Saturday, September 24, 2016

मेरो देशका हामीहरु

बुद्ध, भृकुटी, सीता र अरनिको  
जन्म मात्रै यहाँ
बोके ठुला सन्देस जसले
ज्ञान, शिप र सेवा रह्यो उहाँ। 
...................................................
सगरमाथा, माछापुछ्रे र मनास्लु
उचाले मेरो देश
निर्बस्त्र हाँसेका हिमाल ती  
फिजाएर पहाडका हरिया केश।  
.......................................................
तिब्बत संग लड्यो, टिस्टामा भिड्यो
बिर बन्यो नेपाली बर्मा पुग्यो, 
के मान्थ्यो
फकल्याण्ड र पस्तुनमा छात्ती थाप्यो
र त बाकस र तक्मा ल्यायो।      
.............................................................
गोरखाले औंलो ठड्यायो, ऐले थर्कमान पार्यो
उबेलामा भूगोल जोड्यो ऐले पुस्तेनि थर जोड्यो  
बारपाक कामोस या गण्डकी जमोस
घरबार बिहिन पाल मुनी नै रमाओस
आखिर गोरखा न पर्यो,
सधै अर्काको लागी लडी रहोस।   

...................................................................

No comments:

Post a Comment

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...