Monday, June 15, 2009

नूनको भजन

कालापानीमा देश रुंदा
न मैले रुमाल झिंके
न मैले ढाडस दिएँ
बरु मैले उल्टो महाकाली रोएँ!
सुस्तामा देश रुंदा
न मैले कोकोहोलो मच्चाएँ,
न सांत्वना दिएँ
बरु उल्टो मैले गंडक रोएँ !
माने भञ्झ्यांगमा देश कहालिंदा
म प्रतिक्रिया बिहीन भएँ ।
म निर्बस्त्र भएँ,
म लहै लहैमा भाका थप्ने
देउसे भएँ
उनैको अलोक गाउने भिक्षु भएँ !
र त ऐले
दांङ्ग चिथर्दा
उनको मुखडामा अंतरा थप्दै छु।
बाराको खांबोको बेखबर छु,
सिर्फ़ मलाई गीत गाउनु छु
आफ्नै गीत र मेरै गीत
लेकिन उही आयातित खैंजेडिको तालमा।

( समर्पण - आज गर्ने भनिएको अतिक्रमण बिरुद्ध ग्लोबल प्रतिरोधको प्रतिक स्वरुप यो कबिता यहाहरुमा। )

1 comment:

  1. ke bhayo aja mero yo postinglai? aundai jandai garchha. anyone can help me, why it happened?

    ReplyDelete

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...