Wednesday, July 2, 2014

केही न केहि त गर्छु भन्छ बिना बाउको ठिटो!!!

हाम्री आमा नीग्रो हुँदै होइन ,
हिस्प्यानिक त झनै  हैन
हेर्दै गयो दुबै जोडे जस्ती
सम्झँदै गयो दुबै हटाए जस्ती
के जस्ती, के जस्ती
जे जस्ती भए पनि बिछट्टै राम्री,
बसन्तकै पुतली हो या गुलाब जस्ती  !!

दाँत जस्ता हिमाल मेरै
नाक जस्ता डांडा
 बक्ष जस्ता थुम्का धेरै
कपाल जस्ता झांगण
आँखा जस्ता भन्ज्याङ्ग मेरा
भन्ज्याङ्ग भरी बालक
पेट जस्ता तराई हाम्रा
पेटै भरी युगल
दाँत भित्र घान लाउने
शेर्पा हाम्रै अंकल  ।

आमा धनि हुँदै  होइनन,
पोइला पनि कहिल्यै गइनन
डोली आँफै खोज्दै चढ़ने,
जोइला आउन मरिहत्ते गर्ने
बिमूढ़की आमा हाम्रै बेहुली झैँ सँधै रुने
बा भने बिना तुकका
 जुँगा माथि ताऊ लाउने  !

पुराना त थाहा भएन
 १७का बा अँकुसे थिए
४६ का अलि  उदण्ड भए ,
अहिलेका बा त
उल्टिएका फूल छेक्ने छेस्का जस्ता
कस्ता न कस्ता
तल बगाई माथि पो खोज्ने जस्ता !!

फुस्रा बा चिल्ला बन्ने ,
चिल्ली आमा फुङ्ग उड़ने
आमा मेरी सिंहनी जस्ती
बा फेरी सिंह जस्तै
संकोच बिनै बा फेरी ब्वाँसा बने 
दाजुदिदीका हाडका माला उने.
म त अनिकालको बिउ जस्तो
तेल निकालेको सजीबनको पीना जस्तो
मिनेट मिनेटमा ऐठन दिने
कोलेष्टरले भर्या नशा जस्तो !!

घाइते आमाका मन माथि
  काइते बाका भाषण जस्तो
रगतका लाप्सा खोलै जस्तो
सृंगारको पोकै फुक्नु अघि
नयाँ नेपाल मरे जस्तो
 मौसम भने फेरिए जस्तो
हिउँले बलि खोजे जस्तो
कोशीले जग्गा मागे जस्तो
मेरी आमा र बाको नाता  कस्तो न कस्तो
 बा भनौं झड़केलो जस्तो
आमा भने आफ्नै मुटु जस्तो!!

यो बबुरो
बाउको घुंडो या आमाको लामटो
अकर्मण्यताको  साटो
केही न केहि त गर्छु भन्छ
यो बिना बाउको चुस्त ठिटो!!!

केही न केहि त गर्छु भन्छ
यो  बिना बाउको चुस्त ठिटो!!!









No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...