Wednesday, October 9, 2013

सबैलाई मेरो शुभकामना छ !


म त नेपाली किसान जस्तो,
आकास हेरेर गोरु फ़ूकाऊने हली जस्तो
खल्ति हेरि कर्म गर्ने सुब्बा जस्तो
बस्त्र हेरि श्रेणि तान्ने हबाई कर्मचारी जस्तो
छिन भरमै  उदर घोच्ने फत्केको आंटो  जस्तो
जाम छल्ने रिङ्ग रोडको माइक्रो जस्तो
 हतार हतारमा काम तमाम गर्ने
म कस्तो न कस्तो
..................................
बर्षा हटेको हिंजै  जस्तो
पात्रो हेर्दा झसंग भए जस्तो
यो दशैं
पुर्ब प्रमले भत्काएको बाटो जस्तो
संबिधान  आधा लेखेर छोड्ने  सभा जस्तो
अन्योलै अन्योल बिचको दशा जस्तो
यो बडा दशैं ठुलालाई मात्र आए जस्तो
बोकाको मुखको कुभिण्डो जस्तो.
.........................................
 जे जस्तो भए पनि
नौनीको डल्लोमा तातो छुरा रोपे जस्तो
दशै दशाको बिचमा दशैं मान्ने
तपाई हामि कस्तो न कस्तो
दुर्गा हाम्रै आडमा भए जस्तो,
जसो तसो दशैं जब मानिदै छ,
सबैलाई मेरो शुभकामना छ!!!

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...