हीनता र ग्लानिको ओड़ार भित्र
अन्धकारमा टुकी खोज्दै
हिड़ने खुट्टाको अभाबमा लम्पसार पर्ने
भोकमरीका शिकारी, रोगब्याधिका भकारी
ती सोमालियालीहरू, बिबशताको रांकोमा
बुशको पुतला जलाउने शक्ति लिन पाउरोटी खोस्दैछ्न।
*******************************************
आत्मा स्वाभिमानको बिछ्यौनामा
रास्त्रबाद्को सिरानी हाली
धुइपताल दुमसे प्वालामा
बुशको किरिया बस्न
उता सद्दाम सिनोमा नून हाल्दै
निर्धक्कसंग आपत्तिको पर्खाल चढ़ी गिर्जाघर जाँदैछ।
***********************************************
आत्मा रति प्राप्तिको लागि
रक्त पिपाशु कोकिने
फुजीमोरी संग हातेमालो गर्दै
आयाकुचोका गुजमानका जनयुद्धमा
गिद्दे आँखा गाडदै
आशक्ति र बिरक्तिमा भुट्भुटीदैं
मानबलाई जनाबर सम्झी
पानीको चौघेरा भित्र पिंजडामा, चिसो छिंडीमा
परिबर्तनका स्रष्टालाई
धुपौरेको आंगनमा थंक्याई
तिनै बिश्व मालिक
दुनिया संग चिएर्स गर्न आतुर छ।
**********************************
प्रशान्तको गहिराई, हिमाली उचाईको सिमाको परिधिमा
बुश र गोर्बाचोव को छात्ती फोड़न
याल्त्सिन र क्लिन्टनको मुटु चिर्न
उत्तरको तरबार र बन्दुक बोकी
भोक, रोग, आक्रोश अनि जोशमा
दाया र बाँयाको बजामा
मार्चपास गर्दैछ्न अनि संसार फेरने कसम खांदैछ्न,
पेरुभियाली भएर।
********************************************
( अचम्मै भयो! जनदीप पुस्तकालयको मुख पत्र जनदीप निस्कंदा प्रेसमा दिन तयार बनाएको पांडुलिपि फेला पर्यो। पल्ताउँदै गएं, ठीक १९ बर्ष अगाडी लेखेको मेरो कडा अंतरास्त्रिय कबिता पो देखियो। दुम्सीको प्वाल्मा सद्दाम भेटियो, भाबिस्य ज्ञाता जस्तो! पेरुभियालीको कसम पूरा नभए पनि मेरो त्यों बेलाको कबिता जस्ताको तेस्तै । यो कबिता प्रथम भएर पुरस्कृत पनि भएको थियो त्यतिबेला। लेखेको मिति साएद त्यों बेलाको लक्ष्मी पूजा, तर पांडुलिपि तैयार परेको मिति भने - २०४९, १०- ११ )
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
No comments:
Post a Comment