Saturday, January 1, 2011

नयाँ बर्ष २०११ को मंगलमय शुभकामना!

पुराना दिन सम्झंदा यस्तो लाग्छ, मार्साबलाई सोधेर जन्ममिति लेख्दा धन्दै गल्ती गर्ने हामीजस्ता नेपालीले यो अंग्रेजी नयाँ बर्ष यसरी मनाइएला जस्तो पनि लागेको थिएन। एक दशक सम्म बिदेश बसाई पछि दुई-दुइओटा नयाँ बर्ष मनाउने बानी नै पर्यो। । यो नयाँ बर्षले भिन्दै खालको अनुभूति भने दिलायो। जापानमा बस्दा समुन्द्र या डांडाबाट उदाउँदै गरेको सूर्य हेर्ने र बिहानै डांडा चड़ने प्रचलनलाई निरंतरता दिन गत बर्षको बर्षान्तमा छोटो मोटो झोली तुम्लो बोकेर आतंरिक पर्यटनको बढ़ावा गर्न भनी हामी नगरकोट प्रस्थान गर्यौं । पर्यटन बर्ष २०११ लाई सफल पार्न केही सहयोग पनि पुग्ने, आफुलाई पनि आनन्द हुने हिसाबले र पुराना यादगारको अनुभूति लिन नगरकोट लागियो । तर केही समयको यात्रा पछि नै किन हो कुन्नि पर्यटन बर्षको खिल्ली उन्ड़ेको देख्दा मनै अमिलो भएर आयो। ती फाट्ट फुट्ट देखिएका पर्यटकहरू नेपाली नक्सा बोकेर हिंडेका थिए, तर अफसोच नक्सामा लेखिएको म्याप सडकमा थिएन, सूर्य बिनायकबाट कमल बिनायक सम्म जान निर्देशन कतै छैन, १० बर्ष पहिला रत्नपार्कबाट जान मिल्थ्यो, अहिले छैन, रोकिने बस स्टाप फेरिए, बाटो थाहा पाउने काइदा भनेको उही किराना पसलमा लेखिएको साइनबोर्डका गठ्ठाघर, सुर्यबिनायक, कमलबिनायक हेर्दै जानू पर्ने अचम्मको बिडम्बना। नगरकोट पुगियो, आगो तापियो, मादल बजाइयो, र सबै बिदेशी पाहुनालाई गीत गाउन लगाएर रमाइलो पनि गरियो। ५ जना डाक्टर रहेछन, मीठा गीत गाए, एक जना स्पानिश रहेछन नेपाली टुहुरालाई सहयोग गर्न भनेर आएका, तिनैका घर आफ्नो भन्दा ठुलो देखेपछि दिक्क मानेर नेपाल घुम्न निस्केका रहेछन, दुखेसो पोखे, र मन हल्का गरे, एकजना ग्रीक नागरिक रहेछन, ॐ माने पेमे हो भनेर घोकर बसेका। यसरी नै काउंट डाउन सकी संधैं झैं बिहानको सूर्य उदय हेर्ने लालासाका साथ बिदेशी नागरिक संग नयाँ बर्षको शुभकामाना साटासाट गरी सुतियो। न पुर्बानुमान, न लक्षण, पानी पर्यो बादलले आकास ढाक्यो, आधा रहर सेलायो। बिहानको नास्ता पछि ३.५ किमीको दुरिमा रहेको टाओर ताकेर हानियौं। बिहानको सित्तल र स्वच्छ पवनको रसास्वादन गर्दै तावोर पुग्दा एस्तो लाग्थ्यो अरुको उमेर १ बर्ष बडदै गर्दा आफ्नो उमेर १० ले घट्दै छ जस्तो लाग्थ्यो। (किन होला? पत्ता लगाउने जिम्मा तपैहरुकई)। टाओर पृथ्वी नारायाणले निर्माण गरेको जस्तो, चढन खोजने हामी नेपाली स्वम्भुका पुर्खा जस्ता, देखिने हिमाल सातुको थुप्रो जस्तो न कुनै हिमालको नाम कतै लेखिएको छ, बादल लागे पनि यो देखिने हिमालको फोटो ठाउं मिलाएर राखिएको भए नेपालका हिमालका नामहरु जान्न कुनै नेपालीले पनि बिदेशी संग सोध्न त पर्दैन्थ्यो। यो बाक्य किन भन्दै छु भने एक जना आतंरिक र आधुनिक पर्यटक बहिनिले बीरगंज भनेको इंडिया हैन? भन्दै ठुलो स्वरमा सोध्दै थिईन।
सांच्चै यो नयाँ बर्ष रमाइलो संग मनाउँदै गर्दा युबाहरुमा देखिएको कुलत र बिकृतिले कता कता असजिलो पो बनायो।
जिबनमा पहिलो चोटी नेपाली भूमिमा यसरी बिदेशी नया बर्ष मनाइयो। मनाउन भने जापानी तरिकाले नै मनाइयो। आधा बकुल्ला जस्तो, आधा आधुनिक जस्तो। के नमिलेको के नमिलेको जस्तो। जे भए पनि एकदम रमाइलो रह्यो।
यही ऐनमौकामा यहाहरू सबैलाई मेरो मेरो परिबारको तर्फ़बाट नयाँ बर्ष २०११ को हार्दिक मंगलमय शुभकामानाब्यक्त गर्दछु

1 comment:

  1. Rabi ji
    dhilai bhaye pani tapai lai naya barsa ko suvakamana.

    Arko chuttai prasanga चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा www.dautari.org पाल्नूहोला.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...