Saturday, September 21, 2013

आत्मानिर्भर नेपालका लागी जैबिकऊर्जा प्रबिधि


विज्ञान प्रविनेपालमा शिक्षा अरु देशमा भन्दा धेरै ढिलो शुरु भयो, धिमा गतिमा विकास भयो र दिइने शिक्षा समेतमा अंकुश लगाएर साँघुरो घेराको केन्द्रमा रहने गरी संकुचित पारियो । त्यस माथि पनि विज्ञान शिक्षालाई व्यवहारिक कम, विज्ञानको इतिहास बढीजस्तो गरेर पाठ्यक्रम विकास गरियो,जसले गर्दा साँच्चै विज्ञान के हो भन्ने बुझाउन त सक्यो, तर विज्ञानले के गर्न सक्छ र गर्नुपर्छ भन्ने हिसाबमा खासै सोचाइको विकास समेत भएन । सिमित सामथ्र्यता, लागनीको अभाव र बाहिरी संसारसँगको विच्छेदले गर्दा आफैं प्रविधिमा पछाडि प¥यौं, मानवीय सूचकाङ्कमा तल झर्दै गयौं, आत्मानिर्भरताबाट परनिर्भरता तिर स¥यौं जस्ता थुप्रै नकारात्मक कुराको फेहरिस्त बनाउन सके पनि यो लेखको आसय सकारात्मक सोच सहित अग्रगामी दिशा निर्देश गर्नु नै हो । अझ मुख्यतः भित्री आशय भनौं भने एउटै लेखबाट सूम्पूर्ण विज्ञानको व्यापकता देखाएर अपुरो ज्ञान पस्कन भन्दा एउटा सानो क्षेत्रको विधाबाट विज्ञानको अपरिहार्यता दर्शाउनु खोज्नु नै हो ।

विज्ञान भनेको कुनै पनि वस्तु या प्रक्रियालाई गहिराईमा बुझ्नु हो भने प्रविधि भनेको कुनै पनि वस्तु या प्रक्रियालाई मानवीय आवश्यकतामा जोडेर प्रयोगमा ल्याउनु हो । विज्ञान किन्ने भन्ने कुरामा कोही पनि विश्वास गर्दैनन् तर व्यापक रुपमा प्रविधि किन्ने कुरा सुनिन्छ । अघि नै भनियो मानवीय आवश्यकताका लागि प्रविधि भन्ने वित्तिकै हाम्रो आवश्यकता,समय, परिवेश र सामथ्र्यले गर्दा अरु भन्दा भिन्न छन् । त्यस माथि पनि आत्मनिर्भर हुने चाहना राख्ने हो भने उपलब्ध प्रविधिको उपयोग गर्दै हावा, पानी र माटो सुहाउँदो मात्र भएर पनि भएन त्यहाँ बस्ने जनता सुहाउँदो प्रविधि विकास गर्दै जानपर्दछ । कुनै पनि प्रविधिको विकास गर्नको लागि पहिले समस्याको पहिचान हुनु पर्दछ र त्यो समस्या समाधान गर्न उपलब्ध स्रोत र वैज्ञानिक ज्ञान प्रयोग गरी प्रविधिको विकास गर्नपर्दछ ।

यो भनी राख्नै पर्दैन, हामी सबै जानीफकार छौं कि नेपालको ऊर्जा संकट अहिले विकराल मोडमा 
छ । हामीसँग न तेलको खानी छ, न त त्यसको प्रर्याप्त अन्वेषण भएको छ, न सरल र सहजै इन्धनको आपूर्ति हुने व्यवस्था छ । देश भूपरिवेष्ठित छ र त्यसैले हाम्रो आर्थिक, सामाजिक र राजनैतिक निर्णय पनि केही न केही हदसम्म परनिर्भर हुन गएको छ । हाम्रो आफ्नो समस्या त छँदैछ यो समस्या नेपाल एक्लैको पनि होइन । यो ग्लोबल समस्या हो, पृथ्वी तातिंदै गएको प्रक्रिया केही कम गर्नको लागि र सकिदै गएको इन्धनका स्रोतहरुको संरक्षणका लागि वैकल्पिक इन्धनको आवश्यकता छ । अब समाधानका लागि गरिएका प्रयासहरुको विश्लेषण जरुरी छ किनकी नेपाल जस्तो विकासोन्मुख मुलुकको सीमित स्रोतले असिमित विज्ञानको भण्डार विस्तार गर्न सक्दैन, त्यसैले आत्मनिर्भर प्रविधिको निर्माण गर्न गरिएको एउटा प्रयासको विश्लेषणात्मक चित्र प्रस्तुत गर्ने प्रयास गरेको छु ।

यो लेखको मुख्य आशय पनि जैविक इन्धनलाई केन्द्रमा राखेर कसरी हामीले यो देशलाई संकटमुक्त पार्न सक्छौं भन्ने हो र अझै इन्धन भित्र पनि पेट्रोल, डिजेल र मट्टितेल पर्ने हुनाले त्यसभित्र पनि  डिजेललाई मात्र परिपूरण या प्रतिस्थापन गराउन सक्ने प्रविधिको लागि भए गरेका प्रयासहरु र सम्भावनाको विश्लेषण गरेको छु ।

नोपलला बस, ट्रक, जीप, औद्योगिक प्रयोग र लोडसेडिङ्गको समस्या टार्न प्रयोग भएका जेनेरेटरहरुको प्रयोग व्यापक भएको हुनाले पेट्रोल भन्दा डिजेलको उपयोग बढी गरिन्छ । नेपाल आयल निगमले उपलब्ध गराएको आँकडा अनुसार हाल डिजेलका वार्षिक खपत करिब छ लाख किलोलिटर छ भने पेट्रोलको प्रयोग करिब २ लाख किलोलिटर छ । यो खपतको हिस्सा पुरै भारत हुँदै ट्याँकरबाट नेपाल भित्रिन्छ । अब कुरा के उठ्छ भने उक्त डिजेलको प्रतिस्थापन या परिपूरण गठर्न सक्ने स्रोतहरु के हाम्रो देशमा छ त ?

हामी जंगलतिर गयौं भने साल, कटुस, वक्काइनो तिंदु, चिउरी, आँखीतारेका बोटबाट दाना फलेर झरिरहेको देख्छौं । तिनै दानालाई कोट्याएर हे¥यौं भने वियाँ भेटिन्छ र त्यही बियाँ या भनौं विउलाई पेल्ने हो भने तेल निकाल्न सकिन्छ । गाउँ घरका वस्ती, टार, वेशी, भित्री मधेश र तराईका वस्तीमा समेत गल्ली या बारीका छेउछाउमा सजिवनका बोट बगे्रल्ती भेटिन्छन् । हुन त त्यसलाई कतै कदम भनिन्छ भने कतै रत्नज्योति भनिन्छ । जे भने पनि त्यसमा वर्षको ५–६ महिना जति निरन्तर दाना लाग्दै, पाक्दै, झर्दै गरेको देखिन्छ । त्यसको समेत दानाबाट तेल निकाल्न सकिन्छ । जंगलमा खोजेर दिनभरीमा ५–१० केजी बटुलेर डिजेल निर्माण त गर्न सकिएला तर त्यसले आर्थिक लाभ दिन सक्दैन । आय आर्जनको भरपर्दो स्रोत केही नभएका बेरोजगार हजारौं नेपालीहरुलाई आय आर्जनको एउटा स्रोत हुन सक्दछ । तर आर्थिक रुपमा सक्षम व्यवसाय गर्ने हो भने सजिवनलाई बारबाट बारीमा झार्नु पर्दछ, याने कि व्यवसायिक खेती गर्नु पर्दछ ।

सजिवन एउटा त्यस्तो बाली हो जसलाई उम्रन, हुर्कन र फल्न त्यनि धेरै चासो दिइराख्नु पर्दैन । सिंचीत भूमि चाहिन्न, भए उत्पादकत्व अवश्य नै बढ्छ । ) कम वर्षा भए पनि बढी हानी गर्दैन, कुनै जनावरले पनि नास गर्दैन, १५०० मिटर सम्मको उचाइमा पनि राम्रोसँग खेती गर्न सकिन्छ । र तीन वर्ष देखि ३५–४० वर्ष सम्म राम्रो प्रतिफल दिंदै फसल लाग्छ । जे जति भने पनि, भए र पुगेसम्म  यस्ता विरुवालाई मल र सिंचाइ भयो भने २–३ गुनासम्म उत्पादकत्व बढाउन सकिन्छ । तर यहींनेर एउटा विवादको विषय रहने गरेको छ । त्यो हो खाद्यान्न बालीसँग प्रतिस्पर्धा हुने र जैविक विविधता कम गर्दै लैजान। हामीले बुझ्नु पर्ने कुरा के हो भने विजुली निकाल्ने हो भने ड्याम बनाउनु पर्छ, सैयौं हेक्टर डुवानमा पर्छ, रेल र सडक बनाउने हो भने थुप्रै जग्गा बाँझो रहन्छ या पुरिन्छ, त्यसरी बेनको सडकमा गुड्ने गाडीलाई चाहिने इन्धन त्यही बाटोको वरिपरि खेर गैरहेको जग्गामा सजिवन रोपेर पनि निर्माण गर्न सकिन्छ । ऊर्जाको उपलब्धतालाई मध्य नजर राख्दै खाद्यान्न संकटलाई काबुमा राख्न दुइटा काम गर्न सकिन्छ । एक भू–नीति निर्माण गर्ने ताकि खाद्यान्न उत्पादन गर्ने या गरिरहेको जग्गामा सूर्ति, जस्ता नगदे बाली मात्रै लाई होइन कि सजिवन जस्ता ऊर्जा बालीलाई समेत बढी कर लगाइदिने हो भने पनि निरुत्साही गर्न सकिन्छ । हामीले हाम्रो जीवनशैलीलाई प्राकृतिक स्वरुप भन्दा विकसित गर्दै जाने हो भने केही न केही नकारात्मक कुरा पनि स्वीकार्नु पर्छ । वायोडाइभरसिटी त्यसको एक हिस्सा हुन सक्छ ।

विकास प्रति सकारात्मक सोच राख्ने हो भने सजिवनको खेती गरी तेल निकाल्दा डिजेल खोज्न खाडी मुलुक जानु पर्दैन, घरै भित्र वायोडिजेल उत्पादन गर्न सकिन्छ । अघि उल्लेख गरिएका भौगोलिक र जलवायुको परिवेशमा सजिवन खेती गर्ने हो भने पनि हामीले यथेष्ट सजिवन उत्पादन गर्न सक्छौं । न्भयनचबउजष्अ क्ष्mबनष्लन क्थकतझ ९न्क्ष्क्० विधि प्रयोग गरी सजिवन उत्पादन गर्न सक्ने तर जंगल, वस्ती, खेतीयोग्य जमीन आदिलाई छोडेपनि हामीसंग  १९ लाख हेक्टर जीमन सजीवन खेतीलाई उपलब्ध हुन आँकलन गरिएको छ । थोरैमा पनि प्रति हेक्टर १.५ टन उत्पादन हुने देखिन्छ, त्यो भनेको वार्षिक करिब २५ लाख टन हो, जस मध्ये हालको डिजेलको खपतलाई भ्हतचबउयबितभ गर्ने हो भने पनि आगामी सात देखि १० वर्ष भित्र नेपाल डिजेलमा पूर्ण आत्मनिर्भर हुने सक्ने देखिन्छ । सजिबन  रोपेको  केहि  बर्ष  सम्म  पर्याप्त  उत्पादन  नहुन्जेल  सम्मलाई  रेस्टुरेन्टबाट संकलन  गरिएको  जर्ती तेल ९ध्बकतभ ऋययपष्लन इष्०ि लाई  प्रयोग  गरि  प्रबिधि  स्थापित  गर्ने  र  जैविक  डिजेलको उत्पादन  सुरु  गर्ने  हो  भने  माथिको चित्रमा देखाइए झैं नेपाल पनि एक इन्धन निर्यातक देशका रुपमा चिनिनेछ । यो त कृषि प्रविधिको कुरा भयो ।

काँच्चो तेल उत्पादन गरिसकेपछि त्यसलाई प्रशोधन गरी वायोडिजेल बनाउनु पर्ने हुन्छ । त्यसका पनि अनेक विधि हुन्छन् । तर ती मध्ये नेपालको राष्ट्रिय अर्थतन्त्रले सजिलै थेग्न सक्ने गरी वायोडिजेल उत्पादन गर्न अनुकूल प्रविधि विकास गर्नुपर्ने हुन्छ । यो पंक्तिकार लामो समयको विदेश बसाई पछि विज्ञानको अध्यापन मात्रै नभएर प्रविधिको समेत विकास गर्नु पर्छ भन्ने मान्यता राख्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टमा जैविक इन्धन प्रयोगशाला निर्माण गर्न सफल भएको छ । यसलाई शुरुका दिनमा जाइकाको प्राविधिक सहयोग सहित नेपाल सरकार र प्रतिष्ठानका पदाधिकारीबाट प्राप्त भएको सहयोगको फलस्वरुप प्रविधि प्रयोगशाला  स्तरमा  स्थापित  गरिसकेपछि स्केल अप गर्नु पर्ने संघारमा पुगिसेको छ । यसरी उन्नत भएको प्रविधिको लागि आवश्यक सम्पूर्ण कच्चा पदार्थ नेपाल भित्रै उपलब्ध हुने सम्भावना छ । नेपाल मै पाइने उत्प्रेरक पदार्थ समेत प्रयोग गरी हाल प्रयोगशालामा वायोडिजेल उत्पादन भैराखेको छ र लोडसेडिङ्गको समयमा प्रयोगशालामा काम गर्न असुविधा हुने भएकोले सोही वायोडिजल प्रयोग गरी जेनेरेटर सञ्चालन गर्दै प्रयोगशालामा काम चलिराखेको छ । यसरी मुख्य कृषि विज्ञान, वनस्पति विज्ञान र रसायन विज्ञानको सहायताबाट एउटा प्रविधिको निर्माण गर्न सकिने यो एउटा ज्वलन्त उदाहरण बनेको छ । यो विज्ञान मात्रै होइन कि यसलाई नेपालले धान्न सक्ने गरेर जुन प्रविधि विकास गरिएको छ, त्यसले देशभित्र आय आर्जन गराउन सहयोग पु¥याउँछ, वेरोजगारी युवा युवतिहरुलाई देशभित्रै राख्न प्रोत्साहन दिन्छ र कामका लागि खाद्यान्न कुरेर बस्ने क्षेत्रका मान्छेहरुलाई समेत विस्तारै खेती प्रणालीमा फर्काउन हौसला दिन सक्छ । इन्धनमा स्वावलम्बी बन्ने हो भने क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा हुने सामाजिक र राजनैतिक दवावमा कमी आउने कुरामा कुनै सन्देह रहने छैन । वातावरणीय प्रतिकूलताको सन्दर्भमा यो जैविक इन्धन प्रयोग गर्नाले ५०–६० % कार्बन उत्सर्जनमा कमी हुने र ८० – ९०% ओजोन क्षय गर्ने पदार्थमा कमी आउने हुनाले ग्लोवल वार्मिङ्गको समस्या पनि यसले निश्चित रुपमा घटाउने छ ।
अन्तमा, बदलिँदो विश्वसामु आत्मानिर्भर नेपाल बनाउदै विज्ञान र प्रविधिको एउटा क्षेत्रमा गरिएको यो  एउटा कार्य र विश्लेषण जस्तै सम्पूर्ण नेपालीको शिर ठाडो बनाउन यसरी नै अन्य उपयोगी क्षेत्रमा पनि उत्प्रेरणा दिंदै जानु पर्दछ । यसको लागि सरकार, नीतिनिर्माता, राजनीतिक पार्टी, वैज्ञानिक एवं प्राज्ञिक समुदाय र उद्यमी  सम्पूर्ण चिन्तित बन्दै आवश्यक सहकार्य र सहयोग गर्दै अघि बढ्दै जाने हो भने यो विज्ञान दिवस मनाउनुको औचित्य पनि प्रमाणित हुनेछ र अनि मात्र  नेपाल र नेपालीको समृद्धि हुनेछ ।

 बिज्ञान दिबसको सेरोफेरोमा लिखित यो  लेख आश्विन ५ गतेको गोरखापत्रको बिचार र दृष्टिकोण स्तम्भमा प्रकाशित भएको  छ। 

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...