विज्ञान प्रविधिलाई हामीले सँधै सँगै उच्चारण गरिदिनाले आम मानिसकोे मात्रै होइन वैज्ञानिक समुदायमा समेतको हेराइमा यही दुई विधा छुट्टिनै नसक्ने गरी एकीकृत भएको भान हुन्छ । सरल भाषामा भन्दा विज्ञान भनेको कुनै पनि वस्तुलाई गहिराईमा बुभ्mनु हो भने प्रविधि भनेको कुनै पनि वस्तुलाई मानवीय आवश्यतामा जोड्नु हो । विश्लेषण जे जसरी गरे पनि विज्ञान साश्वत हुन्छ भने प्रविधि समय, स्थान र आवश्यकता सापेक्ष हुन्छ । यो जरुरी छैन कि विज्ञान र प्रविधि एकैगतिमा विकास हुनुपर्छ । कुनै समय यस्तो थियो जुनबेला कल्पना तर्क र विश्लेषणको विशेष भूमिका थियो तर अहिले प्रमाण र निर्माणको विशेष महत्व छ । यही विभेदलाई पुनः मूल्याङ्कन गर्ने हो भने हामी विज्ञान र प्रविधिको बीचको फरक बुझ्न सक्छौं ।
हुनतः आम मानिसमा विज्ञान र प्रविधि भनेको एउटै कुरा हो भन्ने छ, तर जुन सोचाई छ, विज्ञानलाई प्रविधिसँग जोड्नै पर्छ भन्ने पनि छैन । प्रविधिसँग नजोडिएको विज्ञानले ज्ञानलाई फराकिलो बनाउन सक्छ तर मानव उपयोगी नै हुन्छ भन्ने पनि छैन । विकासको चरण र समाजको आवश्यकता अनुसार विज्ञान या प्रविधि कुन चाहिँलाई प्राथमिकता दिने भन्ने कुरा निर्धारण गर्न सकिन्छ । हुनत न्यूटन र आइन्सटाइनले कल्पना गरे, तर्क राखे र विश्लेषण गरे जो दूरगामी थियो र अहिलेसम्म रह्यो । हरेक कालखण्डमा नयाँ नयाँ यस्ता वैज्ञानिकहरु जन्मिए जसलाई अहिलेसम्म वैज्ञानिक जगतले आदर गर्दछ र सकेसम्म तिनै सोचाईमा टेकेर नयाँ नयाँ प्रविधिहरुको विकास गर्दैछ । विज्ञानलाई प्रमाणित गर्न प्रविधि चाहिने र प्रविधि विकास गर्न विज्ञान बुझ्नु पर्ने जुन चक्र छ, त्यो चक्रभित्रको महंगो यात्रा गर्ने कि नगर्ने भन्ने कुरो नै अहिले विकासोन्मुख देश भित्रको मुख्य विवादको विषय हो । यो लेखको मुख्य आसय पनि यही विषयको सेरोफेरोमै केन्द्रित रहेको छ ।
शताब्दीऔंदेखि विज्ञानमा अब्बल ठहरिएका देशहरु भन्दा केही दशक अघिबाट मात्रै प्रविधिमा केन्द्रित भएका राष्ट्रहरु आर्थिक रुपमा सबल देखिएका छन् । यसले के प्रमाणित गर्छ भने विकास गर्नको लागि विज्ञानमा तृप्त हुनु पर्ने होइन कि तिनीहरुको अध्ययनसँगै प्रविधिलाई विशेष जोड दिँदै जाने हो भने त्यो शिक्षा उत्पादनमुखी बन्नेछ । धनी र गरीब बीच विभेद प्रविधि प्रयोगले देखाए पनि प्रविधिको विकास विना ती दुई बीचको खाडल कम हुन्न । विकासोन्मुख र विकसित देशको विभेद पनि त्यसैको प्रतिफल हो । यसो भन्दै गर्दा विज्ञान झिकेको प्रविधिको सपना देख्यौं भने दाँत नभएका मान्छेलाई अलौटा मकै खान दिए जस्तो हुन्छ । प्रविधिको वास्तै नगरी विज्ञान मात्रै पढाउने हो भने जन्मने वित्तिकै घरपालुवा बनाई पालेको बाघलाई जङ्गलमा लगेर छोडेको जस्तो हुन्छ, जसले कुनै प्रतिफल दिंदैन । यी दुईको समायोजन होइन समन्वय गरी राष्ट्रिय नीति बनाउने हो भने बल्ल हामी जस्ता गरीब मुलुकको हित हुन्छ ।
विज्ञान र प्रविधिको विकास भएको समय वा कालखण्डलाई छोडेर मानव जीवनको समयलाई बाँड्ने हो भने सामान्यतः के हुन्छ भने १–२ दशक ऊ विज्ञानमा लिप्त हुन्छ र मात्रै बाँकि २–३ दशक प्रविधि विकासमा योगदान दिन सक्छ । विकसित देशमा त विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्ने संख्या ज्यादै न्यून छ भने नेपाल जस्तो देश जहाँ १ कक्षामा भर्ना भएका विद्यार्थी ७ प्रतिशतले मात्र हाईस्कूल पार गर्छन, त्यस्तो देशमा कति जनशक्ति यो क्षेत्रमा लाग्छ, सिधै आँकलन गर्न सकिन्छ । १८ वर्षसम्म हरेक विद्यार्थीलाई राष्ट्रले ठूलो लगानी गरी प्रतिफल लिने बेलामा यही देशमा राख्ने वातावरण बनाउन नसक्दा राष्ट्रको यो क्षेत्रमा भएको लगानी बालुवामा पानी हाले बराबर हुन्छ । यसको अर्थ हामी अब के पूर्ण निराशा भएर बस्नु पर्ने हो त ? होइन । केही शुभ संकेत पनि छन् हरेक कालो बादलको छेउमा चाँदीको घेरा हुन्छ भने झैं ढिलै भए पनि हामीले यो देशमा विज्ञान प्रविधिको दुवै विधामा केही राम्रा प्रयासहरु शुरु भएका छन् । ढिलो चाँडो कोही न कोही मातृभूमिको मायाले अवश्य देश फर्कन्छन्, त्यसका सूचकाङ्क केही देखिन पनि थालेको छ । अब नेपालको नाडी छामेर रोग पत्ता लगाउन लाग्न भन्दा यो देशको भ्ऋन् गरांै, भ्ऋज्इ गरौं र रगत परीक्षण गरौं जुन प्रविधि विकास भइसकेको छ र त्यसले रोगको पहिचान पनि छिटो गर्न सक्छ । अब यो देश एक दिन पनि बढी सुत्यो भने हामी दीर्घकालीन कोमा मा पुग्ने छौं मलाई लाग्छ हामी मलामी जान होइन उपचार गर्न आतुर छौं । हामी भित्रको समस्या भनेको विज्ञानको पाठ्यपुस्तक, त्यसलाई पढाउने शिक्षण विधि र समाजले हेर्ने दृष्टिकोण हो र त्यो भन्दा बढी हाम्रो समाजले आफ्ना सन्ततिबाट गरेको अपेक्षा हो जुन यो क्षेत्रमा लागेकाहरुबाट भेटिन्न । अझ राष्ट्रद्वारा गरिने लगानीको अभावले यो क्षेत्र अरु पिछडिएको छ । समस्याको अर्को जड पनि छ, त्यो हो वैज्ञानिक वैज्ञानिक या संस्था संस्था बीचको सहकार्यको अभाव जसले मात्र परिमार्जित र परिष्कृत अनुसन्धानको प्रत्याभूति दिलाउन सक्छ ।
हामी आयातमुखी प्रविधिको निर्भरतामा रमाउन थाल्यौं र भोका नाङ्गा अनि गरीब नागरिकलाई माछा मार्ने जाल बनाउन नसिकाएर मात्रै होइन जाल पनि नदिएर छाकै पिच्छे माछा बाँड्दै ग¥र्यौं भने आम नेपालीलाई परनिर्भर हुने संस्कार मात्र दिनेछौं त्यस्तै खाले गतिविधिले गर्दा हाम्रो आर्थिक स्थिति निरन्तर ओरालो लागिरहेको छ । जालले कसरी काम गर्छ भन्ने कुरा विज्ञानले पढ्छ तर जालमा गोटि झुण्ड्याउने काम प्रविधिले गर्छ जसले गर्दा सजिलैसँग माछा मार्न सघाउँछ । यी दुवैको विकास विना जनताको कुनै पनि प्रगति हुनै सक्दैन । चीनबाट सस्तोमा बत्ती, मोवाइल र अन्य उपभोग्य वस्तु किनेर ल्याएर गाउँ गाउँमा पु¥याउँदा र भारतबाट दाल, चामल, चाउचाउ किनेर गाउँ गाउँका बजार र बस्तीमा पु¥याउँदा न हाम्रो विज्ञान र प्रविधिमा विकास भयो, न भविष्यमा विकास हुने सम्भावना रह््यो । हाम्रो लामो अनुभवले के प्रमाणित ग¥यो भने समस्या ग्रस्त कुनै क्षेत्रका जनतालाई खाद्यान्न दिंदा न त्यहाँ कृषिको विकास हुन सक्यो न आर्थिक सुधार नै भयो । विज्ञान र प्रविधिमा अहिले पनि लगानी नबढाउने हो भने, स्वावलम्बी बनाउने पाठ नपढाउने हो भने हामी भोलि झन न प्रविधि किन्न सक्छौं न उपकरण नै । फेरि प्रविधि र उपकरण पनि अनुदानमा पाउन अनुरोध गर्नु पर्ने भयो भने हाम्रो नियति के हुन्छ ? यसको पूर्वाभ्यास स्वरुप स्थानीय मकैका बीउ लोप भैसकेको परिप्रेक्ष्यमा विदेशी कम्पनीका बीउ हरेक वर्ष किन्दा हामी कति आत्मनिर्भर हुन सक्छौं, ठण्डा दिमागले सोच्नु पर्ने बेला आईसकेको छ । जब बीउ नै हामीसँग हुन्न अनि त्यसको मूल्य कतिसम्म पुग्न सक्छ ? धातु प्रशोधन, इन्धन उत्पादन, उपभोग्य वस्तुको निर्माण आदि गर्ने विज्ञानदेखि अन्य प्रविधि निर्माणसम्मको विधालाई अब पनि छोएनौं भने हाम्रो आर्थिक स्थिति अरु गिरेर जान्छ र भविष्यमा पुरै परनिर्भर बन्ने छौं ।
समग्रमा, विज्ञानमा रुची राख्ने विद्यार्थीको अभाव नभएको हाम्रो देशमा विज्ञान र प्रविधिको भविष्य नदेखेर मात्रै नेपालबाट पलायन भएका हुन् । तिनलाई नेपालमै राख्न या नेपाल फर्काउन निश्चित अवधिका योजना बनाएर विभिन्न विधामा केन्द्रीय अनुसन्धान केन्द्रहरु बनाउने, तिनीहरुमा उपयुक्त उपकरण खरिद गरिदिई राम्रो आर्थिक व्यवस्था गरिदिने हो भने आगामी १५–२० वर्षमा यो देशको मुहार फेरिने थियो । बाजुरामा उत्पादन भएको जैतुन कुनै पनि मानेमा इटाली र स्पेनको ओलिभ भन्दा कमसल छैन, मलेसिया र इन्डोनेसियाले उत्पादन गरेर निर्यात गर्ने पाल्मको तेल र वायोडिजेल जस्तै हामी हाम्रो सजिवनबाट वायोडिजेल उत्पादन गर्न सक्छौं । गणेश हिमालमा भेटिएका रांग ९श्ष्लअ० मित्र राष्ट्रहरुले प्रशोधन गर्ने कच्चा पदार्थ भन्दा उच्च कोटीको छ भन्ने प्रमाणित भएको परिप्रेक्ष्यमा हामी किन यसमा हात नहाल्ने ? गोठे सल्लो र यार्सागुम्बाको तस्करी गर्नु भन्दा तिनीहरुको प्रशोधन प्लान्ट नेपालमा किन नबाउने ? हामीसँग कोइला र तामा छन् भने किन अन्वेषण र प्रशोधन नगर्ने ?
यी त सम्भावनाका प्रतिनिधि प्रश्नहरु भए, तर हामीले सँधै घोकेर बसेको ८३ हजार मेगावाटको सपना कहिलेसम्म देख्ने ? जसलाई माछा होइन बल्छी चाहिन्छ त्यो बनाउन वैज्ञानिक र प्राविधिज्ञलाई दयाको प्रात्र होइन माया र सम्मान दिनुपर्दछ । केही समयको धैर्यता पनि चाहिन्छ, हामी निराशा नै हुनु पर्ने बेला होइन, आशाका त्यान्द्रा विस्तारै देखिंदैछ । रसिया र अष्ट्रेलियाका खानीमा पाइने युरेनियम नपड्किएर किन फुकुसिमा र चेर्नाभिलमा पड्क्यो त ? खानीमा भेटिएका रेडियो धर्मी धातुहरुलाई सघनीकृत नगराई ऊर्जा उत्पादन वा विष्फोटन गराउन सकिन्न । समाधानको चुरो यहीं नेर छ । विज्ञान र प्रविधिका मान्छेहरुको यथेष्ट मात्रा नपुगेको कारण अहिले ऊर्जा निकाल्न पनि सकेको छैन । यही प्रथम विज्ञान दिवसको पुनीत उपलक्ष्यमा विज्ञान लगानी नीति बनाउने प्रण गरौं । वैज्ञानिक र प्राविधिज्ञहरुको क्रिटिकल मास पु¥याउने योजना बनाऔं, तब मात्र देशले केही वर्ष भित्र अवश्य कोल्टे फेर्ने नै छ
No comments:
Post a Comment