चिसो रमणीय त्यो पर्यामनोहरतुल्य त्यो छटा
भासियो भन्ज्याङ बन्यो
छ जस्तो स्थल नाम त्यो रह्यो हरा।
xxxxxxxxxxxxxxxxxxxxxxx

बलिष्ट तिम्रा पाउ र नाडी
उठायौ सिमली र धानका भिम भारी
जोगायौ गुँड सदा आँटले
हुर्कायौ हामीलाई ठुलो त्यो साहसले।
xxxxxxxxxxxxxxxxxxxxxxxx
काम मेरो र तेरो थिएन त्यहाँ
थिए बरु आफ्नै काँधमा
गर्नु जे छ गर्छु म भन्ने थियो बरु मनमापढी ठुलो बन भन्ने थियो केवल तिम्रो कामना।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxx
थियौ तिमी हक्की एक, मान्छे जाँच्न पारखी,
न्याय, सेवा, सु-कर्म होस, थियौ तिमी एक चलाखी
आयो मुख हेर्ने दिन यो आउँछ तिम्रो याद भै
बित्यो बिशौं बर्ष तिमी बिनाको साथमै।
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
अर्बुद थियो आँट गर्ने तिमीलाई केवल बन्यो यम भाई
गयौ तिमी असमयमै एक्लै पारी हामीलाई
आश म यो गर्छु कि याद तिम्रो आइरहोस
चिर शान्ती मिलोस त्यहाँ, साया यहाँ छाईरहोस !xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
सुन्दर छ त देश तर अशान्त छ यहाँ
दुखमा पनि हाँस्छ बेस्सरी तर बिलौना छ जहाँ तहाँ
आश मेरो यो छ कि प्रगती तिम्रो भै रहोस
शान्त सम्बृद्ध हुँदै छ देश यो ढिलो भने भैसक्यो!!!
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
No comments:
Post a Comment