Friday, December 11, 2015

टिपन टापन : प्लाष्टिकजन्य फोहोरबाटै डिजेल


नाष्टले केही साताभित्रै परीक्षण उत्पादन थाल्ने

प्लाष्टिकजन्य फोहोरबाटै डिजेल
मङ्सिर २२, काठमाडौं । इन्धन अभावले मुलुक आक्रान्त भएको बेला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले प्लाष्टिकजन्य फोहोरबाट डिजेल उत्पादन गर्ने तयारी गरेको छ । नाष्टले केही साताभित्रै यसको परीक्षण उत्पादन थाल्ने बताएको छ । नाष्टमा जैविक इन्धनबारे अध्ययनको नेतृत्व गरिरहेका वैज्ञानिक रवीन्द्र ढकालले भने, ‘हामी तेल खानीको विकल्प खोज्दै हिँडेका छैनौं, तर इन्धनको सहायक स्रोतको रूपमा यसलाई विकास गर्न सकिन्छ ।’ फोहोरको रूपमा फालिने प्लाष्टिकलाई पगालेर हाइड्रोकार्बन (डिजेल)मा बदल्ने यस्तो प्रविधिको प्रयोग जापानलगायत धेरै मुलुकले यस अघिदेखि नै गरिरहेका छन् । ‘नेपालमा यसको व्यावसायिक उत्पादन गर्ने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि निजीक्षेत्रका व्यवसायीहरूलाई बाटो देखाइदिने काम हामीले गरिरहेका छौं ।’
ढकालका अनुसार हालको प्रविधिमा १० किलो प्लाष्टिकबाट औसतमा ७ लिटरसम्म डिजेल उत्पादन गर्न सकिन्छ । बाक्लो प्लाष्टिक भए ९ लिटरसम्म पनि उत्पादन हुन्छ । यो डिजेल फ्याक्ट्री र ट्रकजस्ता ठूला सवारीसाधनमा प्रयोग गर्न सकिन्छ । नाष्टले अहिले इन्धनको गुणस्तर सुधार गर्ने र लागत कम गर्ने दुईओटा उद्देश्यमा अनुसन्धान केन्द्रित गरेको ढकालले बताए । उनले कारमा प्रयोग हुने पेट्रो समेत प्लाष्टिकबाट बनाउने गरी अध्ययन भइरहेको बताए ।
सरकारले गतवर्ष नै प्लाष्टिकजन्य फोहोरबाट इन्धन उत्पादन गर्नेबारे अनुसन्धान गर्न नाष्टलाई १ करोड रुपैयाँको परियोजना स्वीकृत गरेको थियो । त्यही परियोजनाअन्तर्गत परीक्षण उत्पादनका लागि नाष्टले मेशिन खरीद प्रक्रिया अघि बढाएको हो । ‘अब केही साताभित्रै नाष्टमा मेशिन आइपुग्छ र हामी परीक्षण उत्पादन थाल्छौं,’ ढकालले भने । एक ब्याचमा १० किलो प्लाष्टिक प्रशोधन क्षमता भएको चिनियाँ मेशिन नाष्टले खरीद गर्न लागेको छ । सो मेशिनलाई उक्त १० किलो प्लाष्टिक प्रशोधन गर्न करीब ३ घण्टा समय लाग्नेछ ।
सरकारले काठमाडौं उपत्यकालाई गत वैशाखबाट नै प्लाष्टिक झोला मुक्तक्षेत्र घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । उपत्यकाको फोहोर व्यवस्थापन गरिरहेको काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाबाट दैनिक करीब ७५ मेट्रिक टन प्लाष्टिकजन्य फोहोर निस्किन्छ । ‘कुल फोहोरको १५ प्रतिशत प्लाष्टिकजन्य फोहोर निस्किन्छ,’ महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविमान श्रेष्ठले भने, ‘त्यसमध्ये १५ देखि २० टन रिसाइकलका लागि प्रयोग हुन्छ ।’
श्रेष्ठका अनुसार दैनिक ५५ देखि ६० टन प्लाष्टिकजन्य फोहोर महानगरले ठूलो लागत खर्चेर व्यवस्थापन गर्नु परिरहेको छ । अहिले प्रतिकिलो फोहोर व्यवस्थापनको लागत २ रुपैयाँ १० पैसा रहेको उनले बताए । यसरी ‘रिसाइकल’ नहुने प्लाष्टिकजन्य फोहोरको मात्रै व्यवस्थापनका लागि महानगरले दैनिक औसत १ लाख २५ हजार रुपैयाँ खर्चनु परेको छ । नाष्टको अध्ययनले सोही परिमाणमा प्लाष्टिकको प्रशोधन गर्ने हो भने दैनिक ४० हजार लिटर डिजेल उत्पादन गर्न सकिने देखाएको छ । यो नेपालको कुल मागको १ दशमलव ३ प्रतिशत हो ।

फालिएका प्लाष्टिकबाट डिजेल निकाल्ने तयारी 

22 November, 2015



Plastic
नेपालमा इन्धन समस्यापछि यसको विकल्पमा अनेक उपाय अपनाउन थालिएको छ । पछिल्ला समय फालिएका प्लाष्टिकबाट डिजेल निकाल्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
हुन त यो प्रविधि नेपालमा पहिलोपटक प्रयोग हुन लागेको भने हैन । नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पूरानो हो । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ ।
नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउने उद्देश्यका साथ आवश्यक उपकरण ल्याउने काम अन्तिम चरणमा पुगेको छ । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ । नास्टका वैज्ञानिक डा रवीन्द्रप्रसाद ढकालका अनुसार सामान्य पानीको बोतल एक किलो प्रशोधन गर्दा सात सय मिलिटिर पेट्रोल उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा आठ सय मिलिटरसम्म पेट्रोल उत्पादन हुन सक्छ ।
विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ । प्लास्टिकजन्य फोहर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले नजलाउन आग्रह गर्दै इन्धन निकाल्न प्रेरित गर्नुपर्ने छ ।
काठमाडौँ महनागरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा महानगरको मात्रै ५५० टन फोहर उत्पादन हुन्छ । उत्पादित फोहर मध्ये २० प्रतिशतभन्दा बढी फहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य हुन्छ । यस हिसाबले २० टन भन्दा बढी प्लास्टिकजन्य फोहर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । “एक हजार किलो प्लास्टिकको फोहरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ” डा ढकालले भन्नुभयो ।
काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर पेट्रोल उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायगढ, पोखरा, दाङ, नेपालगन्ज, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ ।
वातावरण विभाग प्रमुख कुँवर प्लास्टिकको फोहरबाट इन्धन निकाल्ने विषयमा महानगरमा छलफल भएको बताउनुहुन्छ । कुनै लगानीकर्ता आए आफूहरूले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर इन्धन उत्पादनका लागि दिन सकिने उहाँको भनाइ छ । “महानगर आफैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो । त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहरलाई इन्धन बनाउन सके त त्यसले फोहर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ” कुँवर भन्नुहुन्छ ।
भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहर अत्यधिक बढेको फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो । त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहरको मात्रा बढेको अनुमान गर्न सकिन्छ ।
काठमाडौँ उपत्यकामा उत्पादित फोहरमध्ये ६० प्रतिशत फोहर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न पनि सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ । केही पुनः पुनः प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य फोहरबाट डिजल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ ।
प्लास्टिकबाट डिजल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउनुहुन्छ । व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन लागेको उहाँको भनाइ छ ।


नेपालमै पहिलोपटक पेट्रोल उत्पादन !

फालिएका प्लास्टिकबाट डिजेल पनि उत्पादन

 See more at: http://dainiknepal.com/2015/105013.html#sthash.YTQVn3om.TOFzr6EC.dpuf

दैनिक नेपाल२०७२ मंसिर ६ गते १६:१८
 3599  5 Google +3
Oil– रमेश लम्साल
काठमाडौँ, ६ मङ्सिर । तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ । अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ । निकट भविष्यमा नै नेपालमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिको विकास गरिन लागेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गर्ने कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ । नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानो हो ।
नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउने उद्देश्यका साथ आवश्यक उपकरण ल्याउने काम अन्तिम चरणमा पुगेको छ । सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ । नास्टका वैज्ञानिक डा रवीन्द्रप्रसाद ढकालका अनुसार सामान्य पानीको बोतल एक किलो प्रशोधन गर्दा सात सय मिलिटिर पेट्रोल उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा आठ सय मिलिटरसम्म पेट्रोल उत्पादन हुन सक्छ ।
विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ । प्लास्टिकजन्य फोहर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले नजलाउन आग्रह गर्दै इन्धन निकाल्न प्रेरित गर्नुपर्ने छ ।
काठमाडौँ महनागरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ । त्यसमा महानगरको मात्रै ५५० टन फोहर उत्पादन हुन्छ । उत्पादित फोहर मध्ये २० प्रतिशतभन्दा बढी फहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य हुन्छ । यस हिसाबले २० टन भन्दा बढी प्लास्टिकजन्य फोहर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ । “एक हजार किलो प्लास्टिकको फोहरबाट करिब ७०० लिटर इन्धन उत्पादन गर्न सकिन्छ” डा ढकालले भन्नुभयो ।
काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर पेट्रोल उत्पादन हुन्छ । विराटनगर, वीरगन्ज, नारायगढ, पोखरा, दाङ, नेपालगन्ज, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालको भनाइ छ ।
वातावरण विभाग प्रमुख कुँवर प्लास्टिकको फोहरबाट इन्धन निकाल्ने विषयमा महानगरमा छलफल भएको बताउनुहुन्छ । कुनै लगानीकर्ता आए आफूहरुले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर इन्धन उत्पादनका लागि दिन सकिने उहाँको भनाइ छ । “महानगर आफैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो । त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहरलाई इन्धन बनाउन सके त त्यसले फोहर व्यवस्थापन पनि हुन्छ । विकल्प पनि तयार हुन्छ” कुँवर भन्नुहुन्छ ।
भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहर वृद्धि भएको थियो । भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहर अत्यधिक बढेको फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो । त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहरको मात्रा बढेको अनुमान गर्न सकिन्छ ।
काठमाडौँ उपत्यकामा उत्पादित फोहरमध्ये ६० प्रतिशत फोहर कुहिने हुन्छ । जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न पनि सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ । केही पुनः पुनः प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य फोहरबाट डिजल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ । प्लास्टिकबाट डिजल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउनुहुन्छ । व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन लागेको उहाँको भनाइ छ ।
आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने डा ढकालले जानकारी दिनुभयो । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको उहाँ बताउनुहुन्छ । रासस
- See more at: http://dainiknepal.com/2015/105013.html#sthash.YTQVn3om.TOFzr6EC.dpuf


प्लास्टिकबाट इन्धन निकाल्ने सरकारको योजना

रमेश लम्साल काठमाडौं, मंसिर ६ print

  • 3955
     
    18
     
    1
    Google +
     
    3975
  • GET NEWS ALERTS

एक किलो प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिने
तपाइँले एक पटक प्लास्टिकको सामग्री प्रयोग गरेर त्यसलाई फोहरमा फाल्ने गर्नुभएको छ? प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ? अब भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने योजना अगाडि सारेको छ। निकट भविष्यमा नै नेपालमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिको विकास गरिन लागेको छ। 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गर्ने कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ। फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ। नेपालमा यो प्रविधि नयाँ भएपनि संसारका विकसित मुलुकका लागि भने पूरानो हो। 
नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउने उद्देश्यका साथ आवश्यक उपकरण ल्याउने काम अन्तिम चरणमा पुगेको छ। सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७ सय मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ। नास्टका वैज्ञानिक डा रवीन्द्रप्रसाद ढकालका अनुसार सामान्य पानीको बोतल एक किलो प्रशोधन गर्दा सात सय मिलिटिर पेट्रोल उत्पादन हुन्छ भने सोही बोत्तलको बिर्को प्रयोग गर्दा आठ सय मिलिटरसम्म पेट्रोल उत्पादन हुन सक्छ। 
विगतमा सरकारले प्रयास नगरेका कारण प्लास्टिकले वातावरण प्रदूषण गरेको भएपनि आगामी दिनमा नास्टले इन्धन निकाल्ने प्रविधि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न सकिन्छ। प्लास्टिकजन्य फोहर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले नजलाउन आग्रह गर्दै इन्धन निकाल्न प्रेरित गर्नुपर्ने छ। 
काठमाडौँ महनागरपालिका वातावरण विभाग प्रमुख हरि कुँवरका अनुसार दैनिक काठमाडौँ उपत्यकामा एक हजार मेट्रिक टन फोहर उत्पादन हुन्छ। त्यसमा महानगरको मात्रै ५ सइ ५० टन फोहर उत्पादन हुन्छ। उत्पादित फोहर मध्ये २० प्रतिशतभन्दा बढी फहोरको मात्रा प्लास्टिक तथा प्लास्टिकजन्य हुन्छ। यस हिसाबले २० टन भन्दा बढी प्लास्टिकजन्य फोहर त काठमाडौँ उपत्यकाबाटै उत्पादन हुन सक्छ। “एक हजार किलो प्लास्टिकको फोहरबाट करिब ७ सय लिटर इन्धन उत्पादन गर्न सकिन्छ” डा ढकालले भने। 
काठमाडौँ उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर पेट्रोल उत्पादन हुन्छ। विराटनगर, वीरगन्ज, नारायगढ, पोखरा, दाङ, नेपालगन्ज, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने डा ढकालले बताए। 
वातावरण विभाग प्रमुख कुँवर प्लास्टिकको फोहरबाट इन्धन निकाल्ने विषयमा महानगरमा छलफल भएको बताए। कुनै लगानीकर्ता आए आफूहरुले सङ्कलन गरेको प्लास्टिकजन्य फोहर इन्धन उत्पादनका लागि दिन सकिने उनको भनाइ रहेको छ। “महानगर आफैले पहल गरेको छैन, नास्टले अनुसन्धान गरिरहेको भए राम्रो भयो। त्यसले हामी सबैलाई प्रेरित गर्छ नै, नसड्ने फोहरलाई इन्धन बनाउन सके त त्यसले फोहर व्यवस्थापन पनि हुन्छ। विकल्प पनि तयार हुन्छ” कुँवरले भने। 
भूकम्पपछि काठमाडौँ उपत्यकामा प्लास्टिकजन्य फोहर वृद्धि भएको थियो। भूकम्पपीडितका लागि राहत बाँड्न प्लास्टिकमा राखिएको सुक्खा खाना वितरण गरिएकाले प्लस्टिकजन्य फोहर अत्यधिक बढेको फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रको अध्ययनले देखाएको थियो। त्यसका आधारमा पनि पछिल्लो दिनमा प्लास्टिकजन्य फोहरको मात्रा बढेको अनुमान गर्न सकिन्छ। 
काठमाडौँ उपत्यकामा उत्पादित फोहरमध्ये ६० प्रतिशत फोहर कुहिने हुन्छ। जसबाट प्राङ्गारिक मलको अर्को व्यवसाय गर्न पनि सकिन्छ भने २० प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ। केही पुनः पुनः प्रयोग गर्न सकिन्छ। प्लास्टिकजन्य फोहरबाट डिजल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ। प्लास्टिकबाट डिजल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न उत्प्रेरक राखेर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताए। व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याउन लागेको उनले बताए। 
आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने डा ढकालले जानकारी दिए। दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको उनले बताए। रासस 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०७२ १६:११:२६


No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...