Friday, August 22, 2014

मेरी आमा

मेरी आमा,
 न आश्विनकी दुर्गा, न श्राबणकी  पार्बती,
न कात्तिककी लक्ष्मी, न फाल्गुनकी सरस्वती
मेरी आमा छीन त केबल
कपासकी बाती जड़ित, मट्टीतेलकी बत्ती
मोदीकी भाषण जस्ती, डराउँदीनन् रत्ती!!

दांत जस्ता हिमाल धेरै, सूर्य हाँस्छ उदाई
नाक  जस्ता डांडा धेरै, अश्रु दिन्छ गोदाई
घांस काटने मेरी आमा, बढ्यो ऐले कमाई
कोरी बाटी केहि छैन, नाच्छिन रमाई रमाई!!

सोनियाले सुनिनन्, हु ले बरु हेरे, मोहन आँखा तर्छन
मोदी अइले लाइन मारछन, पछि क्यार्छन   क्यार्छन 
म बरु बुढो भएँ, आमा अझै बैंशकै
दखाई देऊ न ए! साथी मर्द छ की कोही देशकै !!

आउँदा सबै झुत्रे हुन्थे, जाँदा सबै चिल्लै
देखने हामी सन्तति,पर्ने सँधै जिल्लै
आमा मेरी धनि होइनन्, रूपकी रानी
बा परे मकै होइन, ढोढ़ै समेत खानी !!

आमा अझै लाउँछिन् हेर, झुल होइन गुन्यू
बनमा अब छैन चिरबीर, चल्छ निकै खुश्बू
आमा पोइला कहिल्यै गैनन, बा जोइला आउँथे
सिन्का भाँच्ने होइनन् तिनले,फोस्रा गफ लाउँथें !!

बिज्ञान पढ़ने मेरी आमा, राजनीतिका बाउ
प्रबिधि त कता कता, बस्यो गहिरो घाउ
मलम लाउन पर्यो भाई, लौन खोजी ल्याऊ
डाँडा तास्ने, नदी भास्ने, भुई काम्ने जम्मै थाहा पाउने
खोजन भाई बन कुखुरो तेहि बेला बास्ने!!
चमेलीको तेल ल्याई कोरीबाटी गर्देउ
तीज तिहार मान्ने गरी मनै पगाल्देउ !!!


  

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...