सखारै उठने तिम्रो शहर
तिमीले भने भन्दा बढी जागा रहेछ
अबेर सम्म नसुत्ने तिम्रो शहर
तिमीले भने भन्दा बढी बेकाम रहेछ।
मैले त सम्झें,
कामकाजी मात्रै बस्ने यो शहर
सबै काम ट्याममा गर्छन,
सबै बाठा मात्रै बस्ने यो शहर
राम्रा मात्रै काम तमाम गर्छन
सुकिला मात्रै बस्ने यो शहर
काम सबै सफ़ेद हुन्छन,
तर
सखारै उठने तिम्रो शहर
तिमीले भने भन्दा बढी जागा रहेछ
अबेर सम्म नसुत्ने तिम्रो शहर
तिमीले भने भन्दा बढी बेकाम रहेछ।
दिन भरी थाकेको तिम्रो शहर,
अंतिम रेलमै फ़न्को मार्दों रहेछ
आफ्नो जात जनाउन होला,
त्यों निबर्तमान गरीब
टपरी बोक्न छोड्दो रहेनछ।
भीख माग्नै नटूटने भए त्यो मिठो साग र भात छोड़ी
तिम्रो बासी भात खान
म किन बसिरहुँ तिम्रो शहर ?
सखारै उठने तिम्रो शहर
तिमीले भने भन्दा बढी जागा रहेछ
अबेरसम्म नसुत्ने तिम्रो शहर
तिमीले भने भन्दा बढी बेकाम रहेछ।
हांसो र खुसीकोबन्दकी राख्न पर्ने तिम्रो शहर
चिनेकालाई चिन्न छाड़ने तिम्रो शहर
अभद्रलाई खास्टो खोज्ने तिम्रो शहर
अनाथलाई अरु थिचने तिम्रो शहर,
खै कहाँ हेरौ ?
भाले भन्दा पहिले कराउने तिम्रो रेल हेरौं कि ?
पोथी भन्दा ढिलो ओथारो बस्ने तिम्रो घर हेरौं?
झट्टै फेरिने कुनै सुरसांगै देखिन,
मन्दी खपेर तिम्रो शहर
झट्टै निस्केला जस्तो पनि लागेन,
काम न बेकाम संग पनि रात छिचल्ने तिम्रो शहरमा
किन बसुँ म ?
शिकागो, सिडनी, टोकियो र लन्डनको कथा सुन्दा
बेकाम निद्रा फाल्नु भन्दा,
कन्दरामा सुन खानी खोतल्न जान पो मन लाग्यो,
नात्तो छोडे गुन्द्रुक छ, गुन्द्रुक छोडे नात्तो
यो समीकरण नै छोडे पनि हात लाग्ने रित्तो
अनि किन दकुरुं म अर्को भरीया बन्न
बरु लाग्छु बाटो खन्न,
एउटा आर्को नानोमा दगुर्न
नाढांटी भन्दा
तिम्रो शहरमा बस्नै मन लागेन ।
सखारै उठने तिम्रो शहर
तिमीले भने भन्दा बढी जागा रहेछ
अबेर सम्म नसुत्ने तिम्रो शहर
तिमीले भने भन्दा बढी बेकाम रहेछ !!!
(पुनश्च: म न बिज्ञान बिरोधी, न बिकाश बिरोधी हूँ , फगत मैले त बिकाश भित्रको बिकृति माथिको कटाक्ष्य गरेको हो र म सिटी बाट भागेको पनि हैन। अर्को आफ्नै सिटी बनाउने धेय ले जान्छु न भनेको हो, टाटा को नानो चढन आफ्नै शहरमा, तिम्रो शहर र हाम्रो शहरको फरकले गर्दा । यो शहरलाई सुधर्नै नसक्ने पनि त होइन, इक्षा शक्तिमा भर पर्ने न कुरा रह्यो । फेरी यो सुद्द कबिता न पर्यो साहित्यको लागी, न की कुनै कार्यपत्र नै। )
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
No comments:
Post a Comment