आकाश रातियो, बादल भाग्यो
धान ढल्यो, जून टल्कियो
अब त आयो कि भनेको दशैं
तर आएन।
जहानको नानामा आउंछ कि भनेको दशैं
आउँदै आएन।
उद्यानको सदाबहार पिंगले झनै दशैं बोकेन
जौ र मकै रोपर टपरीमा
जमरा उम्रेला भनेको मकै पो उम्र्यो
बिहान टुसाएको जमरा समसांझै हल्लक्कै तन्क्यो
तर दशैं आएन ।
चीची पापा र नानामा नआउने यो दशैं डाक्न
कमेरो, घोर्ले खसी र लिंगे पिंग कहाँ बाट जुटाऊं ?
जमरा संगै नबढ्ने यो दशैं
जति गरे पनि आएन
जमरा उम्र्यो तर दशैं उम्रेन
बस्तु आयो तर आत्मा आएन।
म त रणभुल्लमा परें,
जमरा लाऊं कि दशैं खाऊं?
दशैं मनाऊं कि काममा जाऊं?
काम गरौं कि दशैं संझों?
I'm truly enjoying the design and layout of your blog. It's a
ReplyDeletevery easy on the eyes which makes it much more pleasant for me to come here and
visit more often. Did you hire out a designer to create your theme?
Great work!
Feel free to visit my webpage ... http://Www.Euroteeny.com