भरथेग गर्छ बायो-डिजेलले
- १६ असोज, २०७२
- नागरिक
- 0 Comments
1806 69 Google +0 0 0
- See more at: http://nagariknews.com/feature-article/story/46516.html#sthash.Jf0PtTHd.dpuf
- १६ असोज, २०७२
- नागरिक
- 0 Comments
1806 69 Google +0 0 0
सन् १९३१ देखि ब्राजिलले पेट्रोलमा इथाइल अल्कोहल मिसाएर गाडी चलाउन थालेको थियो। ८० को दशकमा औद्योगिक स्तरमा उत्पादन गरेर इथानोलको शक्तिशाली राष्ट्र भइसक्यो। अल्कोहलबाट गाडी चल्न थालिसके। अमेरिकाले मकैबाट निर्मित इथानोल पेट्रोलमा मिसाएर सवारी गुडाउँछ।
जब देशमा संकट पर्छ, विकल्पको खोजी हुन्छ। भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला यहाँ वैकल्पिक इन्धनबारे चर्चा भइरहेको छ। अभावमा केही समय चर्चा हुन्छ, पछि सेलाउँछ– यो पुरानै नियति हो नेपालको।
वार्षिक ७ लाख किलोलिटर पेट्रोलियम पदार्थ भारतबाट आउँछ। भारतनिर्भर छ इन्धनमा नेपाल।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति जीवराज पोखरेल नेपालीहरूलाई भुलक्कड विद्यार्थीसँग तुलना गर्छन्। '२०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि प्रधानमन्त्री मरिचमान सिंहकै पालामा जैविक इन्धनको विषय उठेको थियो,' उनी भन्छन्, 'त्यो कुरा कता पुग्यो, घोकन्ते विद्यार्थीजस्तो एकछिनमै बिर्सिहाल्ने हाम्रो बानी छ।'
त्यसबेला अनुसन्धानका लागि उठेको कुरा १३ महिनाको नाकाबन्दी खुलेपछि हरायो। जैविक इन्धन उत्पादनमाथि भने नास्टले चार वर्षदेखि अनुसन्धान गरिरहेको छ। वरिष्ठ वैज्ञानिक रविन्द्रप्रसाद ढकालका अनुसार नेपालमा जैविक इन्धनको सम्भावना उच्च छ। 'कुनै पनि बीउबाट तेल निकाल्न सकिन्छ,' उनी भन्छन्, 'डिजेल बनाउन सकिने कच्चा पदार्थको पनि यहाँ अभाव छैन।'
कसरी बन्छ जैविक इन्धन
युरोप–अमेरिकामा धेरैअघि नै सजिवनको तेलबाट डिजेल उत्पादन गरिसकिएको भए पनि नेपालमा नास्टले चार वर्षदेखि यसको उत्पादन र परीक्षण गरिसकेको दाबी गरेको छ। प्रयोग भइसकेको तेल (रोटी, माछा, मासु तारेको) अर्थात् सजिवन र अडिरको तेलमा अल्कोहल, चट्टानको मिश्रण हुन्छ। मिश्रणबाट बायोडिजेल बनाउन सकिने वैज्ञानिकहरू बताउँछन्।
उत्पादित बायोइन्धन २० प्रतिशत, ८० प्रतिशत पेट्रोलमा मिसाएर गाडी चलाउन सकिन्छ। गाडीको इन्धन परिवर्तन नगरी २० प्रतिशत बायोइन्धन राखेर गाडी चलाउन सकिने नास्टका वैज्ञानिक रविन्द्रप्रसाद ढकाल बताउँछन्। चार वर्षदेखि नास्टले यो प्रयोग गरिरहेको छ। उनका अनुसार यसले वातावरणीय पक्षमा कुनै असर पुर्यादउँदैन।
विज्ञानलाई आधार मान्दा कार्बन र हाइड्रोजन मिलेर डिजेल बन्छ। जैविक तेलमा अक्सिजन, कार्बन र हाइड्रोजनको संयोजनले जैविक इन्धन उत्पादन गर्न सकिन्छ। आफैंमा अक्सिजन भएकाले यसले कार्बनडाइअक्साइड फाल्छ। तर, वातावरणमा कुनै असर नपार्ने ढकाल दाबी गर्छन्। स्थानीय वातावरणमा हुर्केका बिरुवाबाट निस्केको तेलबाट बन्ने भएकाले पनि वातावरणलाई सघाउने भएकाले यसको उत्पादन गर्न उनी सुझाउँछन्।
जैविक इन्धन उत्पादन गर्न सके स्थानीय किसानद्वारा उत्पादित बीउ देशमै खपत हुन्छ। रोजगारीको अवसर बढ्छ। पेट्रोलियम पदार्थ खरिदमा बाहिरिने रेमिट्यान्सको बचत हुन्छ। इन्धन संकलन गर्न सकिन्छ।
पकाउँदा खेर जाने २ लाख टन तेल देशमै वार्षिक रूपमा संकलन गर्न सकिने ढकालले गरेको एक अध्ययनले देखाउँछ। 'देशमा १९ लाख हेक्टर जमिन बाँझो छ। त्यसमा हामी सजिवन खेती गर्न सक्छौं,' उनी आशावादी छन्, 'मलेसियाले युरोपलाई बायो डिजेल बेचेजस्तै राम्रो गर्न सक्यौं भने हामी पनि डिजेल बेच्न सक्ने अवस्थामा पुग्छौं।'
सजिवनको बिरुवा रोपेको ६ महिनादेखि कम्तीमा २ वर्षसम्ममा दाना फल्न थाल्छ। १५ सय मिटरसम्मको भौगोलिक उचाइमा यो फस्टाउँछ। १ हेक्टर जमिनमा २ टन सजिवन उत्पादन गर्न सकिने ढकाल अनुमान गर्छन्। राम्रोसँग खेती गर्न सकेमा ७/८ वर्षभित्रमै १० लाख टन खपत गर्न सकिने सम्भावना देखाउँछन् उनी।
सजिवनमात्र होइन, चिउरी, रिठाजस्ता तेलहन पदार्थबाट निस्कने जुनसुकै तेल कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ। यसलाई सस्तो बनाउन सकेमा पेट्रोल, डिजेलको भाउसँग प्रतिस्पर्धा गर्न सकिने वैज्ञानिक ढकालको भनाइ छ। 'नास्टले प्रयोग गर्ने जेनेरेटर यहीँ उत्पादित बायोडिजेल मिसाएरै चलिरहेको छ,' उनी दाबी गर्छन्, 'हामीकहाँ भएको उपकरण र कच्चा पदार्थबाट दैनिक ३० लिटर बायोडिजेल उत्पादन गर्न सकिन्छ।'
स्थानीय उत्पादनबाटै बायोडिजेल निकाल्न सकिने भए पनि राज्य अग्रसर नहुँदा प्रगति गर्न नसकिएको गुनासो गर्छन्, नास्टका उपकुलपति जीवराज पोखरेल। 'हामीसँग विकल्प, स्रोतसाधन, उपकरण हुँदाहुँदै पनि राज्यले बेवास्ता गरिरहेको छ,' उनले तितो पोखे, 'लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेका विज्ञहरू नेतृत्व तहमा पुग्न सक्दैनन्, पुगेकाहरूमा वैज्ञानिक चेत छैन।'
प्लास्टिकबाट डिजेल
फालिएका प्लास्टिकबाट पनि डिजेल निकाल्न सकिन्छ। यो पुरानो प्रविधि हो। बागमती नदी सफाइका क्रममा निस्केका प्लास्टिकलाई पुनर्प्रयोग गर्ने बहस चलिरहँदा नास्टले यसको विकल्प सारेको थियो। वैज्ञानिक ढकाल भन्छन्, 'प्लास्टिकबाट डिजेल निकाल्न उपकरणको लागि टेन्डर भइरहेको छ।'
अन्य देशमा प्लास्टिक बाहिर फाल्नुपरेको छैन। प्लाष्टिकमा प्रतिबन्ध लगाइएको पाइँदैन। काठमाडौंमा बेलाबेला प्लास्टिक झोला प्रतिबन्ध लगाउने चर्चा भइरहन्छ। यस्तो बेला दूध, चाउचाउका पोका प्रतिबन्ध लगाउन सम्भव हुन्न। 'प्लास्टिकलाई पुनर्प्रयोग गर्न सकिन्छ तर सरकारी तवरबाटै पहल हुन सकेको छैन,' ढकालले भने, '१ किलो प्लास्टिकबाट ७ सय एमएल डिजेल निकाल्न सकिने सम्भावन हुँदाहुँदै किन चासो दिइन्न?'
- See more at: http://nagariknews.com/feature-article/story/46516.html#sthash.Jf0PtTHd.dpufवार्षिक ७ लाख किलोलिटर पेट्रोलियम पदार्थ भारतबाट आउँछ। भारतनिर्भर छ इन्धनमा नेपाल।

डिजलको विकल्प : सजिवन, अडिर, नरिबल र बदाम ?
फेरि सुरु भयो वायो डिजलको चर्चा
- See more at: http://www.onlinekhabar.com/2015/10/334575/#sthash.PogJHGEq.dpuf
१७ असोज, काठमाडौं । भारतले नाकाबन्दी गरेका बेला ०४५ सालदेखि सुरु भएको वायो डिजलको चर्चा फेरि यसपालि सतहमा आएको छ । देशमा इन्धनको संकट गहिरिँदै जाँदा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रयोग भैसकेको तेलबाट जैविक इन्धन अर्थात् वायो डिजलको परीक्षण-उत्पादन थालेको छ ।
खानेकुरा पकाइसकेर बचेको र उद्योग कलकारखानामा प्रयोग भैसकेर खेर जाने तेलबाट समेत जैविक इन्धन उत्पादन हुने नास्टका अधिकारी बताउँछन् । यस्तो इन्धन नास्टले तीन बर्षदेखि ४.५ केभिए क्षमताको आफ्नो जेनेरेटरमा प्रयोग गरिरहेको छ ।
वायोडिजलको अध्ययन अनुसन्धानको नेतृत्व नास्टका वैज्ञानिक रविन्द्रप्रसाद ढकालले गरेका छन् । यो अनुसन्धानमा जाइकाका प्रोफेसर र केही विद्यार्थीहरु पनि संलग्न थिए । तर, हाल उनीहरु नेपालमा छैनन् । ढकालले यसको अध्ययन अनुसन्धानलाई जारी राखेका छन् ।
कस्तो गाडीमा प्रयोग गर्न सकिन्छ ?
ढकालका अनुसार प्रयोग भैसकेको एक लिटर तेलबाट ८५ प्रतिशत अर्थात् ८५० मिलिलिटर जैविक इन्धन उत्पादन हुन्छ । वायोडिजल प्रयोग गर्न नेपालमा चलनचल्तीमा रहेका गाडीहरुको इन्जिनमा कुनै फेरबदल गर्नु पनि पर्दैन । इन्जिनमा हानी पनि गर्दैन र माइलेजमा पनि असर पर्दैन । तर, त्यसका लागि प्रतिलिटर डिजेलमा २ सय मिलिलिटर जैविक इन्धनको अनुपात रहनुपर्ने वैज्ञानिकहरु बताउँछन् ।
वायोडिजलको फाइदा के ?
वायोडिजल नमिसाइएका गाडीहरुबाट निस्किने धुवाँमा सल्फर, नाइट्रोजन र कार्बनडाइअक्साइडको मात्रा अत्यधिक हुन्छ । जसले वातावरणमा प्रतिकूल असर पार्दछ । तर वायोडिजल मिसाएमा कार्बनडाइअक्साइडको मात्रा ६० प्रतिशत कम हुन्छ । सल्फर र नाइट्रोजनको मात्रा पनि निकै कम गराउँछ । त्यसैले यसको प्रयोगमा वैज्ञानिकहरु जोड दिन्छन् ।
वायो डिजलको सबैभन्दा राम्रो पक्ष भनेकै वातावरण प्रदुषण कम हुनु हो । त्यसैले विकसित देशहरुका गाडीमा सोझै डिजेल प्रयोग गर्न बन्देज छ । वायोडिजेल मिसाउनै पर्ने बाध्यात्मक व्यवस्था छ । उपभोक्ताहरुसम्म पुग्नु भन्दा अगाडि नै वायोडिजल मिसाइसकिएको हुन्छ ।
वायो डिजललाई नेपालमा व्यवसायीकरुपमा उत्पादन गर्न सकिए इन्धन खरिदका लागि विदेशिने पैसा स्वदेशमै रहन्छ । त्यतिमात्रै होइन, देशलाई आत्मनिर्भर बन्न सघाउँछ र रोजगारीको अवसर पनि सिर्जना हुन्छ ।
नेपालमा सम्भावना
सजिवन, अडिर, नरिबल, बदामलगायत सबै प्रकारका दानाको तेलबाट जैविक इन्धन निकाल्न सकिन्छ । सजिवन र अडिरको त नेपालका केही जिल्लाहरुमा व्यवसायिक खेतीसमेत भएको छ । त्यसमध्ये पनि प्रयोग गरिएको तेलबाट इन्धन निकाल्दा वातावरण स्वच्छ राख्न त मद्दत मिल्छ नै एकपटक प्रयोग भैसकेर खेर जाने तेललाई पुनःप्रयोगमा ल्याउन सकिन्छ ।
नास्टले काठमाडौं उपत्यकामा गरेको अनुसन्धानअनुसार घर, होटल र उद्योग कलकारखानाहरुमा प्रयोग भैसकेर बार्षिक दुई लाख लिटर तेल खेर गैरहेको छ । त्यसलाई संकलन गरेर वायोडिजल उत्पादन गर्न सकिने सम्भावनाबाट नास्टका वैज्ञानिकहरु उत्साहित छन् ।
यसरी जैविक इन्धन निकाल्दा स्वदेशमै पाइने एक प्रकारको चट्टानलाई क्याटलिष्ट अर्थात उत्प्रेरकको रुपमा प्रयोग गरिने बैज्ञानिकहरु बताउँछन् । त्यसो त पोटासियम हाइड्रो अक्साइडलाई पनि क्याटलिष्टको रुपमा प्रयोग गरिन्छ । यो महंगो हुन्छ र यसलाई विदेशबाट आयात गर्नुपर्ने हुन्छ ।
तर, नास्टका बैज्ञानिकहरुले नेपालमै पाइने एक प्रकारको चट्टान पत्ता लगाएका छन् जसलाई सोझै क्याटलिस्टको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो चट्टान ललितपुरको गोदाबरी, धादिङलगायतका ठाउँमा करिब पाँच अरब टन रहेको पत्ता लागेको छ । यो चट्टानको नमूना अन्यको भन्दा अलि फरक भएकाले पेटेन्ट राइट अर्थात् विशिष्ट अधिकार पत्र लिने प्रक्रिया थालिएको बैज्ञानिक ढकालले बताए ।
‘एउटा सफलता के मिलेको छ भने क्याटलिष्ट हामीले नेपालमै पाइने एउटा नेचुरल रक फेला पारेका छौं । त्यो रकलाई अरु केही नगरिकन तेलसँग मिसाउन सक्छौं । यो अन्त पनि परिक्षणमा आइसकेको छ । त्यो अन्तर्गत पेटेन्ट गर्ने अभियानमा छौं हामी ।’
अहिले नास्टको प्रयोगशालामा सीमित उक्त विधिबाट निकालिएको तेल प्रतिलिटर १८० देखि १९० रुपैयाँसम्म पर्छ । त्यसको व्यवसायीक उत्पादन भएमा प्रतिलिटर बढीमा १२० रुपैयाँसम्म पर्ने अनुमान छ । अहिले नास्टका बैज्ञानिकहरु त्यसैको अध्ययन अनुसन्धानमा सक्रिय छन् । जैबिक इन्धन उत्पादनका लागि बाटो खोलिदिने बैज्ञानिक आधार बनाइदिने र लागत घटाउने प्रक्रिया पनि सुरु भएको छ ।
‘यसलाई व्यवसायिक उत्पादनको स्तरमा लैजानुअघि उत्पादन खर्च घटाउने उपायमाथि हाम्रा वैज्ञानिकहरुले अध्ययन गरिरहनु भएको छ,’ नास्टका उपकुलपति जिबराज पोख्रेलले अनलाइनखबरसँग भने, ‘अहिले प्रयोगशालामा सीमित वायोडिजल ठूलो मात्रामा उत्पादनको प्रक्रिया थालिसकेका छौं ।’
पोख्रेलका अनुसार वायो डिजल उत्पादनका लागि आवश्यक केही उपकरण खरिदका लागि नास्टले गत भदौ मसान्तमा बोलपत्रसमेत आह्वान गरिसकेको छ ।
सरकारकै अविश्वास
जब इन्धनको संकट गहिरिन्छ, तबमात्र विकल्पबारे बहस चर्को हुन्छ । तर, आत्मनिर्भर हुने दीर्घकालीन उपाय खोजिँदैन । वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने र त्यसबारे सरकारलाई नीति निर्माणमा सघाउने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भए पनि त्यसलाई स्वम् सरकारले नै विश्वास गर्दैन ।
वायो डिजेल उत्पादनमा प्रोत्साहन गर्ने भनेर सरकारले बजेटको व्यवस्थासमेत गरेको छ । तर, नास्टले उत्पादन गरेको वायो डिजेललाई परीक्षण गर्न गाडीको व्यवस्था गरिदिनसमेत सरकारले सकेको छैन । नास्टका बैज्ञानिकहरुले पटक-पटक अर्थमन्त्रालयलाई गाडीको लागि बजेटको व्यवस्था गरिदिन आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन । त्यसैले नास्टले उत्पादन गरेको वायो डिजल हाल त्यहिँको जेनेरेटर र प्रयोगशालामा मात्रै प्रयोग भैरहेको छ ।
अखाद्य तेल र घरेलु मदिरा नास्टलाई दिउँ
बजार अनुगमनको क्रममा बारामा म्याद सकिएको र अखाद्य पदार्थ मिसाइएको करिब १० हजार लिटर तेल बरामद गरेर खाल्डो खनेर पुरियो । बरु त्यो तेल नास्टलाई उपलब्ध गराइदिएको भए त्यसबाट ८५ प्रतिशत वायोडिजल उत्पादन हुन्थ्यो ।
नास्टका वैज्ञानिक ढकालले भने, ‘ठूलो मात्रामा अखाद्य तेल बरामद भएको खबर पाउनासाथ नास्टलाई उपलब्ध गराइदिनुस् भनेर धेरै भनसुन गरियो तर सुनुवाइ भएन । यदि त्यो तेल हामीले पाएको भए करिब ९ हजार ५ सय लिटर वायोडिजल उत्पादन गर्न सक्थ्यौं । जसबाट मेचीदेखि सामान बोकेर महाकाली पुर्याउने ४५ वटा ट्रकलाई एकपटकलाई तेल पुग्थ्यो ।’
यसैगरी प्रहरी प्रशासनले बरामद गरेर अवैध घरेलु रक्सी पनि फाल्छ । तर त्यसरी बरामद रक्सी वायोडिजल उत्पादनमा अति आवश्यक हुन्छ । घरेलु रक्सीमा इथानोल, एसिटोन र मिथानोल पाइन्छ । यीमध्ये इथानोलले सुक्ष्म जीबजन्तु या बनस्पतीलाई हानी गर्छ । एसिटोन घरहरु रंग्याउने पेन्टमा प्रयोग हुन्छ । मिथानोलले क्यान्सर रोग लाग्ने विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । यहि मिथानोल वायोडिजल उत्पादन गर्न नभई नहुने पदार्थ पनि हो । त्यसैले अखाद्य तेल वा घरेलु मदिरा नष्ट गर्नुभन्दा त्यसलाई उर्जा उत्पादनमा उपयोग गर्नुपर्ने वैज्ञानिकहरु बताउँछन् ।
वायो डिजल उत्पादनमा अनुसन्धान गर्दै आएका नास्टका वैज्ञानिक ढकालले भने, ‘यी कुराहरु पोलिसी मेकरलाई कन्भिन्स गर्न निकै गाह्रो छ । त्यसैले सम्भावना धैरै भए पनि खुम्चिएर बस्नुपर्ने स्थिति छ ।’
तर, भारतले नाकाबन्दी गरेपछि उत्पन्न इन्धन संकटपछि मुख्यसचिव सोमलाल सुवेदीले उर्जा, बन, उद्योग र विज्ञान तथा वातावरण मन्त्रालयका सचिवहरुलाई भेला गरेर उर्जा उत्पादनको वैकल्पिक उपाय खोज्न भनेकाले केही आशावादी भने भएको ढकालले बताए ।
लेउबाट पनि निस्किन्छ तेल
खोला खोल्सामा पाइने लेउबाट पनि वायो डिजल निकाल्न सकिने । नास्टका अनुसन्धानकर्ताहरुको दाबी छ । कतिपय विकसित देशहरुमा यसको सफल परीक्षण र प्रयोग भैरहेको उनीहरुको दाबी छ ।
‘नेपालमा धेरैजसो बग्ने पानीका स्रोत छन् । लेउ जम्मा हुन नबग्ने पानी चाहिन्छ । त्यसका लागि पोखरी निर्माण गर्नुपर्छ,’ वैज्ञानिक ढकालले भने, ‘अन्न उत्पादन गर्न प्रोत्साहित गर्नुको साटो लेउ उत्पादन गर भन्दा अलि अव्यवहारिक जस्तो देखियो । त्यसैले लेउबाट तेल उत्पादन गर्ने कुरा नेपालमा कागजमा मात्रै सीमित भएको छ ।’
तर, दुई वर्ष अघि लेऊबाट तेल निकाल्ने भन्दै नेपाल आएका अमेरिकी नागरिक डेभिड डुबायन यसको प्रयोगमा असफल भएर फर्केका छन् । डुबायनले काभ्रेबाट लेऊ ल्याएर भक्तपुरमा तेल पेल्ने मेसिनमा पेलेर तेल निकाल्ने प्रयास गरेका थिए । तर, उनले तेल निकाल्न सकेनन् ।
।
वैकल्पिक उर्जा प्रवर्द्धनमा सहयोगी
वातावरण प्रदुषण विश्वमै चुनौति बनिरहेकाबेला वायो डिजेल उत्पादन र प्रयोग अनिवार्य बनिसकेको छ । तर, खाद्य सुरक्षासँग जोडिएर आउँछ जैविक तेल अर्थात् वायो डिजेलको कुरा ।
जति पनि दाना लाग्ने बोट विरुवा छन्, ति सबैबाट तेल निस्किन्छ र त्यसबाट जैविक इन्धन पनि बनाउन सकिन्छ । तर, खान पुग्ने खाद्यान्न उत्पादन नभैरहेका बेला त्यसबाट तेल निकालेर गाडीमा हाल्ने कुरा गर्नु न्यायसंगत देखिँदैन । त्यसका लागि पर्याप्त खाद्यान्न उत्पादन अनिवार्य छ । त्यो बाहेक हामीले नखाने जस्तै अडिर, सजिवनलगायतको व्यवसायिक खेती गर्नुपर्ने जानकारहरु बताउँछन् ।
सजिवनमा अध्ययन अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत ग्रामीण प्रविधि अनुसन्धान केन्द्रका विशेषज्ञ कृष्णराज श्रेष्ठ भन्छन्, ‘वातावरणीय हिसाबले किफायती हुने र साविक डिजेल इन्जिनमा पनि प्रयोग गर्न सकिने हुँदा वायो डिजल उत्पादनमा थप अध्ययन अनुसन्धान हुनुपर्छ । नेपालमा जैविक इन्धनको सहज र सस्तो उत्पादन हुन सके स्वच्छ वातावरणका लागि मात्रै होइन, वैकल्पिक उर्जा प्रवर्द्धनमा पनि सहयोगी हुन्छ ।’
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/10/334575/#sthash.PogJHGEq.dpuf
वायोडिजल नमिसाइएका गाडीहरुबाट निस्किने धुवाँमा सल्फर, नाइट्रोजन र कार्बनडाइअक्साइडको मात्रा अत्यधिक हुन्छ । जसले वातावरणमा प्रतिकूल असर पार्दछ । तर वायोडिजल मिसाएमा कार्बनडाइअक्साइडको मात्रा ६० प्रतिशत कम हुन्छ । सल्फर र नाइट्रोजनको मात्रा पनि निकै कम गराउँछ । त्यसैले यसको प्रयोगमा वैज्ञानिकहरु जोड दिन्छन् ।
सजिवन, अडिर, नरिबल, बदामलगायत सबै प्रकारका दानाको तेलबाट जैविक इन्धन निकाल्न सकिन्छ । सजिवन र अडिरको त नेपालका केही जिल्लाहरुमा व्यवसायिक खेतीसमेत भएको छ । त्यसमध्ये पनि प्रयोग गरिएको तेलबाट इन्धन निकाल्दा वातावरण स्वच्छ राख्न त मद्दत मिल्छ नै एकपटक प्रयोग भैसकेर खेर जाने तेललाई पुनःप्रयोगमा ल्याउन सकिन्छ ।
जब इन्धनको संकट गहिरिन्छ, तबमात्र विकल्पबारे बहस चर्को हुन्छ । तर, आत्मनिर्भर हुने दीर्घकालीन उपाय खोजिँदैन । वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने र त्यसबारे सरकारलाई नीति निर्माणमा सघाउने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भए पनि त्यसलाई स्वम् सरकारले नै विश्वास गर्दैन ।
बजार अनुगमनको क्रममा बारामा म्याद सकिएको र अखाद्य पदार्थ मिसाइएको करिब १० हजार लिटर तेल बरामद गरेर खाल्डो खनेर पुरियो । बरु त्यो तेल नास्टलाई उपलब्ध गराइदिएको भए त्यसबाट ८५ प्रतिशत वायोडिजल उत्पादन हुन्थ्यो ।
खोला खोल्सामा पाइने लेउबाट पनि वायो डिजल निकाल्न सकिने । नास्टका अनुसन्धानकर्ताहरुको दाबी छ । कतिपय विकसित देशहरुमा यसको सफल परीक्षण र प्रयोग भैरहेको उनीहरुको दाबी छ ।
वातावरण प्रदुषण विश्वमै चुनौति बनिरहेकाबेला वायो डिजेल उत्पादन र प्रयोग अनिवार्य बनिसकेको छ । तर, खाद्य सुरक्षासँग जोडिएर आउँछ जैविक तेल अर्थात् वायो डिजेलको कुरा ।
प्रयोग भइसकेको खाने तेलबाट जैविक इन्धन निकाल्न सुरु
असोज ११, देशमा इन्धन संकट गहिरिदै गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्रयोग भइसकेको खाने तेलबाट जैविक इन्धन निकाल्न थालेको जनाएको छ । घरघरमा खाने कुरा पकाउन तथा विभिन्न उत्पादनका लागि उद्योग कलकारखानामा प्रयोग भइसकेको तेलबाट हालसालै नास्टले निकाल्न थालेको उक्त इन्धन त्यहिको जेनेरेटरमा परिक्षणको रुपमा प्रयोग समेत भइरहेको वैज्ञानिकहरुले जनाएका छन् । निजि क्षेत्र तथा सरकारलाई ठुलो मात्रामा त्यस्तो इन्धन उत्पादनका लागि बाटो खोलिदिने वैज्ञानिक आधार बनाइदिन प्रकृया पनि थालिएको नाष्टले बताएको छ ।प्रयोग भइसकेको १ लिटर तेलबाट त्यसको ८५ प्रतिशत अर्थात ८ सय पचास मिलिलिटिर जैविक इन्धन निस्कने अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरुले बताएका छन् । अहिले प्रयोगशालामा सिमित उक्त विधिबाट निकालिएको तेल प्रतिलिटर १ सय ९५ रुपैयाँ पर्न आउने नाष्टको भनाइ छ । त्यसलाई व्यवसायिक उत्पादनको स्तरमा लैजानु अघि उत्पादन खर्च घटाउने विकल्प माथि अध्ययन थालिसकेको अनुसन्धानमा संलग्न नाष्टका वैज्ञानिक रविन्द्र प्रसाद ढकालले बताए ।
यसरी उत्पादन भएको जैविक इन्धनलाई डिजलको केहि मात्रा मिसाएर हालकै सवारी साधनहरुमा इन्जीनमा कुनै फेरवदल विना प्रयोग गर्न सकिने अनुसन्धान कर्ताहरुले जनाएका छन् । तर त्यसका लागि प्रतिलिटर डिजलमा २ मिलिलिटर जैविक इन्धनको अनुपात रहनु पर्ने वैज्ञानिक ढकालले बताए ।
उनकै मातहत पुलचोक क्याम्पसकी स्रोत कर्ता स्तुति श्रेष्ठले गरेको अध्ययनले काठमाडौँ उपत्यकाबाट वार्षिक १ लाख लिटर प्रयोग भइसकेको तेल संकलन गरी जैविक इन्धन निकाल्न सकिने देखाएको छ । त्यस्तो सम्भावनाबाट उत्साहिहत जस्तो देखिएको नाष्टले ठुलो मात्रा उत्पादनको लागि प्रकृया थालिसकेको उक्त निकायका उपकुलपति जिवराज पोखरेलले बताउनुभयो । सजिवन, नरिवल र वदामको तेलबाट जैविक इन्धन निकाल्न सकिने भएपनि प्रयोग गरिएको तेलबाट इन्धन निकाल्दा वातावरण स्वच्छ राख्न मद्यम मिल्ने अनुसन्धान कर्ताहरु बताउँछन् । यसरी इन्धन निकाल्न स्वदेशमा पाइने एक प्रकारको चट्टानलाई क्याटालिस्ट अर्थात उत्प्रेरकको रुपमा प्रयोग गरिएको र सो चट्टानको नमुना अन्य नमुना भन्दा फरक भएकोले पेटेन्ड्राइट अर्थात विशिष्ट अधिकार पत्र लिने प्रकृयामा रहेको नाष्टका वैज्ञानिक रविन्द्र प्रसाद ढकालले बताउनुभयो ।
No comments:
Post a Comment