Friday, February 22, 2013

बर्तमानबाट अतितलाई फर्केर हेर्दा

मलाई मेरो हजुबुबाले एक मोहोर तिरेर स्कुलमा भर्ना गरिदिनु भएको थियो । मलाई अहिले  सम्म पनि त्यों दिन सचित्र याद छ, मेरो बालमस्तिष्कमा हिजो सम्म रहेको घर अगाडिको त्यो डाँडो, त्यो दिनबाट एउटा पबित्र धाम जस्तो बनेको थियो । त्यो लांकुरीको बोट, र आडैमा रहेको एक पक्कि घर श्रद्धाको धरोहर बनिरह्यो  । तर अफसोच कपाल चुल्ठो पार्ने, हुलमुलमा आफ्नो सुरक्षा गर्न असमर्थ एक अबोध बालक साएद लाड प्यारमा हुर्केको गंडेउलो जस्तो भएँ क्यार, मामाघरको हजुरबुबाले मेरो नाति स्कुल जान्न भनि घोषणा गर्दिनु भयो । मलाइ सम्झना भए अनुसार म त्यति बेखुस थिइन  तर अर्को साल स्कुल जान बहुत ब्यग्र थिएँ।  शिशु, एक, दुइ, गर्दै जाने झमेला परेन मलाई, शिशुबाट संगैका दौंतरी संगै दुई मै पढ्ने भएँ। साएद मैले केहि गुमाइन, बरु केहि थपें होला प्रेरणाका स्रोतहरु, र दह्रो अठोट लिन सहायोग नै पुग्यो जस्तो लाग्छ। थर्कटी बोकेर स्कुल जाने, चिलाउनेको फेद र बरको फेद गर्दै साटी साटी कक्षा उक्लदै गर्दा मेरो मनलाई भने दिन दिनै देखिने अफिसको भित्ताले धेरै बेर सम्म घुमाइ रहेको थियो। लामा लामा बुटा हानेका ति ढुंगा बिचमा त ठिकै थिए, जब छेऊ छेऊमा पुग्थे अनि सिलिक्क मिलेर बंगिएको जस्तो लाग्थ्यो । या त ति ढुंगाका खानीबाट बांगा ल्याइएका हुन् या कोहि बलबान डकर्मी दाइहरुले बल गरे भन्ने नै लाग्थ्यो। साएद धेरै पछी मैले ति जिज्ञाषालाई बलजफ्ती शान्त पारें जस्तो लाग्छ।

हामी त्यो समयमा केरा रोपेर केरा नै फलाउने हैन कि कालिमाटीको केरा बनाउने कला सिक्थ्यौ। मलाई भने आफ्नो कक्षामा भन्दा माथिका कक्षामा के सिकाउन्दैछन् भन्ने खोइ खोइ नै धेरै लाग्थ्यो। यही क्रममा पछिल्लो घन्टीको सरले पछाडिबाट छुस्स गरेको अहिले सम्म याद छ, साएद तेही नै थियो मलाई शिक्षकको अन्तिम संजाय। यही क्रममा ३६ साल आयो, घरमा दाइको चातुर्य र सुझबुझ, दिनदिनै देखिने जुलुस र भाषणले साएद मेरो कल्पना गर्ने क्षमतालाई अरु तन्काइदियो जस्तो लाग्छ। र त म साएद अरु जस्तै या बढी ९ त्यो त कसरि भनौं० बादलका भुल्कामा म आकृति खोज्थें, बादलमा दौडिंदै गरेको चन्द्रमाको रहस्य खोतल्न बहुत सोच माग्न हुन्थे, जंगलमा जाँदा देखिने रुपरुपका बिरुवा र जनाबर मेरा कल्पनाका रसातल हुन्थे, जसमा म हराउंथे। र एक्लै हिड्दा त्यो भन्दा अलि माथि उठेर म मानबीय चमत्कारका कुरा बोकेर हिडिरहेको हुन्थें। तेस्लाई मलजल गर्ने काम मेरा शिक्षकहरुले गर्नु भएको थियो। तुलसी सरका तन्तुहरु,  आंपपिपल जाँदा नरनाथ सरसंग हुने विज्ञानका गफले साएद मलाइ धेरै प्रेरणा थप्ने काम गर्यो। कक्षा ५ पढदै देखिनै अमृत क्याम्पस पढ्ने सपना देख्ने म, आइलाग्ने समस्याका समाधानहरु के के हुन सक्छन भन्ने कुरामा डुबीरहेको हुन्थें। हामी मानब निर्मित श्रोत र साधनका अभाबले र प्रकृतिसंग  खेल्नु पर्छ भनेर हैन कि जिबन शैली नै यही हो भन्ने भावनाले गर्दा हामीले बिताएका दिनहरु र कामहरु त्यति उत्पादक नदेखिए पनि पनि त्यस भित्र अन्तर्निहित विज्ञानका नयाँ प्रयोगहरु जिबनको उत्तरार्धमा बहुत काम लाग्ने हुँदो रहेछ भन्ने मेरो अनुभूति छ।
हाम्रो बाल्यकालका  भहतचबअगचचष्अगबिच बअतष्खष्तष्भक भनेकै खेलेको हेर्ने,  स्कुलको भौतिक निर्माणमा सहयोगी हुने, खर काट्ने, तरकारी लगाउने,  र बेला बेलामा नारा लगाउने आदि थिए। पढ्दा संस्कृत बाहेक अरु घोक्ने भन्दा पनि अलि बढी सिर्जनशील तरिकाले उत्तर लेख्थें जस्तो लाग्छ।  राणा र शाहाका स्मृति पढाउन पट्टक्कै मन नपराउने बेद्शार्मा सरले स्वअध्ययनमा  टेवा पुर्याउनु भयो जस्तो लाग्छ, मिठो भाका हालेर नेपाली र संस्कृत पढाउने दुर्गा भक्त सरको प्रेरणा हुन सक्छ, मेरो अहिले सम्मको साहित्य प्रतिको अभिरुची। आफ्नै तन्तु झिकेर देखाउने तुलसी सरको प्रयासले दुखमा पनि बिज्ञानको अध्यन सम्भव छ भन्ने देखाउंछ। मिठो बोलिका धनि मुक्ति सर, र कलिला बालकलाई अति माया गर्ने नर्वेका डाग भन्ने शिक्षकले मलाई साएद शिक्षकको नजिक हुन सिकाए जस्तो लाग्छ। शिक्षकको नजिक हुनु,  उनीहरु संग आदर पुर्बक छलफल गर्नुको महत्व बहुत ठुलो हुन्छ भन्ने कुरा स्कुल होस् या बिस्वबिध्यालय या नोकरीगर्ने ठाउँको उपल्लो तहको मान्छे नै किन नहोस उत्तिकै लागु हुन्छ। भिम बहादुर बुबाले पकाएको आलुको तरकारीको स्वाद साएद मेरो जीब्रोले ऐले पनि खोजिरहेको जस्तो अनुभूति हुन्छ। कृष्ण दाइको दुख सम्झंदा त्यो पानी र ऐले आक्कल झुक्कल भेटिने ऋजबmउबनलभ  भन्दा पनि स्वादिलो हो कि जस्तो लाग्छ। यी नाम लिएका पात्रहरु र स्थानाभाबले नाम नसमेटिएका थुप्रै पात्रहरु म जस्तै साथीहरुको दिल दिमागमा सुरक्षित् हुनुहुन्छ। त्यो कृष्ण दाइको दुखले हामीलाई सहकार्य गर्न ठुलो सहयोग पुर्यायो। हामी बिहान हतार हतार खाना खाइ कक्षा सफा गर्न या पानी लिएर आउन भनि छिटो स्कुल पुगेका हुन्थ्यौ। टोकनाथ बुबाको आमाले अक्षेयत्रितियाको दिनमा दिने सातु र सर्बत ऐलेको ट्यांग भन्दा कुनै मानेमा कमि थिएन, अझ त्यसमा परोपकार जोडिएको थियो। भुँडी खान्छु भन्दै तर्साउने जिम्मल गाउँका एक जना महानुभाबलाई ऐले भएको भए पेडोफैल भन्दै मुद्दा हालिन्थ्यो कि के गरिन्थ्यो कुन्नि, तर उनले पनि हामीलाई अपरिचित संग साबधान हुनु पर्ने संदेश दिए झैँ लाग्छ।  कक्षा बंक गरि काफल खाने, कहिले पुरा नहुने माग राखी हड्ताल गरि पौडी खेल्ने र थान्क्रा बटुल्ने कार्य गर्दै गर्दा अभिभाबकको पनि मकै छर्ने दाउ पर्दा अहिलेको राजनीति संग तालमेल खाए जस्तो भए पनि समस्या प्रति सचेत हुने बनि भने बसालेकै हुनु पर्छ जस्तो लाग्छ।  
यसरि नै हामीले एक प्रतिनिधि सजिब गाउँले(स्कुल(जिबन बितायौं।  कक्षामा अब्बल दर्जाको बिद्यार्थी भएको नाताले संधै गुरुहरु, परिवारजन र शुभचिन्तकहरुको प्रोत्साहन मात्रै पाई रहेको, कल्पनाशील भएको र प्रकृतिसंग घुलमिल गर्ने बानि भएकाले ऐले जे छु तेसैको संयुक्त प्रतिफल हो जस्तो लाग्छ।  म मेरा दाजु, जो हाल बेपत्ता हुनुहुन्छ, को शैक्षिक र राजनैतिक पदचापमा नै हिडें पनि उहाँ जस्तो राजनीतिको केन्द्रमा भने रहिन। कक्षा ७ मै पढ्दै गर्दा विद्यार्थीको इकाई समितिको सचिब बन्दै राजनीति थालेको, म बिद्यार्थी जिल्ला समितिको सदस्य समेत बनें।   त्यति हुँदा पनि मेरो भित्रि आशक्ति भने बिज्ञानमै थियो।  म शान्त मुद्रामा समुद्रको किनारमा बसेर राजनीतिको रस लिंदै जाने,  तर राजनीतिको छालमा समाहित नहुने निर्णय नै गरें।  म हरेक जसो विद्यार्थीका कार्यक्रमको सभापति भएर साथ् दिन्थें तर हरेक चोटी झण्डा च्यातचुत हुने, लडाई  हुने हुन्थे र पनि म सौम्य मुद्रामा दर्शक मात्र बन्थें।  यी सब घटना, बिशेष  गरी आमपिपलमा हुने गर्थे, ले संधै ति अबोध तर संचालित दिमाग प्रति सिर्फ दया लाग्थ्यो। मेरो आफ्नै स्वभाब मुताबिक, र भित्रि महत्वाकान्क्षलाई ध्यान दिंदै समाज परिबर्तनलाई र राजनीतिलाई कहिल्यै छोडिन तर कहिले नि केन्द्रमा पनि राखिन।  मेरो केन्द्र भागमा भने हमेसा प्याउलिका फूलहरु, खार्खोलाका छंग्छंग, बादलको घुम्टो र भुसुन्ड़े खोलाको कुइरोको लुकामारी जस्तै प्राकृतिक घटनाहरुको चक्र घुमिरहेको हुन्थ्यो।  महेन्द्र लिला प्रति नामैको कारणले नवलपुर स्कुल मात्रै भन्थ्यौं।  महेन्द्र सम्म त ठिकै थियो तर महेन्द्रको लिला को रुपमा बुज्नु पर्ने अलि बिडम्बना जस्तै थियो।  तत्कालिन सचेत तर बाल्य दिमाग कति सम्म सतर्क थियो भने बाल दिबसको मिठाई, पुष १४को फुल माला, कार्तिक २२ को मिठाई को प्रबाहा गर्दैनथ्यो।  राजनैतिक हिसाबले सचेत बर्ग बस्ने ठाउँका मान्छे पढ्ने स्कुलस  देशका लब्ध प्रतिष्ठित व्यक्तिहरु भित्र पनि यो ठाउँको केहि योगदान भएको परिवेशले मलाई ठुलो सपना देख्न सहयोग पुर्याएको हुनुपर्छ। गाउँ छोडेर प्रगति गर्ने प्रति मेरो कहिल्यै पूर्वाग्रह रहेन अपितु मार्ग दर्शक बनिरहे।  
यो स्थानको भूमिका सानो भूगोलमा खुम्चिएर मात्रै बसेन तर बाह्य जिल्ला, पुरा देश र प्रदेश सम्म पुग्यो।  हामीलाई आबस्यक पर्न सक्ने सबै तह र तप्काका जनशक्ति उत्पादन गर्दै रह्यो।  साएद खानेपानीको धारामा आयोडिनको मात्रा प्रशस्त भएको यो नै प्रमाण हुनु पर्छ। हालका प्रधान्मत्रिज्युले चक घोटेको कालोपेटी नरहे पनि, इन्जिनिएर, डाक्टर, बैज्ञानिक, प्रशासक, र राजनैतिक उत्पात्दन गर्ने थलो मात्रै बनाएर अरुलाई मात्रै ठुलो बनाएर उ पनि ढुक्क भएर बसेन, उसले पनि प्रगति गर्दै गयो।  साधुबाद छ बिद्यालय तिमीलाई १ मैले स्कुल छोडेपछि, मेरो जिबनमा, मेरो परिवारमा, मेरो गाउँमा अनि पुरा देशमा ठुला उतार चडाबहरु आए, र पनि म मेरो योजनामा कहिले बिचलित भईन।  मेरा जिबनमा आएका आरोह अबरोह जस्तै र उस्तै नभए पनि यो स्कुलले पनि थुप्रै आरोह र अवरोह पुरा गरेको छ।  यसलाई भरथेग गर्ने र सहयोग गर्ने अभिभाबक, बिद्यार्थी र शिक्षकहरुलाई धन्यबाद दिनु  पर्छ।  मैले आफ्नो बिषयमा दक्षता हासिल गर्नु भन्दा पहिल्यै केन्द्रीय क्याम्पसमा अध्यापन  गर्ने मौका पाएँ,  ग्ल्भ्क्ऋइ को फेलोशिप पाएँ, जैविक पोलिमर प्रयोग गरी बहुमुल्य धातुहरुको सुद्धिकरण गर्ने बिषयमा बिध्याबारिधि गरें । यसका अलावा, मैले जापानी बिश्वबिद्यालयमै काम गर्ने मौका पाएँ, र फेरी व्बउबलभकभ  क्यअष्भतथ ायच  एचयmयतष्यल या  क्अष्भलअभ बाट फेलोसिप पाएँ।  यही क्रममा महिले जापानमा पढ्ने मात्रै होइन, जापानी जिबन शैली, कला, संस्कृति र भाषा बुझें। यसले मलाई  बिज्ञान भन्दा पनि धेरै पढाएको छ, जुन म आफ्नो देशमा फर्काउन चाहन्छु। एकमुष्टमा भन्नु पर्दा यो सबै श्रेय् यसै बिद्यालयको परिवारलाई जान्छ। जसले खाली खुट्टा यात्रा गर्ने, प्लाष्टिक या कर्कलाको पात ओडी बिद्यालय जाने हामी जस्ता हजारौँ जमातलाई सक्षम नागरिक बनाउन ठुलो योगदान गरेको छ।
यो देश उर्जा संकटले आक्रन्त छ। यो समस्या समाधानको लागि हामीले केही बिदेशका सफल कथाहरु पढ्नु जरुरी छ, केही हाम्रा सम्भाबना खोतल्नु जरुरी छ, र केही उध्यमी बन्ने कला सिक्नु जरुरी छ। तपाईं हामी सबैले आ(आफ्नो क्षमता प्रयोग गरी आफूले सक्दो सहयोग गर्ने हो भने ढिलो चाँडो यो देश को मुहार फेर्न सक्छौं। उर्जा संकट समाधानको लागी उपयुक्त बिकल्प रहेको जैबिक इन्धनबाट संकट काम गर्ने अभियान मा ऐले लागी परेको छु। हामी सबै मिलेर गरेयोउँ भने यो देशलाई आउने २० बर्षामा तेल निर्यात गर्न सक्ने राष्ट्रमा रुपान्तरण गर्न सम्भव छ।
यो तहमा आइपुग्दा मलाई समाज परिबर्तनको भुत त चढेको छ, तर अब राजनीतिको होइन, बिज्ञान र प्रविधिले समाजको परिबर्तन गर्न सक्छ र गर्नु पर्छ भन्ने अभिष्ट लक्ष्य बोकेर बसेको छु। तपाई हामीहरु अहिले जुन बाटोमा हिडेका छौं, त्यो बाटोले हामीलाई अल्मल्याउन्छ या दिग्भ्रमित पार्छ, या ढिलो पुर्याउँछ भन्ने कुरा पक्का छ। हामीले राजनैतीक परिवर्तन गरी सके पछी मात्रै अर्थिक या बिज्ञानमा परिवर्तन थाल्ने भनेर बसेर हुन्न, अब त्यो क्षेत्रमा  हस्तक्षेप गर्न ढिला भैसकेको छ। त्यसैले हामी अब हतार मात्रै गर्नु पर्ने छ, अझै पनि हतास भने हुनु पर्दैन।  हामीले सफल कथालाई पुन प्रयोग गरी राख्नु पर्दैन, पढ्नु पर्छ। हामीले अरुले बिकास गरेको प्रबिधिलाई शंका उपशंका गरी बस्ने हैन कि, परिमार्जन सहित आफ्नो आबास्यक्ता को लागी सहयोगी हुने गरी प्रयोग गर्नु पर्छ।
आशा छ, आउने दिनहरुमा  देशले  बिकासको गति र प्रारुप फेर्ने छ। त्यस्को लागी आमुर्त कुरा मात्रै गरेर हुन्न, यस्का प्रतिनिधि गाउँ, समाज र् बिद्यालयमा आमुल परिवर्तन गर्नु पर्छ। हामीमा रहेका प्राकृतिक साधन र्  मानबीय जनशक्तीको प्रयोग गरी यो बिध्यालय र यस्का प्रभाबी गाउँहरु सम्टेर एक नमुना क्षेत्र घोषणा गरौं  र त्यस्को प्रतिफल राज्यलाई देखाउँ ताकी त्यो मोडेल देशै भरी लागु हुन सकोस। यसै गरी यस बिद्यालयको गरीमा अरु उच्च रहोस भन्ने आकँक्षा सहित मह्नेद्र लीला उच्च मा। बि। को स्वर्ण जन्मोत्सबको उपलक्ष्यमा हार्दिक मंगलमय  शुभकामना ब्यक्त गर्दछु।
९ यो लेख मह्नेद्र लीला उच्च मा। बि। को स्वर्ण जन्मोत्सबको उपलक्ष्यमा प्रकासित स्मारिकामा प्रकाशित भैसकेको छ।०    

7 comments:

  1. मर्मस्पर्शी भाव र सकारात्मक उर्जा बोकेको तपाईँको यो लेख पढ्न पाऊँदा धन्य भएँ। स्थान र परिवेश फरक भएपनि सारमा मेरै मनका कुरा लेख्नुभएझैं लागीरहेछ।

    तपाईँको त्यो प्यारो विद्यालयलाई मेरो बधाई र शुभकामना!

    ReplyDelete
  2. I woulԁ like to show somе gгаtituԁе to introducing your traіn of regаrded aѕ my ԁaу.


    Fеel free to viѕit my wеblog .
    .. Garciniacambogia.org
    My webpage - garciniacambogia.org

    ReplyDelete
  3. We're a group of volunteers and opening a new scheme in our community. Your site provided us with useful information to work on. You've done an
    impressive task and our whole neighborhood will probably be thankful to you.


    my web site; Garcinia Cambogia Weight Loss

    ReplyDelete
  4. I have been surfing on the web more than 2
    hours today, yet I never found any interesting article like yours.
    It's pretty worth enough for me. In my view, if all website owners and bloggers made good content as you did, the web will be a lot more useful than ever before.

    My web-site; chatroulette

    ReplyDelete
  5. I'm now not certain the place you are getting your info, but good topic. I must spend some time learning more or working out more. Thank you for fantastic information I used to be looking for this info for my mission.

    Here is my site - bioass briquettes

    ReplyDelete
  6. Great goods from you, man. I've understand your stuff previous to and you're just extremely fantastic.
    I actually like what you've acquired here, certainly like what you are saying and the way in which you say it. You make it enjoyable and you still take care of to keep it smart. I cant wait to read much more from you. This is really a great website.

    my site; rhinestone

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...