उपत्यका भौगोलिक दृष्टिले अन्य शहर भन्दा नितान्त अलग छ र त्यसैले यहाँ भएको प्रदूषित बायुको प्रसारण पनि एकदम संकुचित छ। यसको प्रत्यक्ष अनुभव हामी नेपालको कुनै पनि कुनाबाट काठमांडू आउंदै गर्दा गर्न सक्छौं। जाडो या गर्मीमा नदी किनारको हाबा र केही धुलो खांदा खाँदै एक्कासी काठमांडूको बिशेष गन्ध नाकमा च्वास्स पसे पछि निदाउँदै गरेको मान्छेले पनि बायु प्रदूषणको छनक पाउँछ। यसरी नागढुंगा केही अघि सम्म एक लक्ष्मण रेखा जस्तो थियो जसलाई पार गर्ने बित्तिकै प्रदूषित संसारमा पसेको अनुभूति हुन्थ्यो, तर अहिले यो रेखा तन्किँदै छ र कच्ची बाटो हुँदै बिस्तारै गाऊं पस्दै छ। तर अझै पनि प्रकृति उस्तै उस्तै छ। भित्र(काठमाडौं उपत्यका) को बायु हानिकारक केमिकल युक्त छ भने बाहिर(उपत्यका बाहिर, बिशेष गरी सडक किनार) भने धुलोको एरोसोल(धूलिकण युक्त बायु) को बाहुल्यता छ। यसरी काठमांडू छोड्दै गरेको मान्छेले धुलोको प्रदुषणको सामना गर्न तैयार हुनु पर्ने भएको छ भने भित्र पस्दै गरेको मान्छेले धुलो सहितको अन्य हानिकारक बायुको सामना गर्न तयार हुनु पर्ने भएको छ। यो बिगत एक दशक मात्रै पनि हेर्ने हो भने जसरी हाम्रा युबाहरू बिदेशीय, ठीक त्यसै गरी प्रदूषित बायु पनि काठमांडूबाट बाहिर छरिँदै छ। पहिले नागढुंगाबाट हेर्दा चितवन र धादीङका परका डांडा देखिन्थे तर अहिले मुस्किलले नौबिसे देख्न सकिन्छ। साउने झरीले केही पखालिएको आकाश त्यही रुपमा १ महिना रहला, तर लामो समय सम्म रहन्न। औद्योगिक बिकास नहुँदा नहुँदै पनि यसरी प्रदुषण बढ्नु भने एक बिडम्बना नै हो।
बिहान बेलुका यस्सो टहलिन जांदै गर्दा हाबा खान हिँडेको भन्ने कहाबत अब एकादेशको कुरा बन्दै छ। अब त धुलो र फोहोरको थुप्रोबाट निस्कँदै गरेको बायुपान नै नियति बन्दै छ। यो त खुला आकासको कुरा भयो, यसबाट वाक्क भएर धेरै मान्छेहरु हिजो आज घर भित्र बस्ने, भेटघाट पनि घर भित्रै गर्ने बानिको बिकास हुँदै गरेको छ। सरसर्ती हेर्दा एक जना मान्छेले खुला आकाशमा मुस्किलले ३-४ घन्टा बिताउने गर्छ र बांकी समय भनेको घर या अफिसमा बिताउने गर्दछ। गृहणीको त झनै बढी समय घर भित्रै बित्ने गर्दछ र मार्निंग वाक् गर्ने मशीनहरु समेत घर भित्र पस्न थालेका छन। यही सेरोफेरोमा हाम्रो बन्दै गरेका घरहरू कति कम प्रदूषित छन त? यसको चिरफार र जानकारी अत्यंत जरुरी हुन आउँछ। म यी कुराहरु बूंदागत रुपमा राख्ने प्रयास गर्दै छु जून कुरा आम मान्छेलाई समेत जिबनोपयोगी हुन सक्छ।
१। जैबिक प्रदुषण : जिबाणु, कीटाणु, ढुंडी, ढुसी, पोलेन र तिनीहरूबाट निस्कने फोहोरमैलालाई जोड़ने हो भने यिनीहरुको तौल हरेक घरमा एउटा सिरानीको तौलको आधा जति हुन आउंछ। यिनिहरु एरोसोल मात्रै हैन हामी सबैलाई थाहा छ, थुप्रै रोगब्याधका घर पनि हुन। त्यों भन्दा बढ़ी तिनिहरू प्रजनन समेत गर्न सक्ने हुनाले बहुत सचेत हुनु पर्दछ। तिनिहरू आद्रतामा बढ़ी फस्ताउने हुनाले प्रतिबाष्प युक्त कोठा बनाउन छिर्न सक्ने गरी झ्याल राख्ने र कपडाहरुलाई नियमित सुकाउनु नै उपयुक्त हुन जान्छ।
२। न्यून बाष्पिकरणयुक्त जैबिक पदार्थ(भोलाटाइल अर्गानिक कम्पाउंड, VOC): नक्कली काठ (OSB र फाइबर) बाट निस्कन सक्ने फोर्माल्डीहाइड़ भनिने ग्यास, कार्पेट र फर्निचरबाट निस्कन सक्ने साइनाइड र फोर्माल्डीहाइड़ जस्ता हानिकारक रसायन, सर्फ़, बढी स्प्रे, पेंट्स, ग्लू, कार्पेट याडेसिव, कस्मेटिक आदिबाट निस्केको VOCs हरुले हामीलाई आक्रांत बनाइरहेको छ। यिनीहरु प्रयाजस्तो अर्बुद रोगका जननी मानिन्छन। यसैले प्राकृतिक समानको उपयोग गर्ने बानी बसाल्ने, झ्याल ढोका खोलेर मात्रै यस्ता समानको प्रयोग गर्ने, र सकेसम्म बस्नादार चिजहरुको उपयोग कम गर्नु नै उत्तम मानिन्छ।
३। धुम्रपान: चुरोटलाई अर्बुद लट्ठी नै भने पनि यसको प्रयोग अझै रबाफको बस्तु बनिरहेको छ। अझ घर भित्र नै यसको पान गर्नाले लामो समयसम्म यसको मात्रा बढ़ी हुन्छ। अझ घर भित्र कुनै एक कोठालाई बनाउनु पनि कुनै पनि कारणले उपयुक्त मानिन्न किनकी ग्यास एकआपसमा घुलित हुन्छन र भेन्टिलेसन नहुने बित्तिकै घर भित्र फैलीं जान्छ। त्यसैले सबैको घरलाई धुम्रपान निषेदित क्षेत्र बनाई धुम्रपान गर्ने परे खुला आकासमुनी गर्ने बानी बसाले थोरैमा पनि लामो समय बिताउने घर कम बिशाक्त हुन जान्छ।
४। गर्हौ धातु (हेवी मेटल): क्रोमियम, मर्करी, र शीशा(लेड) अति बिशाक्त धातुको ग्रुपमा राखिन्छ जसलाई हामी यो या त्यों रुपमा उपयोग पनि गरिरहेका हुन्छौं। थुप्रै शिशायुक्त पैंट्स र पारोका ल्याटेक्सहरुले हाम्रा भित्ता र काठ्हरू सुन्दर बनाइएका हुन्छन। शीशा स्पर्शबाट र पारो बाश्पिकरण मार्फ़त स्वश्प्रश्वास प्रणालीमा छिर्ने हुनाले हामी आफ्नै घर भित्र कति असुरक्षित छौं भन्ने कुरा देखौंछ। यिनिहरूले बिशेष गरेर बाल मष्तिस्कको बिकासमा अबरोध पुर्याउने र अंतत सुष्त मनश्थितिमा पुर्यौंछ, बौद्धिक क्षमतामा ह्रास र स्नायु प्रणालीलाइ कमजोर तुल्याउन्छन। त्यसैले यिनीहरुको प्रयोग गर्दै नगर्ने नै एक मात्र उपाय हुन आउन्छ।
५। कार्बन मोनोअक्साइड : ग्यास र दाउराको अपर्याप्त दहन, घरको बेसमेन्टमा पार्किंग र निस्कँदै गरेको गाडीले फालेको बायुमा बिशेष गरेर कार्बन मोनोअक्साइड नै हुन्छ। यसले हाम्रो शरिरको कोषिकाबाट अक्सिजनलाई बिस्थापित गरी मृत्यु या श्वाश र स्नायु प्रणालीमा तनाब ल्याउने गर्दछ। त्यसैले हाम्रो चुलो र गाडीलाइ नियमित चेक गरी राम्रो स्थितिमा राखौं या घर भित्र पार्किंग नगरौं।
६। बिशाक्त पोलीमर्स: उच्च निम्न देखि मध्यम बर्गाका हरेकका घरमा देखिने PVC(पोलीभिनाइल क्लोराइड) का कार्पेट र पाइपहरु , उच्च मध्यम बर्ग र उच्च बर्गका सबैका घरमा पाइने तिनै PVC का सामग्री या पोलियुरिथेनका फोम र पार्केटिंगका सामाग्री भेटिन्छन। यिनीहरु देख्दा राम्रो, जीबन सहज देखिने हुनाले सबैको आँखा पनि तान्ने गर्दछ। कथं कदाचित आगलागी हुंदा झनै यिनीहरुको दहनबाट निस्कने बिशाक्त पदार्थ झनै हानिकारक हुने गर्दछ।
यसो सोचौं त, बाहिरी संसारबाट वाक्क भएर होस या कामबाट थकित भएर भोक, प्यास र निद्रा मेटाउन, माया साटासाट गर्न र आफ्नो अस्थित्व जोगाउन नयाँ पिंढी बनाउने स्वर्ग जस्तो प्यारो घर नै बिष कन्या बन्न गयो भने कति त्रासदी युक्त जीबन हुन्छ। जसरी १९७० सम्म बनेका ठूला भबनहरू जाडो छ्ल्न र ध्वनि प्रदुषण कम गर्न असबेस्टस जस्ता बिशाक्त प्रयोग गरिएका हुनाले अहिले अमेरिका, यूरोप र जापानमा ती घरहरू भुत बंगला बनेका छन। यी प्रतिनिधि घटनाबाट पाठ सिक्दै हामीले बनौँदै गरेका घरहरू कम प्रदूषित बनाऊं यथेष्ट सचेतना अपनाउनु पर्ने देखिन्छ। दिनको २० घन्टा बस्ने घरमा मास्क लगाएर बस्नु या नाक थुनेर गफ गर्नु युक्ति संगत हुन्न। बिकासको चरण भर्खर बमे सर्दी गरेको हाम्रो जस्तो देशमा असाबधानीबस जथाभाबी घर बनाउँदै गयौं भने हाम्रा अस्पताल र डाक्टरले थाहा पाउने रोग र ब्यथा बोकेर हामी भौतारिनु पर्ने हुन्छ। जसरी जापानले बिकासको सुरुका दिनहरुमा ज्ञानका अभाबले पारो र क्याड्मियम समुद्रमा फाले र त्यसको प्रतिफल क्रमश: मिनामाता र इताई इताई भन्ने रोग उनै। त्यों क्षण नदोहोरिएला भन्न सकिन्न। सम्बंधित सबै सरोकारवालाहरूले नि मनग्गे सोच्नु पर्दछ, अन्यथा हामी संग पछुताउनु बाहेक अरु कुनै एको रहने छैन।

No comments:
Post a Comment