बादल उही छ
नपर्ने पानी उही छ
बन्दूक उही छ
पड्काउने उही छ,
फरक केबल ६७ मा १ बढी छ ।
हार्ने जो छ कुर्चिमा बिराजमान उही छ,
पहिले हार्ने पो थियो अहिले जित्ने त छ,
तर हार्नेको बोलवाला चर्को छ,
अदालत उही छ र त
जित्ने पुरानै छ ,
फरक सिर्फ़ ६७ मा १ बढी छ।
कर उठेर के भयो?
उठाउने गुप्तबास, बहिवाला घरको बास
फरक यत्ति हो ,
पहिले मुख ठुलो थियो अहिले मुख धेरै छन,
पहिले बस्तु थोरै थिए अहिले जे पनि छन,
६७ मा किन झर्ने भन्ने
ऐले भर्याङ्ग खोज्दैको हैरान छ।
हामीलाई के छ र?
बालकलाई फुर्क्याउने,
बुढालाई तर्साउने
युबालाई खाई न पाईसंग जोस्याउने
यो जोड़, ६७ +१ = २०६८
इस्बी र बिक्रमको हांडीमा नभुटिए
यही मौकामा नया बर्षको शुभकामना भन्दै गरौंला,
अहिलेलाई सबैलाई हार्दिक शुभकामना !!!
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
खडेरिमा राखेको पानी, सुख्खा र बन्जर जमीनमा हानेको कोदालो, बिहान बेलुकाको रेखदेखको करामात स्वरुप बिभिन्न रंग, संख्या, स्वरुप, र आकृतिमा मुस...
-
मायामा लयालु अर्तिमा अद्भुत सुन्दरतामा अद्वितीय हेरचाहामा बेजोड पकवानमा अमुल्य! X X X , X X X X X सशरीर भेट्न नसके प...
-
शहर उस्तै छ, गाऊँ झनै जस्ताको तस्तै माथि जाने चौतारो एक्लै भयो ओरालोको भट्टी बाक्लिँदै गयो बाटो सुंघ्दै जांदा पो थाहा भयो गनाउन...
hajurlai pani dherai dherai subhakamana
ReplyDelete