Monday, October 19, 2015

यसपालिको दशैं

यसपालिको दशैं
न खल्लो न चिल्लो
न रसिलो न अमिलो
भूकम्पले थिल्थिलिएको
बर्षा र पहिरोले लतारिएको
बल्ल बल्ल तनग्रिएको
तर फेरी निससिएको
मृगतृष्णा भै जाने भो !

यसपालिको दशैं
न च्यांग्रा न बाख्रा
न अचार न तरकारी
चाउचाउ मै रुमलिएको
लाइन मै लखतरान हुँदै
बस भित्र कोचिएरै
बर्दिबासमा अड्किएको 
खोर भित्रै थुनिएको घोर्ले खसी जस्तो
कस्तो न कस्तो, सकस पो हुने भो।

यसपालिको दशैं
न पिङ्ग छ, न मच्चिने उत्साहा
न टिका छ, न भेटघाटको माहोल
आशै आशमा पो दशैं आयो
गासै गासमा पो ग्यासको याद आयो
लाइनमै त्रायीमाम हुदै
रक्सौलमै अड्किएको ट्याङ्कर  जस्तो
कस्तो न कस्तो, दकसमै मान्नु पो पर्ने भो।

यसपालिको दशैं
न लिप पोतको घर  छ, न लिप पोत खोज्ने भित्तो
न नाच्ने र सिक्ने स्कुल छ, न बिरामी जाच्ने घर
गासै गासमा बाडुल्की लाउने दाताको आसमा 
दुइ, पन्ध्र र पच्चीसलाखको पोखरीमा
 गोरखा र दोलखा कामेका काम्यै छन्
छाप्रोमा अड्केको मेरो घर
सिंहदरबारमा आँखा ओछ्याएर सुतेको सुत्यै छ
पुनर्निर्माण कि नबनिर्माण मै अड्किएको
आफ्नै भाग मात्रै खोज्ने कटुवाल जस्तो
कस्तो न कस्तो सकसमै पो सक्नु पर्ने भो।  

यसपालिको दशैं
न नुन छ न तेल छ, एउटा दिन्छु भन्छ अर्को दिन्न भन्छ
न नदिएको लिन मिल्छ, न दिएको लिनछु भन्छ 
एउटा छ पहाराको तरुल जस्तो, टिप्न जाँदा लड़ला जस्तो
अर्को हेर्यो कुभिण्डो फल्ने आगन जस्तो, बलि दिनमात्रै बने जस्तो
घर घरमै नालापानी खन्नु पर्ने यो कस्तो न कस्तो
कोहि बिभिषण जस्तो जित्छन भन्दै हाम्फाल्ने जस्तो
 कोहि भरत जस्तो जसरि पनि खराउ खोजे जस्तो
बम्सज र पानी मै अड्कोकिएको 
जात जातिको भड्काउमा लहसिए जस्तो  
कस्तो न कस्तो, उर्जा सनकट्मै बित्ने भो।



No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...