Thursday, January 5, 2017

मेरो देश धुलो टक्टक्याउन्दै छ !!!


अँध्यारो बेचेर करोडमा
उध्योग बेचेर अरबमा
पिडा बेचेर खरबमा
बिजुली बेचेर वाटमा
पानी बेचेर क्युसेकमा
दुब्लाएको मेरो देश
धुलो टक्टक्याउन्दै छ .
..................................
बानी सुधार्न गाह्रो छ
पानी पुर्याउन पर्लय छ
धुलो उडाउन सस्तो छ
मेलाम्चिमा सुन त के
सुरुंग छेड्न तगारो छ
टायर बेचेर कि पोलेर
दुब्लाएको मेरो देश
धुलो टक्टक्याउन्दै छ.
.....................................
अरबको सुकुम्बासी भएं म
करोडको घडेरी भएर के भयो
लाखौको आना बेचिसकें म
र पनि उठिबास भै सकें हँ
प्लटिंगमा टुक्रिएको मेरो देश र
बाटोले तासेको तास्यै मेरो घर  
 धिमा गतिमा धुलो टक्टक्याउन्दै छ!
......................................................
मैले मेरो रहरले छोडिन
र त म उखान गाउंछु
टुक्का हान्छु दिक्क हुन्छु
हाबै हावामा कावा खान्छु
परी त गयो सिइयोको तैपनि जेहाद हान्छु
गफै गफले खाएको मेरो देश
पालै पालो, कहिले दायाँ कहिले बायाँ
धिमा गतिमा धुलो टक्टक्याउन्दै छ !!!
......................................................
......................................................

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...