Sunday, September 20, 2009

दशैको यादमा

दशैं सधैं बादल फेरेर आउंथ्यो, जमीन सुकेर आउंथ्यो, पुराना लुगा र मैलो फालेर आउने दशै बच्चाहरुलाई कपडामा,खसीमा र पिंगमा आए पनि आय नभएका बहुसंख्यक जनताहरुलाई दशा भएर आउन्छ. धानमा पहेंला बाला लागेपछि, आकाशमा राता धर्सा देखिएपछि, उज्यालो जून देखिएपछी वेस्ट कोट को कल्लारमा छाता झुन्डाएर २-३ जना हिंडे भने खसी किन्ने आए भन्ने अनुभब हुन्थ्यो. चौतारामा बसेर झोला बोकर आउने लरको हेर्ने रमाइलो अर्कै हुन्थ्यो, फाट्ट फ़ुट्ट चाकलेट पनि भेटने, नया नया गफ पनि सुन्न पाइने, सांच्चै रमाइलो हुन्थ्यो. दशैंका बोका का गफ, बोसाको गफ र बस नपाएको गफ्मै दशैं सकिन्थ्यो. मेरो दाईको प्रयासमा हरेक बर्ष सांस्कृतिक कार्यक्रम र साहित्यिक कार्यक्रम हुन्थ्यो. भाबना साटासाट पनि हुने चेतना मूलक पनि हुने, यो मलाई बढ़ी नै मन पर्थ्यो किनकी म त्यति बेला साकाहारी थिएं जसले गर्दा मासुको गफ म सँग हुन्दैन्थे . एउटा अचम्म के भने मैले मासु बिना मनाएको दशैं, मांसाहारी भएर खाएको दशैं र बिदेश बसेर नमनाएको दशैका हिस्सा करीब करीब बराबर नै भयो. तर अहिले एउटा अचम्म के पनि भयो भने म जन्मेको अष्टमी फेरी एक चोटी मेरो जन्मदिन्मै परेको छ. पुराना समझनाको सेरोफेरोमा मेरो गाउका केही तस्बीर.
यसै सिलसिलामा मेरा संपूर्ण नातेदार, साथी शुभेच्छुकहरुलाई बड़ा दशैं २०६६ को हार्दिक मंगलमय शुभकामना!!!
(Photo: Bikash Dhakal)

7 comments:

  1. के गर्ने पहिले मनाको दशैं सम्झिने बस्ने भैयो, रविन्द्र सर। तपाई र तपाईको परिवारलाई पनि दशैंको शुभकामना।

    ReplyDelete
  2. Happy Dashain to you and your family.

    ReplyDelete
  3. Thank you Basanta ji and Jib raj jee and we wish happy dashain for both of you and your family too. Testai bhayo tani, yadgar bokyo, pardeshi mamlo jaso garyo tesai ramro bhanyo, dashain manayo.

    ReplyDelete
  4. रविन्द्रजी, तपाईँ र परिवारमा दशैंको हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  5. Thank you Basanta ji and I reciprocate the same to you and your family.

    ReplyDelete
  6. विजया दशमीको हार्दिक मंगलमय शुभकामना । यो बडा दशै सँगै तपाइको जीवन सुख शान्ती र सम्बृद्धिले झलमल्ल होस

    ReplyDelete
  7. Thank you Surya jii, I also wishes the same to you and your family.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...