Wednesday, June 17, 2009

तुम खुस, हम खुस, तो सब खुस।

भारतीय दूतावास सूत्रका अनुसार राजदूत राकेश सुदले मन्त्रिपरिषद् विस्तार गरिहाल्न गठबन्धनका नेताहरूलाई निरन्तर दबाब दिइरहेका छन् । यसअघि सुदले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले वरिष्ठ नेता केपी ओलीलाई भेटेर मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगर्न 'सचेत' गराएका थिए । (नया पत्रिका)
मन्त्री बन्नलाई चुनिनु पर्ने नभएपछी, कति आनन्द!? निर्बाचन आयुक्त पनि हिडे, बरु यो आयोग पनि एही मौकामा भंग गर्ने पो ही कि? न रहे बांस न बजे बांसुरी! अर्कोले सत्ता कब्जा गर्न लाग्यो भन्दै आफैं थात न थलो संग सत्ता कब्जा गर्न कस्सिएपछि, अब कस्लाई सर्बसत्ताबादी भन्ने? रामबरनलाई भनौ या कटुवाललाई, सूद्लाई भनौं या गिरिजालाई? अब घांडो भएको त्यही नागरिक सर्बोच्चता पर्यो, तेस्को खिसिट्युरि गर्न ओली काम्रेड्लाई छोडेपछि खिस्साखत्तम। चक्काजाममा पनि त्यही, मलाम जांदा पनि त्यही, बसमा भीड़ भए पनि त्यही, हसी मजाक गर्यो, अनि आफु त बिद्वान।
आफ्नै छोरी छोडी छोड़ी कसले अर्काका छोरा छोरीलाई मंत्री बनाउने होला? सारै जोरी खोजे बरु यही मौकामा सन्यासाश्रम तीर पो लम्किने हो कि? ढिलो चांडो छोड्नै छ। एक चोटी बने पछि त बनी हाल्यो नि।
फेरी फॉरम फ़ुटाएर मंत्रिमंडल बनाएको छ, मंत्रालय नफ़ुटाई के रमाइलाले सरकार चलाउने। अब सरकार जोगाउन 'ग्लू मंत्रालय' बनाएर यसो सुद्लाई पनि एउटा मन्त्रीको खोस्टो दीई सपथ खुवाए हुने हो कि? उनलाई डबल जागीर पनि हुने, एता आफ्नो सरकार पनि पक्का, तुम खुस, हम खुस, तो सब खुस।

3 comments:

  1. तपाईंको यो लेखको मैले खुब बिचार गरे , तपाईंको यो बिचारले त सडकको कुरै गरेन त। मतलब के हो सर? माफ गर्नु होला। हा हा

    ReplyDelete
  2. कुन सड़कको कुरा गरौं खै? दांग जाने सड़क कि नाँग्लेभारे, बनेपा कि बालाजू? दिल्ली जाने सड़क कि शशि भबन? जताततै जनता कै सास्ती छ. यो टोटल भद्रगोल छ, दुर्जेय जी, यसमाँ कोही खुस छैनन. तर ब्लगको शिर्षक "तुम खुस हम खुस तो सब खुस" छ, तेसैले न अटाएको हो.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...