Saturday, June 6, 2015

हैटी हामीलाई बन्नु छैन

हाम्रो धरती खै कस्तो कस्तो
बरषै पिच्छे सरनै पर्ने जस्तो
समुद्रको पिँध थियो त्यो, लेउ लागे जस्तो
उठ्यो बन्यो कालापत्थर, हिउँ पर्यो सस्तो
पृथ्बी नारायण, जित्न नेपाल आए जस्तो
बारपाक भने आँफै हिंड्यौ ३ मिटर यस्तो।
xxxxxxx               xxxxxxx         xxxxxxxx

भू-कम्पन नियमित थियो
हामी काँपने नियति रह्यो
नब्बेमा धरोहर जे भयो
पुनर्निर्माण उही रह्यो,

हुनु के थियो ?
बहत्तरमा त्यही गयो, रहेन अब शान
पञ्चाङ्क मनुष्य ढले, ढल्यो शताब्दी महान
लिच्छबि, मल्लको चिन्ह भयो सब अबसान
राणा, शाह पो कहाँ रहे? भयो एकै घान।
xxxxxxx               xxxxxxx         xxxxxxxx

घर ढल्यो, दिबार ढल्यो, ढल्यो पर्बत जहिंतहीं
ओत छैन कहीं पनि त्रिपाल जस्ता भए पनि
खाँबो गाडी जस्ता लाउँदा हुरी आउने उस्तै
डोरी टांगी त्रिपाल लाउँदा असिना झरने सस्तै,
जान्छ पहिरो, खस्छ ढुंगा, चाट्यांग पर्ने त्यस्तै
यी त सब नियमित हुन, होइन हामी रूने उसै।
xxxxxxx               xxxxxxx         xxxxxxxx

दराज टाँस्ने भित्तो बनोस, टाउको ओतने टेबल
ग्याँस, बत्ति आँफै निभोस, कम्प आओस जाओस केबल
डरने, भागने काम छोडौं, सुरक्षित भई बसौं
बिपत्तिसंग लड़न बरु जीबन शैली फेरौ
xxxxxxx               xxxxxxx         xxxxxxxx

घुँडा हाम्रो मजबुत बनोस, पेट होइन पुट्ट
नशाजस्ता गल्ली साना, भागदा फेरी सुट्ट
घोप्टो थुम्से बनोस घर अब, होइन पोका दाँया बाँया
कुलो बनोस हाम्रो अघि, परोस घरमा छायाँ
ढुंगा माटो फालौं अब, टिनको छाना मुनि
हइटी हाम्लाई बन्नु छैन , गुजरात, आचे सुनी।
xxxxxxx               xxxxxxx         xxxxxxxx
Haiti Camp: http://mangodhaiti.blogspot.com/2011/08/haiti-they-want-to-leave-camps-but-they.html

Bhuj Settlement: http://sthapatiindia.org/projects_town.php

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...