Sunday, May 30, 2010

तिमी त स्थुलका मानब पो रहेछौ !

तिमी त स्थूलका मानब
घडेरी नै प्यारो छ,
म त रगत र पसिनाको मान्छे,
रगत नै प्यारो छ।

तिमीले देश च्यातचुत पारी खायौ
देशको रौतो खायौ, फेरी सुकुटी खायौ,
त्यों सारंगी पेटको इंडोस्कोपी जो हेरें
अल्सरै अल्सरको बिबिरा मात्रै पाएं,

तिमी त स्थूलका मानब
घडेरी नै प्यारो छ,
म त रगत र पसिनाको मान्छे,
रगत नै प्यारो छ।

बनबासको अबधि नै भयो,
कुकुरको पुच्छर अझै बांगो
सिगाने बालक पनि डाक्टर बन्थ्यो
म त मेराको कंकाल खोज्दै छु,
तिमी त घडेरी रोजेको रोज्यै छौ,

तिमी त स्थूलका मानब
घडेरी नै प्यारो छ,
म त रगत र पसिनाको मान्छे,
रगत नै प्यारो छ।

तिमी बन्दुक खोज्न बेल्जिएम गयौ
म श्वास खोज्न जाम्दी गएं
तिमी कोतपर्ब गर्न गोरखनाथ धायौ,
म यातना चियाउन चौकी धाएं,
अनायास अस्ति एउटै बाहानमा पर्यौं,
मैले पुन श्वासको कुरा सोधें,
तिमी त अझै घडेरीको भाऊ पो गर्दैथ्यौ,

तिमी त स्थूलका मानब
घडेरी नै प्यारो छ,
म त रगत र पसिनाको मान्छे,
रगत नै प्यारो छ।

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...