका साक्षी बस्दाका बखत आवाज उठाउने उहाँ, साच्चै वकिल बन्नको लागि हुने बिरुवाको चिल्लो पात हुनुहुन्थ्यो।
उमेर र पढाई तिन तिन वर्ष फरक परेकै कारण वहाँका प्रायजसो गतिबिधि मेरा प्रेरणाका स्रोत हुन्थे या पाठ सिक्ने बिषय हुन्थे । वहाँका एकाध बाहेक पुराना पुस्तक मेरा लागि जनै जस्तै बनेका थिए । उहाँ वक्तित्वकला, हाजिरी जबाफ आदिमा पनि अगाडीनै हुनुहुन्थ्योे र आफ्नो बहुआयामिक छाप भित्र पढाईलाई पनि पार्नु भएको थियो । अखिल, तत्कालिन छैठौं९त्यो ठाउँमा अरु अखिलको बारेमा साएद धेरैलाई जानकारी नै थिएन० को राजनीति बहुत हाबी भएको त्यो जमानामा वहाँहरुकै आदेशमा स्कुल बन्द हुन्थे, खुल्थे, नारा जुलुस लाग्थे । मकै छर्ने, पौडी खेल्ने, दाउराको जोर जुलुम गर्ने प्रायजसो समयमा स्कुलमा हड्ताल हुन्थ्यो, सायद त्यो नै हाम्रा लागी अतिरिक्त क्रियाकलापहरु हुन्थे । वहाँ एस।एल।सी दिइसके पछी बुबासँग बस्ने निधो गर्नुभयो र बर्दिया जानुभयो । त्यसपछि भने घरमा म र मेरो आमा मात्रै भयौ । तत्काल बर्दिया जान नेपाल भित्रैबाट सम्भब थिएन, त्यसैले इंडिया हुँदै जानुपर्ने भएपनि आँट गरेर लाग्नुभयो । लामो समय बस्न भनेर जानुभएको भए पनि तराईको गर्मी र दाँतमा परेको कालो पानीको प्रभावले उहाँ तिन महिनामै घर फर्कनु भयो । वास्तवमा उहाँको एउटा खुट्टा उचालिएकै थियो । सायद उहाँलाई कुन बिषय पढ्ने भन्ने दोधारै भएन किनकि ुबिहानीले दिन दर्शाउँछु भने झैं ‘ल पढ्ने निर्णय गर्नुभयो । शिक्षक आन्दोलन, बेलाबेलाको अन्य हड्ताल आदिले उहाँको घर आउने जाने क्रम निरन्तर चलेको थियो । सायद अब बिस्तारै बुवाको इमान्दारिताको कमाइले थेग्न छोड्दै थियो, भने मेरो भबिष्यको अध्ययनका निम्ति हुने दोहोरो बोझ धान्न नसक्ने पक्कापक्की थियो । यहि परिबेशमा उहाँ जागिर खोज्न यत्रतत्र बहुत धाएको कुरा सुनाउनु हुन्थ्यो । जागिर खानै पंचायती राजनीति गर्नु पर्ने पञ्चहरुको दबाबलाई कुल्चिएर शसक्त राजनीति गर्दै रहनु भयो । सेक्टर काण्डका अनुभूति, अन्य भूमिगत क्रियाकलाप, बौद्धिक भेटघाट र सामाजिक भलाईका काम गर्दागर्दै वहाँको पढाई दोस्रो प्राथमिकतामा परिसकेको थियो । म एस।एल।सी। पास गरि काठमाडौँ आए देखि नै हल्का तनाब शुरु हुँदै थियो, बुवाको इमान्दारिताको कमाइको तलबले दुई दाजुभाइलाई धान्न गाह्रो भएको कुरा हामी सबैलाई प्रस्ट थियो । यसै सिलसिलामा २०४६ सालको उथलपुथलको हुरी चल्न थाल्यो, जुलुस, हड्ताल, धरपकड आदि नित्यकर्म बन्न थाले । तेलको लाइन लाग्दा लाग्दै लाठी खाने कुरा या कलेटी परेका ओठ लिएर रुझेको बिरालो झैँ डेराको ढोका खोल्नु परेको कुरा सामान्य थिए । कहिले यहाँको कोण सभा कहिले उहाँको, कहिले त्रिचन्द्र भने कहिले किर्तिपुर कार्यक्रममा भाग लिदै गर्दां दाई कयौ चोटी महेन्द्र पुलिस क्लबको छिडीमा पुग्नु भयो । त्यहि ताका एकदुई महिना नै पढाई नहुने भए पछि सामान जति सानो कोठामा थन्काएर हामी दुवै जना घर तिर लाग्यौ । आफ्ना गतिबिधि घटे पो प्रहरीको निगरानी कम हुन्थ्यो, दाईको नाममा प्रहरी केहि दिन बिराई गाउँमा आउन थाले । घर घेर्ने, खानतलासी लिने, आतंकित पार्ने मात्र गरेनन् , उहाँलाई समातेर घर भित्र लगी सबै कुरा देखा भनि त्राहिमाम पार्न थाले । उहाँमा कुनै हिनता बोध पनि थिएन, त्रस्त भाव पनि थिएन, उनीहरुको अगाडी निरिह पनि बन्नु भएको थिएन । घर खान तलासी गर्दा लेनिन र माक्सका र्दशनका किताब, माओको छलांग मार्ने पुस्तक, रसियन कथा र उपन्यासका ठेलिका बीच म स्कुलको सचिब हुँदाका बैठक पुस्तिकाको निणर्यहरु फेला पारेछ । त्यो सँगै उसैले ल्याएको पार्टीको पर्चा बोकेर दाईलाई लिएर गयो, म त्यहि अगाडी नै भए पनि मलाई भने केहि गरेन नै । सायद मलाई बिज्ञान पढ्ने तर दाइको लहैलहैमा मात्रै राजनीति गरेको भन्ने सम्झियो होला । २।३ महिना हिरासतको बास पछि उहाँलाई छोडिदियो ।
घर व्यबहार प्रती उहाँको चिन्ता
हामी दुई भाई काठमाडौं बस्ने, बुवा दमौली बसी जागिर खान्दै गर्दा घरमा आमा एक्लै बस्ने कुरा पनि आएन र त आमाबुवा सँगै दमौलीमै हुनुहुन्थ्यो। घरमा ताल्चा लगाई बुवासँग बस्दै गर्दा घर लथालिङ्ग भएको परिदृष्यले “सानो परिवार सुखी परिवार”लाई जिस्काए झैँ लाग्थ्यो । घरको छाना भरि घाँस, पिढी भरि ढुसी र आगन भरि पाति उम्रे पछि हामी दाजु भाई नै एकै पटक घर प्रति नतमस्तक भयौ, न हामीले त्यो घरलाई आस्वासन नै दिन सक्यौ, न झ्यालमुनि लेखेको राजुरवि निबासले हामीलाई लगाएको काउकुती मेट्न नै सक्यौ । तर पनि दाइ बिशेष सम्हालिनु भयो र भन्नु भयो केहि गर्नै पर्यो । त्यहि हिउदमा सामाजिक बोझलाइ लत्याउदै भड्किला र उरेंठेउला लाग्ने गतिबिधि त्याग्दै परिवर्तनका खातिर नमुनामुलक समाजबादी बिबाह गर्नुभयो । त्यो बेला सम्म चलेको दुई दिने विवाह एक दिनेमा झर्यो, बाजा को सट्टा साथीभाइको गफ नै काफी भयो। यसरि लम्जुङ् भलायार्खक निवासी बिमला घिमिरेलाई सुख दुखमा साथ दिने सामाजिक परिर्वतनमा उन्मुख हुनेगरी जीवनसाथी बनाउनु भयो । अब आमा र भाउज्युको स्थायी बसोबास, बुवाको बढ्दो आवत जावत मात्रै भएन कि तामाका मुना र टुसाहरु एक पछि अर्को गर्दै पलाउदै गए ।
बुवाआमाको त्यो जमानाको दुई छोरा मात्र पाएर नमुना बनेको पृष्टभूमिमा एउटा छोरो स्थापित वकिल अर्को छोरो डाक्टर या बैज्ञानिक बनोस्, सुख पाइयोस् भन्ने चाहना हुनु स्वभाविक थियो । घरमा खासै दुख थिएन, दुध खुवाउने भैसी थिए, अधियाँबाट आएका अन्न थिए, दाँयाबाँया भरथेग गर्ने बुवाको तलब थियो, तर समस्या उही थियो एउटा सुब्बाको तलब दुइ छोरालाई दिउँ कि दमौलीका किराना पसललाई दिउँ या हरेक वर्ष बर्केनु भैंसी बेच्दै लैनु भैंसी किन्ने परिबन्द मिलाउ, या अनेक खर्च धानौ भन्ने जस्ता व्यवहारीक समस्या संगै हाम्रो परिवार येनकेन प्रकारेण चलिरह्यो ।
सक्रिय युबा राजनीतिको क्षण
बिस्तारै बढ्दै गएको जनचेतनाको अभिबृद्धीले २०४६ सालको परिवर्तन आयो । बढ्दो राजनैतिक उतार चढाबका बिचमा प्रगतिबादी कविता लेखिरहने, लोक भाकामा प्यारोडी आफै लेख्दै, गाउँदै, नाच्दै र नचाउदै के दशैं के तिहार गरि गाउँको घुमाउने चौतारी मात्र होइन, गोरखा, लम्जुङ्, तनहुँ, पोखराका पाखा पखेरामा कहिले कछाड र कहिले लाहुरे टोपी गर्दै विभिन्न भेषभुषामा झल्किदै हुनुहुन्थ्यो । भाषणमा माहिर मानिनुहुने उहाँ छलफल र बहसमा समेत मृदुभाषी र प्रभाबी हुन सक्ने क्षमता थियो ।”ठुल्दाई ल्वांग्को फुल, अलि उता सर न हे पन्च, गनायो तिम्रो मुख” भन्दै गाउँदै गर्दा भएका हुलदंगा होस् या भाटा ठटाउन्दै ‘आइज को आउछ भन्दा समेत ‘ल म आए्ं ’भन्दै तिघ्रेसँग समेत भिड्न तम्सने निडर र संयमित दाइको अगाडी जो कोहि पनि गरुडको छायाँको सर्प जस्तै हुन्थ्यो । उहाँ साथी बनाउन उसको आस्था उमेर र भूगोललाई वास्ता गर्नु हुँदैनथ्यो । अध्ययनको लागि मेरा भौतिक शास्त्र र रसायन शास्त्रका ठुला ठेली बाहेक कुनै छोड्नुभएन जस्तो लाग्छ । सायद, त्यो समय वहाँको प्रतिभा बिकासको लागी सबै भन्दा उत्तम र परिस्कृत थियो भन्ने मेरो ठम्याई छ । राजनैतिक प्रशिक्षणका हरेक गतिबिधि हुन या उहाँले आकलन गरेका राजनैतिक परिवर्तनका स्वरुप या परिघटना, नलुकाइकन सुनाउनु हुन्थ्यो र मेरो राय माग्नु हुन्थ्यो । यी बिज्ञान पढेकाको सोचाई अलि फरक हुन्छ भन्दै मेरो रायलाइ प्राय स्थान दिनुहुन्थ्यो । ‘मैले तिमीलाई आर्थिक रुपमा भरथेग गरि डाक्टर बनाउन नसकेपनि तिमी आफ्नो मिसन बाट पछि नहट, तिमी भित्र क्षमता देखेको छु, म राजनीतिज्ञ नै बन्छु, तिमी बैज्ञानिक बन’, भनिरहनु हुन्थ्यो । २०४६ सालको राजनैतिक परिवर्तन पछि चुनाब हुने भयो, तत्कालिन जनर्मोचाले भाग लिने, नलिनेको दोधारमा पार्टी उभिएकै कारणले गर्दा गोरखाको मशालको राजनीतिलाई स्पात जस्तै बनाउने बाचस्पति देवकोटा हाम्रो कोठामा बहुत आउन थाल्नुभयो । एउटा लामो किचेन देखि बेड सम्म लमतन्न फैलिएको कोठाको एउटा कुनामा वहाँहरुको बहस, अर्को कुनामा भने म जैविक रसायन विज्ञानका डल्लाहरु फुटाइरहेकै हुन्थे । एमालेमा नजान दाइले गरेको आग्रहको प्रतिउत्तरमा उहाँको एकोहोरो रटान हुन्थ्यो “नेताहरुलाई चिन उनीहरु चुनाबमा जानै चाहन्नन्, लडाइ मात्रै भन्छन, एक दिन सकिनेछन” । वहाँको अन्य साथीहरु आउँदा सामन्तीका बाँसघारीमा सोडियम राखी पड्काउने देखि श्रमदान गर्ने योजनासम्म, जनबादी जनगणना देखि सामुहिक खेतीका बहस चलाउदै चिउरा र कालो चियाको निकै दहन पनि गरियो । एस।एल। सी। दिए पछि घर गृहस्थीमै व्यस्त रहनु भएको भाउजुलाइ आइ।एल।को परिक्षा प्राइभेटमै भएपनि दिलाउने समेतको कार्य गर्दै स्वयंसेवकको रुपमा मामा तुलसी भट्टको ‘ल फर्म’ मा काम समेत गर्न थाल्नु भयो । केही जोखिम मोलेरै व्यबसायलाई स्थापित गरेको भए सायद परिस्थिती अर्कै हुने थियो ।
गाउँ फर्के राजनैतीक यात्रा
पार्टीको कार्यक्रमलाई गोरखामा स्थापित गराउन म जाँदैछु भन्ने आशयको तर्क राख्दै उहाँ जिल्ला फर्कने निर्णय गर्नुभयो । भूमिगत रुपमा चलेको राजनीतिलाई पटाङेनिमा ल्याउनु कम चानचुने कुरा थिएन। एउटा ल फर्म खोल्ने, क्याम्पस पढाउने, मानब अधिकारका कुरा गर्ने, नयाँ जनबादी मन्च हुँदै संयुक्त जनमोर्चा बनेको बामपन्थी आन्दोलनलाई जनता बिच स्थापित गराउन दिलो ज्यानले लाग्नु भयो। आम निर्वाचन र स्थानिय निर्वाचन हुने क्रममा धाँधलीको नमुना बन्दै गएको गोर्खा जिल्ला मा उहाँको उपस्थिती नै सरकारलाई घाँडो हुन्थ्यो। यसको ज्वलन्त उदाहरण हर्मिको स्थानीय चुनावलाई लिन सकिन्छ। हर्मीमा चुनाब गराउँदा आर्मीको कडा सुरक्षा घेरा भित्र दाईलाई सबैको अगाडी चौतारामा दुई घुडाको बिचमा टाउको राख्न बाध्य पारियो । राज्य संयन्त्रको यस्तो खराब सूचक देखेपछि त्यही बेलामै अनिष्टता प्रस्ट झल्कन्थ्यो । एउटा गाउँको चुनाब गराउन राज्य नृसंस लाग्नु बहुत लज्जाजनक स्थिति थियो, जसका अगाडी हामी लाचार छायाँ जस्तो भयौं । बि। एस्सी। एजी। पढ्दै गरेका दाईलाई अनुरोध गरि गाउँमा परिवर्तनको झन्डा गाड्ने योजना मात्रै होइन, इमान्दार शिक्षकको रुपमा स्थापित शुरेस वाग्ले जस्तालाई जिताउन तिकडम गर्न पर्ने भए पछि एक चोटी सबै प्रगतिकामी र्गोखालीहरु किं कर्तब्य बिमुढ भएका थिए । पंचायत भित्रको मुर्दा शान्ति हटाएर ल्याएको बहुदल भित्र चौतारामा मान्छेलाई निर्लज्ज थुनेर चुनाब गराउने सरकारको लक्षण सहि छैन भन्ने कुरा छर्लङै थियो । शेरबहादुर देउबाको गृह मन्त्रालय थियो क्यारे त्यो, जसले आर्मी प्रयोग गरि मेरो दाईलाई पिपलको फेदमा घोसे मुन्टो पार्न बाध्यपारेको थियो । रोमियो अपरेसन हुँदै राज्य निस्ठुर बन्दै जाँदा एकीकृत बन्दै गरेको पार्टी चोइटिएर तासीए पनि गुलेली र मट्याङ्ग्राबाट परिवर्तन सम्भब छ भन्दै मेरो दाई मेरो कोठा, नयाँ बजारमा आउनुभयो । मेरो सल्लाह लिनुभएन, राय सुन्नुभयो, मेरो शंका मिसिएको स्वीकृतिमा हल्का मुस्कान सहित पार्टी फुटाउने केन्द्रिय भेलाको कुनै पनि पिडा नलीइकन ‘समाज परिवर्तनको कसम खादै म हिंडे, तिमीले मेरा परिबारलाई सुखी होइन, सक्षम बनाउने कोशिस गरि देउ। म रहें र र्फके भने समाज फेरीइसकेको हुनेछ जसमा चिन्ताको बिषय हुने छैन, म फर्किन भने परिस्थितिले उनीहरुलाई अरु नेपाली सरह बस्ने हैसियतको बनाउने नै छ ‘। हामी बाहिर बस्ने नै सुरक्षित हुन्छौ भन्ने त छैन तर सुरक्षाको ध्यान दिंदै राजनीति गर्नु भन्दै मेरो टलपिएका आँसुलाई हल्का धकलधाकल पारेर बिदा दिन अनुरोध गर्नुभयो । मैले जे सक्थे, त्यहि गरे ।
यसरी दाइ राजनैतिक व्यवस्थापनको लागि मोफसल लाग्नु भयो, परिर्बतन छिट्टै ल्याउन वारपाकमा आफ्नो टाउको फुटाएर मात्र होइन भिमकाय कान्ला नाघेर, खुट्टा घिर्सादै टाउका भरी टाँका लिएर घर आउनु भयो। बन्दुक या सारंगी, किताब या नोट, कलम या तुलोको ब्याज बोक्ने कोट, चक घोट्ने अध्यापक होस् या मानबिय हिंसाका बिरुद्ध बोल्ने मानवअधिकारबादी, सबै रुप र भेषमा, थुप्रै सुख र दुखमा अनि अनगिन्ति हण्डर र ठक्करमा खरो उत्रनु भयो । २०५२ साल आयो, पार्टी र सयौ कार्यकर्ता बिशेष गरि चार जिल्लामा एक साथ भूमिगत भए । उहाँ कानुनी क्षेत्रबाटै अघी बढ्ने र प्रचारत्मक राजनीति गरिरहने सोच हुँदा हुँदै पनि बिभिन्न पारीबेशले उहाँलाई भूमिगत हुन बाध्य पार्यो।
भूमिगत राजनैतीक जिबनका क्षणहरु
वहाँको बर्हिमुखी प्रतिभाको कारणले गर्दा उहाँलाई भूमिगत रहन बहुत गाह्रो भयो र त केहि महिना भित्रै चितवनबाट प्रक्राउ पर्नुभयो र गोरखा ल्याएको सम्म थाहा भयो । कसैलाई भेट्न नदिने र कुनै खबर पनि नदिने गर्नाले हामीलाई मानसिक तनाब खपी नसक्नु भयो । अधिबक्ता द्वय, तुलसी भट्ट, मुक्ति प्रधानहरुको बिशेष पहल र पध्म रत्न तुलाधर एबं दमन नाथ ढुंगानाको अनुरोध पछाडी म आँट गरेर गोरखा गएँ । तत्कालिन डी।एस।पी लाई जिल्ला प्रहरी कार्यलय अगाडी भेटें र म मेरो दाईलाई भेट्न आएको भन्दा मलाई टाउको देखि पैतालासम्म हेरी मेरो परिचय सोधे । घोक्रे ठ्याक लगाउँछ या नाजवाफ फर्काउँछ भन्ने चिन्ताका बीच आफ्नो परिचय दिएँ । अप्रत्याशित रुपमा, ए १ म पनि किर्तिपुर नै पढेको भन्दै भेट्ने अनुमति दिए । मलाई सिधै माथि कोठामा लगे । मलाई देख्ने बित्तिकै दाई झस्कनु भयो । तिमीलाई पनि समातेको हो की रु१ भन्नु भयो । तिम्रा बारेमा समेत म संग सोधिरहन्छन्, त्यसैले मलाई भेट्न अब देखि नआउ है, भन्दै मलिन स्वरमा भन्नुभयो । बेलना लगाएर दिएको यातना, पानीमा डुबाएर बकाउन गरेको हर्कत आदि भन्दै गर्दा सुन्न बसेको हवल्दारले आँखा तन्काएपछि बात टुंग्याउन लाग्नुभयो । तिमी होइन बा, आमालाई पठाउ भन्दै जानुभयो । त्यसपछि यो या त्यो घटनाका मुद्दा पनि उहाँमाथि नै थुपार्दै गए पनि धेरै अदालती फैसला, एमनेस्टी लगाएत अन्य संस्थाको दबाबले गर्दा छोड्न बाध्यभयो र छुट्नु भयो । जेल र कस्टडीका चिसा छिंडीको दिर्घ प्रभाब, अमानबिय यातना, पाखा लाग्दै, तर्कदै गरेका पुराना साथीहरुको मनोबृती देख्दा केहि बैरागीय जस्तो, केहि गुमाइसकेको जस्तो, दिमागीय दिवालियापनमा परे संगै बहुत चतुर ढंगले आफुलाई समाल्नु भयो । आफ्नो पेशामा आफुलाई फर्काउनु भयो । मर्ता तो क्या न करता झैँ आफै जस्तै पिडितहरुको सेवामा पुन फर्कने प्रण गर्नुभयो । त्यसै साल बुवाआमा कुरू क्षेत्र जानु भयो । फर्केर आउँदा आमालाई कुनै रोग लागेको अनुभूतिे भयो, संधै चुस्त शरीर एक्कासी मोटाएर आयो । अप्रत्यासित रुपमा उल्टी भएकाले आंपपिपल मिसन अस्पताल जानुभएछ, ग्यास्ट्रिकको समस्या भनिदियो । डाइजिनले धानेन, एन्टासीडले पनि मानेन । अनि हामी दुबैले काठमाडौँ बोलायौ । उहाँलाई पारीक्षण गर्न अञ्जनी शर्माकोमा लग्योउन, क्यान्सर भएको शंका गर्नु भयो ।अर्बुद भएको पक्का भयो, आमालाई भनेनौ, डाक्टर कहाँ गयौ, सोच्नुस् आधा बिकल्प बाँकी छ, अप्रेसन गरि हेरौं भने, त्यही बमोजिम गर्योउं । तर, असफल हुने पक्का भएपछि सिलायौ । आमाको आशा, रोग निदान भयो भन्ने भयो । एम्बुलेन्सबाट सिधै गोरखा पठायौं । धार्के मा पुगे पछि टायर पंचेट भयो, त्यो सायद हाम्रो यात्राको अशुभ लक्षण थियो । मेरो एम। एस्सी।को अन्तिम परिक्षाका तयारीका दिनहरु थिए सायद । म आमालाई गोरखा सम्म पुर्याएर फर्कें । आमाको स्वास्थ्य यसरी फिर्यो कि वहाँलाई कुनै रोग नै छैन । दाई आफ्नै मुद्धा खेप्दै, अरुका मुद्धामा लड्दै, तिव्र मानसिक यातना र दबाबलाई झेल्दै बहुत ठुलो साहसलेले पेशालाई पुर्नताजगी गराउनु भयो । त्यो आँट, त्यो क्षमता, त्यो दक्षता, त्यो शालीनता, त्यो सुझबुझ, त्यो शितलता प्रति ९मेरो दाई भएर मात्रै होइन राजेन्द्र ढकाल मात्रै भएर पनि० उहाँलाई संधै संधै सलाम ठोकिरहनेछु ।
त्यहि दौरानमा आमाका छोपिएका व्यथाहरु कहिले बाँयाबाट कहिले दाँयाबाट, कहिले उल्टीबाट, कहिले रिङ्गटावाट दोहरिन थाल्यो । दाईले र मैले कि त आँपपिपल, कि त चितवनबाट औषधिका ठिमुराहरु ओसारीरह्यौ । उपचार गर्न नलगेकोले मलाई उपचार गर्न लगेनन् भन्ने त कहिले मेरो रगत राखम न त भन्दा मेरो कान्छो छोरोको रगत म खान्न भन्दै भल्ल रुने गर्दैगरेको र आफुलाई दश धारा दुध खुवाई दुख जति आफ्नै थाप्लामा लिने त्यस्ती ममतामयी आमासँग के ढाटौ, के खोलौ जस्तो असामज्यमा हामी दुइ भाई जकडीयौ । आमालाई २४ घन्टे नार्कोटिकले धानेन, घण्टा घटाउँदै औषधि खुवाउने भनि दाइ आफ्नो ‘ल फर्म बन्द गरि घर जानु भयो । म एम। एस्सी। दोस्रो वर्षको परिक्षा दिंदै थिएँ, अति भएछ, बोलाउनु भयो । एक हप्ते ग्याप थियो, किताब बोकेरै घर गएँ । आमालाई बोलाएँ सन्चो भएझै मान्नुभयो । फेरी जाँच दिन फर्किएँ । केहि दिन पछि अलि हतासको फोन आयो । त्यो दिन अन्तिम विषयको जाँच थियो । कपडा फाटो झोलामा राखें, झोला केन्द्रिय पुस्तकालयमा राखें, आमा सम्झदै ४ घण्टा बिताएँ, नार्बिसिए जति लेखें । हतार हतार अन्तिम घडी पनि नबज्दै झोला लिन पुस्तकालय गएँ । त्यहीबाट कलंकी गई, बस चढी खैरेनी गएर बास बसेँ । म सागपात भैसकेको थिएँ । हतार हतार बिहानै उठी घर गएँ, ठुलोबुवाले कपाल खैरने कुरा गर्नु भयो । मेरा खुट्टा थर्रर काँपे, दाई एउटा कुनामा सेतो फेटामुनी हुनुहुन्थ्यो, निन्याउरो अनुहारले ‘रवि आइपुग्यौ’ भन्नुभयो । बस्, १३ दिन दाजुभाई, घिउ, भात, केराको पात, अदुवा, गरुड पुराण , पधेरो यस्तै यस्तै दिनर्चयामा बिताइयो। चिल्लो भात त्यो पनि एक छाक चिसो कोठा सबैको सम्मिश्रणले मलाई अम्लिय पेट बनायो। दाईका उस्तै पिडा थिए, कान सुन्न मुस्किल, राती राती नाईटमेर आदि घटनाले र्गदा बेचैनका साथ दिन बिते। दुइ सन्तान इश्वरका बरदान भन्ने तत्कालिन नाराका प्रेरक हकी, र्निभिक र ममतामयी आमा सशरिर हामीसंग रहनु भएन। दिन बित्दै गए । पुन प्रयोगात्मक परिक्षा दिन म काठमाडौँ आएँ । दाई गोरखा जानुभयो, काममा फर्कनु भयो । दिन बिते, महिना बिते दाई ‘भूमिगत नभए, ज्यान खतरामा भन्ने घन्टी बज्यो’ भन्नु भयो । बोरामा पिटिएका महिलाहरु, नंग्सिरी घोचिएका बुढा बाहरु, तारेख धानिरहेका शिक्षकहरु, माओबादिलाई भात खुवाउने अभियोग लागेका किसानहरुका मुद्धा निसुल्कमै लडिदिएपछि, प्रशासनलाइ असैय भयो, उहाँ पुन भूमिगत हुन बाध्य हुनु भयो ।
कहिले हर्मी, कहिले लम्जुङ्ग, कहिले नवलपरासी जानुभयो । उहाँकै अनुरोधमा कहिले काही काठमान्डू आउँदा सुरक्षित हुने ठाउँमा कोठा लिए है भने बमोजिम उहाँलाई अलि सुरक्षित हुने गरी अलि कोल्टामा कोठा लिए । हरेक भिडन्तका समाचार हामीलाई चासोको बिषय बन्ने नै भयो, हल्का जानकारी बाहेक उति सारो खबर आउन पनि छोड्यो। केहि महिना बिराई काठमाडौँ आनुहुन्थ्यो। सरकारी रबाफ केहि महिनामै माओबादी सिध्याइदिने थियो भने माओबादी आफ्नो कौसहलता फेर्दै थियो। प्रहरीले समातेका मान्छेहरु अदालतले धमाधम छोड्न थाले पछि सरकारी रबैया केहि परिबर्तन हुने संकेत देखिंदै पनि थियो। यसरी नै दिन बित्दै थिए। पढाउने ठाउँमा जाडो बिदा पनि परेको, जाडो पनि बेसरी नै बढेकाले माघे संक्रान्ति मनाउन घर जाने निर्णय गरें। तेह्र किलोबाट झरेर जति उता जान्छु, उति मैमाथि हेर्छन् । सहानुभूतिको आँखा थिए ।दाईका बयान मात्रै सुन्छु, म बिस्तारै अधीर हुन थालें । बाटामा प्रकाश पोखरेल ९जसलाई पछि सेनाले हत्या गर्यो० लाई भेटें । उहाँलाई पक्रेको पक्का हो भनेपछि म खग्रङ्गै भए । पहिलाको जस्तै फर्कने आस भने छदै थियो । घर गए, सबै र्सयाङ्गर्सुलुङ्ग, रवि यस्तो भएछ, सुन्योउ त होला भन्नु हुन्छ । तत्कालै काठमाडौँ र्फकिने योजना बनाए । तरुल खान गएको भाई दर्शन ढुंगा चपाउन्दै उही बाटो रुझेको बिरालो काखी च्यापेर ठिमी तिर लागें।
२०२५ कार्तिक २५ गते गोरखा जिल्ला हर्मी गा।बि।स वार्ड नं ८, हर्मी भन्ज्याङ्मा स्व। प्रभा देवी ढकाल र श्री कलाधर ढकालको प्रथम सुपुत्रको रुपमा राजेन्द्र ढकालले जन्म लिनु भयो । त्यसको ठिक दुइ वर्ष ११ महिना पछि कनिष्ठ पुत्रको रुपमा म जन्मे पछि तत्कालिन स्वास्थ्य मन्त्रालयको नारा ‘सानो परिवार सुखी परिवार’मुताबिक हामीले गाउँ सुहाउदो सुखी जिवन नै बिताएका थियौ । सुखी यस मानेमा कि खेतबारीमा काम गर्ने जनशक्ति नभएकोले खेतीपाती गरेनौं, सामान्य जीवनयापन गर्न बुवाको जिल्ला जिल्ला चाहर्दै गरेको सरकारी नोकरीको तलबले भरथेग गरेकै थियो । म जन्मनु भन्दा अघि नै बुवा संग स्याङ्जा बस्नु भएका दाई तिष्ण बुद्धिको करामत देखाई सकेझैँ दाइले खच्चड गनेको कुरा अस्तिताका सम्म खुबै रौसिएर बुवा र आमाले भन्ने गर्नुहुन्थ्यो ।
हामी दाजु भाइ कम, साथी भाइ बढी जस्ता थियौ । कहिले काँही घर आउने जाने बुवासँग झ्याम्मीएर धेरै कुरा गर्ने, आमाको हरेक कामलाई सहयोग गर्ने, हामी तिन जनामा कामको बाडफाड गरि फच्चे पार्न सहयोग गर्ने, मामाघर हजुरबुवासंग आवश्यक सल्लाह गर्ने बानी वहाको बच्चै देखिको थियो । परिवारको कुनै सदस्यलाई पनि तँ नभन्ने उही दाईको भाइ भएर पनि कहिले काँही दाइलाई तँ र आमालाई तिमी भन्ने मेरो बानीलाई पनि हाँसीहाँसी सुधरिदिनुभएको मलाई राम्रै संग याद छ । खासै कुनै बिषयमा झगडा गर्ने बानि नभएको र बुवाको लामो अनुपस्थिती र आफ्नो बहिर्मुखी प्रतिभाको कारण धेरै जस्तो घरायसी काम कारबाही हजुरबुवाको सल्लाहमा आमा र दाइले ब्यबस्थापन गर्नुहुन्थ्यो । आमाको हकी र निर्भिक स्वभाब, कृष्ण दाइ र मोहन दाइको पढाइको संगतले गर्दा मलाइ लाग्छ वहालाई कहिल्यै पनि घर व्यवहारमा खुम्चिएर बस्नुपरेन । मकै गोड्न जाँदा, घाँस काट्न जाँदा वा पौडी नै खेल्न जाँदा पनि हामी दाजुभाई प्राय जसो संगै हुन्थ्यौ । समाजमा झैझगडा या मुद्धा पर्दा प्राय जसो हजुरबुवा र आमा सहभागी हुने कारणले गर्दा पनि होला, उहाँ बच्चा हुँदा देखि नै आफ्ना राय राख्ने एक निर्भिक वालक बनिसक्नु भएको थियो । हर्मी भन्ज्याङ्को पाठशालाबाट तरकारीमा के हाले मिठो हुन्छ भन्ने सबालको जबाफमा नुनको उत्तर दिए वापत चकलेट पाएर स्याबास बटुल्ने दाइले कसैको मन बिझाउने काम गर्नु भएन मात्रै होइन, धेरैको धन्यबादको पात्रसमेत बन्नुभयो । तत्कालिन पंचायतकी नेत्री विद्या देवी देवकोटा हाम्री आमाको घनिष्ट मित्र भएकै कारणले हाम्रो घरमा खुबै आउनुहुन्थ्यो । वहाको राजनैतिक गफ सुन्दासुन्दै प्रतिबाद गर्ने बानीको पनि बिकाश भयो जस्तो लाग्छ जसले गर्दा ११ वर्षमै त्यो गाउँमा निर्दलको विरुद्धमा राजनीतिक प्रचार प्रसार गर्ने एक खम्बा जस्तै भैसक्नुभएको थियो । बाचस्पति देवकोटाको नियमित प्रशिक्षण, युद्दकला, तालिम जस्ता लाग्ने व्यायाम, पम्प्लेट र पोस्टर टाँस्न नियमित राति राति हिडने गरेको मलाई राम्रैसंग याद छ । दाईका साथीहरु दाईका दाईहरुनै बढी थिए र मेरो पनि त्यसरीनै तिनै ग्रुपहरुसंग हिड्ने, गफ सुन्ने बानि परिसकेको थियो । खारखोलामा पौडी खेल्न होस् या हर्मी भन्ज्याङ्को चौरमा राति तारा गन्ने गफ या चन्द्रमा दौडेको कौतुहलातासंग गरिएका गफहरु नै किन नहोस, आफ्नो अन्तर्मुखी बानी नै सहि, वहाको चार्तुयता, सरलता र निर्भिकतासंग म साक्षतकार भैसकेको थिए । जिम्मावालले पैसालाई रुपैया भन्दै ठगेको, लेख्न नजान्नेलाई चर्को शुल्क लिने गरेको कुरा आफै तिरो तिर्न जाँदा आफ्नै अगाडी देखिए पछि मुसो दल्ने र सामाजिक बहिस्कार गर्ने सम्मको बिद्रोही आचरण एक दश बर्षे बालकमा देखिनु सामान्य परिघटना हुनै सक्दैन । बुवाले अध्ययन गर्ने ९बुवा अहिले सम्म बहुत अध्ययनशील हुनुहुन्छ, वहाँको रुचिका बिषय भनेको र्धामिक, सामाजिक, ऐतिहासिक र पौराणिक पुस्तकहरु थिए।० हरेक पुस्तक पढ्ने बानी वहाँसँग थियो । यसरी समग्रमा सामान्य होइन कि परिबर्तनशील र परिबर्तनकामी बालकको भूमिकामा वहाँ स्थापित हुनु भयो ।
राजेन्द्रको प्रारम्भिक शैक्षिक र राजनैतीक जिबन
स्थानीय शिक्षकहरुसँगको रात्रीकालिन नियमित भेटघाट, हरेक वर्ष गरिने साँस्कृतिक कार्यक्रमहरुमा वहाँको बिशेष सक्रियता र निर्देशन, वरपर हुने गरेका पार्टीका कार्यक्रमहरुमा वहाँको बढ्दो सक्रियता, केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको फाट्टफुट्ट आगमन आदिले वहाँको राजनैतिक सक्रियता प्रस्टै देखिन्थ्यो । नापी गराउने अमिनसँगको तत्कालिन पञ्चहरुको बस उठले नापीएका जंगल र गौचरणका बिरुद्ध आबाज उठाउन या कुला भाच्ने र झैझगडाका साक्षी बस्दाका बखत आवाज उठाउने उहाँ, साच्चै वकिल बन्नको लागि हुने बिरुवाको चिल्लो पात हुनुहुन्थ्यो।
we brothers together with Rajendra Dai at 2044.
|
घर व्यबहार प्रती उहाँको चिन्ता
हामी दुई भाई काठमाडौं बस्ने, बुवा दमौली बसी जागिर खान्दै गर्दा घरमा आमा एक्लै बस्ने कुरा पनि आएन र त आमाबुवा सँगै दमौलीमै हुनुहुन्थ्यो। घरमा ताल्चा लगाई बुवासँग बस्दै गर्दा घर लथालिङ्ग भएको परिदृष्यले “सानो परिवार सुखी परिवार”लाई जिस्काए झैँ लाग्थ्यो । घरको छाना भरि घाँस, पिढी भरि ढुसी र आगन भरि पाति उम्रे पछि हामी दाजु भाई नै एकै पटक घर प्रति नतमस्तक भयौ, न हामीले त्यो घरलाई आस्वासन नै दिन सक्यौ, न झ्यालमुनि लेखेको राजुरवि निबासले हामीलाई लगाएको काउकुती मेट्न नै सक्यौ । तर पनि दाइ बिशेष सम्हालिनु भयो र भन्नु भयो केहि गर्नै पर्यो । त्यहि हिउदमा सामाजिक बोझलाइ लत्याउदै भड्किला र उरेंठेउला लाग्ने गतिबिधि त्याग्दै परिवर्तनका खातिर नमुनामुलक समाजबादी बिबाह गर्नुभयो । त्यो बेला सम्म चलेको दुई दिने विवाह एक दिनेमा झर्यो, बाजा को सट्टा साथीभाइको गफ नै काफी भयो। यसरि लम्जुङ् भलायार्खक निवासी बिमला घिमिरेलाई सुख दुखमा साथ दिने सामाजिक परिर्वतनमा उन्मुख हुनेगरी जीवनसाथी बनाउनु भयो । अब आमा र भाउज्युको स्थायी बसोबास, बुवाको बढ्दो आवत जावत मात्रै भएन कि तामाका मुना र टुसाहरु एक पछि अर्को गर्दै पलाउदै गए ।
बुवाआमाको त्यो जमानाको दुई छोरा मात्र पाएर नमुना बनेको पृष्टभूमिमा एउटा छोरो स्थापित वकिल अर्को छोरो डाक्टर या बैज्ञानिक बनोस्, सुख पाइयोस् भन्ने चाहना हुनु स्वभाविक थियो । घरमा खासै दुख थिएन, दुध खुवाउने भैसी थिए, अधियाँबाट आएका अन्न थिए, दाँयाबाँया भरथेग गर्ने बुवाको तलब थियो, तर समस्या उही थियो एउटा सुब्बाको तलब दुइ छोरालाई दिउँ कि दमौलीका किराना पसललाई दिउँ या हरेक वर्ष बर्केनु भैंसी बेच्दै लैनु भैंसी किन्ने परिबन्द मिलाउ, या अनेक खर्च धानौ भन्ने जस्ता व्यवहारीक समस्या संगै हाम्रो परिवार येनकेन प्रकारेण चलिरह्यो ।
सक्रिय युबा राजनीतिको क्षण
बिस्तारै बढ्दै गएको जनचेतनाको अभिबृद्धीले २०४६ सालको परिवर्तन आयो । बढ्दो राजनैतिक उतार चढाबका बिचमा प्रगतिबादी कविता लेखिरहने, लोक भाकामा प्यारोडी आफै लेख्दै, गाउँदै, नाच्दै र नचाउदै के दशैं के तिहार गरि गाउँको घुमाउने चौतारी मात्र होइन, गोरखा, लम्जुङ्, तनहुँ, पोखराका पाखा पखेरामा कहिले कछाड र कहिले लाहुरे टोपी गर्दै विभिन्न भेषभुषामा झल्किदै हुनुहुन्थ्यो । भाषणमा माहिर मानिनुहुने उहाँ छलफल र बहसमा समेत मृदुभाषी र प्रभाबी हुन सक्ने क्षमता थियो ।”ठुल्दाई ल्वांग्को फुल, अलि उता सर न हे पन्च, गनायो तिम्रो मुख” भन्दै गाउँदै गर्दा भएका हुलदंगा होस् या भाटा ठटाउन्दै ‘आइज को आउछ भन्दा समेत ‘ल म आए्ं ’भन्दै तिघ्रेसँग समेत भिड्न तम्सने निडर र संयमित दाइको अगाडी जो कोहि पनि गरुडको छायाँको सर्प जस्तै हुन्थ्यो । उहाँ साथी बनाउन उसको आस्था उमेर र भूगोललाई वास्ता गर्नु हुँदैनथ्यो । अध्ययनको लागि मेरा भौतिक शास्त्र र रसायन शास्त्रका ठुला ठेली बाहेक कुनै छोड्नुभएन जस्तो लाग्छ । सायद, त्यो समय वहाँको प्रतिभा बिकासको लागी सबै भन्दा उत्तम र परिस्कृत थियो भन्ने मेरो ठम्याई छ । राजनैतिक प्रशिक्षणका हरेक गतिबिधि हुन या उहाँले आकलन गरेका राजनैतिक परिवर्तनका स्वरुप या परिघटना, नलुकाइकन सुनाउनु हुन्थ्यो र मेरो राय माग्नु हुन्थ्यो । यी बिज्ञान पढेकाको सोचाई अलि फरक हुन्छ भन्दै मेरो रायलाइ प्राय स्थान दिनुहुन्थ्यो । ‘मैले तिमीलाई आर्थिक रुपमा भरथेग गरि डाक्टर बनाउन नसकेपनि तिमी आफ्नो मिसन बाट पछि नहट, तिमी भित्र क्षमता देखेको छु, म राजनीतिज्ञ नै बन्छु, तिमी बैज्ञानिक बन’, भनिरहनु हुन्थ्यो । २०४६ सालको राजनैतिक परिवर्तन पछि चुनाब हुने भयो, तत्कालिन जनर्मोचाले भाग लिने, नलिनेको दोधारमा पार्टी उभिएकै कारणले गर्दा गोरखाको मशालको राजनीतिलाई स्पात जस्तै बनाउने बाचस्पति देवकोटा हाम्रो कोठामा बहुत आउन थाल्नुभयो । एउटा लामो किचेन देखि बेड सम्म लमतन्न फैलिएको कोठाको एउटा कुनामा वहाँहरुको बहस, अर्को कुनामा भने म जैविक रसायन विज्ञानका डल्लाहरु फुटाइरहेकै हुन्थे । एमालेमा नजान दाइले गरेको आग्रहको प्रतिउत्तरमा उहाँको एकोहोरो रटान हुन्थ्यो “नेताहरुलाई चिन उनीहरु चुनाबमा जानै चाहन्नन्, लडाइ मात्रै भन्छन, एक दिन सकिनेछन” । वहाँको अन्य साथीहरु आउँदा सामन्तीका बाँसघारीमा सोडियम राखी पड्काउने देखि श्रमदान गर्ने योजनासम्म, जनबादी जनगणना देखि सामुहिक खेतीका बहस चलाउदै चिउरा र कालो चियाको निकै दहन पनि गरियो । एस।एल। सी। दिए पछि घर गृहस्थीमै व्यस्त रहनु भएको भाउजुलाइ आइ।एल।को परिक्षा प्राइभेटमै भएपनि दिलाउने समेतको कार्य गर्दै स्वयंसेवकको रुपमा मामा तुलसी भट्टको ‘ल फर्म’ मा काम समेत गर्न थाल्नु भयो । केही जोखिम मोलेरै व्यबसायलाई स्थापित गरेको भए सायद परिस्थिती अर्कै हुने थियो ।
गाउँ फर्के राजनैतीक यात्रा
पार्टीको कार्यक्रमलाई गोरखामा स्थापित गराउन म जाँदैछु भन्ने आशयको तर्क राख्दै उहाँ जिल्ला फर्कने निर्णय गर्नुभयो । भूमिगत रुपमा चलेको राजनीतिलाई पटाङेनिमा ल्याउनु कम चानचुने कुरा थिएन। एउटा ल फर्म खोल्ने, क्याम्पस पढाउने, मानब अधिकारका कुरा गर्ने, नयाँ जनबादी मन्च हुँदै संयुक्त जनमोर्चा बनेको बामपन्थी आन्दोलनलाई जनता बिच स्थापित गराउन दिलो ज्यानले लाग्नु भयो। आम निर्वाचन र स्थानिय निर्वाचन हुने क्रममा धाँधलीको नमुना बन्दै गएको गोर्खा जिल्ला मा उहाँको उपस्थिती नै सरकारलाई घाँडो हुन्थ्यो। यसको ज्वलन्त उदाहरण हर्मिको स्थानीय चुनावलाई लिन सकिन्छ। हर्मीमा चुनाब गराउँदा आर्मीको कडा सुरक्षा घेरा भित्र दाईलाई सबैको अगाडी चौतारामा दुई घुडाको बिचमा टाउको राख्न बाध्य पारियो । राज्य संयन्त्रको यस्तो खराब सूचक देखेपछि त्यही बेलामै अनिष्टता प्रस्ट झल्कन्थ्यो । एउटा गाउँको चुनाब गराउन राज्य नृसंस लाग्नु बहुत लज्जाजनक स्थिति थियो, जसका अगाडी हामी लाचार छायाँ जस्तो भयौं । बि। एस्सी। एजी। पढ्दै गरेका दाईलाई अनुरोध गरि गाउँमा परिवर्तनको झन्डा गाड्ने योजना मात्रै होइन, इमान्दार शिक्षकको रुपमा स्थापित शुरेस वाग्ले जस्तालाई जिताउन तिकडम गर्न पर्ने भए पछि एक चोटी सबै प्रगतिकामी र्गोखालीहरु किं कर्तब्य बिमुढ भएका थिए । पंचायत भित्रको मुर्दा शान्ति हटाएर ल्याएको बहुदल भित्र चौतारामा मान्छेलाई निर्लज्ज थुनेर चुनाब गराउने सरकारको लक्षण सहि छैन भन्ने कुरा छर्लङै थियो । शेरबहादुर देउबाको गृह मन्त्रालय थियो क्यारे त्यो, जसले आर्मी प्रयोग गरि मेरो दाईलाई पिपलको फेदमा घोसे मुन्टो पार्न बाध्यपारेको थियो । रोमियो अपरेसन हुँदै राज्य निस्ठुर बन्दै जाँदा एकीकृत बन्दै गरेको पार्टी चोइटिएर तासीए पनि गुलेली र मट्याङ्ग्राबाट परिवर्तन सम्भब छ भन्दै मेरो दाई मेरो कोठा, नयाँ बजारमा आउनुभयो । मेरो सल्लाह लिनुभएन, राय सुन्नुभयो, मेरो शंका मिसिएको स्वीकृतिमा हल्का मुस्कान सहित पार्टी फुटाउने केन्द्रिय भेलाको कुनै पनि पिडा नलीइकन ‘समाज परिवर्तनको कसम खादै म हिंडे, तिमीले मेरा परिबारलाई सुखी होइन, सक्षम बनाउने कोशिस गरि देउ। म रहें र र्फके भने समाज फेरीइसकेको हुनेछ जसमा चिन्ताको बिषय हुने छैन, म फर्किन भने परिस्थितिले उनीहरुलाई अरु नेपाली सरह बस्ने हैसियतको बनाउने नै छ ‘। हामी बाहिर बस्ने नै सुरक्षित हुन्छौ भन्ने त छैन तर सुरक्षाको ध्यान दिंदै राजनीति गर्नु भन्दै मेरो टलपिएका आँसुलाई हल्का धकलधाकल पारेर बिदा दिन अनुरोध गर्नुभयो । मैले जे सक्थे, त्यहि गरे ।
यसरी दाइ राजनैतिक व्यवस्थापनको लागि मोफसल लाग्नु भयो, परिर्बतन छिट्टै ल्याउन वारपाकमा आफ्नो टाउको फुटाएर मात्र होइन भिमकाय कान्ला नाघेर, खुट्टा घिर्सादै टाउका भरी टाँका लिएर घर आउनु भयो। बन्दुक या सारंगी, किताब या नोट, कलम या तुलोको ब्याज बोक्ने कोट, चक घोट्ने अध्यापक होस् या मानबिय हिंसाका बिरुद्ध बोल्ने मानवअधिकारबादी, सबै रुप र भेषमा, थुप्रै सुख र दुखमा अनि अनगिन्ति हण्डर र ठक्करमा खरो उत्रनु भयो । २०५२ साल आयो, पार्टी र सयौ कार्यकर्ता बिशेष गरि चार जिल्लामा एक साथ भूमिगत भए । उहाँ कानुनी क्षेत्रबाटै अघी बढ्ने र प्रचारत्मक राजनीति गरिरहने सोच हुँदा हुँदै पनि बिभिन्न पारीबेशले उहाँलाई भूमिगत हुन बाध्य पार्यो।
भूमिगत राजनैतीक जिबनका क्षणहरु
वहाँको बर्हिमुखी प्रतिभाको कारणले गर्दा उहाँलाई भूमिगत रहन बहुत गाह्रो भयो र त केहि महिना भित्रै चितवनबाट प्रक्राउ पर्नुभयो र गोरखा ल्याएको सम्म थाहा भयो । कसैलाई भेट्न नदिने र कुनै खबर पनि नदिने गर्नाले हामीलाई मानसिक तनाब खपी नसक्नु भयो । अधिबक्ता द्वय, तुलसी भट्ट, मुक्ति प्रधानहरुको बिशेष पहल र पध्म रत्न तुलाधर एबं दमन नाथ ढुंगानाको अनुरोध पछाडी म आँट गरेर गोरखा गएँ । तत्कालिन डी।एस।पी लाई जिल्ला प्रहरी कार्यलय अगाडी भेटें र म मेरो दाईलाई भेट्न आएको भन्दा मलाई टाउको देखि पैतालासम्म हेरी मेरो परिचय सोधे । घोक्रे ठ्याक लगाउँछ या नाजवाफ फर्काउँछ भन्ने चिन्ताका बीच आफ्नो परिचय दिएँ । अप्रत्याशित रुपमा, ए १ म पनि किर्तिपुर नै पढेको भन्दै भेट्ने अनुमति दिए । मलाई सिधै माथि कोठामा लगे । मलाई देख्ने बित्तिकै दाई झस्कनु भयो । तिमीलाई पनि समातेको हो की रु१ भन्नु भयो । तिम्रा बारेमा समेत म संग सोधिरहन्छन्, त्यसैले मलाई भेट्न अब देखि नआउ है, भन्दै मलिन स्वरमा भन्नुभयो । बेलना लगाएर दिएको यातना, पानीमा डुबाएर बकाउन गरेको हर्कत आदि भन्दै गर्दा सुन्न बसेको हवल्दारले आँखा तन्काएपछि बात टुंग्याउन लाग्नुभयो । तिमी होइन बा, आमालाई पठाउ भन्दै जानुभयो । त्यसपछि यो या त्यो घटनाका मुद्दा पनि उहाँमाथि नै थुपार्दै गए पनि धेरै अदालती फैसला, एमनेस्टी लगाएत अन्य संस्थाको दबाबले गर्दा छोड्न बाध्यभयो र छुट्नु भयो । जेल र कस्टडीका चिसा छिंडीको दिर्घ प्रभाब, अमानबिय यातना, पाखा लाग्दै, तर्कदै गरेका पुराना साथीहरुको मनोबृती देख्दा केहि बैरागीय जस्तो, केहि गुमाइसकेको जस्तो, दिमागीय दिवालियापनमा परे संगै बहुत चतुर ढंगले आफुलाई समाल्नु भयो । आफ्नो पेशामा आफुलाई फर्काउनु भयो । मर्ता तो क्या न करता झैँ आफै जस्तै पिडितहरुको सेवामा पुन फर्कने प्रण गर्नुभयो । त्यसै साल बुवाआमा कुरू क्षेत्र जानु भयो । फर्केर आउँदा आमालाई कुनै रोग लागेको अनुभूतिे भयो, संधै चुस्त शरीर एक्कासी मोटाएर आयो । अप्रत्यासित रुपमा उल्टी भएकाले आंपपिपल मिसन अस्पताल जानुभएछ, ग्यास्ट्रिकको समस्या भनिदियो । डाइजिनले धानेन, एन्टासीडले पनि मानेन । अनि हामी दुबैले काठमाडौँ बोलायौ । उहाँलाई पारीक्षण गर्न अञ्जनी शर्माकोमा लग्योउन, क्यान्सर भएको शंका गर्नु भयो ।अर्बुद भएको पक्का भयो, आमालाई भनेनौ, डाक्टर कहाँ गयौ, सोच्नुस् आधा बिकल्प बाँकी छ, अप्रेसन गरि हेरौं भने, त्यही बमोजिम गर्योउं । तर, असफल हुने पक्का भएपछि सिलायौ । आमाको आशा, रोग निदान भयो भन्ने भयो । एम्बुलेन्सबाट सिधै गोरखा पठायौं । धार्के मा पुगे पछि टायर पंचेट भयो, त्यो सायद हाम्रो यात्राको अशुभ लक्षण थियो । मेरो एम। एस्सी।को अन्तिम परिक्षाका तयारीका दिनहरु थिए सायद । म आमालाई गोरखा सम्म पुर्याएर फर्कें । आमाको स्वास्थ्य यसरी फिर्यो कि वहाँलाई कुनै रोग नै छैन । दाई आफ्नै मुद्धा खेप्दै, अरुका मुद्धामा लड्दै, तिव्र मानसिक यातना र दबाबलाई झेल्दै बहुत ठुलो साहसलेले पेशालाई पुर्नताजगी गराउनु भयो । त्यो आँट, त्यो क्षमता, त्यो दक्षता, त्यो शालीनता, त्यो सुझबुझ, त्यो शितलता प्रति ९मेरो दाई भएर मात्रै होइन राजेन्द्र ढकाल मात्रै भएर पनि० उहाँलाई संधै संधै सलाम ठोकिरहनेछु ।
My mother received the last Tika from my father.
We too received the last Tika from her afterwards
at 2052.
|
कहिले हर्मी, कहिले लम्जुङ्ग, कहिले नवलपरासी जानुभयो । उहाँकै अनुरोधमा कहिले काही काठमान्डू आउँदा सुरक्षित हुने ठाउँमा कोठा लिए है भने बमोजिम उहाँलाई अलि सुरक्षित हुने गरी अलि कोल्टामा कोठा लिए । हरेक भिडन्तका समाचार हामीलाई चासोको बिषय बन्ने नै भयो, हल्का जानकारी बाहेक उति सारो खबर आउन पनि छोड्यो। केहि महिना बिराई काठमाडौँ आनुहुन्थ्यो। सरकारी रबाफ केहि महिनामै माओबादी सिध्याइदिने थियो भने माओबादी आफ्नो कौसहलता फेर्दै थियो। प्रहरीले समातेका मान्छेहरु अदालतले धमाधम छोड्न थाले पछि सरकारी रबैया केहि परिबर्तन हुने संकेत देखिंदै पनि थियो। यसरी नै दिन बित्दै थिए। पढाउने ठाउँमा जाडो बिदा पनि परेको, जाडो पनि बेसरी नै बढेकाले माघे संक्रान्ति मनाउन घर जाने निर्णय गरें। तेह्र किलोबाट झरेर जति उता जान्छु, उति मैमाथि हेर्छन् । सहानुभूतिको आँखा थिए ।दाईका बयान मात्रै सुन्छु, म बिस्तारै अधीर हुन थालें । बाटामा प्रकाश पोखरेल ९जसलाई पछि सेनाले हत्या गर्यो० लाई भेटें । उहाँलाई पक्रेको पक्का हो भनेपछि म खग्रङ्गै भए । पहिलाको जस्तै फर्कने आस भने छदै थियो । घर गए, सबै र्सयाङ्गर्सुलुङ्ग, रवि यस्तो भएछ, सुन्योउ त होला भन्नु हुन्छ । तत्कालै काठमाडौँ र्फकिने योजना बनाए । तरुल खान गएको भाई दर्शन ढुंगा चपाउन्दै उही बाटो रुझेको बिरालो काखी च्यापेर ठिमी तिर लागें।
Hi, i feel that i saw you visited my web site thus i got here to go back the desire?
ReplyDelete.I'm attempting to to find issues to enhance my web site!I guess its ok to make use of a few of your ideas!!
My blog official homepage
This web site definitely has all the information
ReplyDeleteand facts I needed concerning this subject and didn't know who to ask.
Also visit my web-site; http://www.erovilla.com/
I've been browsing the web more than 6 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. In my view, if all website owners and bloggers made good content as you did, the web will be much more useful than ever before.
ReplyDeleteHere is my page :: cam Chat