बसन्त भन्ने बित्तिकै बिरुवाको पालुवाको याद आउँछ, हेर्दा पनि मनै छुने, नरम र रङ्गीन मुना संगै सन्तान वृद्धिमा उद्यत चराहरुको चिरबिर अनुपम नै हुन्छ। काठ्ठिएर बसेका चिसा भुइंहरु बिस्तारै तात्दै माटोको सुगन्ध छर्नु त छंदैछ, एकाध गर्जन भेट्टाए पछी भुइचम्पा, प्याउली र भुइकाफ़ल जर्याकजुरुक उठ्न थाल्छन। आकास भने क्याम्पस पढ्दाताकाका बिना कारण निउँ खोज्ने मण्डले र कुण्डले जस्तै गर्जाईसंगै हर मानिसलाई त्राहीमाम हैन कि त्राण दिन खोजे झैं गर्छ, फेरी पनि सबै भन्दा बढी खुसि सायद म भन्दा पनि तिनै बिरुवा नै हुन्छन जस्तो अनुभूति हुन्छ।
यसै प्रसंगमा मेरा आगनमा निम्ताइएका पाहुनाहरु( केहि अघि आफैले सारेका फूलहरु) बसन्तको आगमन संगै दिल दिमाग हसाउने, तनाब भगाउने, आँखा लोभ्याउने गरी आ-आफ्नो जात अनुसार प्रस्फुटित हुँदै छन्. तिनमा लाग्ने फलहरुको कुनै चासो नै भएन, फुल्ने प्रयास नै लोभलाग्दो हुँदोरहेछ: केही मुना र नमुना: गुलाब र साकुरा।
किलोका किलो खाइने सुन्तला, नास्पति, आँप, अनार, आरु,अंगुर र अम्बा बारीमा कति नै फल्दो हो र, तर त्यो फल्नलाई फुल्न थाल्दैमा मन पुलकित बनाइदिने रहेछ, केहि प्रतिनिधि फलका तस्बिरहरु:
खानु, हेर्नु त छंदैछ तर पसिना बगाउन बाटो बनाइदिने, मन त्यसै त्यसै लोभ्याइदिने यी फूलहरुलाई धन्यबाद नभनेर के भनौं:
भबिस्यको भरोसा युवामा !!!
No comments:
Post a Comment