Wednesday, August 21, 2013

शान्त र शालीन मुहार त्यो

त्यो शान्त र  शालीन मुहार
त्यो डम्म र पुष्ट शरीर देखिन्छ कहाँ त्यो 
त्यो अध्ययन, त्यो पाठ या प्रबचन 
 त्यो त्याग देखिन्छ कहाँ त्यो 
 आत्मा साएद  धाम पुग्यो, याद भने रहिरह्यो 
समय गयो, खोजेर अहिले भेटिन्छ कहाँ त्यो?
.......................................... 
आहार र  बिहार शुद्ध र यथेष्ट 
रोगले कहाँ भन्यो कनिष्ठ जेष्ठ
मेरा बर्णशंकर साएद जोडिए कतै  
एकै ब्यथा एकै जग्गा ऐठन थियो त्यो
अनायासै आयो अनायासै  लयो 
भेट्ने छिठ्ठै  रख्योऊ की इरादा कतै  ?
हामीलाई  चकित पार्दै  किन छोड्योऊ तिमि त्यसै ? 
……………………………… 
तिमीले गर्नु जे जे  थियो त्यों गर्योउ
पिडै पिडाको भुतघरमा  बिना पिडा तिमी गयोऊ 
हामीले ब्योहोर्नु जे छ  अझै त्यो छँदैछ,
 तिम्रो अभाब खटकंदैछ, त्यो अझै  बढने नै  छ 
शान्त र सुन्दर मनको त्यो निष्कलंक त्याग 
बिर्सनु महापाप हो, त्यो  मार्ग निर्देश बन्ने नै छ !!!     
.............................................        
 
   

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...