Wednesday, April 1, 2009

कस्तो निर्जिब भंडारे?

हिंजो तिमी थियौ, म थिएँ,
हामी थियौं
कति ढुक्क थियो,

नारा मिलेको थियो
सानो घर सुखी परिबार,
आज तिमी छैनौ,
म मात्रै छु,
हेर त, कति बिह्वल छ?

तिमी जागेका थियौ,
म उठ्न त उठेको थिएँ,
मेरो आफ्नै मंत्र थियो जप्नलाई
तिमी जागा रहेको निर्क्योल भने गरि रहें,
तिमी उठेको थाहा पाएं,
मैले अझै ढुक्कले जपें,
खै कहां के भयो कुन्नी?
म जपी जपी पंडित भएँ ,
तिमी छौ या छैनौ
कुनै माइकलाल बोल्दैनन,
खोज्नु खोजें मैले,
लिस्नुमा खोजें
सिस्नुमा खोजें
दुर्बिनले खोजें,
दराजमा खोजें
नभेटेर भंडारेलाई सोधें
न भंडारे बोल्छ,
न भंडारे बोल्दिन भन्छ
अरुको भंडार त बाहिरै बन्द हुन्थ्यो,
उसको भंडारको ढोका त खुलै थियो,
निस्पट्ट निशाचार थियो तर,
भित्रै गएँ, छामछुम पारें
दशक भयो , अहं,
त्यो बडेमानको भोटे ताल्चा खुल्दै खुलेन,
कैयौं मालिक आए गए
टस को मस हुन्न,
कस्तो निर्जिब भंडारे यो?

हिंजो तिमी थियौ, म थिएँ,
हामी थियौं
कति ढुक्क थियो,
आज तिमी छैनौ, म मात्रै छु,
हेर त, कति बिह्वल छ?

1 comment:

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...