बिज्ञान यस्तो बृहत र क्लिष्ट बन्दैछ कि अब न्यूटनको पालामा जस्तो अबलोकनको भरमा या स्याऊ खसेको हेरेको भरमा बैज्ञानिक हुने सम्भाबना छैन, आइन्स्टाइनको पालामा जस्तो हिसाब मात्रै निकालेर पनि बैज्ञानिक भइँदैन। यो पनी अर्थ नलागोस कि उनीहरु सजिलै बैज्ञानिक भए, सहि ता यो हो उनीहरु केहि नभएको बेलामा पनि त्यति थाहा पाउन सके जो अहिले सम्म सत्य साबित भईरह्यो। अब त इलेक्ट्रोन प्रोटोनलाई सुरुंगमार्गबाट हिँडाउनु पर्ने भएको छ, आणबिक मसिनहरु बनाउनु पर्ने भएको छ । अब डाक्टरले नारी हेरेर होइन, रक्तचाप नापेर ब्यथा पत्ता लगाउनु पर्छ। यस्ता उदाहरण कति भेटिन्छन कति, तर यसरि नै बिज्ञान र प्रबिधिको बिकास नभएको भए जिबन अझै कष्टकर हुने थियो भन्ने कुरामा कुनै बहस गर्नु पर्छ जस्तो लाग्दैन। बास्तबमा, बिज्ञानको अध्ययन हाल आएर दुइओटा अनन्तमा, एउटा नानोस्केलमा, भित्रि अनन्त र अर्को प्रकाशबर्षको स्केल, बाहिरि अनन्तमा केंद्रित हुँदै गइरहेको छ। यिनै बिषयबस्तुमा रहेर कुनै पनि मान्छेले घन्टौंसम्म बहस गर्न सक्ने भएका छन । यी ज्ञानलाई समाज संग जोड्ने पुलको रुपमा काम गर्ने प्रबिधिको पनि अधिकाधिक प्रयोग भएको छ। यसले भौतिक विश्वमा बिश्वास गर्ने मान्छेलाई मात्रै हैन अध्यात्मिक चिन्तन राख्ने, त्यसैको प्रबचन गर्ने, र अझ भौतिक संसार सब मिथ्या हुन भन्नेहरुकै समेत जिबन शैली समेत फ़ेरिदिएको छ। हामी सबैलाई थाहा छ, पुरै भौतिकबादी बनाउँदा मनुष्य यन्त्रमानब ( रोबोट) जस्तो सामाजिक संबेदनता शुन्य प्राणी बन्ने खतरा रहन्छ। यस्तो खतरा बिकासशील राष्ट्रमा केहि मात्रामा रहेपनि त्यहाँ बिकास भएको कानुनि राज्यको परिकल्पना, र समाजवादको लेपनले गर्दा उनीहरुको समाज पनि परिष्कृत, सुबिधायुक्त र मानबियताको कुनै खडेरी बिना आनन्द पुर्बक चलेको छ। तर नेपाल र नेपालजस्तै अन्य मुलुकहरु भने यदाकदा तिनीहरुको बिकासको क्रम नबुझिकन प्रबिधि भित्र्याउने प्रक्रियामा मात्रै लागेको कारणले तिनीहरुले निम्त्याएका या निम्त्याउन सक्ने दुस्परिणामबाट हामी अझ अनभिज्ञ छौं। उदाहरणको लागि आर्सेनिक मिसिएका शिशाहरु नेपाल भित्रिरहेका छन् र सस्ता भनेर किनिएका बिध्युतिय सामाग्रीहरुले पारेका बताबरणीय प्रभाबहरुलाई लिन सकिन्छ। कुनै पनि प्रविधिको राम्रा पक्ष भए जस्तै नराम्रा पक्ष पनि हुन्छन, तिनीहरुलाई यन्त्रिकिकरण गर्दै नेपाल भित्र्याउनु मात्रै भन्दा राष्ट्रिय क्षमतामा पनि अभिब्रिद्दी गराउनु पर्ने देखिन्छ, जो हामी गरिराखेका छैनौं। अथबा गर्नु पर्छ भन्ने मनस्थितिमा पनि नहुनु दुःख दायक बिषय हो। अझ संचारमा आए जस्तो एक अमुक पार्टीका एक प्रमुख नेताले देखनेलाई लाज लाग्ने कुरा गर्नु यो देशको अभिशाप हो।
अझ ठुलो समस्या भनेको आफ्नो अभिष्ट र सोचाईमा फरक मत राख्न सक्ने या नअटाउनेहरुको जति सुकै राम्रा काम भए पनि आँखा चिम्लने जुन प्रबृति प्रशासनिक, राजनैतिक र प्राज्ञिक सबै क्षेत्रमा ब्याप्त छ, त्यो हो । नहुनु पर्ने जस्तो लाग्ने प्राज्ञिक क्षेत्रमा पनि यसको प्रकोप ज्यादै नै छ। आफ्नो क्षेत्र्मा आफुले बिशेषज्ञता हासिल गर्नु, प्राप्त उपलब्धिको सम्रक्षण गर्नु र बिशेषज्ञताको दायरा बढाउंदै लैजानुको सट्टा अर्कालाई चिप्ल्याएर आफ्नो कद निर्धारण गर्न खोज्नु एक नियमित प्रक्रिया जस्तो बन्दै छ, यो भन्दा अरु दुर्भाग्य सक्छ । यस्तै प्रवृति देख्दा, के यो समस्या हाम्रो मात्रै हो त ? भन्ने लागेर एक बिकसित देशका लब्ध प्रतिष्ठित केहि व्यक्तिहरुसंग बिगत कस्तो थियो त तपाईहरुको भन्ने जिज्ञाषा राखें, ३०-४० बर्ष अघिको अनुभब सुनाउनुस न भन्दा उनले भने, 'अरु भन्दा पनि सम्मेलन स्थल रणभूमि जस्तै गरि सबाल-जबाफ हुन्थे, एउटै प्रयोगशालाका प्राध्यापक र उनका कनिष्टहरू बीच पनि बादबिबाद र चर्का प्रतिबाद हुने गर्थे, हाल आएर त्यस्तो खासै देख्न पाइन्न।' हिंजो आज सबैले सहकार्य को महत्व बुझेर नै एउटै लेखमा समेत सैयौं या दर्जनौं सम्म लेखक रहने गरि लेखहरु प्रकाशित हुन् थालेका छन। हामी लेखक धेरै हुनु भनेको नजानेर भन्ने अर्थ लाग्ने गरेर कामको मूल्यांकन गर्छौं , अनि कसरी हुन्छ सहकार्य ? त्रिभुबन बिश्वबिध्यालय अझै पनि एक्लै लेख लेखनेहरुलाई प्रोत्साहन गर्दै छ। मानी लिउँ लेख नेचरमा प्रकाशीत भयो, लेखक १० जना छन भने उसले पाउने नम्बर ०.१ हुन्छ, तर नेपालका कुनै पनि जर्नलमाँ प्रकाषित गर्यो भने एक्लै गर्ने जो चलन छ, त्यसले ४ नंबर पाउँछ। हामी प्राज्ञिकहरुनै यस्ता दिबालियामा रुमलिएर बसे पछि बिज्ञान पछि पर्ने त निश्चित नै छ , समाज पनि पछि धकेलिने छ, जिम्मा हामीहरुले नै पर्छ।
यसो भन्दै गर्दा प्रतिस्पर्धा बिनाको सहकार्य मात्रैले अनुसन्धानमा खासै उपलब्धि नदिने कुरा पनि स्थापित भै सकेको छ। ढिलै भए पनि अब बिकसित देशका अनुभबबाट सिकेर बिज्ञान र प्रबिधिको क्षेत्रमा बिकास गर्न लागि पर्नु पर्ने देखिन्छ। हरेक नेपाली युबाहरुलाई १८-२० बर्षसम्म निरन्तर राज्यले गरेको लगानीलाई बिर्सनु पर्ने नियती बनेको यो घडीमा जसरी जनशक्तिको कमि र साधन श्रोत अति कम भएको बर्तमान परिस्थितिमा कुनै एक संस्थामा भएको उपकरण र उपलब्ध हुन सक्ने प्रबिधिको भरपूर उपयोग गर्दै सहकार्य गर्नु नै बुद्धिमानी हुनेछ। यसका अलाबा बौद्धिक जमातहरुको प्राज्ञिक मूल्य र मान्यता राख्दै देश र जनताको हितका लागि भए गरेका प्रणालीगत त्रुटीहरु, नकारात्मक सोचाईहरु र राजनैतिक अनुबन्धलाई चिर्न प्राज्ञिक बर्गले सक्दैन भने अरु कसले सक्छ?
एउटा बिधाका बिज्ञहरुले अर्को क्षेत्रका कामहरुमा चासो राख्दा जून सुकै बिधा भए पनि आफ्नो ज्ञान र अनुसन्धानमा फाइदा पुर्याउँदछ।कतिपय अबस्थामा बहुआयामिक महत्व भएका पदार्थहरु सहकार्यको अभाबमा खेर पनी गई रहेका हुनसक्छन। उदाहरणको लागि प्रजाति प्रमाणीकरण गर्दा कुनै न कुनै नयाँ र उपयोगी पदार्थ भेटिन पनि सक्छ। त्यसरी कथं कदाचित भेटियो भने त्यसको प्रसोधन बिधि स्थापित गर्नु अति आबस्यक हुन्छ जसको लागि बनस्पति बिज्ञ, रसायनबिद र प्रशोधन बिज्ञहरुको सहकार्य हुनु पर्ने देखिन्छ। तर यसो भन्दै गर्दा सबै अनुसन्धानहरु सहकार्य उन्मुख नै हुन्छन् भन्ने छैन। जैबिक इन्धनको अनुसन्धान र बिकास गर्दा त्यसको बिरोधमा जैबिक बिबिधता र कृषि बिदहरुको बिश्वब्यापी अभियान नै छ। ब्राजिलले १९३१ बाट नै पेट्रोलमा इथाइल अल्कोहोल मिसाएर गाडी चलाउन थालिसकेका थिए भने ७०-८०को दसकमा आएर त औद्योगिक स्तरमा उत्पादन गर्दै इथानोलको मसीहा राष्ट्र भएको छ। अझै गाडीलाई परिमार्जन गरी अल्कोहलले मात्रै चल्ने गाडी समेत बनाइसके। त्यसै गरी अमेरिकाले मकैबाट बनाएको इथानोल मिसाएर मात्रै पेट्रोल प्रयोग गर्छ। यी कार्यले बाताबरणबिदले भने जस्तो जैबिक बिबिधतामा कमि र खाद्य पहुँचमा कही कतै संकट परेको देखिन्न, किनकी त्यों ऊर्जा हो जसको अनुपस्थितिमा खाद्यान्न ओसार्न, उत्पादन गर्न असम्भव छ। यसको बृद्धिमा पनि हाल सम्म कुनै रोकावट पनि आएको छैन, तर त्यसले गर्दा प्रबिधी माथि सुधार र नीतिहरुमा पुनर्बिचार र परिमार्जन गर्दै सस्थागत गर्ने काम भए जसले गर्दा ऊर्जा उत्पादनका बिरुद्ध गरिएका नकारात्मक प्रतिक्रियाले पनि अरु परिष्कृत गर्न सहयोग पुर्यायो। जैबिक बिबिधताको नाममा बाटो, नहर, र बाँध रोकेर हामी पश्चगामी बन्न तयार हुनुपर्ने हुन्छ, या केहि बाताबरणीय प्रभाबमाथि सम्झौता गर्नु पर्ने हुन्छ। यसरी सहकार्य र प्रतिस्पर्धाको बीचमा समन्वय ल्याउँदै काम गर्नु नै अहिलेको समयको माग हो।
हामी दुई द्रुतगतिमा बिकास हुँदै गरेका बिशाल जनसंख्या र अर्थतन्त्र मुलुकको बीचमा रहेका हामी अल्प बिकसित मुलुकका नागरिकले उनीहरुबाट पाठ सिक्नु पर्ने हुन्छ। उत्तरी छिमेकी मुलुक मेहनत र सहकार्यमा पोख्त छ भने दक्षिणी छिमेकी भने प्रतिस्पर्धामा माहिर छ। यस हिसाबले पनि सहकार्य र प्रतिस्पर्धालाई आत्मासात गर्नु बुद्धिमानी हुनेछ। सरकारी अनुमति पाए २१० दिनमा संसारको अग्लो भबन बनाइदिने भनि प्रतीक्षामा बसेको छ भने दक्षिणी छिमेकी मुलुक भने बिना ऊर्जा केही गर्न सकिन्न भन्दै त्यसैको खोजीमा निस्केको छ। हामीमा भएको मुख्य दुइ समस्या ऊर्जा र उत्पादकत्वमा भएको समस्याको समाधानको लागि केही सिक्न परे अन्त कही जानू पर्दैन, यिनी दुइ नै काफी छन। जसरी शैक्षिक बिकासमा बिज्ञान र प्रबिधिको हिस्सा केन्द्रमा हुन्छ, त्यसरी नै बिज्ञान र प्रबिधी बिकासको केन्द्रमा अनुसन्धान हुन्छ जसबाट मंत्री आबिस्कार संभव हुन्छ। तर अनुसन्धानका लागि बैज्ञानिक र प्राबिधिज्ञहरुको अभिलाषा पुरा गर्न राज्य लागे मात्र संभव हुन्छ। केही महत्वपूर्ण कार्य सम्पादनको लागि बैज्ञानिक र प्राबिधिज्ञहरुमा पनि धैर्यता, सहकार्य र लगाब चाहिन्छ। राज्यले सबै काम पार्टीकरण या आफन्तकरण गर्दै गएको बर्तमान परिबेशमा जसरी चोरलाई चौतारो र साधुलाई शूलीको ब्यबस्था गर्नुको सट्टा सक्षमलाई स्थान दिँदै केहि बर्ष बिज्ञान र प्रबिधिमा यथेष्ट लगानी गर्ने हो भने देशको दीर्घकालीन बिकास संभव हुन्छ. ब्रेन ड्रेनबाट नडराऊं तर त्यसलाई प्रबर्धन नगरौं, त्यसको सट्टा देशमै अनुसन्धान गर्न सकिने बाताबरण निर्माण गर्न सकियो भने दोश्रो राष्ट्रिय बिज्ञान दिबस मनाएको सान्दर्भिकता देखिन्छ नत्र यो दिबस पनि खुला दिशा मुक्त क्षेत्र दिबस या दिबसको ठाउँमा दिबस बराबर ठहरिने छ। अझ यो बर्षको नारा नै छ, "बिज्ञान, प्रबिधी र आबिस्कार, दिगो बिकासको आधार" जसको लागि अनुसन्धानलाई केन्द्रमाँ राख्नुको कुनै नयाँ बिकल्प छैन। राज्यको लागि लगानी गर्ने प्रेरणा दिन सकने र र बैज्ञानिक र प्राबिधिज्ञको लागि सहकार्य र प्रतिष्पर्धा नै मूल मन्त्र बनोस भन्ने शुभकामना दिन चाहन्छु, जय बिज्ञान दिबस !
(यही आश्वीन १ गते दोश्रो राष्ट्रीय बिज्ञान दिबसको सन्दर्भमा सम्पूर्ण बैज्ञानिक, राजनैतिक एबं प्रशासनिक ब्यक्तिहरुको सचेतना अभिबृदीको लागि लेखिएको यो लेख मिति २०७१ आश्विन २२ गते नागरिक दैनिकमा प्रकशित भएको थियो । )

विज्ञानको माग : सहकार्य र प्रतिस्पर्धा
- बुधबार २२ असोज, २०७१
- रवीन्द्रप्रसाद ढकाल
विज्ञानको माग : सहकार्य र प्रतिस्पर्धा
- बुधबार २२ असोज, २०७१
- रवीन्द्रप्रसाद ढकाल
No comments:
Post a Comment