Friday, September 25, 2015

संबिधान जो आयो

तीन महिनाको काम थियो 
नौ बर्षमा बल्ल आयो 
दस लाखमा सायाद  बन्ने थियो त्यो
एक खरब  रकम स्वाहा भयो हो।  
सत्चालीसमै उत्कृष्ट भनिन्थ्यो 
फेरी उत्कृष्ट बनेकै भनियो।  

टायर पोल्न छोड़ अब  
चक्का बन्द छोड सब  
चुनाबका दिन भोट हाल तब 
अरु दिन राजनीति छोड सब।  

बिज्ञान भएकाहरु बिज्ञान लिएर उठ
प्रबिधी भएकाहरु प्रबिधी लिएर उठ 
उधोग भएकाहरु उधोग लिएर उठ
ब्यबसाय भएकाहरु ब्यबसाय लिएर उठ । 

नाकाबन्दी जो हुँदैछ 
नेपाली झण्डा लिएर सूत 
तेहि झण्डा लिएर उठ 
गाली शिरोमणि बनने होइन 
काली भएर उठ, स्वाबलम्बी भएर बस।  

पैतालीसमै नून तेल रोक्दा 
रोयो नेपाल, बहुदल जो आयो
निरंकुश सरकार जो थियो, जानु नै थियो।  
बरु बहत्तरमा तेल नरोक्दै 
थारु, मधेशीका दुःख सबै सुन्दा हुन्छ  
नेतृत्वमा अंगीकृत जो आउला।  

संबिधान जो आएको छ,
रोकौ ति सब नेपाली एक ढिक्का भै 
जनताले बिकास मात्रै  खोजेको छ है।  



No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...