Monday, June 15, 2009

नूनको भजन

कालापानीमा देश रुंदा
न मैले रुमाल झिंके
न मैले ढाडस दिएँ
बरु मैले उल्टो महाकाली रोएँ!
सुस्तामा देश रुंदा
न मैले कोकोहोलो मच्चाएँ,
न सांत्वना दिएँ
बरु उल्टो मैले गंडक रोएँ !
माने भञ्झ्यांगमा देश कहालिंदा
म प्रतिक्रिया बिहीन भएँ ।
म निर्बस्त्र भएँ,
म लहै लहैमा भाका थप्ने
देउसे भएँ
उनैको अलोक गाउने भिक्षु भएँ !
र त ऐले
दांङ्ग चिथर्दा
उनको मुखडामा अंतरा थप्दै छु।
बाराको खांबोको बेखबर छु,
सिर्फ़ मलाई गीत गाउनु छु
आफ्नै गीत र मेरै गीत
लेकिन उही आयातित खैंजेडिको तालमा।

( समर्पण - आज गर्ने भनिएको अतिक्रमण बिरुद्ध ग्लोबल प्रतिरोधको प्रतिक स्वरुप यो कबिता यहाहरुमा। )

1 comment:

  1. ke bhayo aja mero yo postinglai? aundai jandai garchha. anyone can help me, why it happened?

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...