Wednesday, June 20, 2012

प्रतिभा सांगीतिक मात्रै होइन विज्ञानमा पनि खोजौं !


'हेलिकोप्टर' बनाउन नसक्दा विद्यार्थीले गरे आत्महत्या"


इलाम, असार ६- प्रदर्शनीमा देखाउने 'होलिकोप्टर' बनाउन असफल भएपछि सदरमुकामस्थित ग्रीन भ्याली एकाडेमीका एक विद्यार्थीले आत्महत्या गरेका छन्। विराटनगरमा बुधबार आयोजना हुने प्रदर्शनीमा देखाउन सोमबार राति एक बजेसम्म हेलिकोप्टर बनाउने आफ्नो प्रयास असफल भएपछि कक्षा-१० का १५ वर्षीय सिद्धार्थ (बाबुराजा) सुवेदीले आत्महत्या गरेको पारिवारिक श्रोतले बताएको छ। सुवेदी सानैदेखि विज्ञान र इलेक्ट्रोनिक्स सामग्री बनाउन ज्यादै उत्सुक रहेको जिल्ला शिक्षा कार्यालयका कर्मचारीसमेत रहेका उनको ठूलो बुबा डम्बर सुवेदीले बताए। बाबुराजाले यसभन्दा पहिले पनि इलेक्ट्रोनिक्स सामग्री बनाएर विद्यालयमा प्रदर्शनी गरेका थिए। उनले भने 'ऊ आफूले जे प्रयास गरेपनि सफल नै हुनुपर्छ भन्ने सोच राख्ने विद्यार्थी थियो। त्यसदिन पनि आधारातसम्मको प्रयासमा सफल नभएपछि आत्महत्या गरेको थाहा भो।' (साभार :नागरिक) 

केहि दिन अघि म काठमान्डू जिल्लाब्यापी यस्तै बिज्ञान प्रदर्शनीमेलामा निर्णायक भएर जाने मौका मिलेको थियो। आज यो समाचार देखेपछी केहि नलेखी मेरो मन ले नै धर दिएनयस्तै  प्रकृतिको एक  जना भाईको यादले यो लेख लेख्दै छु।कुरा सुन्दा दुवै जना उस्तै प्रकृतिको मानें र यी कुरा लेख्ने जमर्को गर्दै छु। 

अचेल बिध्य्यार्थीहरु अलिबढी जान्ने, सुन्ने या  टाठाबाठा  देखिन्छन। साएद यसमा सबैभन्दा बढी भूमिका सर्च इन्जिनले खेलेको हुनु पर्छ  र त्यसको पछी पछी TV को कमाल हुन सक्छ  हिंजोआज  नयाँ नयाँ खोजमुलक जानकारी लिन कतै धाउन पर्दैन, घर या साइबर नै काफी छ  जमाना अनुसार चाहना पनि बढ्दै गएको  छ र कतिपय बिध्यर्थिहरु समय अनुसारकै तिक्ष्ण दिमागका पनि छन्। समाजमा देखिएका सामाग्री या उपभोक्ताका चाहनाले गर्दा नयाँ नयाँ सोच बिकास हुँदै गएका पनि देखिएका छन्। तर संधैं यी मनोगत चाहनाहरु पुरा हुँदैनन्। यी संगै उम्रेका  कतिपय यस्ता फिल्महरुछन्  जसले गर या मर मात्रै सिकाउँछ। हुन त  तथ्यांकमा 0 या1 हुन्छ तर जिबनमा ति बिचका सबै दशमलब हुन्छन र हुनुपर्छ। सम्झनाको लागि तिन बदमास (3 Idiots ) लाई नै लिन सकिन्छ। सामाग्रीको अविस्कार संग जोडिएको गरिबी र यहाँ असफलता आत्माहत्याको कारण हुन् सक्छ। त्यो भन्दा बढी 10 कक्षाको बच्चामाथि समाजको वाहवाह या "हत्तेरी! भैसकेको थियो नि, के गर्नु?" भन्ने निराशाभाब या त्यसको कल्पना नै यो अत्माहत्याको कारक हुन सक्छ। जे भए पनि यो देशले एक प्रतिभाशाली बालक गुमायो. 

    मलाई गत हप्ता काठमान्डू र ललितपुर जिल्ला शिक्षा  कार्यालयको आयोजना र बिज्ञान शिक्षक समाजको संयोजकत्वमा भएका दुइ कार्यक्रममा निर्णायक भै दिन मेरो कार्यालयमा आएको निबेदन अनुसार जाने मौका मिलेको थियो। त्यहाँ जाँदा खुसि त लाग्यो नै किनकि हाम्रो राजधानीका कलिला विद्यार्थीका दिमागमा विज्ञानको छाप  कस्तो रहेछ भन्ने कुरा नजिकै बाट थाहा पाउने मौका मिल्दैथियो.  यसै क्रममा काठमान्डूमा 11 बजे सुरु हुने भनेको कार्यक्रम केहि ढिलो गरि सुरु भयो। कलिला बिद्यार्थी कोहि टाईसंगै त कोहि आकासे सर्ट र निलो पाइन्टमा जमेर बसेका थिए। टाईवालाको प्रस्तुति हाम्रा अग्निस्थापना पढ्ने गुरुको भन्दा ढिलो थिएन भने निलो सर्ट वालाको भने मनकामनाको पुजारीको श्लोक जस्तो अड्कली अड्कली झरिरहेको थियो। त्यो भिडमा मैले एउटा भाइलाई भेटें, स्वास नफेरिकन मैले हेलोकोप्टर पनि बनाउन सक्छु, तर मलाई सहयोग भएन, मेरो कार्यक्रम उपराष्ट्रपतिले पनि हेरे भन्दै आफ्नो profile सुनाउंदै थिए।  एउटा सामाग्रीको प्रदर्शनी गर्नु भन्दा पनि उनले तिन ओटा सामाग्री बोकेर साथीहरुको झुण्डमा रमाउंदै भन्दै थिए " सर! चोर आए पनि थाहा हुन्छ, या तालि बजाएर पनि रेडियो बन्द गर्न या खोल्न सकिन्छ। नेपालि माध्यमबाट पढेका ति तिक्ष्ण दिमागका भाइलाई नैराश्यता नाआओस भनेर हतार नगर, तिम्रो प्लेन बन्दै गरछ, तिम्रो तालि बझ्दै गर्छ अनि तिमीलाई तालि बजाउने जमात पनि बढ्दै जानेछ भनेर ढाडस दिएँ। प्रतिभा पहिचान नाम दिईएको उक्त  कार्यक्रममा दिनेस DC का  जस्तै नाचहरु पनि थिए थिन त तर यो पृथक थियो " बिज्ञान को आविस्कारको रुपमा बुजिएको" एक विज्ञानको प्रयोगात्मक कार्य थियो। हाइड्रोलिक Scavenger, वाटर जेट, र आबाज सूचक जस्ता राम्रा र उपयोगी सामाग्री पनि प्रदर्शित त्यो कार्यक्रममा ति भाइ बहुत कौतुहल त थिए नै तर संगसंगै आवेग धान्न उनलाई धौ धौ परेको बुज्न कुनै गारो थिएन. त्यो भाई पहिला नभएको भए त्यो भाइको नियती पनि माथि लेखिएकै भाईकै जस्तो पो हुनेथियो कि भन्ने डर अहिले पो लाग्न थाल्यो। 
कलिला बालबालिकामा अति महत्वकान्क्षा बढ्न जानाले यस्तै खालका समस्या बढ्ने निश्चित छ, यसको उदाहरण स्वरूप कोहि +2 सकेका, कोहि 10 क्लास मात्रै सकेका केहि भाईहरु संसारमै नभएको कुरा मैले गरें भन्दै कि नोबेल प्राइज या बौद्दिक सम्पतिमा दर्ता गर्न पाऊँ  भन्दै  निबेदन हाल्नेको लामो भिड पनि नदेखेको हैन। यी प्रतिभाहरुलाई  हामीले सम्रक्षण गर्दा, प्रोत्सहान दिंदै, अधीर नहुन पनि सिकाउनै पर्ने देखिन्छ।  आशा गरौँ हामीले बिज्ञान मेला गर्दै जाँदा SLC को जस्तै नियति भोग्नु नपरोस, पहिलो गासमा ढुंगा लागे पनि सिद्धार्थ सुवेदी जस्तो अर्को प्रतिभा नगुम्ने गरेर यो कार्यक्रम सफल हुँदै जाओस,   बिज्ञान शिक्षक समाजलाई मेरो तर्फबाट अग्रिम शुभकामना। आशा गरौँ, यो देशले प्रतिभा सांगीतिक मात्रै होइन विज्ञानमा पनि पाओस. सांगीतिक प्रतिभाले मन छुन्छ भने विज्ञानको  चमत्कारले हाम्रा  कर्म  योगी हात र खुट्टा छुन्छ।
       
 

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...